भिडीयाे Archives - साझाकुरा
सोमवार, असार ३२, २०८१

भिडीयाे

बरिष्ठ समाजसेवी श्रेष्ठले दिनेभए क्लबलाई निशुल्क जग्गा (भिडियाे)
भिडीयाे, समाचार

बरिष्ठ समाजसेवी श्रेष्ठले दिनेभए क्लबलाई निशुल्क जग्गा (भिडियाे)

हेल्पिङ्ग हेण्ड्स अन्तराष्ट्रियका अध्यक्ष, संखुवासभा स्थित सुर्य सेकेण्डरी बाेर्डिङ स्कुलका सञ्चालक खाँदबारी ताराद्वारा सम्मानित ब्यक्तित्व नारायण श्रेष्ठले खाँदबारी युथ क्लबलाई निशुल्क रुपमा जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। लामाे समय देखि संखुवासभाकाे सामाजिक सुधारका विभिन्न क्षेत्रमा कृयाशिल खाँदबारी युथ क्लब आफ्नै कार्यालय भवन नहुँदा समस्यामा पर्दै आएकाे छ । भवन अभावमा घर भाँडामा बस्दै आएकाे खाँदबारी युथ क्लबले विभिन्न ब्यक्ति र स्थानीय सरकारसंंग जग्गा उपलब्ध गराउन दर्जनाैं पटक आग्रह गर्दा पनि कुनै सुनुवाई हुन सकिरहेकाे थिएन । केहिदिन अघि क्लबले आयाेजना गरेकाे स्वागत सम्मान तथा भेटघाट कार्यक्रमलाई सम्बाेधन गर्दै बरिष्ठ समाजसेबीका रुपमा परिचित श्रेष्ठले खाँदबारी १ स्थित सुर्य बाेर्डिङ स्कुल नजिकै रहेकाे मुल्यवान घडेरी क्लबलाई निशुल्क प्रदान गर्ने घाेषणा गरेका हुन् । ...
आजदेखि चाक्चाकुर, रम्दै कुलुङ समुदाय (भिडियाे)
भिडीयाे, मनोरन्जन, समाज

आजदेखि चाक्चाकुर, रम्दै कुलुङ समुदाय (भिडियाे)

आदिवासी कुलुङ समुदायकाे प्रमुख पर्व चाक्चाकुर पर्व आजबाट सुरु भएकाे छ । कुलुङ समुदायकाे बसाेबास रहेकाे जिल्लाहरु साेलुखुम्बु, संखुवासभा, भाेजपुर, धनकुटा, सुनसरी, झापा, ईलाम, पाँचथर, तेह्रथुम, ताप्लेजुङ, काठमाण्डाै, कास्की लगायतका जिल्लाहरुमा चाक्चाकुर पर्व भब्य रुपले मनाउने गरिन्छ । उद्याैलीकाे समयमा आफ्ना पितृ र प्रकृतिलाई पुज्दै याे पर्व मनाउने गरिएकाे पाईन्छ । याे पर्वकाे अवसरमा चुला खन्याउने, नयाँ अन्न बाली पितृलाई चढाएर आशिर्वाद माग्ने र ठुलाबढाकाे हातबाट टिका थापि आशिर्बाद थाप्ने चलन छ ।  यश अवसरमा खाँदबारिमा कुलुङ् समुदायले प्रदर्शन गरेकाे साकेला शिली नाच https://youtu.be/JMjCIgXLzMY?si=kwTEAs2c44AIjV7O...
बिद्यालय ब्यवस्थापन समिति सक्रिय नहुँदा शैक्षिक गुणस्तर अभिबृद्धिमा समस्या आएको छ ः शिक्षा संयोजक अधिकारी
अन्तरवार्ता, भिडीयाे, शिक्षा, समाचार

बिद्यालय ब्यवस्थापन समिति सक्रिय नहुँदा शैक्षिक गुणस्तर अभिबृद्धिमा समस्या आएको छ ः शिक्षा संयोजक अधिकारी

जिल्लाको शैक्षिक क्षेत्रको गुणस्तर अभिबृद्धिमा योगदान पुर्याउँदै आएको युनाईटेड वल्र्ड स्कृल्स नेपाल (यु डब्लु एस नेपाल) का शिक्षा संयोजक आशिस अधिकारीले जिल्लाका बिभिन्न बिद्यालयहरुमा गठन भएका बिद्यालय ब्यवस्थापन समिति सक्रिय नहुँदा शैक्षिक गुणस्तर अभिबृद्धिमा समस्या भएको बताएका छन् । खाँदबारी एफएम संखुवासभाले संचालन गर्ने रेडियो कार्यक्रम संम्बाद डवलीमा सहकर्मी नवीन गुरुङ्ग संगको अन्तरवार्तामा संयोजक अधिकारीले अधिकांश बिद्यालयमा ब्यवस्थापन र शिक्षकको सकृयता नहुँदा संस्थाले शैक्षिक गुणस्तर अभिबृद्धि लागि बिद्यालयलाई उपलब्ध गराउँदै आएको सहयोग थप प्रभावकारी हुन नसकेको बताएका हुन् । उनले युडब्लुएसले कतिपय स्थानीय सरकार र बिद्यालयहरु संग गरेको सम्झौता समेत कार्यान्वयनमा नआएको बताउँदै शैक्षिक सुधारका लागि स्थानीय पालिकाहरुले समेत कार्यक्रम निरन्तरताको जिम्मा लिनुपर्ने बताए । यु डब्लु एस संग...
नेतृत्वले राम्राे काम नगर्दा संघियताप्रति जनताकाे बितृष्णा बढ्याे: पुर्व राज्यमन्त्रि गुरुङ
अन्तरवार्ता, भिडीयाे, समाचार

नेतृत्वले राम्राे काम नगर्दा संघियताप्रति जनताकाे बितृष्णा बढ्याे: पुर्व राज्यमन्त्रि गुरुङ

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्व राज्यमन्त्रि तारामान गुरुङले नेतृत्वकाे असक्षमताका कारण संघियताप्रति जनताकाे बितृष्णा बढ्दैगएकाे बताएका छन् । संखुवासभाकाे पहिलाे रेडियाे खाँदबारी एफएमकाे कार्यक्रम संबाद डवलीमा प्रस्ताेता नवीन गुरुङसंगकाे संबादमा उनले जनताकाे घरदैलाेमा सेवाप्रवाह गर्ने जिम्मेवारि बाेकेका कतिपय जनप्रतिनिधी पञ्चायती शैलिमा रहेकाे र भ्रष्टाचारमा लिप्त रहँदा जनतामा संघियताप्रति नै बितृष्णा जाग्दै गएकाे उनकाे आराेप थियाे । भिडियाे https://youtu.be/VoXLCZU2re8?si=DSZMcXFdQz1bP35i...
पाेखरी पार्कमा मुर्ति (भिडियाे )
भिडीयाे, समाचार, समाज

पाेखरी पार्कमा मुर्ति (भिडियाे )

संखुवासभाकाे खाँदबारी स्थित पाेखरि पार्कमा गाैतमबुद्ध सहित देवी देउताकाे मुर्ति स्थापना गरिएकाे छ । आज बिहान एक कार्यक्रमकाे आयाेजना गरि खाँदबारी नगरपालिका र पाेखरी टाेल बिकास संस्थाले गाैतम बुद्ध , दुर्गा माता, किराँतेश्वर महादेब र हनुमानकाे मुर्ति पतिस्थापन गरेकाे हाे । मुर्ति राख्नु अगाडि खाँदबारी चाँदनी चाेकस्थित शिवालय मन्दिर र पुर्वकाे प्रशिद्ध तिर्थस्थल मनकामना मन्दिरमा प्राण प्रतिष्ठान गरिएकाे खाँदबारी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत निर्माण कार्कीले बताए । मुर्ति प्रतिस्थापन कार्यक्रममा राजनितिक दलका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्की लगायत सुरक्षा प्रमुख र स्थानीय बासिन्दाकाे उल्लेख्य उपस्थिति रहेकाे थियाे । कार्यक्रमलाई सम्बाेधन गर्दै नगरप्रमुख महेश थपलियाले धार्मिक सहिष्णुहता कायम राख्दै धार्मिक पर्यटन प्रवर्धन गर्ने उदेश्यले खाँदबारी नगरपालिकाले मुर्...
कार्यदल समक्ष मुआब्जा पिडितकाे गुनासै गुनासाे (भिडियाे सहित)
भिडीयाे, समाचार

कार्यदल समक्ष मुआब्जा पिडितकाे गुनासै गुनासाे (भिडियाे सहित)

संखुवासभा चिचिला गाउँपालिका स्थित छ्याङ्कुटी दिदिङ अरुण तेश्राे परियाेजना मुआब्जा पिडितले मंगलबार मुआब्जा बितरण कार्य तत्काल शुरु गर्न आग्रह गर्दै उच्च स्तरिय कार्यदल समक्ष गुनासाे पाेखेका छन् । राजनितिक दल, नागरिक समाजका प्रमुख तथा प्रतिनिधी र मुआब्जा पिडितहरुले स्थलगत अध्ययन, अनुगमन, कार्यदल गठन आदिकाे विभिन्न बहाना बनाएर मुआब्जा बितरणकाे कार्यमा ढिलाई गरिँदै आराेप लगाए । अर्जुन थापाकाे संयाेजकत्वमा गठित कार्यदल समक्ष उनिहरुले कडा रुपमा प्रस्तुति राख्दै कार्यदललाई तत्काल पिडितले मुआब्जा पाउने वातावरण बनाउन आग्रह गरेका थिए । भिडीयाे https://youtu.be/Bjxfl1ECaeo?si=okoWbRe21SWYyt-P...
प्रतिनिधि सभामा संखुवासभा र नेपाल स्काउटकाे समस्याबारे आफ्ना भनाई राख्दै माननीय दीपक खड्का (भीडिओ)
अर्थ/व्यापार, भिडीयाे

प्रतिनिधि सभामा संखुवासभा र नेपाल स्काउटकाे समस्याबारे आफ्ना भनाई राख्दै माननीय दीपक खड्का (भीडिओ)

पुर्व राज्यमन्त्रि तथा प्रतिनिधि सभा सदस्य माननीय दिपक खड्काले असाेज १८ गते बसेको प्रतिनिधिसभाकाे बिशेष समयमा बाेल्दै असोज १६ गते वझाङमा गएको विनासकारी भुकम्प, अरुण तेश्राे मुआब्जा पिडितकाे अवस्था, सम्माननीय प्रधानमन्त्रीको विदेश भ्रमण र नेपाल स्काउटको विषयमा जाेडदार रुपमा कुरा उठाएका छन् । भीडियाे https://youtube.com/watch?v=-Eqz17npClo&si=EWw9rA_PzeByxyDJ ...