दाहालको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै राष्ट्रिय लोक तथा दोहारी गित प्रतिष्ठानको प्रथम जिल्ला अधिवेशन सम्पन्न
राष्ट्रिय लोक तथा दोहारी गित प्रतिष्ठानको प्रथम जिल्ला अधिवेशन संखुवासभाको खाँदबारीमा सम्पन्न भएको छ ।
तदर्थ समितिका सभापति नवीन दाहालको सभापतित्वमा भएको कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानका केन्द्रिय सदस्य रमेश आचार्य बिशिष्ठ अतिथीहरुमा कोशीप्रदेश लोक दोहोरी प्रतिष्ठानका संयोजक रोम घिमिरे, प्रतिष्ठानका कोशी प्रदेश सचिव सुशिल भट्टराई, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष कृष्णराज शाक्य लगायत जिल्लाका लोक संगितको क्षेत्रमा कृयाशिल गायक सर्जक र श्रष्टाहरुको उपस्थीति रहेको थियो ।
कार्यक्रममा राष्ट्रिय लोक दोहारी प्रतिष्ठानका केन्द्रिय सदस्य रमेश आचार्यले अहिले लोकदोहारी गायक र सर्जकहरुमाथी अन्य पश्चिमा शैलिहरुको प्रहार बढ्दै गएको भन्दै लोक दोहोरी नेपाली मौलिक समाजको चित्रण भएकाले लोक गित र लोक संगितको संरक्षण र प्रवर्धनका लागि सबै पक्षको सहयोग आवश्यक भएकोमा जोड दिनुभएक...