रोचक Archives - साझाकुरा
बिहिबार, जेष्ठ ९, २०८२

रोचक

संखुवासभामा आर्चरी खेलको रौनक
खेलकुद, रोचक, समाचार

संखुवासभामा आर्चरी खेलको रौनक

संखुवासभा फागुन १० बिरलै मात्रै देख्न पाईने आर्चरी खेल संखुवासभामा शुरु भएको छ । शुक्रबारबाट संखुवासभाको सदरमुकाम खाँदबारीमा तेस्रो जिल्लास्तरीय खुला आर्चरी ९तीररधनुवाणरदची हान्ने प्रतियोगिता सुरु भएको हो। शुक्रबार एक कार्यक्रमबिच खाँदबारी नगरपालिकाका कार्यवाहक मेयर तथा खाँदबारी– ७ का वडाध्यक्ष देवबहादुर पुँवार मगरले प्रतियोगिताको उद्घाटन गरका थिए । ‘खेलकुदको विकास सँगसँगै संस्कृतिको संरक्षण’ भन्ने मूल नारासहित २१५२औँ ग्याल्पो ल्होसारको अवसरमा आर्चरी संघ संखुवासभाले जिल्लास्तरीय प्रतियोगिताको आयोजना गरेको हो। यो प्रतियोगिता ल्होसारको अवसरमा बर्सेनि आयोजना गर्ने गरेको आर्चरी संघ संखुवासभाका अध्यक्ष पासाङ भोटेले जानकारी दिए। आर्जरी खेल भोटे जातिको परम्परागत खेल भएको बताउँदै उनले संस्कृति संरक्षण गर्ने मुख्य उद्देश्यले प्रतियोगिता आयोजना गरिएको भोटेले बताए। तीन दिन सम्म संचालन हुने जिल्ल...
भ्रष्टचारी र माफियामाथि अझै हान्न मन छ : प्रधानमन्त्री प्रचण्ड
रोचक, समाचार

भ्रष्टचारी र माफियामाथि अझै हान्न मन छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई अझै धेरै भ्रष्टाचारी र माफियामाथि प्रहार गर्ने मन भएको बताएका छन् । मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिमा आफ्नो भनाई राख्दै प्रधानमन्त्री प्रचण्डले आफूले चाहे जस्तोगरी अझै काम गर्न नसकेको र सुशासन कायम राख्न अझै भ्रष्टचारी र माफियामाथि प्रहार गर्न आफुलाई मन भएको बताएका हुन् । प्रधानमन्त्री दाहालले आफूले नेतृत्व गरिरहेको सरकारले नेपालको अन्तर्राष्ट्रिय छविलाई माथि उठाएको दाबी गरे । नेपालको कुटनीतिक अवस्था, सन्तुलन र राष्ट्रिय हितलाई केन्द्रमा राखी वर्तमान सरकार आक्रामक ढंगले अगाडी बढिरहेको उनको दावी थियो । राज्य ब्यवस्था तथा सुशासन समितिमा प्रधानमन्त्री दाहालले अहिले उठिरहेका विभिन्न प्रकरणहरुको प्रकृतिअनुरुप कारबाही प्रक्रिया पनि अगाडि बढाइएको बताएका थिए । ...
पर्यटक तान्दै मत्स्यपोखरी
अर्थ/व्यापार, रोचक, समाचार, समाज

पर्यटक तान्दै मत्स्यपोखरी

संखुवासभाको चिचिला गाउँपालिकाको वडा नम्बर ४ मा अवस्थित मत्स्यपोखरी सङ्खुवासभा कै एक उत्कृष्ठ धार्मिक तथा पर्यटकिय गन्तब्य हो । जिल्ला सदरमुकाम खाँदबारीबाट करिव डेढ घण्टाको सवारी दुरीमा रहेको यस पोखरीलाई जिल्लाकै एक उत्कृष्ठ धार्मिक पर्यटकिय गन्तब्यका रुपमा स्थापीत गर्न चिचिला गाउँपालिकाले बिभिन्न दीर्घकालिन योजनाहरु अघि सारेको छ । पोखरीमा तिर्थयात्री तथा पर्यटकहरु असला माछाको अवलोकनका लागि पुग्ने गरेका छन् । असला माछाका साथसाथै यहाँको मनमोहक प्राकृतिक दृष्यावलोकन र रमणिय वातावरणले यस क्षेत्रको यात्राका लागि पर्यटकलाई आकर्षण गर्ने गरेको छ । मत्स्य पोखरिको आकर्षण थप्न फोहोरा सहितको माछो, शिवलिङ्ग, बसाहा, शेषनाग, शान्तिका अग्रदुत गौतम बुद्ध लगायतको प्रतिमा बनाई प्राण प्रतिष्ठा समेत गरिएको छ । अव चाँडैनै पोखरी वरिपरि लगाईएको रेलिङमा एक सय बढिको संख्यामा नेपालको राष्ट्रिय झण्डा फहराउने...
हाँडीगाउँमा शुरु भयो – ‘कहीँ नभएको जात्रा’
मनोरन्जन, रोचक, समाज

हाँडीगाउँमा शुरु भयो – ‘कहीँ नभएको जात्रा’

काठमाण्डाै महानगरपालिका–५ को हाँडीगाउँ क्षेत्रमा प्रदर्शन गरिने चोक्काथुनारायण जात्रा शुरु भएको छ । हरेक वर्ष कोजाग्रत पूर्णिमापछि मनाइने यो जात्रा यस क्षेत्रको प्राचीन मौलिक संस्कृतिका रूपमा मानिँदै आएको छ । तीन नारायण एवम् ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ समेत भनिने यो जात्रा  देशका अन्य ठाउँ र जात्राको भन्दा फरक छ । अन्य ठाउँमा हुने जात्रा खटको गजुर उल्टो नपारी गरिने तर यहाँको नारायण जात्रा भने उल्टो पारेर गरिने भएकाले कही नभएको जात्रा भन्ने गरिएको हो । जात्राका क्रममा हिजो हाँडीगाउँ, विशालनगर र गहनापोखरी क्षेत्रमा रथयात्रा गरिएको थियो । चोकेटनारायणसमेत भनिने चोक्काथुनारायणको नाममा गुठी जग्गा राखेर जात्रा चलाउने व्यवस्था गरिएको थियो । गुठी संस्थानको लगतमा चोक्काथुनारायण एवं तीननारायणका नाममा गुठी जग्गा राखिएको छ । मन्दिरको ढोकामा रहेको नेवारी भाषाको अभिलेख अनुसार राजा नरेन्द्र म...
एमाले नेता रघजी पन्तले संसदमा प्रस्तुत गरे मनैछुने कवीता
रोचक, समाज

एमाले नेता रघजी पन्तले संसदमा प्रस्तुत गरे मनैछुने कवीता

खल्तीमा तलब हालेर हिँड्यो बजार चामलको बोराले नाघ्यो तीन हजार रहर दाल किलोको दुई सय पचास बजारभाउ सुन्दा गुम्छ होस हवास तरकारीले भाउ नै नसोध भने झैँ गर्छ गोलभेँडाले के किन्लास् तैँले भनेर आँखा तर्छ दशैँको पेस्की आउने कहिले कहिले, पेस्कीमा महँगी आयो सरकारका घर त उज्याला होलान्, नहुनेको घरमा अहिल्यै अँध्यारो छायो आउन लागेको दशैँ सम्झेर जनता मुर्छा पर्छ सरकार गरिबको दशैँ यसपालि कसरी टर्छ रु मेरो प्रश्न छ जवाफ देऊ सरकार, जनताको दशैँ यसपालि कसरी टर्छ र ?...
नासाका अन्तरिक्ष यात्री फ्रैन्क रुबियो ३ सय ७१ दिन अन्तरिक्षमा विताएर फर्किए
रोचक

नासाका अन्तरिक्ष यात्री फ्रैन्क रुबियो ३ सय ७१ दिन अन्तरिक्षमा विताएर फर्किए

एजेन्सी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अन्तरिक्ष यात्री फ्रैन्क रुबियो अन्तरिक्षमा सबैभन्दा धेरै दिन बिताउने अमेरिकी नागरिक बनेका छन् । रुबियो अन्तरिक्षमा ३ सय ७१ दिन बिताएर पृथ्वीमा फर्किएसँगै उनी हालसम्मकै सबैभन्दा बढी समय अन्तरिक्षमा बिताउने अ‍ेमेरिकी नागरिकमा सामेल भएका हुन् । उनीसँगै अरू दुई रूसी अन्तरिक्ष यात्री पनि सँगै फर्किएको बीबीसीले जनाएको छ । १ सय ८० दिन अन्तरिक्षमा बस्ने योजना रहेपनि प्राविधिक कारणले उनी बढी समय बस्न बाध्य भएका हुन् । उनको यान अन्तरिक्षमै स्पेस जंकसँग ठोक्किदा यानमा केही खराबी आएकाले उनको यात्रा लम्बिएको बताइएको छ । रुबियोको अहिले रिकभरि टिमले हेरचाह गरिरहेको छ । यसैबीच, उनको यो लामो यात्राबाट धेरै महत्वपूर्ण जानकारी मिल्ने पनि वैज्ञानिकले आशा गरेका छन् । ...
चीनले अन्तरिक्षमा पठायो रिमोट सेन्सिङ उपग्रह
रोचक

चीनले अन्तरिक्षमा पठायो रिमोट सेन्सिङ उपग्रह

एजेन्सी । चीनले बुधबार उत्तर पश्चिम चीनको जिक्वान स्याटेलाइट लञ्च सेन्टरबाट नविनतम रिमोट सेन्सिङ उपग्रह अन्तरिक्षमा पठाएको छ । याओगन–३३ ०४ नामक उपग्रह लङ मार्च–४ सी क्यारियर रकेटबाट बिहान सवा ४ बजे प्रक्षेपण गरेको थियो । यसलाई वैज्ञानिक प्रयोग, भूमि श्रोत सर्वेक्षण, बाली उत्पादन अनुगमन र विपद् रोकथाम तथा राहत कार्यका लागि प्रयोग गरिनेछ । प्रक्षेपण लङ मार्च क्यारियर रकेट श्रृंखलाको ४८९ औं उडान अभियान हो । ...
चन्द्रयान–३ को रोभरले पुनःसम्पर्क गर्ने सङ्केत देखाएन, अत्यधिक चिसोले ब्याट्रीमा क्षति पुर्याएको अनुमान
रोचक, समाचार

चन्द्रयान–३ को रोभरले पुनःसम्पर्क गर्ने सङ्केत देखाएन, अत्यधिक चिसोले ब्याट्रीमा क्षति पुर्याएको अनुमान

भारतले चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गराएको चन्द्रयान(३ को रोभरले पुनः सम्पर्क गर्ने सङ्केत नदेखाएको भारतीय रक्षा अनुसन्धान सङ्गठन ९इसरो० ले जनाएको छ । एक महिनाअघि अर्थात् अगस्ट २३ मा चन्द्रमाको सतहमा अवतरण गरेको यानलाई सूर्य अस्ताउन थालेपछि स्लिप मोडमा राखेको इसरोले जनाएको थियो । पुनः सूर्य उदायपछि सेप्टेम्बर २२ अर्थात् हिजो रोभर पुनः सक्रिय हुने इसरोको आशा थियो । रोभरलाई पुनः जागृत गराउन प्रयास भइरहेको भए पनि सक्रिय हुने सङ्केत नदेखिएको इसरोलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । चन्द्रमामा रातको समयमा भएको अत्यधिक चिसोका कारण रोभरको ब्याट्रीमा क्षति पुगेको हुन सक्ने इसरोको अनुमान छ । चन्द्रमामा पृथ्वीको १४ दिन बराबर एक दिन र १४ दिन बराबरकै एक रात हुन्छ । यसअघि सूर्य उदाउने समय पारेर यान अवतरण गराएको भारतले चन्द्रमामा रात परेसँगै यानलाई स्लिप मोडमा राखेको थियो । चन्द्रमाको सत...
६ महिनापछि नासाले पठाएका चार जना अन्तरिक्ष यात्री पृथ्वीमा फर्किए
रोचक, समाचार

६ महिनापछि नासाले पठाएका चार जना अन्तरिक्ष यात्री पृथ्वीमा फर्किए

अमेरिकाको राष्ट्रिय हवाई यातायात तथा अन्तरिक्ष प्रशासन नासा को स्पेसएक्स क्रू–सिक्स का अन्तरिक्ष यात्रीहरु ६ महिनापछि सकुशल पृथ्वीमा फर्कन सफल भएका छन् । आज बिहान दक्षिणपूर्वी अमेरिकी राज्य फ्लोरिडाको तटीय क्षेत्रमा सुरक्षित रुपमा उनिहरु अवतरण गरेका नासाले उल्लेख गरेको छ । अन्तरिक्ष यात्री स्टेफन बोवेन र वुडी होबर्ग, यूएईका अन्तरिक्ष यात्री सुल्तान अल नेयादी र रूसको राष्ट्रिय अन्तरिक्ष निगमका अन्तरिक्ष यात्री आन्द्रे फेद्याएभ सकुशल उत्रिएका हुन् । उनीहरु छ महिनादेखि आईएसएसमा बसेर काम गरिरहेका थिए ।...
सुर्यको अध्ययनका लागि भारतले पठायो आदित्य–एल १
रोचक, समाचार

सुर्यको अध्ययनका लागि भारतले पठायो आदित्य–एल १

भारतले सूर्यको अध्ययनका लागि एक मिसनको सुरुवात गरेको छ । चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान–३ को सफल अवतरण गरेको एक सातापछि नै भारतले आफ्नो पहिलो सूर्य मिसनको प्रक्षेपण गरेको हो । आदित्य–एल १ नाम दिइएको यो अन्तरिक्ष यान शनिबार २ सेप्टेम्बरमा श्रीहरिकोटबाट स्थानीय समयअनुसार विहान ११ः५० बजे अन्तरिक्षतर्फ प्रस्थान गरेको हो । श्रीहरिकोटमा भारतको प्रमुख उपग्रह प्रक्षेपण केन्द्र छ । यो अन्तरिक्ष यानले पृथ्वीबाट १५ लाख किलोमिटरको दुरी पार गर्नेछ, जुन पृथ्वी र सूर्यको दुरीको १ प्रतिशत हो । भारतीय स्पेस एजेन्सीका अनुसार लेगरञ्ज प्वाइन्टमा पुग्न यो अन्तरिक्ष यानलाई चार महिना लाग्ने छ । लेगरञ्ज प्वाइन्ट त्यो ठाउँ हो, जहाँ सूर्य र पृथ्वीको गुरुत्वाकर्षण बल सन्तुलित हुनेछ । यहाँ एक किमिसको न्यूट्रल प्वाइन्ट विकसित हुन्छ, जहाँ अन्तरिक्ष यानको इन्धनको सबभन्दा कम खपत हुनेछ । यो ठाउँको नाम फ्रान्सेल...