सुबिधा सम्पन्न महिला आवासगृह तथा पुनरस्थापना केन्द्र हस्तान्तरण
संखुवासभा चैत्र ७
संखुवासभाको सदरमुकाम खाँदबारीमा निर्माण गरिएको महिला आवासगृह तथा पुनरस्थापना केन्द्र सेफ हाउसको आज एक कार्यक्रमको आयोजना गरि हस्तान्तरण गरिएको छ । खाँदबारी ८ स्थीत जिल्ला समन्वय समिति संखुवासभाको स्वामित्यमा रहेको जग्गामा निर्माण गरिएको सुबिधा सम्पन्न सेफ हाउस कोशी प्रदेशका माननीय सामाजिक बिकास मन्त्रि पाँचकर्ण राईज्युको प्रमुख आतिथ्यतामा हस्तान्तरण गरिएको हो ।
जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यको सभापतित्वमा भएको भवन हस्तान्तरण कार्यक्रममा अमेरीका र क्यानडाका दात्रृ निकायका प्रमुख तथा प्रतिनिधी, जिल्लाका पाँच नगरपालिकाका प्रमुख तथा उपप्रमुख, पाँचै गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष, प्रमुख जिल्ला अधिकारी लगायत सरकारी तथा गैह्र सरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधी र संचारकर्मीहरुको उपस्थीति रहेको थियो ।
कार्यक्रममा कोशी प्रदेशका सामाजिक बिकास मन्त्री पाँचकर...









