समाज Archives - Page 9 of 9 - साझाकुरा
आइतवार, मंसिर २२, २०८२

समाज

आजदेखि सोह्र श्राद्ध सुरू
समाज

आजदेखि सोह्र श्राद्ध सुरू

शनिबारदेखि सोह्र श्राद्ध सुरू भएको छ । सोह्र श्राद्धलाई पितृ पक्ष आरम्भ भएको रुपमा लिइन्छ । सोह्र श्राद्धको पहिलो दिन नै प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख गरीएको छ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नसम्म गरिसक्नुपर्ने पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई तर्पण, पिण्ड र सिदादान गरिने भएकाले यो तीथिलाई सोह्रश्राद्ध भनिएको हो । चाडपर्व तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिन्छ । सोह्रश्राद्धमा पितृले आफ्ना सन्तानबाट तर्पण, पिण्डको आश गरिरहेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । सोह्रश्राद्ध गर्नाले पितृप्रतिको दायित्व पूरा हुनाका सा...
ठगी आराेपमा अभिनेता अनमाेल केसी पक्राउ
समाचार, समाज

ठगी आराेपमा अभिनेता अनमाेल केसी पक्राउ

अभिनेता अनमोल केसी ठगी आरोपमा पक्राउ परेका छन् । अनुसन्धानका लागि भन्दै उनलाई भक्तपुरको साँगाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । चलचित्र 'रावायण' मा खेल्नका लागि केसीले १० लाख रुपैयाँ लिए पनि सम्झौता नगरेको र छायाङ्कनमा पनि नआएको भनी निर्माता चन्द्रकला कटवाल थापाले दिएको जाहेरीका आधारमा पक्राउ गरिएको काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताउनुभयो । उहाँका अनुसार केसीसहित चलचित्रका अन्य कलाकारसमेतले निर्माताहरूबाट एक करोड १५ लाख रुपैयाँ लिएको पाइएको छ । उनीहरूका विषयमा पनि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । ...
राष्ट्रपति पौडेल पैदल हिँडेरै इन्द्रजात्रामा सहभागी
समाज

राष्ट्रपति पौडेल पैदल हिँडेरै इन्द्रजात्रामा सहभागी

राष्ट्रपति रामचन्द्र पौडेल इन्द्रजात्रामा सहभागी हुन गाडीबाट झरेर हिँडेरै जात्रास्थलमा पुग्नुभएको छ । राष्ट्रपति पौडेल बिहिबार काठमाडौको बसन्तपुरस्थित हनुमान ढोकामा इन्द्रजात्राको अवलोकन गर्न जानु भएको हो । इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा हेर्ने गर्ने परम्परा छ । इन्द्रध्वजाको लिङ्गो ठड्याएपछि शुरु भएको इन्द्रजात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ । राष्ट्रपति पौडेल जुद्ध सालिकबाट कुमारी घरसम्म हिडेरै जानु भएको हो । ...
आज इन्द्रजात्रा पर्व मनाइँदै, काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा
समाज

आज इन्द्रजात्रा पर्व मनाइँदै, काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । हरेक वर्ष भदौशुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाण्डाै, ललितपुर, भक्तपुर, धुलीखेल, दोलखालगायत ठाउँमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ । भदौशुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ । इन्द्रजात्रामा राष्ट्रपतिबाट हनुमानढोकामा रहेको गद्दी बैठकमा जीवित देवीका ...
काठमाडौंको प्रसिद्ध ईन्द्रजात्रा आजदेखि सुरू
समाज

काठमाडौंको प्रसिद्ध ईन्द्रजात्रा आजदेखि सुरू

काठमाडौं उपत्यकाको मुख्य पर्व इन्द्रजात्रा मंगलबारबाट सुरू भएको छ । मंगलबार बिहान १० बजेर ४० मिनेटको साइतमा बसन्तपुरमा ध्वजारोहण गर्ने कार्यक्रम रहेको छ । काठमाडौं महानगरपालिकाले सोमबार वसन्तपुरमा पत्रकार सम्मेलन गरी सो पर्वको शुभारम्भ मंगलबारदेखि सुरू हुने जानकारी गराएको हो । जात्राका लागि इन्द्रजात्रा व्यवस्थापन समितिसँगको सहकार्यमा साामाजिक, सांस्कृतिक र धार्मिक क्रियाकलापहरु संचालन भइरहेको महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले जानकारी दिनुभयो । जात्रामा सहभागी हुनका लागि २० जना विदेशी पाहुना आउनेछन् । इन्द्रजात्रामा राष्ट्रप्रमुखको हैसियतमा राष्ट्रपतिले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको दर्शन गर्ने परम्परा रही आएको छ । नेवारी समूदायले यो पर्वमा वर्षा र सहकालको देवताको रुपमा इन्द्रको पूजा आराधना गर्दछन् । ८ दिनसम्म विभिन्न नाजगान, रथयात्रा गरी यो पर्व मनाईन्छ । यसैबीच, का...
ओखलढुंगा वाम्बुले राई समुदायले मनाए ढवाङकुम
मनोरन्जन, समाज

ओखलढुंगा वाम्बुले राई समुदायले मनाए ढवाङकुम

ओखलढुंगाका प्रकृतिपूजक वाम्बुले राई समुदायले ढवाङकुम चाड भब्यरुपले मनाएका छन् । जनैपूर्णिमाको अघिल्लो दिनदेखि २ दिनसम्म वाम्बुले राई समुदायले ढवाङकुम चाडमनाउने गर्दैआएका छन् । वाम्बुले राई समुदायको बाहुल्यता रहेको जिल्लाको वाक्सा, उँबू, मोली, लगायतका ठाउँमा प्रकृति र पितृ स्मरण सहित पूजा गर्दै यो पर्व भब्यरुपले मनाउँदै आएका छन् । ढ्वाङकुमटारमा जम्मा भएर मनाइने यो चाँडमा वाम्बुले राईहरुले नाक्सोमार्फत आफ्नो पितृ र प्रकृतिलाई कागुनीको भात, कोदोको जाँड, मकैको झुत्ता, काँक्रा, भुटेको मासुलगायतका वस्तु चढाउने परंम्परा रहिआएको छ । हरेक घरबाट थुन्चेमा विभिन्न सामग्री बोकेर ढ्वाङकुमटारमा लगि सामुहिक रुपमा घर परिवार र आफन्तसंग भेटघाट तथा नाचगान समेत गरिने प्रचलन छ ।...
बालिका बलात्कारको आरोपमा युवक पक्राउ
अपराध, समाज

बालिका बलात्कारको आरोपमा युवक पक्राउ

रूकुम पश्चिममा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा आठबिसकोट नगरपालिका(६ का २१ वर्षीय चिरन्जिवी बोहरा रहेको प्रहरीले जनाएको छ । आरोपी बोहोरालाई बिहिबार दिउँसो प्रहरी चौकी त्रिपुराकोटबाट खटिएको टोलीले पक्राउ गरेको हो। बोहराविरूद्ध १३ वर्षीया बालिकालाई त्रिपुरासुन्दरी नगरपालिका(१ बगरस्थित एक घरमा पुर्याई बलात्कार गरेको उजुरी परेको थियो। सोही उजुरीको आधारमा बोहोरालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।...
बिवेक पुर्याएर काम गर्न नगरप्रहरी बललाई बालेन साहको निर्देशन
समाचार, समाज

बिवेक पुर्याएर काम गर्न नगरप्रहरी बललाई बालेन साहको निर्देशन

काठमाण्डौ नगरपालिकाका मेयर बालेन साहले बिवेक प्रयोग गरेर काम गर्न नगरप्रहरी बललाई निर्देशन दिएका छन् । बिहीबार नगर प्रहरी बलको स्थापना दिवसको अवसरमा आयोजना गरिएको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले समय अति संबेदनशिल भएकाले जनतासंग ब्यवहार गर्दा अति बिवेक पुर्याएर मात्र काम गर्न निर्देशन दिएका हुन् । प्रमुख साहले नगर प्रहरीले कुनैपनि प्रकारको नातावाद, कृपावाद र राजनितिक आस्था र भेदभाव नराखि काम गर्ने शिलशिलामा कठिनाई भए आफ्ना समस्या महानगर समक्ष राख्न समेत मेयर साहले आग्रह गरेका थिए । सम्बोधनका क्रममा मेयर साहले महानगरपालिकाले नगरप्रहरिको सक्रियतामा १ सय ५० रोपनीबढी सार्वजनिक जग्गा संरक्षण गर्न सफल भएको, पार्किङ व्यवस्थापनमा ऐतिहाँसिक उपलब्धी हाँसिल गरेको भन्दै नगरप्रहरीबलको खुलेर प्रसंसा गरेका थिए ।...