स्वास्थ्य Archives - साझाकुरा
सोमवार, बैशाख ८, २०८२

स्वास्थ्य

सिटिस्क्यान मेसिन खरिद प्रकृया राेक्ने काेशी प्रदेसका स्वास्थ्य मन्त्रि राईप्रति संखुवासभामा जन आक्राेस बढ्दै । निर्णय फिर्ता लिन आग्रह
समाचार, स्वास्थ्य

सिटिस्क्यान मेसिन खरिद प्रकृया राेक्ने काेशी प्रदेसका स्वास्थ्य मन्त्रि राईप्रति संखुवासभामा जन आक्राेस बढ्दै । निर्णय फिर्ता लिन आग्रह

संखुवासभा चैत्र २२ कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री भुपेन्द्र राईले जिल्ला अस्पताल संखुवासभामा सीटी स्क्यान मेसिन खरिद प्रक्रिया रोक्न निर्देशन दिएकाे भन्दै संखुवासभामा काेशी प्रदेसका स्वास्थ्य मन्त्रि राईप्रति जन आक्राेस बढ्दै गएकाे छ । काेशी प्रदेश सरकारले सिटिस्क्यान मेसिन खरिदका लागि यो वर्ष ७ करोड रुपैयाँ बिनियाेजन गरेकाे थियो। जिल्ला अस्पताल संखुवासभामा संखुवासभासहित भोजपुर, धनकुटा र तेह्रथुमसम्मका बिरामीकाे घुईंचाे लाग्ने गरेकाे छ । संखुवासभामा सिटिस्क्यान मेशिन नहुँदा सामान्य दुर्घटना भएका बिरामी समेत सीटी स्क्यान गराउन धेरै रकम खर्चेर सुविधा सम्पन्न अस्पतालमा पठाउनु पर्ने बाध्यात्मक अवस्था छ। मेसिन खरिद कार्यक्रम कार्यन्वयन नगर्ने मन्त्रीस्तरीय निर्णय भएको स्वास्थ्य मन्त्रालयले पत्र मार्फत जानकारी गराएको संखुवासभा जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुमन शाक्...
खाँदबारी अस्पतालको निर्मााणधिन भवनको अनुगमन(भिडियो सहित)
समाचार, स्वास्थ्य

खाँदबारी अस्पतालको निर्मााणधिन भवनको अनुगमन(भिडियो सहित)

चैत्र १५ संखुवासभा । संखुवासभाको खाँदबारीमा निर्माणधिन खाँदबारी अस्पतालको भवनको आज अनुमगन गरिएको छ । भुईं तलामा देखिएको प्राबिधिक समस्याका कारण रेट्रोफिट गरिँदै गरेको भवनको आज जिल्ला स्थीत राजनितिक दल, नागरिक समाज र पत्रकारहरुको संयुक्त टोलिले अनुगमन गरेको हो । नव निर्मित भवनको तल्लो तलामा निर्माणकै चरणमा केहि त्रुटि देखिएको प्राबिधिक मुल्यांङ्कन पछि निर्माणकर्ताले अहिले भवनको रेट्रोफिटिंङको कामलाई तिब्रता दिईरहेको छ । भवन निर्माणको काम सम्पन्न नभएका कारण पुरानो भवनबाट उपचार सेवा दिन अत्यन्तै कठिनाई भैरहेको सरोकारवालाहरुले बताएका छन् । बिरामीको चाँप बढेकाले भुईमा राखेर उपचार सेवा प्रदान गरिएको ब्यापक जनगुनासो आएपछि सर्वदलिय सर्वपक्षिय अनुगमन गरि भवनको काम चाँडो सक्न जिल्ला समन्वय प्रमुख सुमन शाक्यले निर्देशन दिएका छन् । भवन निर्माणको म्याद सकिएपनि ठेकेदार र निर्माण कम्पनीको लापर्वाहि...
प्रजातन्त्र दीवसका अवसरमा रक्तदान तथा फलफुल बितरण कार्यक्रम
समाचार, स्वास्थ्य

प्रजातन्त्र दीवसका अवसरमा रक्तदान तथा फलफुल बितरण कार्यक्रम

संखुवासभा फागुन ७ प्रजातन्त्र दिवसको अवसरमा संखुवासभा जिल्ला स्तरिय समारोह समितिको संयोजन तथा संखुवासभा उद्योग बाणिज्य संघको सहसंयोजनामा खाँदबारी अस्पतालका बिरामीहरुलाई फलफुल बितरण गरिएको छ । आज बिहान जिल्ला समन्वय उपप्रमुख बबिता खत्रीको सभापतित्वमा तथा संखुवासभा उद्योग बाणिज्य संघका अध्यक्ष डेगराज बस्नेत, प्रमुख जिल्ला अधिकारी बिनोद कुमार खड्का, काँग्रेस जिल्ला सभापति अनन्तकुमार गौली, रेडक्रस जिल्ला सभापति सरोज कुमार बज्राचार्य, नेपाल पत्रकार महासंघका अध्यक्ष कृष्णराज शाक्य लगायतको पत्रकार कार्यालय प्रमुख तथा सामाजिक संघसंस्थाको प्रतिनिधीहरुको उपस्थीतिमा खाँदबारी अस्पतालका ४४ जना बिरामीलाई फलफुल बितरण गरिएको संखुवासभा उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष संजिव श्रेष्ठले जानकारी दिए । नेपाली काँग्रेसका कार्यबाहक सभापति अनन्त कुमार गौलीले अस्पतालमा उपचाररत बिरामीहरुलाई प्रजातन्त्र द...
जिल्लाको पहिलो सितोरियो कराँते प्रशिक्षक सन्तोष याख्खा सम्मानीत खेलक्षेत्रलाई राज्यले प्राथमिकतामा राख्नुपर्छः प्रशिक्षक याख्खा
खेलकुद, समाचार, स्वास्थ्य

जिल्लाको पहिलो सितोरियो कराँते प्रशिक्षक सन्तोष याख्खा सम्मानीत खेलक्षेत्रलाई राज्यले प्राथमिकतामा राख्नुपर्छः प्रशिक्षक याख्खा

संखुवासभा फागुन १ जिल्ला कराँते महासंघ संखुवासभाले जिल्लाको पहिलो सितोरियो कराँते प्रशिक्षक सन्तोष याख्खालाई सम्मान गरेको छ । बिहिबार खाँदबारी नगरपालिकाको सभाहलमा एक भब्य अन्तरक्रिया तथा स्वागत कार्यक्रमको आयोजना गरि संघले उनलाई सम्मान गरेको हो । धनकुटा स्थाई घर भै हाल काठमाण्डौमा खेल क्षेत्रमै क्रियाशिल प्रशिक्षक याख्खाले २०५१ साल देखि २०६० सालसम्म करिव १० बर्ष संखुवासभाको सदरमुकाम खाँदबारीलाई कार्यक्षेत्र बनाई पाँच सय बढि कराँते खेलाडी उत्पादनमा योगदान दिएको भन्दै संखुवासभाको सितोरिया कराँते महासंघले आज उनलाई सम्मान गरेको हो । लामो समय पछि संखुवासभा आईपुग्नुभएका कराँते प्रशिक्षक याख्खाको सम्मानका लागि सितोरियो कराँते प्रशिक्षणमा रहेका प्रशिक्षक र एक सय ५० बढि प्रशिक्षार्थीहरुले उनलाई खेल कौशल प्रदर्शन मार्फत स्वागत गरेका थिए । संखुवासभामा ३० बर्ष अघि पहिलो पटक सितोरियो कराँते भित्...
विश्व क्यान्सर दिवसका अवसरमा अर्वुद राेग निवारण संस्था र खाँदबारी युथ क्लबद्वारा चेतनामुलक कार्यक्रम संचालन
अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ्य

विश्व क्यान्सर दिवसका अवसरमा अर्वुद राेग निवारण संस्था र खाँदबारी युथ क्लबद्वारा चेतनामुलक कार्यक्रम संचालन

संखुवासभा माघ २२ विश्व क्यान्सर दिवसका अवसरमा खाँदबारीमा विभिन्न जनचेतनामुलक कार्यक्रमकाे आयाेजना गरिएकाे छ । नेपाल अर्बुद राेग निवारण संस्था र खाँदबारी युथ क्लबकाे संयुक्त आयाेजनामा क्यान्सर बिरुद्ध जनचेतनामुलक छलफल तथा खाँदबारी पाेखरी पार्कमा दिपप्रज्वलन कार्यक्रम आयाेजना गरिएकाे हाे । कार्यक्रमका पमुख अतिथी जिल्ला समन्वय प्रमुख सुमन शाक्यले पछिल्लाे समय क्यान्सर राेग हर समुदाय र टाेल टाेलमा फैलिरहेकाले सचेतना जगाउन आवश्यक भएकाे बताउनु भयाे । प्रमुख अतिथी शाक्यले अहिले नेपालमा ४२ हजार बढि क्यान्सरका बिरामि रहेकाे र २२ प्रतिशत क्यान्सरकाे कारण सुर्ति सेवन रहेकाे, अब्यवस्थित खानपान र ब्यायाम अर्थात शारिरिक श्रम अभावका कारण ५ देखि १० प्रतिशत क्यान्सर र बंशानुगत कारणबाट पनि ५ देखि १० प्रतिशत मानिस क्यान्सर पिडित हुनेगरेकाे आँकडा प्रस्तुत गर्दै याे राेगबाट वच्न नियमित स्वास्थ्य परिक्...
हेल्पिङ हेण्ड्सद्वारा निशुल्क स्वास्थ्य शिवीर संचालन
समाचार, स्वास्थ्य

हेल्पिङ हेण्ड्सद्वारा निशुल्क स्वास्थ्य शिवीर संचालन

संखुवासभा माघ २१ हेल्पीङ्ग हेण्ड्स नेपालको मुख्य सहयोग, मनकामना अस्पताल तुम्लिंङ्टारको सहकार्य तथा लोहोरुङ्ग राई समाजको आयोजनामा मा संखुवासभाको खाँदबारी ४ पाङ्ममा निशुल्क स्वास्थ्य शिवीरको आयोजना गरिएको छ । हेल्पीङ्ग हेण्ड्सका अन्तराष्ट्रिय अध्यक्ष नारायण श्रेष्ठ तथा वहाँकी धर्मपत्नी श्रेष्ठको उपस्थीतिमा स्वास्थ्य शिवीरको आयोजना गरिएको हो । शिवीरमा नेपाली काँग्रेसका पुर्व सभापति दीपन कुमार श्रेष्ठ, खाँदबारी नगरपालिकाका उपप्रमुख महेश्वरा श्रेष्ठ बज्राचार्य, नेपाल पत्रकार महासंघका अध्यक्ष कृष्णराज शाक्य लगायत संचारकर्मीहरुको उपस्थीति रहेको थियो । उक्त शिवीरमा आँखा परिक्षण, जेनरल फिजिसिशन, दन्त सेवा, ईसिजी सेवा, आङ खस्ने समस्या, निशुल्क चश्मा तथा औषधी समेत बितरण गरिएको थियो । आज पाङ्मा स्वास्थ्य चौकीमा भएको निशुल्क स्वास्थ्य शिवीरमा दुई सय बढि बिभिन्न रोगबाट पिडित भएका बिरामीहरुको स्...
बिश्व क्यान्सर दिवस सन्दर्भ र हाम्रो भुमिका
अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ्य

बिश्व क्यान्सर दिवस सन्दर्भ र हाम्रो भुमिका

महेश श्रेष्ठ नेपाल अर्बूद रोग निवारण संस्थाका अध्यक्ष हुनुहुन्छ । हरेक बर्ष फेब्रुअरी महिनाको ४ तारिक बिश्व क्यान्सर दिवस को रूपमा नेपाल लगायत बिश्व भरका सबै देशमा बिभिन्न कार्यक्रमका साथ भबरूपमा मनाउने गरिन्छ। बिश्व भरि नै महामारी कै रूपमा फैलदै गहिरहेको क्यान्सर बिरूद्वमा लड्न बिश्वसमुदाय लाई एकजुट पारि बिश्वब्यापी रूपमा क्यान्सर बारेमा अनुसन्धान गर्नु , क्यान्सरको रोकथाम तथा निर्मुल गर्नु, क्यान्सर रोगीहरूको सेवाहरूमा सुधार गर्नु तथा जागरुकता बढाउनु र क्यान्सर का बिमारीको हेरचाहमा बिषेश ध्यान पुर्याउनु नै बिश्व क्यान्सर दिवस को मुख्य उदेश्य हो। क्यान्सर रोगको बिरूद्वमा काम गर्ने संसारभरी रहेका बिभिन्न संघसंस्था एवं समुदायहरूको अन्तराष्ट्रिय छाता संगठन (UICC ) Union for international cancer control द्वारा प्रतिपादन भएको बिश्व क्यान्सर दिबसको सन् २०२२ देखी २०२४ सम्मको अभियान नारा cl...
संखुवासभामा मनाईयाे याेग सप्ताह
समाचार, स्वास्थ्य

संखुवासभामा मनाईयाे याेग सप्ताह

आज राष्ट्रिय योग दिवस : संखुवासभामा पनि रुपमा सप्ता मनाईयाे माघ १ आज राष्ट्रिय योग दिवस मनाइँदैछ । योगको महत्वबारे सबैलाई थाहा दिने उदेश्यले हरेक वर्ष माघ १ गते राष्ट्रिय योग दिवस मनाइने गरिन्छ । ‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्वशान्तिका लागि योग’ भन्ने नाराका साथ आज दशौँ राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो । योगले तनावमुक्त हुन र बाथ, दम, उच्च रक्तचाप, मोटोपनजस्ता दीर्घ रोगबाट बच्न सहयोग हुने योगका जानकारहरु बताउँछन् । योग गुरु पोख्रेलकाअनुसार योग गर्दा सम्पूर्ण शरीरको रगत सञ्चालन सक्रियसँगै शरीरका बिकारहरु क्रमशः हट्दै जान्छ । नियमित योगाभ्यास गर्नाले शरीरमा ऊर्जाको सञ्चार हुने र स्फूर्ति पनि बढाउने भएकाले हिजोआज ठाउँठाउँमा योग शिविर तथा योग कक्षा सञ्चालन हुने गरेका छन् ।  संखुवासभामा पनि विभिन्न कार्यक्रम गरि याेग सप्ताह मनाईएकाे छ । जिल्लामा रहेका...
संखुवासभामा याेग सप्ताह शुरु
खेलकुद, समाचार, स्वास्थ्य

संखुवासभामा याेग सप्ताह शुरु

स्वास्थ्य जीवन, शान्त मन–समृद्ध समाजका लागि सत्सङ, योग, प्राणायाम र ध्यान भन्ने नाराका साथ जिल्ला योग समन्वय समिति संखुवासाभाको आयोजनामा जिल्लाका बिभिन्न क्षेत्रमा आजबाट योग शिवीर संचालन शुरु भएको छ । प्रमुख जिल्ला अधिकारी बिनोद कुमार खड्काले आज सदरमुकाम स्थीत आयुर्बेद कार्यालयको सभाहलमा योग शिवीरको उद्घाटन गर्नूभएको थियो भने खाँदबारी ८ पाठकगाउँमा रहेको श्री आदर्श बिद्या मन्दीर पाठक गाउँमा पनि योग शिवीर संचालन गरिएको थियो । खाँदबारी ८ मा भएको सप्ताहब्यापी योग कार्यक्रमको खाँदबारी नगरपालिकाका कार्यबाहक प्रमुख महेश्वरा श्रेष्ठ बज्राचार्य र शिक्षा बिकास तथा समन्वय प्रमुख गोपालमान भण्डारीबाट समुद्घाटन गरिएको थियो । योग शिवीरमा करिव २ सय जनाको सहभागिता रहेको जिल्ला योग समन्वय समितिका संयोजक भिम बहादुर कट्टेलले जानकारी दिनुभयो । वहाँले जिल्लामा रहेका ब्रम्हकुमारी राजयोग सेवा केन्द्र, पतञ...
भक्तपुर क्यान्सर अस्पताल सरकारलाई हस्तान्तरण
समाचार, स्वास्थ्य

भक्तपुर क्यान्सर अस्पताल सरकारलाई हस्तान्तरण

काठमाडौ । स्वास्थ्य मन्त्री प्रदिप पौडेलले क्यान्सर रोगको उपचार नेपालमै सर्वसुलभ बनाउन सरकारले तयारी गरिरहेको बताउनु भएको छ । काभ्रेको बनेपामा आयोजित नेपाल अर्बुद रोग निवारण संस्थाको ३४ औं केन्द्रीयसभामा मन्त्री पौडेलले सो कुरा बताउनु भएको हो । क्यान्सर रोग विरुद्ध जनचेतना फैलाइ प्रतिकारात्मक कार्यबाट क्यान्सर रोग न्युनीकरण गर्न सकिने बताउदै मन्त्री पौडेलले देशभित्रै उपचार सर्वसुलभ बनाउन नीतिगत निर्णयहरु गरेर व्यवहारिक बनाउन प्रारम्भ भएको बताउनु भएको छ । केन्द्रीयसभामा नेपाल अर्बुद रोग निवारण संस्थाद्धारा तीन दशक अघि स्थापीत नेपालकै पहिलो भक्तपुर क्यान्सर अस्पताल स्वास्थ्य मन्त्री प्रदिप पौडेल मार्फत नेपाल सरकारलाई आधिकारिक रुपमा हस्तान्तरण गरिएको थियो । सरकार र संस्थावीच भएको द्धिपक्षिय समझदारीपत्र अनुसार सो अस्पताल भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठानादेश, २०७७ बमोजिम सञ्चालन हुन...