समाज Archives - Page 2 of 9 - साझाकुरा
आइतवार, मंसिर २२, २०८२

समाज

सुबिधा सम्पन्न महिला आवासगृह तथा पुनरस्थापना केन्द्र हस्तान्तरण
समाचार, समाज

सुबिधा सम्पन्न महिला आवासगृह तथा पुनरस्थापना केन्द्र हस्तान्तरण

संखुवासभा चैत्र ७ संखुवासभाको सदरमुकाम खाँदबारीमा निर्माण गरिएको महिला आवासगृह तथा पुनरस्थापना केन्द्र सेफ हाउसको आज एक कार्यक्रमको आयोजना गरि हस्तान्तरण गरिएको छ । खाँदबारी ८ स्थीत जिल्ला समन्वय समिति संखुवासभाको स्वामित्यमा रहेको जग्गामा निर्माण गरिएको सुबिधा सम्पन्न सेफ हाउस कोशी प्रदेशका माननीय सामाजिक बिकास मन्त्रि पाँचकर्ण राईज्युको प्रमुख आतिथ्यतामा हस्तान्तरण गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यको सभापतित्वमा भएको भवन हस्तान्तरण कार्यक्रममा अमेरीका र क्यानडाका दात्रृ निकायका प्रमुख तथा प्रतिनिधी, जिल्लाका पाँच नगरपालिकाका प्रमुख तथा उपप्रमुख, पाँचै गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष, प्रमुख जिल्ला अधिकारी लगायत सरकारी तथा गैह्र सरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधी र संचारकर्मीहरुको उपस्थीति रहेको थियो । कार्यक्रममा कोशी प्रदेशका सामाजिक बिकास मन्त्री पाँचकर...
बरुण लोक सांस्कृतिक नृत्य प्रतियोगितामा मादी मावि प्रथम
समाचार, समाज

बरुण लोक सांस्कृतिक नृत्य प्रतियोगितामा मादी मावि प्रथम

फागुन १० सङ्खुवासभाको वरुण वहुमुखी क्याम्पसले अयोजना गरेको वरुण लोक सांस्कृतिक नृत्य प्रतियोगितामा मादी मावि मादी प्रथम भएको छ । अन्तराष्ट्रिय मातृभाषा दिवसको असरमा वरुणले रैथाने कला संस्कृति संरक्षणका लागि साँस्कृतिक नृत्य प्रतियोगिता तथा हस्तकला प्रदर्शनी आयोजना गरेको हो। प्रतियोगिताको विजेता मादी मावीले नगद ३० हजार प्राप्त गरेको छ । मादीले रैथाने कला संस्कृति अन्तर्गत संगीनी नृत्य प्रस्तुत गरेको थियो । त्यसैगरी कुमाल जातिको कुमाल सास्कृतिक नृत्य प्रस्तुत गरेको मनकामना मावि तुम्लिङटार दोस्रो भएको छ । कुलुङ राई समुदाय सास्कृतिक नृत्य प्रस्तुत गरेको सगरमाथा मावि सिलिचोङ तेस्रो र लिम्बु समुदायको केलाङ  नृत्य प्रस्तुत गर्ने सङ्खुवासभा बहुमुखी क्याम्पसले सान्त्वना स्थान प्राप्त गरेको छ । प्रतियोगितामा  द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमश नगद २० हजार, १० हजार र ५ हजार रुपैयाँ प्रमाण...
पहिलो याक्खा हाक्पारे ‘ओम्माङ्बा’ सार्वजनिक
समाचार, समाज

पहिलो याक्खा हाक्पारे ‘ओम्माङ्बा’ सार्वजनिक

माघ २१ याक्सिगुम मिडिया प्रा.लि.को ब्यानरमा निर्मित पहिलो याक्खा हाक्पारे भिडियो ‘ओम्माङ्बा’ सार्वजनिक भएको छ । सोमबार सुनसरीको धरानमा एक कार्यत्र mम आयोजना गरी भिडियो सार्वजनिक गरिएको हो । गोकुल सोम्याहाङ्गद्वारा निर्मित उक्त भिडियोमा देउ कृष्ण् लिंखा (राई)को निर्देशन रहेको छ । सह–निर्माताहरुमा खगेन सिं सोम्याहाङ्ग, वालगोपाल सोम्याहाङ्ग, सुजता जिमी र देवी याक्खा रहेका छन् । भिडियोमा अजय जिमी, गोकुल सोम्याहाङ्ग, हिरा सोम्याहाङ्ग, बिमला जिमी, सरिता जिमी, सरिता जिमी, राजकुमारी कोङ्रेन, सञ्जिता जिमी, रमेश लिम्बुखिम, गजेन्द्र पुपाङ्गु, मिजन सोम्याहाङ्ग, सविता जिमी लगायतको अभिनय तथा प्रस्तुति रहेको छ । मनु नेम्वाङ र शिव सम्बाहाम्फेले हाक्पारेमा स्वर दिएका छन् भने लय संकलन अजय जिमी याक्खाको रहेको छ । याक्खा जातिको मुख्य बसोवास रहेको क्षेत्र संखुवासभाको आँखीभुईंमा भिडियोको छायाँकन गरिएको ...
पत्रकार महासंघकाे अगुवाईमा सार्वजनिक सुनुवाई
समाचार, समाज

पत्रकार महासंघकाे अगुवाईमा सार्वजनिक सुनुवाई

संखुवासभा माघ १४ नेपाल पत्रकार महासंघ जिल्ला शाखा संखुवासभाको सहजिकरण तथा खाँदबारी नगरपालिकाको आयोजनामा खाँदबारी नगरपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको छ । नगर प्रमुख महेश थपलियाको अध्यक्षता तथा खाँदबारी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्तबहादुर खड्का र नेपाल पत्रकार महासंघका अध्यक्ष कृष्णराज शाक्य बिशिष्ट अतिथीका रुपमा रहनुभएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष कृष्णराज शाक्यले आर्थिक बर्ष २०८१÷०८२ को गत श्रावण देखि पौष सम्मका नगरपरिषदबाट पारित निति तथा कार्यक्रमहरुका बारेमा मात्र नभएर नगरसंग सम्वन्धीत जुनसुकै बिषयमा आफ्नो जिज्ञासा राख्न र सम्वन्धीत जिम्मेवार ब्यक्तिहरुलाई संयमतापुर्वक स्पष्ट जवाफ दिन आग्रह गर्दै नगर बिकासका लागि थप सल्लाह सुझाव प्रस्तुत गर्न आग्रह गर्नूभएको थियो । खाँदबारी नगर क्षेत्रका स्थान्ीय बासिन्दाहरुले नगरपालिकाले गरि...
बाह्रबिसे अग्नी प्रभावितलाई संखुवासभा उद्योग बाणिज्य संघद्वारा राहत रकम प्रदान
समाचार, समाज

बाह्रबिसे अग्नी प्रभावितलाई संखुवासभा उद्योग बाणिज्य संघद्वारा राहत रकम प्रदान

माघ ८ गत माघ २ गते संखुवासभाको सभापोखरी ६ बाह्रबिसेमा भएको आगलागि प्रभावितहरुलाई संखुवासभा उद्योग बाणिज्य संघले राहत स्वरुप सहयोग रकम प्रदान गरेको छ । आज संघका कार्यबाहक अध्यक्ष संजिव श्रेष्ठ, संस्थापक अध्यक्ष श्याम सुन्दर उदाश, उपाध्यक्ष राजकुमार श्रेष्ठ, संघका सचिव रबिन्द्र खत्री, सदस्य हेमराज निरौला, नेपाल पत्रकार महासंघ संखुवासभाका अध्यक्ष कृष्णराज शाक्य लगायतको उपस्थितिमा आगलागि प्रभाबित पाँच घरधुरी र त्यहाँ डेरागरि बस्ने छ परिवारलाई प्रभाबित स्थल बाह्रबिसे पुगेर संखुवासभा उद्योग बाणिज्य संघले ६९ हजार ९ सय रुपैयाँ सहयोग गरेको हो । गत माघ २ गते अकस्मात आगालागि हुँदा अमृता लिम्बु, लाल बहादुर लिम्बु, शुसिल तामाङ्ग, निर्मला कालाखेती तामाङ्ग र राम बहादुर राईको घर पुर्ण रुपमा क्षतिभएको थियो । आगलागि प्रभावितलाई रकम हस्तान्तरण गर्दै संघका कार्यबाहक अध्यक्ष संजिव श्रेष्ठले यो मानविय ...
आगलागि पिडितलाई राहत बितरण
समाचार, समाज

आगलागि पिडितलाई राहत बितरण

संखुवासभा माघ ४ संखुवासभाको सभापोखरी ६ मा बुधबार भएको आगलागि पिडितहरुलाई राहत बितरण गरिएको छ । बिहिबार जिल्ला बिपद ब्यवस्थापन समिति, नेपाल रेडक्रस सोसाईटि, अलैंची ब्यवसायी महासंघ र बितरक संघ संखुवासभाले आगलिागि पिडित पाँच घरधुरीका चार परिवारलाई नगद र राहत सामग्री बितरण गरेको हो । जिल्ला बिपद ब्यवस्थापन समितिका तर्फबाट सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरेले डत ३ परिवारलाई प्रति परिवार रु १५ हजार र ५ जनाभन्दा बढि सदस्य संख्या भएका एक परिवारलाई नगद रु २० हजार बितरण गरेका थिए । त्यसैगरि नेपाल रेडक्रस सोसाईटि संखुवासभाका कोषाध्यक्ष सल्यान नेपालीले रेडक्रसका तर्फबाट त्रिपाल, कम्बल, भाँडाकुडा, लत्ताकपडा लगायतका सामग्री बितरण गरेका थिए । त्यसैगरि बितरक संघ संखुवासभाको तर्फबाट प्रतिनिधी सुबास कालाखेतिले सभापोखरी गाउँपालिका अध्यक्ष भिम लिम्बु, उपप्रमुख लक्ष्मी चापागाईं, नेपाल पत्रकार महास...
खाँदबारीमा मेवाहाङ्ग पुर्खा भेला सम्पन्न
समाचार, समाज

खाँदबारीमा मेवाहाङ्ग पुर्खा भेला सम्पन्न

संखुवासभा पाैष १२ भाषा बाँचे जाति बाच्छ, जाति बाँचे देश भन्ने नाराका साथ मेवाहाङ भाषाकाे बृहत् शब्दकाेष निर्माणका लागि पुर्खाभेला कार्यक्रमकाे आयाेजना गरिएकाे छ । संखुवासभाकाे खाँदबारिमा ४ दिनसम्म संचालित पुर्खा भेलामा संखुवासभा, भाेजपुर, सुनसरि , माेरंग, झापा र ईलाम जिल्लाका मेवाहाङ भाषा, संस्कृतिविदहरुकाे सहभागिता रहेकाे थियाे । बृहत् शब्दकाेष निर्माणका लागि आयाेजित पुर्खा भेला समापन समाराेहलाई सम्बाेधन गर्दै कार्यक्रममका सभापति भाषा संस्कृतिविद शंकरदास मेवाहाङले भावि पुस्ताका लागि भाषा संस्कृति जाेगाउन पुर्खाहरुले याेगदान दिएमात्र भावी पुस्ताकाे जीवन सार्थक रहने धारणा राखे । कार्यक्रममा शिलिचाेङ गाउँपालिका अध्यक्ष भुपालराज मेवाहाङले आफ्नाे भाषा शब्द र संस्कृति संरक्षणका लागि पुर्खाहरुले दिएकाे याेगदान ऐतिहाँसिक हुने बताए । कार्यपालिका सदस्यनरेन्द्र मेवाहाङ र मेवाहाङ भाष...
संखुवासभामा एक बर्षमा ५४ वटा मानव अधिकार उलङ्घनका घटना
समाचार, समाज

संखुवासभामा एक बर्षमा ५४ वटा मानव अधिकार उलङ्घनका घटना

संखुवासभा,पुष ७ संखुवासभामा मानवअधिकार उलङ्घनका घटना वृद्धि भएको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) संखुवासभाले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ वार्षिक पूर्व समीक्षा कार्यक्रममा सो प्रतिवेदन सार्वजनिक गरेको हो । इन्सेकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार जिल्लामा एक वर्षको अवधिमा ५४ वटा मानवअधिकार उलङ्घनका घटना भएको उल्लेख गरेको छ । २१ महिने बालिका बलात्कृत हुनु गम्भीर मानवअधिकार उल्लघंनका घटना भएको इन्सेकको ठहर छ । आज सदरमुकाम खाँदबारीमा बार्षिक प्रतिवेदन सार्वजनिक गर्दै ५४ वटा घटनामा ५५ जना पीडित भएको इन्सेक प्रतिनिधि भविन कार्कीले बताए । अघिल्ला वर्षहरुमा झै संखुवासभामा हत्या, बलात्कार र कुटपिट जस्ता घटनाले निरन्तरता पाएको अवस्था देखिन्छ । संखुवासभामा ९ जना बालिका सहित १२ जना बलात्कृत, घरेलु हिंसाका ३२, हत्या ४ वटा , कुटपिट गैर राज्य पक्ष ४ जना, हातपात १ जना, आत्म...
खाँदबारी बसपार्क क्षेत्रमा सरसफाई कार्यक्रम ( फोटो फीचर सहित  )
समाचार, समाज, स्वास्थ्य

खाँदबारी बसपार्क क्षेत्रमा सरसफाई कार्यक्रम ( फोटो फीचर सहित )

संखुवासभा पौष ७ वातावरणीय स्वच्छता कायम राखौ, स्वस्थ जिवन बाँचौं, हाम्रो फोहोर हाम्रै जिम्मेवारी भन्ने नाराका साथ नेपाल पत्रकार महासंघ संखुवासभाको आयोजनामा सदरमुकाम खाँदबारीमा सामुहिक सरसफाई अभियान संचालन गरिएको छ ।  फोहोरका कारण जिल्ला सदरमुकामको प्रमुख बजारका रुपमा रहेको बसपार्क क्षेत्रको सौन्दर्यता खच्किएको भन्दै पत्रकार महासंघले खाँदबारी युथ क्लव, संबृद्ध बहुउदेश्यिय सहकारी संस्था, नेपाल अर्बूद रोग निवारण संस्थासगको संयुक्त आयोजनामा सरसफाई अभियान संचालन गरेको हो । सरसफाई अभियानमा जिल्ला प्रसाशन कार्यालय, नेपाली सेना, जिल्ला प्रहरी कार्यालय, खाँदबारी नगरपालिका, जिल्ला समन्वय समिति, रेडक्रस, यातायात ब्यवसायी महासंघ लगायतको सहभागिता रहेको थियो । जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिशिष्ट अतिथी खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलिया,सहायक प्र...
बरुणमा निरजोया उपन्यासको परिचर्चा
शिक्षा, समाचार, समाज

बरुणमा निरजोया उपन्यासको परिचर्चा

संखुवासभा पाैष ३, बरिष्ठ साहित्यकार तथा बरुण बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख उपेन्द्र कोरंङ्गी दाजु गुरुङ्गद्वारा लिखित निरजोया उपन्यासको आज परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । मकालु साहित्यिक समाज संखुवासभाको संयोजना तथा बरुण बहुमुखी क्याम्पस संखुवासभाको आयोजनामा भएको कार्यmक्रमको अध्यक्षता बरुण बहुमुखी क्याम्पसका प्रमुख चित्ररेखा कार्की अधिकारी रहनुभएको थियो भने कार्यक्रमको प्रमुख आतिथ्यता खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाले गर्नूभएको थियो । कार्यक्रममा दाजु गुरुङ्गद्वारा लिखित निरजोयाको साहित्यकार कृष्ण चापागाईं, लक्ष्मी ढुंगाना, तारा बहादुर बुढाथोकीले समालोचना गर्नूभएको थियो । कार्यक्रममा लेखक तथा साहित्यकार उपेन्द्र कोरंगीं दाजु गुरुङ्गले प्रवासमा रहँदा नेपालीहरुले भोग्नपरेका कथा ब्यथा र मायाँ प्रेमका कुरा जस्ताको तस्तै चित्रण गर्न खोज्नुभएको समालोचकहरुले टिप्पणी ग...