अख्तियारद्धारा चंखेलीका तत्कालीन अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर - साझाकुरा
आइतवार, माघ ५, २०८२

अख्तियारद्धारा चंखेलीका तत्कालीन अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


editor@sajhakura February 22, 2024

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चङ्खेली गाउँपालिकाका तत्कालीन निमित्त प्रशासकीय अधिकृत, इन्जिनियर, वडाध्यक्षसहित सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

सो गाउँपालिकाको वडा नं.३ स्थित मिमी वडा कार्यालयको फिल्ड निर्माण योजनामा अनियमितता गरेको पाइएपछि आयोगले आज उनिहरु बिरुद्ध मुद्दा दायर गरेको बताएको हो।

आयोगले तत्कालीन निमित्त प्रशासकीय अधिकृत विष्णुबहादुर शाही, इन्जिनियर रुद्रबहादुर वली, असिस्टेन्ट सबइन्जिनियर हर्कधन बुढा, तत्कालीन उपभोक्ता समितिका अध्यक्ष गोर्ख बुढा, सचिव मानबहादुर ऐडी, कोषाध्यक्ष डिल्ली बुढाविरुद्ध ११ लाख ९४ हजार चार सय २६ बराबरको बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको जनाईएको छ ।
यस्तै आयोगले वडा नं ३ का वडाध्यक्ष शालिग्राम ऐडीविरुद्ध पनि भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कारबाहीको माग गर्दै मुद्दा दायर गरिएको प्रवक्ता नरहरि घिमिरेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *