पाँचखपनका ३ परिवार आफन्त खोज्दै - साझाकुरा
बिहिबार, माघ २, २०८२

पाँचखपनका ३ परिवार आफन्त खोज्दै


editor@sajhakura June 9, 2025

जेष्ठ २६,संखुवासभा
संखुवासभाको पाँचखपन नगरपालिका वडा नं. ७ का ३ परिवार आफ्ना परिवारका सदस्यको खोजीमा छन् । माओवादी दन्द्धकाल र त्यसअघि विभिन्न कारणले परिवारबाट वेखबर भएकाहरुको खोजी गर्न वेपत्ता परिवारका सदस्यहरु लागेका छन् । यसअघि आफन्त लगायत आशंका गरिएका स्थानहरुमा परिवारले खोजी गरिसकेका छन् । यस पटक भने वडा नं. ७ को सहयोगमा सञ्चारमाध्यमबाट नै खोजी गरिदिन उनीहरुले आग्रह गरेका छन् ।
पाँचखपन–७ बाट विभिन्न समयमा अमर बहादुर कटुवाल, अमर बहादुर कालिकोटे खड्का र पदम बहादुर दर्जी हराएका थिए । पिडित परिवारका सदस्यहरुले दिएको जानकारी अनुसार अमर बहादुर कालिकोटे खड्का हराएको अहिले ३५ बर्ष भयो । घरबाट नागालैन जान्छु भनेर हिडेका उनका २ छोरा र २ छोरी र श्रीमति छन् ।
यसैगरी अमर बहादुर कटुवाल २०५८ साल चैत महिनाबाट हराएको उनकी छोरी भगवती कटुवाल ढकालले बताइन् । उनको खोजी हालसम्म परिवारकोतर्फबाट मात्र भइरहेको र यसमा अरु कसैले चासो नदिएको ढकालको भनाई छ ।
यसैगरी विष्णु दर्जीले आफ्नो बुबा पदम बहादुर दर्जी २०५१ सालदेखि वेपत्ता भएको बताए । २०५५ सालमा भारत गएर ४५ वर्ष काम गर्दा पनि बुबाको बारेमा पहिचान हुन नसकेको उनको भनाई छ । विष्णुको परिवारमा अहिले ३ जना सदस्य छन् । पदमका श्रीमती छुनमाया दर्जी र छोरा विष्णु र जीवनसँग बस्दै आएकी उनले राज्य र सञ्चारकर्मीले वेपत्ता नागरिकको खोजीमा चासो दिएको भन्दै धन्यवाद ज्ञापन गरिन् ।
हराएका नागरिकहरुको आधिकारिक खोजी प्रकृया सुरु नहुँदा देश विदेशमा रहेका मानिसहरुलाई जानकारीको अभाव हुने र परिवारमा काजक्रिया लगायत विविध कार्यमा समस्या हुने गरेको छ । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ सङ्खुवासभाको सहजिकरण र पाँचखपन नगरपालिका वडा नम्बर ७ को सहयोगमा पाँचखपन–७ का वेपत्ता नागरिकहरुको खोजी कार्य सुरु गरिएको हो ।
श्राेत:हेर्ने चित्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *