मकालु हिमाल आरोहण गर्ने एकै घरका ५ सम्मानित
संखुवासभा जेष्ठ ५
संखुवासभाको मकालु २ निवासी एकै घरका ५ जनाले मकालु हिमालको सफल आरोहण गरेका छन् । नेपाल पत्रकार महासंघ संखुवासभाले आज एक भब्य कार्यक्रमको आयोजना गरि सम्मान गरेको छ ।
मुक्टुक लाक्पा शेर्पा, डिमा दोर्ची शेर्पा, आङ डि शेर्पा, पासाङ याङ्जी शेर्पा र पेछुम्बे शेर्पाले गत बैशाख २६ गते ८,४८५ मिटर अग्लो मकालु हिमालको शिखरमा पाइला टेकेका हुन्।
एकै परिवारका पाँच जनाले मकालु हिमालको सफल आरोहण गर्नु नेपाली पर्वतारोहण इतिहासमै उल्लेखनीय उपलब्धि मानिएको छ।
महासंघका अध्यक्ष कृष्णराज शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिब्यराज पोखरेल रहनुभएको थियो भने कार्यक्रमको बिशिष्ठ अतिथीहरुमा खाँदबारी नगरपालिकाका उपप्रमुख महेश्वरा श्रेष्ठ बज्राचार्य, राष्ट्रिय अनुशन्धान प्रमुख एसपी उमेश पाण्डे, संखुवासभाका प्रहरी नायव उपरिक्षक डिएसपी दक्ष कुमार बस्नेत, संखुवासभा उद्योग बाणिज्य संघका अध्यक्ष डेगराज बस्नेत, युवा नेता दीपन कुमार श्रेष्ठ लगायतको उपस्थीति रहेको थियो ।
सम्मानित आरोहीहरूलको तर्फबाट आफ्नो धारणा राख्दै सगरमाथा हिमलका ५ पटक सफल आरोहण गरिसकेका काल् छिरिङ शेर्पाले आफुहरुलाई राज्यले अझैपनि वेवास्था गरिरहेकाले दुःख लागेको बताउँदै स्थानीय तह र पत्रकार महासंघप्रति आभार व्यक्त गरेका थिए ।
आरोहि सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी प्रजिअ दिब्यराज पोखरेलले एउटै परिवारका ५ सदस्यहरुले एकैपटक मकालु हिमालको सफल आरोहण गरेको बिश्वमै पहिलो रेकर्ड भएको हुनसक्ने धारणा राख्दै पर्यटन बिकासको क्षेत्रमा यो सफलताले ठुलो महत्व राख्ने बताउनु भएको थियो ।
कार्यक्रमका बिशिष्ट अतिथी खाँदबारी नगरपालिकाका उपप्रमुख महेश्वरा श्रेष्ठ बज्राचार्यले आरोहिहरुको हितका लागि पालिकाहरुले पनि बिषेस भुमिका निर्वाह गर्नूपर्ने धारणा राख्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा नेपाललाई चिनाउन पर्यटकहरुले खेलेको भुमिका अतुलनिय रहेको बताउनु भएको थियो । कार्यक्रममा संखुवासभा उद्योग बाणिज्य संघका अध्यक्ष डेगराज बस्नेतले कोशी प्रदेश सरकारले घोषणा गरेको पर्यटन बर्षलाई वहाँहरुको आरोहणले थप टेवा पुर्याएको धारणा राख्नुभएको थियो । यसैगरि िसंखुवासभाका युवा नेता दीपनकुमार श्रेष्ठले पत्रकार महासंघले आरोहिहरुलाई थप हौसला थप्नका लागि सम्मानको कार्यक्रम राखेकोमा धन्यबाद ज्ञापन गर्दै पर्यटन नै नेपालको अर्थतन्त्र सुधार गर्ने प्रमुख माध्यम भएको बताउनु भएको थियो ।
खाँदबारी १ का वडाध्यक्ष निरञ्जन श्रेष्ठले संखुवासभालाई आरोहिहरुको जिल्लाको रुपमा चिनाउन ठुलो मद्धत पुगेको भन्दै वहाँहरुको सफलताले सिंगो जिल्ला मात्रै नभएर सिंगो राष्ट्रको पर्यटन प्रवर्धनमा टेवा पुग्ने धारणा राख्नुभएको थियो ।
नेपाल पत्रकार महासंघका सचिव नवीन गुरुङ्गले संचालन गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष कृष्णराज शाक्यले आफ्नो ज्यानको बाजी लगाएर नेपालको पर्यटन प्रवर्धनमा योगदान पुर्याउने आरोहीहरुलाई राज्यले बिषेस ब्यवस्था गर्नूपर्ने धारणा राख्दै पर्यटन बिकास र प्रचारप्रसारको क्षेत्रमा पत्रकार महासंघले बिषेस भुमिका निर्वाह गर्ने प्रतिवद्धता ब्यक्त गर्नूभएको थियो ।
