समाचार Archives - Page 31 of 77 - साझाकुरा
सोमवार, माघ ६, २०८२

समाचार

कागुवा खोलाले बगाउँदा संखुवासभामा एक बेपत्ता
समाचार

कागुवा खोलाले बगाउँदा संखुवासभामा एक बेपत्ता

भाद्र ८ संखुवासभा चिचिला २ स्थीत कागुवा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् । सनिवार विहान खोलाले बगाउँदा मृत्यु हुनेमा खाँदबारी नगरपालिका ४ का ४५ बर्षीय गंगा बहादुर गुरुङ्ग बेपत्ता भएको जिल्ला प्रहरी कार्याल य संखुवासभाका प्रहरी नायब उपरिक्षक घनश्याम श्रेष्ठले जानकारी दिए । अरुण तेश्रो परियोजनामा मजदुरी गर्दैआएका गुरुङ्ग केहि समयका लागि बिदा लिएर घर फर्कने क्रममा रहेको जनाईएको छ । उनिसंगै खोला तरेका साथी गोरे बहादुर गूरुङ्गले साथी गंगाबहादुरलाई खोला तर्नेक्रममा कागुवाले बगाई लगेको जानकारी दिए । प्रहरीले बेपत्ता गुरुङ्गको ब्यापक खोजि गरिएपनि हालसम्म फेला पार्न नसकिएको जनाएको छ । खोजि कार्यलाई निरन्तरता दिईने पहरीको भनाई छ ।...
भोजपुरको ऐतिहासिक टक्सार बजारमा कृष्ण जन्माष्टमी मेला लाग्ने
समाचार, समाज

भोजपुरको ऐतिहासिक टक्सार बजारमा कृष्ण जन्माष्टमी मेला लाग्ने

भाेजपुर भाद्र ७ शाारदा बाेम्जन भोजपुरको ऐतिहासिक टक्सार बजारको संस्कार, संस्कृति संरक्षणका लागि यस वर्ष पनि श्रीकृष्ण जन्माष्टमी मेला लाग्ने भएको छ । यहि भाद्र १० र ११ गते श्रीकृष्ण जन्माष्टमीको अवसरमा मेला लाग्ने भएको हो । ♠ मेलाका लागि बिभिन्न समिति गठन गरेर तयारी थालिएको भोजपुर नगरपालिका वडा नम्वर १२ टक्सारका वडाध्यक्ष देवीप्रसाद कार्कीले जानकारी दिनु भयो । उहाले मेलामा सांस्कृतिक कार्यक्रम, लाखे नाच, कृष्ण भजन, मनोरञ्जनात्मक खेलहरु पिङ, नेवारी खाजाका परिकारहरु राखिने बताउनु भयो । भोजपुर नगरपालिका–१२ को आयोजनामा हुने दुईदिने मेलाको तयारी थालिएको छ । टक्सार ऐतिहासिक तथा धार्मिकस्थल भएकाले यसको संरक्षण र सम्बर्धन सहित परम्परा समेत जोगाउन जरुरी रहेको स्थानीय अमृका ताम्राकारले बताउनुभयो । सामाजिक, धार्मिक, सांस्कृतिक र आर्थिक केन्द्रकारूपमा स्थापित टक्सार बजारलाई पुरानै अव...
तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि
समाचार

तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि

तनहुँ बस दुर्घटनामा २७ जना यात्रुको मृत्यु भएको पुष्टि भएको छ। उनीहरूको तनहुँको आँबुखैरेनी अस्पतालमा पोस्टमार्टम भइरहेको छ। प्रहरीका अनुसार मृतक २६ जनाको आँबुखैरेनी अस्पतालमा पोस्टमार्टम भइरहेको छ। एक जनाको भने चितवनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। शुक्रबार पोखराबाट काठमाडौं जाँदै गरेको भारतीय पर्यटक बोकेको बस आँबुखैरेनी गाउँपालिकाको ऐना पहराबाट मर्स्याङ्दी नदीमा खसेको थियो बसमा ४३ यात्रु सवार रहेको बताइएको छ। ...
संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प
समाचार

संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प

भाद्र ७ संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । शुक्रबार जिल्लाको गढीडाँडा बजार आसपास केन्द्र भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो ३ः०७ मिनेटमा ३.९ रेक्टर स्केलको भूकम्प गएको छ ।
मुस्ताङमा हिमपहिरो, बोक्से खोला थुनियो
समाचार

मुस्ताङमा हिमपहिरो, बोक्से खोला थुनियो

भाद्र ७ मुस्ताङमा हिमपहिरो खसेको छ। थसाङ गाउँपालिका–२ कोवाङमाथि धौलागिरी आइसफल नजिकै हिमपहिरो खसेको हो। हिमपहिरोले बोक्से खोला थुनिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए। दुई घण्टा पहिले बोक्सेखोला थुनिएपछि निरीक्षणमा पुग्दा हिमपहिरो खसेको फेला परेको उनको भनाइ छ। ‘तल खोला बन्द भाको कारणले के कारणले बन्द भयो भनेर आउँदा माथि हिमपहिरो खसेको रहेछ’, पहिरोस्थल नजिकै पुगेका उनले भने। हिमपहिरो खसेकै ठाउँमा भने पुग्न नसकेको उनले सुनाए। हिमपहिरो खसेपछि बोक्से खोलाको तटीय क्षेत्रका बासिन्दालाई सर्तक रहन आग्रह गरेको प्रमुख जिल्ला अधिकारी पन्तले बताए। पहिरोस्थल जोमसोमबाट झन्डै १७ किलोमिटर पर रहेको उनले जानकारी दिए। श्राेत: देस संचार डट कम...
तनहुँ बस दुर्घटनामा मृत्यु भएको १४ को शव निकालियो,
समाचार

तनहुँ बस दुर्घटनामा मृत्यु भएको १४ को शव निकालियो,

भदौ ७, तनहुँमा भएको दुर्घटनामा परि मृत्यु हुने १४ जनाको शब निकालिएको छ । आज बिहान भारतीय नम्बर प्लेटको बस दुर्घटना हुँदा मृत्यु भएका १४ जनाको शव संकलन गरिएको छ भने १६ घाईतेलाई उपचारका लगिएको छ । ससस्त्र प्रहरीका अनुशार अहिले सम्म घटनास्थलबाट १४ जनाको शव निकालिएको भने अन्इ १६ जना घाइतेलाई उद्धार गरी उपचारका लागि स्थानीय अस्पतालमा पुर्याईएको छ । उद्धार कार्यमा गोताखोर सहितको टोली खटिएका छन् । प्रहरी, सशस्त्र प्रहरीसहित स्थानीय बासिन्दाहरु उद्धारका लागि खटिईरहेकाले दुर्घटनाको यकिन तथ्यांङ्क आईनसकेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जनाए । थापाका अनुशार दुर्घटनास्थल अप्ठेरो ठाउँ भएकाले तुइन रोप अर्थात् डोरीको प्रयोग गरी खोजि तथा उद्धारको कार्य अघि बढाईएको छ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी नजिकै पोखराबाट काठमाण्डौका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस आँब...
सभापोखरी तरुण दलद्धारा श्रमदान अभियान
समाचार, समाज

सभापोखरी तरुण दलद्धारा श्रमदान अभियान

भदाै १ संखुवासभा । नेपाली कांग्रेसका भातृसंगठन नेपाल तरुण दल सभापोखरीले श्रमदान अभियान संचालन गरेको छ । शनिबार सदरमुकाम खाँदबारीदेखि सभापोखरी गाउँपालिकाको केन्द्र बाह्रबिसे जोडिने ‘लाइफलाइन’ को रुपमा रहेको पुलको रंगरोगन र सरसफाई गरेको हो । सभापोखरी गाउँपालिका–१ र खाँदबारी नगरपालिका–७ को बीचको पांठामा रहेको पक्की पुल करिब ८/१० बर्ष अगाडी नै निर्माण सम्पन्न भएपनि संरक्षण नहुदाँ दिनानुदिन जीर्ण बन्र्दै गइरहेको थियो । सोही पक्की पुलको रंगरोगन गरिनुका साथै पुलदेखि केही माथिको भाग सम्म सडकको दायाँबायाँ जारजंगल सरसफाई गर्ने, नाली सरसफाई लगायतको कामहरु श्रमदानको रुपमा गरिएको सभापोखरी गाउँपालिकाका अध्यक्ष भीमबहादुर लिम्बूले बताए । उनले गाउँपालिकाले रंग लगायत चाहिने सामग्रीहरु उपलब्ध गराएको र रंग लगाउने, सडक सरसफाई गर्ने लगायतको कामहरु युवाहरुले स्वतस्फूर्त रुपमा गरेको बताए । ‘पालिकासँग स्रोत निश...
थामे बाढी : १२ घर, एउटा स्कुल र क्लिनिकमा क्षति, १ जना बेपत्ता, ७ घर जोखिममा
समाचार

थामे बाढी : १२ घर, एउटा स्कुल र क्लिनिकमा क्षति, १ जना बेपत्ता, ७ घर जोखिममा

भानुभक्त निरौलासंचकर्मी (सोलुखुम्बु) थामे खोलामा आएको बाढीका कारण सोलुखुम्बुको खुम्बुपासाङल्हमु गाउँपालिका वडा नम्बर ५ थामेमा १२ घर, एउटा स्कुल र क्लिनिकमा क्षति भएको छ भने एक जना स्थानीय बेपत्ता भएका छन् । ती घरहरु कोही पुररिएर र केही बगाएर क्षतिग्रस्त भएका हुन् । दोलखा र सोलुखुम्बुको सिमाना भई बग्ने थामे खोलाको सिरदेखि नै एक्कासी पानीको बहाव बढ्दा थामे १२ घर (होटल सहित) बगाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डिएसपि द्वारिका प्रसाद घिमिरेले बताए । डिएसपि घिमिरेका अनुसार स्थानीय एक जना बाढीमा परि बेपत्ता भएका छन् । दिउसोको घटना भएकाले अन्य मानवीय क्षति भने हुन पाएन । घटना स्थलमा नेपाली सेना र नेपाल प्रहरीको टोली पुगिसकेको प्रजिअ देवि खत्री पाण्डेले जानकारी दिईन । थामे खोलको शिरमा रहेका हिमताल फुटेर या कुनै पहाड खसेर बाढी आएको हुन सक्ने खुम्बु पासाङल्हमु गाउँपालिकाका प्रबक्त...
सोलुखुम्बुको थामेमा बाढी, हिमताल फुटेको आशङ्का, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
समाचार

सोलुखुम्बुको थामेमा बाढी, हिमताल फुटेको आशङ्का, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

श्रावण ३२ सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेमा बाढी पसेको छ । स्थानीय बासिन्दाले एक्कासी बाढी पसेको खबर गरेका र बाढी आउनुमा कुनै हिमताल फुटेको हुनसक्ने आशङ्का रहेको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) का अध्यक्ष लामाकाजी शेर्पाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘स्थानीय बासिन्दाबाट खबर आएको छ, केही घर बगाएको र केहीमा बाढी पसेको खबर भन्ने छ, हामी त्यसतर्फ गइरहेका छौँ, केही समयमा थप जानकारी आउँछ । यदि हिमताल फुटेको भएमा दूधकोशी नदी तटीय क्षेत्रमा सतर्कता अपनाउनुपर्छ ।’ यस्तै जिल्ला प्रहरी कार्यालय सोलुखम्बुले पनि घटनाबारेमा जानकारी आएको तर थप विवरण आउन बाँकी रहेको बताएको छ । यसैबीच सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाले पनि दूधकोशी नदी तटीय क्षेत्रमा सावधानी अपनाउन भनेको छ । गाउँपालिकाका प्रवक्ता भोजराज कार्कीले थामेमा क्षति भइसकेको जानकारी आएको भन्दै तटीय...
कोशी, मधेश, बागमती र गण्डकीमा ठूलो पानी पर्ने सम्भावना
समाचार

कोशी, मधेश, बागमती र गण्डकीमा ठूलो पानी पर्ने सम्भावना

श्रावण ३१ अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ । बागमती र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्का पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज सबै प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्न सक्ने महाशाखाले जनाएको छ । आउँदो २४ घण्टामा सबै प्रदेशका एक/दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने तथा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने बाढी पहिरोको जोखिमबाट जोगिन महाशाखाले आग्रह गरेको छ । पछिल्लो ६ घण्टामा कोशी प्रदेशको मोरङ, धनकुटा आसपास तथा गण्डकी प्रदेशको लमजुङ आसपास मध्यमदेखि ठूलो वर्षा भएको महाशाखाले जनाएको छ । गएराति सङ्खुवासभा, सोलुखुम्बु, ओखलढुङ्गा, सप्तरी, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट,...