सिमलताल दुर्घटनाः १७ शव फेला, नौ वटाको पहिचान खुल्यो
साउन २,
चितवनको भरतपुर –२९ सिमलतालमा बस दुर्घटनामा परि गत शुक्रवार त्रिशूली नदीमा हराईरहेका
दुई बसका यात्रीमध्ये अहिलेसम्म १७ जनाको शव फेला परेको छ ।
सशस्त्र प्रहरी बलले जनाए अनुशार दुर्घटनामा बेपत्ता भएका मध्ये हालसम्म १७ जनाको शव भेटिएको छ । ति मध्ये नौ वटा शवको मात्र पहिचान खुलेको छ । सशस्त्र प्रहरी बलका सह–प्रवक्ता शैलेन्द्र थापाकाअनुसार बाँकी यात्रु र बसको खोजीभैरहेको छ ।
हालसम्म सनाखत भएकाहरुमा भारतका ऋषिपल साह, चितवन माडीका विकास परियार, सर्लाहीका रमितकुशर माझी, भारतका जयप्रकाश ठाकुर, भारतकै सजाद अन्सारी, चितवन भरतपुरका सुदीप बिक, रौतहटका फिरोज राहुपमिया, बराका परमानन्द पण्डित र चन्द्रनिगापुरका किशोरकुमार चौधरीको सनाखत भएको छ । अन्य छ वटा पुरुष र दुई महिलाको शव रहेको छ ।
...









