यातना दिई यौन कार्यमा लगाएको आरोपमा एक महिला पक्राउ, ६ जनाको उद्धार
असार २४
युवतीहरुलाई यातना दिई जबरजस्ती यौन कार्यमा लगाएको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
बिराटनगरमा घर भाँडामा लिई यौन ब्यवसाय संचालन गर्दै आएकी सुनसरी इनरुवाका ३० वर्षीय राजकुमार साह र झापा गरामनीकी २३ वर्षीया सन्ध्या चुँडाललाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए। चुँडालले जवरजस्ती यौन ब्यवसायमा संलग्न गराउँदै आएकी अन्य ६ जना महिलाहरुलाई समेत प्रहरीले उद्धार गरेको छ । आरोपितले विराटनगर महानगरपालिका–११ स्थित नयाँ गुद्रीमा घरको फ्ल्याट भाडामा लिएर युवतीहरुलाई यौन व्यवसायमा लगाउने गर्दैआएको डिएसपी बस्नेतको भनाई छ ।
उद्धार गरिएका युवतीहरुलाई आकर्षक रोजगारी दिने भन्दै प्रलोभनमा पारेर यौन व्यवसायमा लगाउने गरिएको प्रहरीले जनाएको छ ।
उद्धार गरिएका महिलाहरुले विभिन्न स्थानबाट युवतीलाई ल्याएर भाडाको कोठामा राख्दै सम्पर्कमा आएका व्यक...









