समाचार Archives - Page 44 of 77 - साझाकुरा
सोमवार, माघ ६, २०८२

समाचार

ट्रिफरकाे ठक्करबाट एककाे मृत्यु
समाचार

ट्रिफरकाे ठक्करबाट एककाे मृत्यु

संखुवासभा असार ८ संखुवासभा चैनपुरमा ट्रिफरले मोटरसाइकललाई ठक्कर दिँदा चैनपुर नगरपालिकाका कर्मचारी पदम श्रेष्ठको मृत्यु, भएकाे प्रहरिले जनाएकाे छ । सनिवार साँझ ६:३० बजे चैनपुर नगरपालिका वडा नम्बर ८ बानेश्वर स्थित भ्यु होटल नजिक कोशी राजमार्गमा सवारी दुर्घटना भएको थियो । चैनपुरबाट खराङ तर्फ जाँदै गरेको प्रदेश१-०२-००१ख ८२४९ नम्बरको टिफरले सोही दिशाबाट जाँदै गरेको को १५प ९८३१ नम्बरको मोटरसाईकललाई पछाडिबाट ठक्कर दिँदा माेटर साईकल चालक चैनपुर ७ बस्ने अन्दाजि ५० बर्षिय पदम श्रेष्ठ गम्भिर घाईते भई उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर ल्याई चेकजाँच गर्दा डाक्टरले ७ बजे मृत घोषणा गरेको बताईएकाे छ । दुर्घटनामा परेकाे दुबै सवारी साधन अहिले इलाका प्रहरी कार्यालय चैनपुरकाे नियन्त्रणमा छ । ट्रिफर चालक चैनपुर १० खराङ बस्ने बर्ष अन्दाजी ३४ बर्षिय कमानसिंह तामाङलाई इलाका प्रहरी कार्यालय च...
कोशी प्रदेशस्तरिय ब्याडमिण्टन प्रतियोगिता खाँदबारीमा शुरु
खेलकुद, समाचार

कोशी प्रदेशस्तरिय ब्याडमिण्टन प्रतियोगिता खाँदबारीमा शुरु

संखुवासभा असार ६ काेशी प्रदेश स्तरिय ब्याडमिण्टन प्रतियोगिता आजबाट संखुवासभाको खाँदबारीमा शुरु भएको छ । खुला तर्फ बिभिन्न प्रदेशका ८ टिमको सहभागिता रहेको प्रतियोगिता असार ६ गते देखि ८ गते सम्म संचालन हुने आयोजकले जनाएको छ । त्यसैगरि भेट्रान्स तर्फको प्रतियोगितामा भारतका बिभिन्न प्रान्तहरु सिक्किम दार्जिलिंङ्, कलकत्ता र कोशी प्रदेशका ३० जोडि प्रतिश्पर्धी टिम रहने आयोजकको भनाई छ । पुरुष डवल तर्फको प्रतियोगितामा प्रथम हुने टिमले रु ६० हजार र उपबिजेताले रु ३५ हजार प्राप्त गर्नेछन् भने भेट्रान्सतर्फ प्रथम हुनेले रु ५० हजार र उपबिजेताले रु ३० हजार प्राप्त गर्ने आयोजक संस्था जिल्ला ब्याडमिण्टन संघका अध्यक्ष राजु श्रेष्ठले जनाए । बिहिबार दिउँसो समुद्घाटन गरिएको प्रतियोगितालाई सम्बोधन गर्दै प्रमुख अतिथी खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाले राष्ट्रिय स्तरको प्रतियोगिता संचालनका लागि ख...
अपराध, समाचार

अभियन्ता हाैँ’ भन्दै रकम असुल्ने ४ पक्राउ

आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता बताउँदै धम्काएर रकम असुल्ने चार जना काठमाण्डौबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाण्डौको टोलीले गोकर्णेश्वर बस्ने राजु सुनार, आदर्श क्षेत्री, अस्मिता खत्री र प्रेमप्रसाद श्रेष्ठलाई पक्राउ गरेको हो । उनीहरूले ‘बेथिति एवम् भ्रष्टाचारविरुद्धको अभियान २०८०’ नामक संस्था खोलेर त्यसको शाखा गोकर्णेश्वर नगरपालिकाका वडामा समेत विस्तार गरेका थिए । सरकारी कार्यालय, पालिका, विद्यालय, सङ्घ–संस्था, कम्पनी, टोल सुधार संस्थालगायतमा गएर ‘तिमीहरूको विरुद्धमा भ्रष्टाचार र घुसखोरीको उजुरी परेको छ, हामीले अनुसन्धान गर्ने हो’ भन्दै रकम असुली माग्ने गरेको प्रहरीले जनाएको छ । आफूहरूले भनेअनुसारको रकम नदिएमा छानबिन गरेर मुद्दा हालिदिने धम्की पनि उनीहरूले दिँदै आएका थिए । यस्तै विभिन्न व्यक्तिको भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्दै हैरानी दिने कामसमेत गरेकाले चार ज...
६ केजी सुनसहित पक्राउ परेका चिनियाँसँग नेपाली नागरिकता
अपराध, समाचार

६ केजी सुनसहित पक्राउ परेका चिनियाँसँग नेपाली नागरिकता

६ केजी सुनसहित पक्राउ परेका चिनियाँसँग नेपाली नागरिकता भेटिएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आइतबार कपनबाट शेरब ग्याल्बो भन्ने सोनामा गुरुङलाई पक्राउ गरेको हो। गुरुङसँग नेपाली नागरिकतासमेत भेटिएको र त्यसउपर छुट्टै अनुसन्धान हुने सिआइबीका एसपी होबिन्द्र बोगटीले बताए। उनी ब्रेकसुमा लुकाएर सुन तस्करी गर्ने गिरोहका सदस्य हुन्। उनीसँग स्रोत नखुलेको ४८ लाख रुपैयाँसमेत प्रहरीले बरामद गरेको छ। लामो समयदेखि नेपालमा बस्दै आएका गुरुङ क्रिप्टोकरेन्सी तथा युएसडिटीको अवैध कारोबारमा समेत संलग्न रहेको सिआइबीले जनाएको छ। सुन तस्करी प्रकरणमा सिआइबीले हाल दोस्रो चरणको अनुसन्धान गरिरहेको छ।...
ताप्लेजुङका पहिरोपीडित विद्यालयमा
समाचार

ताप्लेजुङका पहिरोपीडित विद्यालयमा

ताप्लेजुङको विभिन्न क्षेत्रमा गएको पहिरोका कारण दर्जनौँ परिवार विस्थापित भएका छन् । करिब एक सातादेखि परिरहेको अविरल वर्षाका कारण विस्थापित हुन पुगेका परिवारलाई अस्थायी रूपमा सामुदायिक विद्यालय र आफन्तको घरमा राखिएको छ । शनिबार बिहान गएको पहिरोले मिक्वाखोला गाउँपालिका– ५ पापुङमा तीन परिवार,पहिरोकै कारण सिरिजंघा गाउँपालिका– ६ मामाङ्खेम थत्रुवा टोलमा दुई दर्जन घर विस्थापित भएका छन् । सिरीजंघा– ७ खेबाङमा तीन घरपरिवार पहिरोमा परी विस्थापित बनेका छन् । विस्थापित परिवारका करिब सयजनालाई लक्ष्मी माध्यमिक विद्यालयमा राखिएको छ । ...
काेशी लगायत केही प्रदेसमा मेघ गर्जन सहित बर्षादकाे सम्भावना
समाचार

काेशी लगायत केही प्रदेसमा मेघ गर्जन सहित बर्षादकाे सम्भावना

कोशी  प्रदेशका केही स्थानहरूमा तथा मधेस र बागमती  प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।  आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।।  कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेश लगायत बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बिभागले उल्लेख गरेकाे छ ।  आज रति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहनेछ माैुम बिभागले प्रक्षेपण गरेकाे छ । बिभागले कोशी र मधेस प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थलमा मेघगर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएकाे छ ।...
टी–२० विश्वकप : नेपाल दक्षिण अफ्रिकासँग पराजित, ऐतिहासिक जित निकाल्न एक रनले चुक्यो
खेलकुद, समाचार

टी–२० विश्वकप : नेपाल दक्षिण अफ्रिकासँग पराजित, ऐतिहासिक जित निकाल्न एक रनले चुक्यो

आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको छ । नेपाल दक्षिण अफ्रिकालाई हराउँदै सुपर आठमा पुग्ने सम्भावना कायमै राख्न असफल भएको छ । आजको खेल जित्न सकेको भए नेपालको सिनियर टोलीले पहिलो पटक टेस्ट देश दक्षिण अफ्रिकालाई हराएर ऐतिहासिक जित हुने थियो । तर नेपाल असफल भयो । दक्षिण अफ्रिकाले जितका लागि दिएको एक सय १६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय १४ रन बनायो । नेपालका आशिफ शेख सर्वाधिक ४२ रनमा आउट भए । अनिल शाह २७, कुशल भुर्तेल १३, दिपेन्द्रसिँह ऐरी ६, कुशल मल्ल १ र कप्तान रोहित पौडेल २ बलमा खाता नै नखोलि आउट भए । सोमपाल कामी ८ रनमा अविजित रहे । अन्तिम बलमा रन आउट भएका गुलशन झाले ६ रन बनाए । दक्षिण अफ्रिकाका साम्सीले ४ विकेट तथा एन्ड्ररिच नटराज र एडन मारक्रमले एक/एक विकेट लिए । त्यसअघि वेस्ट इन्डिजको किङ्सटाउनमा टस हारेर पहिल...
वाणिज्य बैंकहरुले ब्याजदर सामान्य घटाए
अर्थ/व्यापार, समाचार

वाणिज्य बैंकहरुले ब्याजदर सामान्य घटाए

वाणिज्य बैंकहरुले असार महिनाका लागि ब्याजदर सामान्य घटाएका छन् । जेठ महिनामा औषतमा ६ दशमलव ९९ प्रतिशत विन्दु रहेको २० वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर, असारमा घटेर ६ दशमलव ८७ प्रतिशत विन्दुमा झरेको छ । असारका लागि बैंकहरुको यस्तो निक्षेपको औषत ब्याजदर शून्य दशमलव १२ प्रतिशत विन्दु घटेको हो । त्यस्तै बैंकहरुको संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदर शून्य दशमलव १२९ प्रतिशत विन्दु घटेको छ । ११ बैंकहरुले ब्याजदर घटाएका छन् । ग्लोबल आइएमई बैंकले सबैभन्दा धेरै १ प्रतिशत विन्दु ब्याजदर घटाएको छ । जेठ महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतममा ७ दशमलव ५ प्रतिशत रहेको यस बैंकको ब्याजदर, असारमा घटेर ६ दशमलव ५ प्रतिशतमा झरेको छ । त्यस्तै, संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदर पनि १ प्रतिशतविन्दु घटेर ५ दशमलव ५ प्रतिशतमा झरेको छ । असार महिनामा सिटिजन्स, एभर...
बाल कल्याण गृहलाई लायन्स क्लबको सहयोग
समाचार, समाज

बाल कल्याण गृहलाई लायन्स क्लबको सहयोग

बाल कल्याण गृह सङ्खुवासभाका बालबालिकालाई लायन्स क्लब अफ काठमाण्डौं परिकल्पनाले सहयोग गरेको छ । खाँदबारी नगरपालिका–१ मा रहेको बाल कल्याण गृहका बालबालिकालाई लायन्स क्लबले सोमबार सहयोग हस्तान्तरण गरेको हो । मकालु त्रिशक्ति समुह(माट्स नेपाल)ले सञ्चालन गरेको बाल गृहलाई क्लबले १० वटा स्कुल ब्याग, तन्ना, सिरकको खोल, चिनि हस्तान्तरण गरेको माट्स नेपालका अध्यक्ष नविन दाहालले जानकारी दिए । लायन्स क्लब अफ काठमाण्डौं परिकल्पनाकी अध्यक्ष लैला श्रेष्ठले एक कार्याक्रमका विच उक्त सामाग्री हस्तान्तण गरेकी हुन् ।  खाँदबारी–१ निवासी दिपक पाँचकोटी र सुजता पाँचकोटीले पनि विवाह वार्षिक उत्सवको अवसरमा बाल गृहलाई सहयोग गरेका छन् । उनिहरुले एक बोरा चामल, चार दर्जन कपी र २ केजी मासु हस्तान्तरण गरेका हुन् । बाल कल्याण गृहमा ८ जना बालबालिका र एक सहयोगी रहेका छन् । दाताहरुको सहयोगमा लामो समयदेखि बाल कल्याण गृह सञ्...
पूर्वमा भित्रियो मनसुन, देशभर फैलिन एक साता लाग्ने
समाचार

पूर्वमा भित्रियो मनसुन, देशभर फैलिन एक साता लाग्ने

वर्षको मनसुन भित्रिएको छ । हिन्द महासागरमा विकास भई बंगालको खाडी हुँदै दक्षिण–पूर्वबाट सोमबार मनसुन भित्रिएको हो । औसतभन्दा तीन दिनअघि प्रवेश गरेको जलवाष्पयुक्त हावा बोकेको न्यूनचापीय प्रणालीको असर हाल पूर्वी नेपालका झापा, इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, ताप्लेजुङ र संखुवासभामा मात्र केन्द्रित छ । मनसुनी प्रणाली देशभर फैलन भने पाँच–सात दिन लाग्ने मौसम पूर्वानुमान महाशाखाको आकलन छ । ‘मनसुनी प्रणाली धेरै सक्रिय पनि छैन । प्रणाली पूर्वबाट सर्ने क्रममा रहे पनि देशभर फैलन पाँच–सात दिनसम्म लाग्न सक्छ,’ महाशाखाका मौसमविद् गोविन्द झाले भने, ‘मनसुन देशभर फैलन पश्चिमी वायु कमजोर हुँदै जानुपर्छ ।’ देशको पश्चिमी क्षेत्रमा अहिले पनि पश्चिमी वायु कायमै छ । मनसुनी हावा पूर्वबाट पश्चिम बहने गर्छ भने पश्चिमी वायु पश्चिमबाट पूर्व बहन्छ । यसपटक मनसुन चाँडै भित्रिए पनि देशभर फैलिएर झरी पर्न भने केह...