समाचार Archives - Page 54 of 77 - साझाकुरा
आइतवार, माघ ५, २०८२

समाचार

ऋण उठाउन सहकारीले पुराण लगाउने
अर्थ/व्यापार, समाचार

ऋण उठाउन सहकारीले पुराण लगाउने

ऋणीहरूले समयमा साँवा तथा ब्याज भुक्तानी गर्न आनाकानी गरेपछि बागलुङको एक सहकारीले धार्मिक बाटो रोज्ने भएको छ । सिवाइसी बचत तथा ऋण सहकारी संस्थाले ऋणीहरूको सचेतनाका लागि ‘सहकारी पुराण’को योजना सार्वजनिक गरेको हो । पुराणमा कसैको ऋण खानु, नतिर्नु पाप हो भनेर उल्लेख भएको चर्चा हुन्छ, त्यसैले अब हामीले सहकारी पुराणमार्फत सहकारी शिक्षा प्रदान गर्ने योजना बनाएका छौँ”, सहकारीका अध्यक्ष चण्डीप्रसाद शर्माले भने, ‘नाम चलेका पण्डित बोलाएर भव्य सहकारी पुराण गर्ने योजना छ ।’ सहकारीले पत्रकार सम्मेलन गरेर विभिन्न कार्यक्रम सार्वजनिक गरेको हो । “पुराणमा सहभागिताका लागि ऋण नतिर्नेलाई बोलाइने छ, अन्य शेयर सदस्यलाई पनि सहभागी गराइने छ, सहकारी पुराणले ऋण नतिर्नेलाई ज्ञान दिनेछ”, शर्मा भन्छन्, “नियमावलीमा तोकिएका प्रक्रियामा जानुपूर्व हामीले सचेतनामार्फत नै ऋण भुक्तानीको बाटो खोजेका हौँ ।” ...
कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्री र चार राज्यमन्त्री थपिए
समाचार

कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्री र चार राज्यमन्त्री थपिए

कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । मुख्यमन्त्री केदार कार्कीले नेपाली कांग्रेसबाट दुई मन्त्री र दुई राज्य मन्त्री तथा माओवादीबाट दुई जना मन्त्री थप्नु भएको हो । कांग्रेसबाट प्रदीप सुनुवारलाई स्वास्थ्यमन्त्री र रामकुमार खत्रीलाई कृषिमन्त्री बनाइने भएको छ । यस्तै, कांग्रेसकै इन्दिरा थापालाई आर्थिक मामिला राज्यमन्त्री र सुनीता गुरुङलाई आन्तरिक मामिला राज्यमन्त्री बनाइएको छ । यस्तै, माओवादीबाट नारायण बुर्जामगरलाई सामाजिक मामिला मन्त्री र राजेन्द्र कार्कीलाई खानेपानी मन्त्री बनाइएको छ । उनीहरुलाई प्रदेश प्रमुख पर्शुराम खापुङले आजै सपथ ग्रहण समेत गराउने कार्यक्रम छ । विस्तारसँगै कोशीको मन्त्रिमण्डल दश सदस्यीय भएको छ । श्राेत:ईमेज खबर ...
महिलाको पेटमा कपडा भेटिएको घटनामा युवा संघको बिज्ञप्ती
समाचार, स्वास्थ्य

महिलाको पेटमा कपडा भेटिएको घटनामा युवा संघको बिज्ञप्ती

गत माघ १३ गते जिल्ला अस्पताल खाँदबारी संखुवासभामा सुत्केरी गराईएको महिलाको शल्यक्रिया गर्ने क्रममा सुत्केरीको पेटभित्र कपडा भेटिएको घटनाका सन्दर्भमा राष्ट्रिय युवा संघ नेपालले बिज्ञप्ती मार्फत गंभीर ध्यानाकर्षण भएको जनाएको छ । गत माघ १३ गते जिल्ला अस्पताल खाँदबारीमा सुत्केरी गराईएकी पाँचखपन नगरपालिका ६ की तारा भण्डारीको पेटमा कपडा छाडिएको उल्लेख गरिएको छ । पौडेलले पेटमा छाडिएको कपडा कुहिँदै गएपछि पुन खाँदबारी अस्पतालमा उपचार गराउँने क्रममा उनको पेटमा कपडा भेटिएको बिज्ञप्तीमा उल्लेख गरिएको छ । राष्ट्रिय युवा संघ नेपाल संखुवासभाका अध्यक्ष हिल जोन्सन राईद्धारा हस्ताक्षरित बिज्ञप्तीमा स्वास्थ्य जस्तो संबेदनशिल बिषयमा खेलबाड गरिएको उल्लेख गर्दै पिडितको निशुल्क उपचारको माग गरिएको छ । ...
सुत्केरीको पेटभित्रै कपडा
समाचार, स्वास्थ्य

सुत्केरीको पेटभित्रै कपडा

जिल्ला अस्पताल संखुवासभाको लापरबाहीले एक सुत्केरीको पेटभित्र गज (कपडा) भेटिएको छ । गत १३ माघमा जिल्ला अस्पताल संखुवासभामा शल्यक्रिया गरिएकी पाँचपखपन नगरपालिका–६ की सुत्केरी ३१ वर्षीया तारा भण्डारीको पेटभित्र गज भेटिएको हो । सुत्केरी भएको एक सातापछि उनको पेटभित्र एक पिस गज भेटिएको हो। शल्यक्रिया गरेर बच्चा जन्मेको चार(पाँच दिनपछि भण्डारीलाई औषधि दिएर अस्पतालले डिस्चार्ज गरेको थियो। तर, घर फर्केको दुई दिनमै सुत्केरी भण्डारीलाई पेट पोल्ने, ढाडिने समस्या भएपछि प्राथमिक स्वास्थ्य केन्द्र वाना भर्ना गरिएको थियो । भण्डारीको पेटबाट गज निकाएपछि उनी पुनः २० माघमा जिल्ला अस्पताल भर्ना भएकी छन् । चिकित्सकले शल्यक्रिया गर्दा पेटभित्रै कपडा छोडर सिलाई गरिदिएको पीडित भण्डारीले बताइन् । चिकित्सकको लापरबाहीले पुनः अस्पताल भर्ना हुँदासमेत आफैँले खर्च बेहोर्नुपरेको उनले गुनासो गरिन् । सुत्केरी भण्डा...
आगलागिमा परि चार दिनमा ६ जनाको मृत्यु
समाचार

आगलागिमा परि चार दिनमा ६ जनाको मृत्यु

जाडोमा आगो ताप्दा र आगोको काम गर्दा सावधानी नपनाउँदा बितेको चार दिनमा ६ जनाको ज्यान गएको छ । हिजो बेलुकी अछामको मेल्लेख गाउँको एउटा गोठमा खेलिरहेका दुई जना बालबालिकाको आगलागीमा परि ज्यान गएको छ । मेल्लेख गाउँपालिका–३ ठाटी दर्बाका जयबहादुर बुढा र झङ्करे बुढाको खरले छाएको संयुक्त गोठमा आगलागी हुँदा छ वर्षीया निरुता बुढा र तीन वर्षीय अङ्कित बुढाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । चार दिनअघि मात्रै डडेलधुरा र मुुगुमा आगलागीमा परेर चार जनाको ज्यान गएको थियो । डडेलधुराको अमरगढी नगरपालिका वडा नम्बर १ मा आगो ताप्ने क्रममा निसासिएर सासू–बुहारीको तथा मुगुको खत्याड गाउँपालिका वडा नम्बर २ गोडेखोलामा आगलागीमा परेर दाजुबहिनीको ज्यान गएको थियो । ...
बाँसबारी जग्गा प्रकरण : अरुण चौधरीसहित ३ जना रिहा
समाचार

बाँसबारी जग्गा प्रकरण : अरुण चौधरीसहित ३ जना रिहा

बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको १० रोपनी सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका अरुणकुमार चौधरीसहित ३ जनालाई हाजिर जमानीमा रिहा गरिएकाे छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले ‘२५ दिनभित्र नै हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने अवस्था नदेखिएको’ र थप बुझ्नुपर्ने भए दुई दिनभित्र बाँकी काम सम्पन्न गर्नू भन्ने आदेश दिएपछि प्रहरीले तीन जनालाई आज थुनामुक्त गरेकाे हो । अदालतको यो आदेशपछि चौधरीसहित बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडका कार्यकारी अध्यक्ष अजिनारायण सिंह थापा र सीजी चाँदबाग रेसिडेन्सी प्रा.लि.का सञ्चालक सञ्जय ठाकुर थुनामुक्त भएको सीआईबीका एसपी नवराज अधिकारीले जनाए। ...
संखुवासभा मोवायल ब्यवसायी संघको दोश्रो बार्षिक साधारण सभा सम्पन्न
अर्थ/व्यापार, समाचार

संखुवासभा मोवायल ब्यवसायी संघको दोश्रो बार्षिक साधारण सभा सम्पन्न

संखुवासभा माघ २३, संखुवासभा मोवायल ब्यवसायी संघको दोश्रो बार्षिक साधारण सभा भब्य रुपमा सम्पन्न भएको छ । जिल्ला सदरमुकाम खाँदबारीमा भएको साधारण सभामा जिल्लाका करिव पाँच दर्जन मोवायल ब्यवसायीहरुको सहभागिता रहेको थियो । संघका अध्यक्ष कृष्णराज पुरीको सभापतित्वमा भएको साधारण सभामा खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलिया प्रमुख अतिथी रहनुभएको थियो भने बिशिष्ट अतिथीहरुमा खाँदबारी नगरपालिकाका उपप्रमुख महेश्वरा श्रेष्ठ बज्राचार्य, संखुवासभाका प्रहरी नायव उपरिक्षक डिएसपी घनश्याम श्रेष्ठ, संखुवासभा उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णभगत प्रधान लगायत रहनुभएको थियो । संघका सचिव राज श्रेष्ठले संचालन गर्नूभएको कार्यक्रममा अध्यक्ष कृष्णराज पुरीले मोवायल ब्यवसायीहरुले भोग्न परिरहेका समस्या र जिल्लामा मोवायल ब्यवसायीको अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै ...
पूर्वमन्त्री बुढाथोकीको ८० वर्षको उमेरमा निधन
समाचार

पूर्वमन्त्री बुढाथोकीको ८० वर्षको उमेरमा निधन

पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको ८० वर्षको उमेरमा निधन भएको छ । झापाको अर्जुनधारा नगरपालिका–८ का बुढाथोकी लामो समयदेखि प्रोस्टेट क्यान्सरबाट बिरामी हुनुहुन्थ्यो । उहाँको उपचारकै क्रममा गएराति विराटनगरको विराट मेडिकल कलेजमा निधन भएको कांग्रेस झापाका सचिव कृष्ण हुमागाईँले जानकारी दिनुभयो । २०४३ सालमा उहाँ राष्ट्रिय पञ्चायतको सदस्यमा निर्वाचित हुनुभएको थियो । त्यसपछि जलस्रोत राज्यमन्त्री बन्नुभएको थियो । २०६४ मा कांग्रेसका तर्फबाट झापा क्षेत्र नम्बर–५ बाट प्रतिनिधिसभा सदस्य र २०७० सालमा संविधानसभा सदस्य निर्वाचित हुनुभएको थियो । २०७३ सालमा उहाँ सामान्य प्रशासनमन्त्री हुनुभएको थियो । उहाँको शवयात्रासहित आजै अन्त्येष्टि गर्ने तयारी छ । बुढाथोकीको श्रीमती, दुई छोरा र दुई छोरी हुनुहुन्छ।     उज्यालाे अनलाईनमा खबर छ ।...
रवि लामिछाने सहित १८ जनाविरुद्ध सहकारी ठगी मुद्दामा जाहेरी
राजनीति, समाचार

रवि लामिछाने सहित १८ जनाविरुद्ध सहकारी ठगी मुद्दामा जाहेरी

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछाने लगायत १८ जना बिरुद्ध सहकारी ठगी मुद्धामा सोमबार पिडितहरुको जाहेरी परेको छ । उनिहरु बिरुद्ध ज्ञालेक्सी फोरके टेलिभिजन संचालनका लागि सूर्यदर्शन बचत तथा ऋण सहकारी ऋण लिई नतिरेको आरोपमा पिडितहरुले सोमबार रास्वपा सभापति लामिछाने लगायत ज्ञालेक्सी टेलिभिजनसहित १८ बिरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी गरेका हुन् । कास्की प्रहरीले सोमबार उजुरी लिएपनि दर्ता भने गरिसकेको छैन। जाहेरीमा संलग्नहरुकाबारेमा थप अनुसन्धान गरि केहि दिन पछि मात्र उजुरीलाई औपचारिक रुपमा दर्ता गर्ने कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले प्रतिवद्धता गरेका छन् । सहकारी पिडितहरुले रास्वपा सभापति लामिछाने र उनी संलग्न ज्ञालेक्सी टेलिभिजनसहित दीपेश पुन, पूर्व अध्यक्ष ज्ञानबहादुर बमजन, सहकारीका सदस्य शिवकुमार गुरुङका म्यानेजर हरि अधिकारी, ने...
खाँदबारी नगरपालिकाद्वारा मंगलादेवी माविलाई एक थान इन्भटर हस्तान्तरण
शिक्षा, समाचार

खाँदबारी नगरपालिकाद्वारा मंगलादेवी माविलाई एक थान इन्भटर हस्तान्तरण

२२ माघ २०८० संखुवासभाको खाँदबारी नगरपालिका–७ स्थित मंगलादेवी माध्यमिक विद्यालयलाई  खाँदबारी नगरपालिकाले एक थान इन्भटर हस्तान्तरण गरेको छ । आज सोमबार एक कार्यक्रम बीच विद्यालयमा नै पुगेर खाँदबारी नगरपालिकाका उपमेयर महेश्वरा श्रेष्ठ बज्राचार्यले विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तुलाराम आले, विद्यालयका प्रअ योगेन्द्रबहादुर श्रेष्ठ र ७ नम्बरका वडाध्यक्ष देवबहादुर पुवाँर मगरलाई संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।  कार्यक्रममा खाँदबारी नगरपालिकाका उपमेयर महेश्वरा श्रेष्ठ बज्राचार्यले नगरभित्रका सबै विद्यालयहरुलाई नगरपालिकाले सकेको सहयोग गरिरहेको बताईन् । उनले यस विद्यालयमा इन्भटरको आवश्यकता भएको माग भई आएकाले नगरले सहयोग गरेको बताईन् ।  खाँदबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निर्माणकुमार कार्कीले विद्यालयलाई सहयोग गर्ने हेतुले ३०० वाटको सोलार र विजुली दुवै तरिकाबाट चल्ने इन्भ...