समाचार Archives - Page 60 of 77 - साझाकुरा
आइतवार, माघ ५, २०८२

समाचार

कैद सजाय पुरा भएकै दिन कैदिको मृत्यु
समाचार

कैद सजाय पुरा भएकै दिन कैदिको मृत्यु

मोरङ कारागारमा एक कैदी बन्दीको छुट्ने दिन नै मृत्यु भएको छ । लेनदेन ठगी मुद्दामा कैद भुक्तान गरिरहेका विराटनगर महानगरपालिका १० का चण्डेश्वर सहनीको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जनाए । मृतक सहनी कैद भुक्तान सकेर आज सोमबार छुट्दै थिए । लेनदेन मुद्दामा उनलाई मोरङ अदालतले २०७८ मङ्सिर १९ गते १० महिना २२ दिन कैद सजाय सुनाएको थियो। अदालति फैसलापछि फरार रहेका उनि २०७९ माघ १७ गते प्रहरीले पक्राउ गरेपछि । जेल जिवन बिताईरहेका थिए । पेट पोल्ने र श्वासप्रश्वासमा समस्या भएपछि शनिवार बिहान साढे ४ बजे उनलाई कोशी अस्पताल ल्याएको कारागार प्रशासनले जनाएको छ । छुट्ने दिन नै कैदिको मृत्यु भएपछि मृतकका आफन्तले घटनाका सम्वन्धमा सत्य तथ्य बाहिर नल्याए सम्म शव नबुझ्ने अडान राखेका छन् । छुट्ने दिनको खुशियालीमा रहेका आफन्तले कैदीको मृत्यु हुँदा समेत परिवारलाई कुनै जानकारी नद...
संखुवासभामा मानव अधिकार उलङ्घनका घटनामा वृद्धि
समाचार

संखुवासभामा मानव अधिकार उलङ्घनका घटनामा वृद्धि

संखुवासभामा मानवअधिकार उलङ्घनका घटना वृद्धि भएको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) संखुवासभाले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ वार्षिक पूर्व समीक्षा कार्यक्रममा सो प्रतिवेदन सार्वजनिक गरेको हो । इन्सेकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार जिल्लामा एक वर्षको अवधिमा ५० वटा मानवअधिकार उलङ्घनका घटना भएको उल्लेख गरेको छ । गत साउन २४ गते जिल्ला कारागार खाँदबारी भित्रै प्रहरीको कुटपिटबाट दुई कैदी हत्या हुनु गम्भीर मानवअधिकार उल्लघंनका घटना भएको इन्सेकको ठहर छ । आज सदरमुकाम खाँदबारीमा बार्षिक प्रतिवेदन सार्वजनिक गर्दै ५० वटा घटनामा ५१ जना पीडित भएको इन्सेक संखुवासभा प्रतिनिधि भविन कार्कीले जानकारी दिए । अघिल्ला वर्षहरुमा झै संखुवासभामा हत्या, बलात्कार र कुटपिट जस्ता घटनाले निरन्तरता पाएको अवस्था देखिन्छ । संखुवासभामा ११ बालिका सहित १६ जना बलात्कृत, घरेलु हिंसाका २४, हत्या ५...
चार ठुला उद्योगको लाइन काटियो 
समाचार

चार ठुला उद्योगको लाइन काटियो 

बक्यौता महसुल उठाउन नेपाल विद्युत् प्राधिकरण आक्रामक बनेको छ । प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता नतिरेका जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको शुक्रबार काटेको छ । यी उद्योगहरूको आठ अर्ब ७४ करोड महसुल बक्यौता थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार मात्रै प्राधिकरणलाई डेडिकेटेड फिडर र ट्रंक लाइनको महसुल नतिर्ने उद्योगको लाइन काट्न निर्देशन दिएका थिए । ठूलो रकम बक्यौता भएकाबाट कारबाही सुरु गर्न प्रधानमन्त्रीको सुझाव थियो । सोहीअनुसार प्राधिकरणले पहिलो चरणमा धेरै बक्यौता भएका उद्योगको लाइन काटेको हो ।  प्राधिकरणका अनुसार जगदम्बा स्टिलको बक्यौता सबैभन्दा धेरै छ । जगदम्बाको मात्रै चार अर्ब १४ करोड रुपैयाँ महसुल बक्यौता छ । त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सको एक अर्ब ९४ करोड, घोराही सिमेन्टको एक अर्ब ३६ करोड र अर्घाखाँची ...
निर्वाचन आयोगद्धवारा राष्ट्रिय सभा निर्वाचनका लागि मतदाता नामावली स्वीकृत
समाचार

निर्वाचन आयोगद्धवारा राष्ट्रिय सभा निर्वाचनका लागि मतदाता नामावली स्वीकृत

निर्वाचन आयोगले आगामी माघ ११ गते तोकिएको राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदाता नामावली स्वीकृत गरेको छ । राष्ट्रिय सभा सदस्य चुनावमा प्रदेश सभा सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका मेयर र उपमेयर मतदाता हुने कानुनी व्यवस्था भए बमोजिम प्रदेशसभा सदस्य पाँच सय ४९ जना र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका मेयर र उपमेयर एक हजार चार सय ९८ गरी २ हजार ४७ जनाको मतदाता नामावली स्वीकृत गरेको हो । निर्वाचनका लागि मतदाता स्वीकृत नामावलीमा प्रदेश सभा सदस्यतर्फको कुल मतदाता पाँच सय ५० मध्ये निधन भएका प्रदेश सभा सदस्य एक जनाको नाम हटाई पाँच सय ४९ जना कायम राखिएको छ । । त्यसैगरी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका मेयर र उपमेयरतर्फको कुल मतदाता एक हजार पाँच सय छ मध्ये निधन भएका गाउँपालिका अध्यक्ष एक, उपाध्यक्ष एक, नगरपालिका उपमेयर एक र निलम्बनमा प...
हनी ट्रयापर ३ महिलालाई डेढ बर्ष कैद सजाय
अपराध, समाचार

हनी ट्रयापर ३ महिलालाई डेढ बर्ष कैद सजाय

दाङ — एक पुरुषलाई हनी ट्रयापमा पारि १८ लाख असुलेको ठहर गर्दै जिल्ला अदालत दाङले तीन महिलालाई डेढ वर्षको कैद सजाय फैसला गरेको छ । घोराही उपमहानगरपालिका–१५ की ३२ वर्षीया सीतादेवी थापा, ३५ वर्षीया खुमा वली र ३२ वर्षीया सुष्मा परियारलाई दाङ घोराहीका एक कानुन व्यवसायीलाई होटेलमा खाजा खान बोलाएर बलात्कारको मुद्दामा फसाउने धम्की दिँदै १८ लाख रुपैयाँ असुलेको आरोपमा जिल्ला न्यायाधीश जगतबहादुर पौडेलको इजलासले मंगलबार जनही डेढ वर्ष कैद र १०÷१० हजार जरिवाना गर्ने फैसला गरेको हो । उनीहरुविरुद्ध मुलुकी अपराधसंहिता २०७४ अन्तर्गत ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको जिल्ला अदालत दाङले जनाएको छ । ...
भ्रष्टचारी र माफियामाथि अझै हान्न मन छ : प्रधानमन्त्री प्रचण्ड
रोचक, समाचार

भ्रष्टचारी र माफियामाथि अझै हान्न मन छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई अझै धेरै भ्रष्टाचारी र माफियामाथि प्रहार गर्ने मन भएको बताएका छन् । मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिमा आफ्नो भनाई राख्दै प्रधानमन्त्री प्रचण्डले आफूले चाहे जस्तोगरी अझै काम गर्न नसकेको र सुशासन कायम राख्न अझै भ्रष्टचारी र माफियामाथि प्रहार गर्न आफुलाई मन भएको बताएका हुन् । प्रधानमन्त्री दाहालले आफूले नेतृत्व गरिरहेको सरकारले नेपालको अन्तर्राष्ट्रिय छविलाई माथि उठाएको दाबी गरे । नेपालको कुटनीतिक अवस्था, सन्तुलन र राष्ट्रिय हितलाई केन्द्रमा राखी वर्तमान सरकार आक्रामक ढंगले अगाडी बढिरहेको उनको दावी थियो । राज्य ब्यवस्था तथा सुशासन समितिमा प्रधानमन्त्री दाहालले अहिले उठिरहेका विभिन्न प्रकरणहरुको प्रकृतिअनुरुप कारबाही प्रक्रिया पनि अगाडि बढाइएको बताएका थिए । ...
मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियाेगिता संखुवासभामा
खेलकुद, समाचार

मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियाेगिता संखुवासभामा

मुख्यमन्त्रि कप राष्ट्रिय पुरुष भलिबल प्रतियाेगिता संखुवासभाको सदरमुकाम खाँदबारीमा आयाेजना हुने भएको छ। भलिबल संघ संखुवासभाकाे संयोजनमा कोशी प्रदेश खेलकुद विकास बोर्डकोले आयोजना गर्ने उक्त प्रतियाेगिता आगामी फागुन १५ देखि १९ गते सम्म सञ्चालन गरिने संखुवासभा भलिबल संघका अध्यक्ष मेदिनी घिमिरेले बताए । संखुवासभामा पहिलाे पटक हुन लागेको राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा आर्मी, सशस्त्र र प्रहरीसहित तीनवटा विभागीय टिम र सातै प्रदेशका टिम गरी १० टिमको सहभागिता रहने जनाईएकाे छ । अनुमानित ४० लाखकाे लागत रहेकाे प्रतियाेगिता संचालनका लागि कोशी प्रदेशबाट २० लाख प्राप्त हुने र बाँकि २० लाख विभिन्न दाताहरुसंग संकलन गर्नुपर्ने अवस्था रहेकाे भलिबल संघका केन्द्रीय सदस्य प्रबीण श्रेष्ठले बताए । प्रतियोगितमा प्रथम हुने टिमले रु ३ लाख, द्वितीय हुने टिमले रु १ लाख ५० हजार, तृतीयले ५० हजार र च...
चीनमा भूकम्प जाँदा १०० भन्दा धेरैको मृत्यु
अन्तर्राष्ट्रिय, समाचार

चीनमा भूकम्प जाँदा १०० भन्दा धेरैको मृत्यु

उत्तरी चीनमा भूकम्प जाँदा एक सयभन्दा बढीको मृत्यु भएको छ । दुई सय भन्दा बढी घाइते छन् । स्थानीय समय अनुसार आज बिहान २ बजे कान्सु प्रान्तलाई केन्द्रविन्दु बनाएर ६.२ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले कान्सु र छिङ्हाइ प्रान्तमा क्षति पुगेको छ । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार कान्सुमा १०० जनाको मृत्यु र ९६ जना घाइते भएका छन् । यसैगरी छिङ्हाइमा ११ जनाको मृत्यु र १२४ जना घाइते भएका छन् । ...
नेतृत्वले राम्राे काम नगर्दा संघियताप्रति जनताकाे बितृष्णा बढ्याे: पुर्व राज्यमन्त्रि गुरुङ
अन्तरवार्ता, भिडीयाे, समाचार

नेतृत्वले राम्राे काम नगर्दा संघियताप्रति जनताकाे बितृष्णा बढ्याे: पुर्व राज्यमन्त्रि गुरुङ

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्व राज्यमन्त्रि तारामान गुरुङले नेतृत्वकाे असक्षमताका कारण संघियताप्रति जनताकाे बितृष्णा बढ्दैगएकाे बताएका छन् । संखुवासभाकाे पहिलाे रेडियाे खाँदबारी एफएमकाे कार्यक्रम संबाद डवलीमा प्रस्ताेता नवीन गुरुङसंगकाे संबादमा उनले जनताकाे घरदैलाेमा सेवाप्रवाह गर्ने जिम्मेवारि बाेकेका कतिपय जनप्रतिनिधी पञ्चायती शैलिमा रहेकाे र भ्रष्टाचारमा लिप्त रहँदा जनतामा संघियताप्रति नै बितृष्णा जाग्दै गएकाे उनकाे आराेप थियाे । भिडियाे https://youtu.be/VoXLCZU2re8?si=DSZMcXFdQz1bP35i...
एमालेको संकल्प यात्रा टोली आज तेह्रथुममा
समाचार

एमालेको संकल्प यात्रा टोली आज तेह्रथुममा

नेकपा एमालेको संकल्प यात्रा टोली आज अध्यक्ष केपी शर्मा ओलीको जन्मस्थान पुग्दैछ । यात्रा आज दिनभर तेह्रथुम जिल्लाभित्रै हुने बताइएको छ । तेह्रथुमको वसन्तपुरबाट आज बिहान सुरु हुने यात्रा साँझ आठराई गाउँपालिकाको संक्रान्ती बजारमा पुगेर बास बस्ने जनाइएको छ । यात्रा तेह्रथुमको सदरमुकाम म्याङलुङमा पुगेर स्थानीय बासिन्दा, राजनीतिक दलका नेताहरु, जनप्रतिनिधिसँग भेटघाट गर्ने कार्यक्रम रहेको यात्रामा रहेका प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले बताए । नेकपा एमालेले बैतडीको झुलाघाटबाट सुरु गरेको समृद्धिका लागि संकल्प यात्रा टोलीले हालसम्म १ हजार ८ सय १ किलोमिटरको दूरी पार गरिसकेको छ । एमालेको केन्द्रीय सचिवालयका सबै पदाधिकारी सहभागी भएको टोलीले मध्पहाडी राजमार्ग अन्तरगतका २६ जिल्लाको यात्रा तय गरेको छ । ...