समाचार Archives - Page 66 of 76 - साझाकुरा
शनिबार, माघ ४, २०८२

समाचार

दुर्गा मूर्ति विसर्जनमा गएका दुई जनाको डुबेर ज्यान गयाे , एक जना बेपत्ता
समाचार

दुर्गा मूर्ति विसर्जनमा गएका दुई जनाको डुबेर ज्यान गयाे , एक जना बेपत्ता

रुपन्देही  – दुर्गा मूर्ति विसर्जन गर्न घाट गएका दुई जनाको डुबेर ज्यान गएको छ ।ज्यान जानेमा कोटहीमाई गाउँपालिका वडा नम्बर १ बस्ने २४ वर्षीय अजयकुमार नाउँ र १८ वर्षीय अजय राजभर रहेको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विश्वकर्माले जानकारी दिनुभयो । त्यसै ठाउँका २० वर्षीय सन्तकुमार राजभर अझै बेपत्ता रहेको उपरीक्षक विश्वकर्माले बताउनुभयो । बेपत्ता सन्तकुमारको खोजी भैरहेको उहाँले बताउनुभयो । रुपन्देही कोटहीमाई गाउँपालिकामा रहेको दानव र तिनाउ नदीको संगममा मर्चवार क्षेत्रको दुर्गा मूर्तिहरू विसर्जन हुँदै आएको छ । उज्यालाे अनलाईनमा याे खबर छ ।...
यूएईलाई ५ विकेटले हराउँदै त्रिदेशिय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालकाे चाैथाे जित
खेलकुद, समाचार

यूएईलाई ५ विकेटले हराउँदै त्रिदेशिय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालकाे चाैथाे जित

त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले लगातार चाैथाे जित निकालेकाे छ । शृङ्खलाअन्तर्गत समूह चरणकाे आफ्नाे अन्तिम खेलमा नेपालले यूएईलाई ५ विकेटले हरायाे । यूएईले दिएकाे १ सय ६५ रनकाे लक्ष्य नेपालले १९ ओभर २ बलमा ५ विकेट गुमाएर भेटायाे । नेपालका आसिफ शेखले अर्धशतक बनाए । उनी ५० बलमा ६२ रन बनाएर आउट भए । यस्तै कप्तान राेहित पाैडेलले ४७ र दीपेन्द्रसिंह ऐरीले १५ बलमा नटआउट ४० रन बनाए । बलिङतर्फ यूएईका मुहम्मद जवदुल्लाहले २ विकेट लिए । यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६४ रन बनायो । यूएईका बसिर अहमद र वृत्य अरविन्दले समान ४५ रन बनाए । बलिङतर्फ नेपालका साेमपाल कामी र अविनाश बाेहाेराले २/२ तथा गुलसन झा र करण केसीले १/१ विकेट लिए । नेपाल समूह चरणको ३ खेल जित्दै फाइनलमा प्रवेश गरिसकेको छ । नेपालले प...
टिकाको उत्तम साईत भोलि मङ्गलबार बिहान ११:०२ मिनेटमा
समाचार, समाज

टिकाको उत्तम साईत भोलि मङ्गलबार बिहान ११:०२ मिनेटमा

टिकाको उत्तम साईत मंगलबार बिहान ११.०२ बजे रहेको नेपाल प.ञ्चाङ्ग निर्धारण समितिले जनाएको छ । उत्तम साईत मंगलबार बिहान ११.०२ मा रहेपनि दिनभर र कोजाग्रत पुर्णिमाको दिनसम्म मान्यजनको हातबाट टिका ग्रहण गर्न सकिने शास्त्रीय नियम रहि आएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
एनआरएनएको नयाँ नेतृत्वले सम्हाल्यो कार्यभार
समाचार, समाज

एनआरएनएको नयाँ नेतृत्वले सम्हाल्यो कार्यभार

काठमाडौं( गैरआवासीय नेपाली संघ ९एनआरएनए० को नयाँ नेतृत्वले कार्यभार सम्हालेको छ । आजदेखि कार्यभार सम्हालेपछि नवनिर्वाचित अध्यक्ष डा बद्री केसीको अध्यक्षतामा पदाधिकारीको पहिलो बैठक भएको थियो । यद्यपि बैठकका निर्णय सार्वजनिक गरिएको छैन । त्यसअघि एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचन समितिले नयाँ नेतृत्वलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेर पद तथा गोपनीयताको शपथ गराएको थियो । सूचना प्रविधिसम्बन्धी अडिट गर्ने अन्तर्राष्ट्रिय संस्थाबाट निर्वाचन विवाद अडिट गराइ प्राप्त हुने प्रतिवेदनलाई आफूहरुले स्वीकार गर्ने नवनिर्वाचि अध्यक्ष केसीले बताएका छन् । अध्यक्ष केसीको यो प्रतिबद्धतासँगै निर्वाचनसम्बन्धी विवाद निरुपण भएको छ । कारोबार राष्ट्रिय दैनीकले समचार प्रकाशन गरेको छ ।...
दशमलव १ रेक्टरस्केलको भूकम्पपछि धादिङमा पटक-पटक परकम्प, सतर्कता अपनाउन विज्ञको आग्रह
समाचार

दशमलव १ रेक्टरस्केलको भूकम्पपछि धादिङमा पटक-पटक परकम्प, सतर्कता अपनाउन विज्ञको आग्रह

६ दशमलव १ रेक्टरस्केलको भूकम्पपछि धादिङमा पटक-पटक परकम्प, सतर्कता अपनाउन विज्ञको आग्रह बिहान धादिङ केन्द्रबिन्दु भएर ६ दशमलव १ रेक्टरस्केलको भूकम्प गएपछि पटक-पटक परकम्प गइरहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । बिहान ७ बजेर ३९ मिनेटमा धादिङको खरी आसपास केन्द्रबिन्दु भएर ६ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको वरिष्ठ भूकम्पविद् डाक्टर लोकविजय अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार यो भूकम्पपछि लगातारजसो परकम्प गइरहेका छन् । थप ठूलो धक्कासमेत आउन सक्ने जोखिम रहेकाले सतर्कता अपनाउन  उहाँको आग्रह छ । भूकम्प प्रभावित क्षेत्रका बासिन्दालाई खुलाचौरमा बस्न उहाँको अनुरोध छ । भूकम्पको धक्का काठमाण्डौ उपत्यका आसपासका क्षेत्रमा समेत महसुस भएको थियो । भूकम्पका कारण क्षति भए नभएकाेबारे विवरण आउन बाँकी छ । यसअघि गएको असाेज महिना बझाङ केन्द्रबिन्दु बनाएर पटक-पटक भूकम्प गएको थियो  ।...
अरुण भ्याल्ली फुटबल प्रतियाेगिता आयाेजना गर्दै एडभान्स
खेलकुद, समाचार

अरुण भ्याल्ली फुटबल प्रतियाेगिता आयाेजना गर्दै एडभान्स

सामाजिक सद्भावका लागि युवा एकता, बिकृति र बिसंगतिका बिरुद्ध खेलकुदद्वारा सहकार्यको प्रतिवद्धता भन्ने नारा सहित संखुवासभाको खाँदबारी ३ मानेभञ्ज्यांग स्थीत एडमान्स क्लवले आठौं अरुण भ्याल्ली आमन्त्रित फुटवल प्रतियोगिता आयोजना गर्ने भएको छ । सनिबार क्लवले एक पत्रकार सम्मेलनको आयोजनागरि प्रतियोगिताको बारेमा बिस्तृत जानकारी दिएकोे हो । आगामि कार्तिक २० गते देखि २४ गते सम्म संचालन हुने फुटवल प्रतियोगितामा जिल्लाका १२ टिमको सहभागिता रहने जनाईएको छ । प्रतियोगितामा प्रथम हुने टिमलाई रु दुई लाख र दितिय हुने टिमलाई नगद रु एक लाख पुरस्कारको ब्यवस्था रहेको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । प्रतियोगितालाई भब्य रुपमा सम्पन्न गर्नका लागि सबैको सहयोगको अपेक्षा गरिएको क्लबका सल्लाहकार मेदिनी घिमिरेले जनाए । उनले पर्यटन प्रवर्धन संगसंगै युवा एकता र सामाजिक बिकृति बिसंगति न्युनिकरणमा खेलक्षेत्रको...
‘पत्रकार हुँ’ भन्दै चरित्र हत्यागरि दसैँ खर्च माग्ने ब्यक्ति पक्राउ
समाचार, समाज

‘पत्रकार हुँ’ भन्दै चरित्र हत्यागरि दसैँ खर्च माग्ने ब्यक्ति पक्राउ

बारा । ‘पत्रकार हुँ’ भन्दै प्रहरी र कर्मचारिकाे चरित्र हत्या गरेकाे आराेपमा वीरगन्ज महानगरपालिका–१० अशोकवाटिका बस्ने २६ वर्षीय रवि कुमार वर्णवाल पक्राउ परेका छन् । उनले पत्रकार हुँ भनी अनलाइन न्युज पोर्टल र फेसबुक प्रयोग गरी विभिन्न ब्यक्तिकाे चरित्रहत्या गर्न विभिन्न सामग्रि प्रकाशन गर्नेगरेकाे प्रहरिकाे भनाई छ । भ्रामक प्रचार गर्दै दसैँ खर्च माग गरेको उजुरीको अनुसन्धानको क्रममा वादविवाद र अभद्र व्यवहारमा उत्रिएकाले उनिबिरुद्ध आवश्यक कानुनी कारबाही अगाडी बढाइएको प्रहरी कार्यालय बाराले जनाएको छ ।...
संबिधान दिवसका अवसरमा माफी पाएका लोकबहादुर हत्या आरोपमा पक्राउ
समाचार

संबिधान दिवसका अवसरमा माफी पाएका लोकबहादुर हत्या आरोपमा पक्राउ

संविधान दिवसका अवसरमा आचरणमा ब्यापक सुधार आएको भन्दै कैद मिनाहा पाएर जेलमुक्त भएका पश्चिम रुकुमका लोकबहादुर विक पुन हत्या आरोपमा पक्राउ परेका छन् । कारागार मुक्त भएको तीन साता नवित्दै प्रेमिकाको हत्या आरोपमा बिक पुन पक्राउ परेका हुन । मुसीकोट–७ की २७ वर्षीया भावना विकको हत्या आरोपमा उनी पक्राउ गरिएको प्रहरीले जनाएको छ । गएको मंगलबार मुसिकोट नगरपालिका– १ खलङ्गाको एउटा होटलमा उनका प्रेमिका भनिएका भावना मृत अवस्थामा फेला परेकी थिइन् । उक्त होटलको कोठामा घाँटी रेटेर हत्या गरी सिरकले छोपेर छाडिएको अवस्थामा भावनाको शव फेला परेको थियो । श्रीमान वैदेशिक रोजगारीमा रहेकी भावना र लोकबहादुरबीच प्रेम सम्बन्ध पाईएको प्रहरीले जनाएको छ । बहुविवाहको मुद्दामा जेल परेका विकलाई ६ महिना नबित्दै उनको आचरणमा ब्यापक सुधार आएको भन्दै मन्त्रीपरिषदको निर्णयमा राष्ट्रपतिबाट आम माफी दिई थुनामुक्त गरिएको थयो ।...
नेपाललालाई युएईको १ सय ४१ रनको लक्ष्य
खेलकुद, समाचार

नेपाललालाई युएईको १ सय ४१ रनको लक्ष्य

त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला अन्तगरगत आज भएको खेलमा यूएईले नेपालसामु १ सय ४१ रनको लक्ष्य प्रस्तुत गरेको छ । मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४० रन बनायो । यूएईका बसिल हमीदले अर्धशतक बनाए । उनी ३८ बलमा ५१ रन बनाएर आउट भए । यस्तै अली नसीरले ३२ रन जोडे । बलिङतर्फ नेपालका करण केसीले ३, गुलसन झाले २ तथा सोमपाल कामी र अविनाश बोहराले १र१ विकेट लिए । नेपाल क्रिकेट सङ्घ ९क्यान० को आयोजनामा त्रिदेशीय टी–२० शृङ्खला आज बुधवारदेखि शुरु भएको हो । टी–२० अन्तर्राष्ट्रिय क्रिकेट विश्वकप छनोटको तयारीस्वरूप नेपालले प्रतियोगिता आयोजना गरेको हो । नेपालले दोस्रो खेल कात्तिक २ गते हङकङसँग खेल्नेछ । यस्तै कात्तिक ४ गते फेरि हङकङसँग र कात्तिक ६ गते फेरि यूएईसँग खेल्नेछ ।...
पाथीभरामा भक्तजनकाे घुईचाे एकै दिन दुई हजार ५५ ले गरे दर्शन
समाचार, समाज

पाथीभरामा भक्तजनकाे घुईचाे एकै दिन दुई हजार ५५ ले गरे दर्शन

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा भक्तजनकाे घुईचाे लागेकाे छ । मंगलबार एकै दिन दुई हजार पाँच सय ५५ भक्तजनले पाथिभरा माताकाे दर्शन गरेकाे पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए । भक्तजनको आगमन बढेकाले पाथीभरा क्षेत्रमा सुरक्षा, सहज यातायात, खाने बस्ने लगायतका बिषयमा स्थानीय व्यवसायीलगायत सम्बन्धित पक्षसँग छलफल गरी आवश्यक प्रबन्ध मिलाईएकाे ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताइन् । तीर्थयात्रीको संख्या उल्लेख्य रुपले बढ्दै गएपछि सहजरुपमा पूजापाठका लागि जनशक्ति खटाएर आवश्यक प्रबन्ध मिलाइएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेकाे भनाई छ । ...