समाचार Archives - Page 68 of 76 - साझाकुरा
शनिबार, माघ ४, २०८२

समाचार

राष्ट्रिय भूमि आयोगका तीन जना कर्मचारी घुससहित पक्राउ
अपराध, समाचार

राष्ट्रिय भूमि आयोगका तीन जना कर्मचारी घुससहित पक्राउ

राष्ट्रिय भूमि आयोगका तीन जना कर्मचारी घुससहित पक्राउ परेका छन् । हिजो दिउँसो जुम्लाको सिँजा गाउँपालिकाका २३ वर्षीय मोहन नेपाल, दोलखा तामाकोसी गाउँपालिका-४ का २२ वर्षीय विवेक पोखरेल र कैलालीको जानकी गाउँपालिका-८ का २३ वर्षीय कमल खनाललाई घुससहित पक्राउ गरेको  प्रहरीले जनाएको छ । प्रहरीका अनुसार  हल्दिबारी गाउँपालिकामा उनीहरु कार्यरत थिए । हल्दिबारी वडा नं १ का गणेशप्रसाद पौडेलको जग्गाको मोठ कायम गर्दा ३९ हजार ६ सयको बिल काटेर ८० हजार रुपैयाँ लिएपछि घटना सार्वजनिक भएको हो । पौडेलले उनीहरुविरूद्ध  जिल्ला प्रशासन कार्यालय झापामा उजुरी दर्ता गराएपछि  प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई पक्राउ गरेर अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले बताउनुभयो । ...
खाँदबारी युथक्लबद्वारा“पर्यटन प्रवर्धन,खाँदबारी रन” आयाेजना
खेलकुद, समाचार, स्वास्थ्य

खाँदबारी युथक्लबद्वारा“पर्यटन प्रवर्धन,खाँदबारी रन” आयाेजना

“पर्यटन प्रवर्धन,खाँदबारी रन” मनाेरञ्जन संगै आफ्नाे स्वास्थ्यमा सुधार ल्याऔ, असाेज २८ गते “खाँदबारी रन” मा सहभागि बनाैं ।
हमासकाे आक्रमणमा  ज्यान गुमाएका नेपालीहरुकाे शाेकमा भाेलि राष्ट्रिय शाेक बिदा,मृतकका परिवारलाई जनहि १० लाख राहतकाे घाेषणा
अन्तर्राष्ट्रिय, समाचार

हमासकाे आक्रमणमा ज्यान गुमाएका नेपालीहरुकाे शाेकमा भाेलि राष्ट्रिय शाेक बिदा,मृतकका परिवारलाई जनहि १० लाख राहतकाे घाेषणा

इजरायलमा हमासकाे आक्रमणमा परि मृत्यु भएका १० जना नेपालीकाे शोकमा सरकारले भोलि मङ्गलवार राष्ट्रिय शाेक बिदाकाे घाेषणा गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले भोलि मङ्गलवार राष्ट्रिय शाेक बिदाकाे घोषणा गरेको हाे । आजकाे बैठकले मृतकका परिवारलाई १०/१० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने र इजरायलमा रहेका तथा स्वदेश आउन चाहने सबै नेपालीलाई नेपाल फर्काउने समेत निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिए । इजरायलमा गएकाे शनिवार बिहान प्यालेस्टिनी विद्रोही समूह हमासले गरेको आक्रमणमा नेपालबाट 'इन्टर्नसिप' मा गएकामध्ये १० जना विद्यार्थीको मृत्यु भएकाे थियो । ...
अफगानिस्तानमा आएकाे  भूकम्पपरि  २ हजार बढिकाे मृत्यु १० हजार घाईते
अन्तर्राष्ट्रिय, समाचार

अफगानिस्तानमा आएकाे भूकम्पपरि २ हजार बढिकाे मृत्यु १० हजार घाईते

सनिबार अफगानिस्तानमा आएकाे बिनाशकारि भूकम्पमा मृत्युहुनेकाे सङ्ख्या दुई हजार नाघेकाे छ । हिजो शनिवार गएको भूकम्पमा परि ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा दुई हजार जना पुगेको र १० हजार जनाभन्दा धेरै घाइते भएकाे अफगानि अधिकारीहरूलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले उल्लेख गरेकाे छ । इरान र अफगानिस्तानको सीमा नजिकमा पर्ने पश्चिमी सहर हेरातबाट ४० किलोमिटर टाढा केन्द्रविन्दु बनाएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्पका कारण उनिहरुकाे ज्यान गएकाे हाे । भूकम्पका कारण धेरै भवनहरू क्षतिग्रस्त भएका छन् । मानिसहरू भग्नावशेषमा फसेका छन् । तालिबान अधिकारीहरूले खोज तथा उद्धार र राहतका लागि विश्वव्यापी रूपमा सहयाेगकाे आग्रह गरेका छन् ।...
जनकपुर बिग मार्टमा आगलागी,करोडाैंकाे क्षति
समाचार

जनकपुर बिग मार्टमा आगलागी,करोडाैंकाे क्षति

गए राति जनकपुर बिग मार्टमा भिषण आगलागी भएको छ । जनकपुर उपमहानगरपालिका-९ रामानन्द चोकमा रहेको मार्टमा राति ११ बजे देखि आगो लागे पनि आज बिहान मात्र नियन्त्रणमा आ एकाे छ । जनकपुरधाम उपमहानगरपालिका लगायत आसपासको पालिकाको बारुणयन्त्र, प्रहरी, स्थानीयलगायतको सहयोगमा आगलागी नियन्त्रण भएको हो । आगलागीबाट सम्पूर्ण सामान जलेर नष्ट भएको छ भने घरमा पनि क्षति पुगेको छ । मार्टको  सामान साढे चार करोड, घरमा समेत क्षति पुगेकाले १० करोडभन्दा बढीको क्षति पुगेको सञ्चालक रायको दाबी छ ।...
भाटेखोला नजिक केन्द्रबिन्दु बनाएर फेरि गयो भुकम्प
समाचार

भाटेखोला नजिक केन्द्रबिन्दु बनाएर फेरि गयो भुकम्प

बझाङको भाटेखोला नजिकै केन्द्रबिन्दु बनाएर शनिबार बिहान ११ः५ बजे पुन भूकम्प गएपछि स्थानीयहरु त्रसित भएका छन् । निरन्तरको धक्काका कारण स्थानीयबासिन्दाहरु अहिले पनि खुल्ला आकासमुनी चौरमा पाल टाँगेर बस्दै आएका छन् । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिवार बिहान ठिक ११ः५ बजे ५.३ रेक्टर स्केलको भुकम्प गएको भुकम्प मापन केन्द्रले जनाएको छ । गत मंगलबार देखि यता बझाङमा मात्रै साना ठुला गरि ि१३ वटा भूकम्पको धक्का महसुस गरिएको मापन केन्द्रले जनाएको छ । गत मंगलबार दिउँसो २ः४० मा पहिलो पटक ५ः३ म्याग्नेच्युडको भूकम्प गएको थियो । त्यस यता सोहि दिन ३ जेर ६ मिनेट जाँदा ६.३ म्याग्नेच्युडको भूकम्प गएको थियो । भुकम्पका कारण एक जनाको मृत्यु समेत भएको थियोभने दर्जनौं घरहरूमा क्षति पुगेको थियो । बारम्बारको पराकम्पका कारण अहिले बझाङ्गको जनजिवन अस्तब्यस्त बनेकोछ भने स्थानीयहरु घरबाहिरै द...
बझाङको चैनपुर केन्द्रविन्दु भएर फेरि गयो भूकम्प
समाचार

बझाङको चैनपुर केन्द्रविन्दु भएर फेरि गयो भूकम्प

सुदूरपश्चिम प्रदेशको बझाङको चैनपुर केन्द्रविन्दु भएर गए राति दुई पटक भूकम्प गएको छ। ‍‍राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गए राति १०:५२ बजे बझाङको चैनपुर केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युड र राति १२:२३ बजे चैनपुर नै केन्द्रविन्दु भएर ३.९ म्याग्निच्युडको भूकम्प गएको हो। मङ्गलबार अपराह्न २:४० बजे बझाङको तालकोट केन्द्रविन्दू भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसपछि आजसम्म दर्जनौं पराकम्प महशुस भएको खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले जानकारी दिए।...
सब-ईन्जिनियर राईकाे निधनमा पाँचखपन नगरपालिकाले दियाे शाेक बिदा
समाचार

सब-ईन्जिनियर राईकाे निधनमा पाँचखपन नगरपालिकाले दियाे शाेक बिदा

संखुवासभा पाँचखपन नगरपालिकाले नगरपालिकामा कार्यरत सब- ईन्जिनियर हिमाल राईकाे असामयिक निधनप्रति गहिराे दुख ब्यक्त गर्दै नगरपालिका र माताहतका वडा कार्यालयहरुमा शाेक विदा दिने घाेषणा गरेकाे छ । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेसमान सिं राईद्वारा हस्ताक्षरित सुचना मार्फत सब-ईन्जिनियर राईकाे निधनमा असाेज १९ गते शुक्रबार शाेक बिदा दिईएकाे जनाईएकाे छ ।...