समाचार Archives - Page 70 of 76 - साझाकुरा
शनिबार, माघ ४, २०८२

समाचार

बझाङमा भुकम्पकाे त्रास
समाचार

बझाङमा भुकम्पकाे त्रास

बझाङ केन्द्रविन्दु भएर लगातार भूकम्प गइरहेको छ । आज मङ्गलवार दिउँसो २ बजेर ४० मिनेटमा ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसपछि चार रेक्टर स्केलभन्दा माथिका ५ वटा भूकम्प गइसकेका राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । दोस्रो भूकम्प दिउँसो ३ बजेर ६ मिनेटमा ६ दशमलव ३ रेक्टर स्केलको गएको थियो । त्यसपछि ३ बजेर ४५ मिनेटमा ४ दशमलव १, ४ बजेर २८ मिनेटमा ४ दशमलव १ र ४ बजेर ३१ मिनेटमा ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ । यस्तै बेलुका ५ बजेर १९ मिनेटमा ५ रेक्टर स्केलको भूकम्प गएको छ । साना परकम्पहरू लगातार गइरहेका छन् । लगातार जमिन हल्लिरहेपछि मानिसहरू घरबाहिर निस्किएर खुला चाैरमा बसेका छन् ।  भूकम्पका कारण घाइते हुनेकाे सङ्ख्या ११ जना पुगेकाे छ । उनीहरूकाे जिल्ला अस्पतालमा उपचार भइरहेकाे छ । भूकम्पकाे विस्तृत विवरण आउन बाँकी छ ...
सचिव मरासिनी, टेलिकमका पौडेललगायत नौविरुद्ध भ्रष्टाचार मुद्दा
समाचार

सचिव मरासिनी, टेलिकमका पौडेललगायत नौविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेसनल पेमेन्ट गेटवे खरिदमा भ्रष्टाचार गरेको आरोपमा बहालवाला सचिव तथा नेपाल टेलिकमका कार्यकारी निर्देशकसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले राष्ट्रिय सूचना प्रविधि केन्द्रले २५ करोड रुपैयाँको अस्वाभाविक लागतमा पेमेन्ट गेटवे खरिद गर्दा भ्रष्टाचार भएको ठहर गरेको छ । अख्तियारले सो अनियमिततामा संलग्न भएको आरोपमा अर्थ मन्त्रालयका बजेट महाशाखाका तत्कालीन सहसचिव तथा हाल वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक तथा हाल टेलिकमका प्रबन्ध निर्देशक सुनील पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक प्रणिता उपाध्याय, तत्कालीन विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव एवं सूचना प्रविधि केन्द्रका अध्यक्ष सञ्जय शर्मालगायत नौ जनाविरुद्ध भ्रष्टाचार म...
पूर्वानुमानः यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

पूर्वानुमानः यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले बताएको छ। आज दिउँसो देशभर सामान्य बदली रहने बताइएको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । ...
तस्कर र अपराधीहरू संगठित भएर आक्रमण गरिरहेका छन् : गृहमन्त्री श्रेष्ठ
समाचार

तस्कर र अपराधीहरू संगठित भएर आक्रमण गरिरहेका छन् : गृहमन्त्री श्रेष्ठ

हेटौंडा : उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारविरुद्ध अभियान चलाउँदा त्यसका संरक्षकहरू संगठित भएर आक्रमण ढंगले लागेको बताएका छन्।  सोमबार हेटौंडामा सम्बोधन गर्दै उनले वर्तमान सरकारले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर बाहिर पठाउने गिरोहलाई अनुसन्धान गरेर कानुनको दायरामा ल्याई केही व्यक्तिहरू अहिले जेलमा रहेकोसमेत बताए।  उनले भने, 'ललिता निवासको काण्डमा पनि सरकारी जग्गा मालपोत कार्यालयका कर्मचारीहरू, राज्यका कतिपय अधिकारीहरू र दलालहरू मिलेर व्यक्तिको नाममा बनाएर राज्यलाई लुट्ने कार्यको पनि वर्तमान सरकारले प्रहरीद्वारा अनुसन्धान बढाएर अदालत पुर्‍याएका छौं।' सरकारको जग्गा सरकारकै नाममा ल्याउने आधार तय भइसकेको भन्दै उनले सरकार त्यसका पहल गरिरहेको बताए।  त्यस्तै सुन तस्करीको विषयमासमेत अनुसान्धान प्रक्रिया अघि बढिरहेको बताए। 'यस्ता भष्ट्रचार र अपराधविरुद्धका क...
अख्तियारमा उजुरीका चाङ : स्थानीय तहमा सबैभन्दा बढी भ्रष्टाचार
समाचार

अख्तियारमा उजुरीका चाङ : स्थानीय तहमा सबैभन्दा बढी भ्रष्टाचार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सबैभन्दा बढी सङ्घीय मामिलासँग सम्बन्धीत उजुरी परेका छन् । आयोगको वार्षिक प्रतिवेदनका विषयमा सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अख्तियारले गत आर्थिक वर्षमा प्राप्त उजुरीमध्ये सबैभन्दा बढी सङ्घीय मामिला (स्थानीय तह समेत) सँग सम्बन्धित ३५ दशमलव ९५ प्रतिशत रहेको जनाएको हो । त्यस्तै  शिक्षा (स्थानीय तहसमेत) १४ दशमलव ५५ प्रतिशत, भूमि प्रशासनसँग सम्बन्धित ६ दशमलव ०९ प्रतिशत, वन तथा वातावरणसँग सम्बन्धित चार दशमलव १४ प्रतिशत र स्वास्थ्य तथा जनसङ्ख्यासँग सम्बन्धित तीन दशमलव १२ प्रतिशत उजुरी प्राप्त भएको अख्तियारले जनाएको छ ।  आयोगका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा एक सय ६२ मुद्दामा सात सय ६६ जनालाई प्रतिवादी बनाइ मुद्दा दायर गरिएको छ । प्रतिवादीमध्ये छ सय २२ जना पुरुष र एक सय ३८ महिला छन् । गत आर्थिक बर्षमा आयोगमा विभिन्न माध्यमबाट कुल २० हजार नौ सय...
जिल्ला समन्वय समिति ओखलढुंगाका प्रमुख खनालको निधन
समाचार, स्वास्थ्य

जिल्ला समन्वय समिति ओखलढुंगाका प्रमुख खनालको निधन

ओखलढुंगा । जिल्ला समन्वय समिती ओखलढुंगाका प्रमुख डिल्लीराम खनालको निधन भएको छ । शनिबार राती १० बजे शिक्षण अस्पताल महाराजगञ्ज काठमाण्डौमा उपचारको क्रममा ७३ वर्षको उमेरमा खनालको निधन भएको हो । खनाल लामो समय देखी क्यान्सर रोग बाट पीडित थिए । जिसस प्रमुख खनाल केही महिना अघि थप अवस्थ भएपछी उपचारका लागि शिक्षण अस्पतालमा भर्ना गरिएको उनका भतिज एवम् नेपाली काँग्रेस जिल्ला सभापती तेजेन्द्र खनालले बताए । यस अघि नेपाल तथा भारताका विभिन्न अस्पतालमा उनको उपचार प्रयास गरिएको नेपाली काँग्रेस जिल्ला कार्य समिती सभापती खनालले जानकारी दिए ।खनाल नेपाली काँग्रेसको तर्फबाट जिल्ला समन्वय समिती ओखलढंगाको प्रमुख बनेका हुन् । खनाल नेपाली काँग्रेस जिल्ला कार्य समिती ओखलढुंको पुर्व कोषाध्यक्ष, उपाध्यक्ष साथै महासमिती सदस्य भएका थिए । खनालको परिवारमा दुई छोरा र दुई छोरी छन् । आज आईतबार पशुपती आर्य घाटमा खना...
पेट्रोलियम पदार्थको मुल्य बृद्धि फिर्ता लिने सरकारको निर्णय
अर्थ/व्यापार, समाचार

पेट्रोलियम पदार्थको मुल्य बृद्धि फिर्ता लिने सरकारको निर्णय

सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिने निर्णय गरको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले हाललाई पेट्रोलियम पदार्थको पुरानै मूल्य कायम गर्ने निर्णय गरेको हो। नेपाल आयल निगमले शनिबार पेट्रोलको मूल्य प्रतिलिटर २ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढाउने निर्णय गरेको थियो। यस्तै हवाइ इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर ८ तथा हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ६० प्रतिलिटर ९करिब ८ रुपैयाँ० बढाएको थियो।...
वीरगन्जको बाल सुधारगृहबाट भागेका दुई बालकैदी भारतमा पक्राउ
समाचार

वीरगन्जको बाल सुधारगृहबाट भागेका दुई बालकैदी भारतमा पक्राउ

वीरगन्ज ४ बिर्तामा रहेको बाल सुधार गृहबाट दुईदिन पहिले फरार भएका दुईजना बाल कैदीलाई प्रहरीले पक्राउ गरेको छ। गत शुक्रबार बिहान २ बजे सुधार गृहमा लगाइएको काँडेतार काटेर छतबाट हाम फालेर फरार भएका दुवैलाई सर्लाही र सिरहाको सीमा क्षेत्रको अलग अलग स्थानबाट पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी निरीक्षक दावा शेर्पा र प्रहरी नायब निरीक्षक विनोद काफ्लेको नेतृत्वमा छुट्टाछुट्टै खटिएको प्रहरी टोलीले शनिबार राति एक जनालाई र अर्कोलाई आइतबार बिहान १० बजे पक्राउ गरेको शाहले बताए । एक जनालाई बिहारको सीतामढीबाट र अर्कोलाई बिहारकै मधुवनीबाट नियन्त्रणमा लिएको प्रहरी श्रोतले जनाएको छ । बाल सुधार गृहबाट शुक्रबार बिहान २ बजेतिर कर्तव्य ज्यान मुद्दाका अभियुक्त सर्लाहीका अमरकान्त ठाकुर र जबरजस्ती करणी मुद्दाका सप्तरी घर भएका पाण्डव यादव फर...
मनसुन फेरि सक्रिय : कोशी, मधेस, बाग्मती, लुम्बिनी र गण्डकी प्रदेशमा ठूलो वर्षाको सम्भावना
समाचार

मनसुन फेरि सक्रिय : कोशी, मधेस, बाग्मती, लुम्बिनी र गण्डकी प्रदेशमा ठूलो वर्षाको सम्भावना

बाहिरिने समयमा मनसुन फेरि सक्रिय भएको छ । गएरातिदेखि देशका केही ठाउँमा पानी परिरहेको छ । मौसमविद् सञ्जीव अधिकारीका अनुसार अहिले कोशी र कर्णाली प्रदेशका थोरै र बाँकी प्रदेशका एक/दुई ठाउँमा हल्का वर्षा भइरहेको छ । आज देशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ । भोलि र पर्सि भने ठूलो पानी पर्ने मौसमविद् अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार बङ्गालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको असर नेपालमा परेको छ । यसकै कारण कोशी, मधेस, बाग्मती, लुम्बिनी, गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । यस्तै, यो प्रणालीसँगै स्थानीय वायुको प्रभाव मिसिँदा केही ठाउँमा एकैछिनमा आरीघोप्टे वर्षासमेत हुने मौसमविद् अधिकारीले बताउनुभयो । केही दिन अघिसम्म मनसुन कमजोर थियो । जसले गर्दा खासै पानी परेको थिएन । तर, अस्ति शुक्रवारदेखि धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको ...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब तीन किलो सुनसहित विदेशी नागरिक पक्राउ
समाचार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब तीन किलो सुनसहित विदेशी नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब तीन किलो सुनसहित फिलिपिन्सकी महिला पक्राउ परेकी छन्। दुबई हुँदै काठमाडौं आएकी उनलाई सुनसहित शुक्रबार साँझ पक्राउ गरिएको विमानस्थलका प्रहरी प्रमुख (डीआईजी) अर्जुन चन्द ठकुरीले जानकारी दिए।   उनले भने,‘बरामद भएको सुन झण्डै तीन किलो छ। दुबईबाट काठमाडौं आएकी फिलिपिन्सकी महिला सुनसहित समातिएकी हुन्। थप अनुसन्धान भइरहेको छ, विस्तृत विवरण केही समयपछि आउँछ। ’...