समाचार Archives - Page 72 of 76 - साझाकुरा
शनिबार, माघ ४, २०८२

समाचार

देवघाटमा नुहाउने क्रममा दुई जना बेपत्ता
समाचार

देवघाटमा नुहाउने क्रममा दुई जना बेपत्ता

चितवनको देवघाटमा नुहाउने क्रममा दुई जना बेपत्ता भएका छन् । आज बिहान ७ बजेतिर नारायणी नदीस्थित देवघाटमा नुहाउने क्रममा भारतको आसाम घर भएका १९ वर्षीय भोजराज अधिकारी र धनगढी उपमहानगरपालिका ३ मिलनचोक बस्दै आएका पंकज दाहाल बेपत्ता भएका हुन् । भारतको आसाम घर भएका अधिकारी कैलालीको धनगढीस्थित लक्ष्मीनारायण मन्दिरमा बसेर सँस्कृत पढ्दै आएका थिए । उनी सोही मन्दिरको टोलीसँगै देवघाटमा भ्रमणमा आएका थिए । नुहाउने क्रममा वेपत्ता भएका उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ...
सुन तस्करी प्रकरणमा थुनछेक बहस आजदेखि सुरू हुने
समाचार

सुन तस्करी प्रकरणमा थुनछेक बहस आजदेखि सुरू हुने

काठमाडौंको सिनामंगलबाट बरामद गरिएको ६१ किलो सुन प्रकरणको थुनछेक बहस बुधबारदेखि सु हुदैंछ । उक्त प्रकरणमा संलग्न प्रतिवादीहरुको बयान मंगलबार सकिएकाले बुधबारदेखि थुनछेक बहस सुरु हुने बताइएको छ । यसअघि मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासमा २६ जना प्रतिवादीको बयान सकिएको छ । सो सुन प्रकरणबारे अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान सकाएर प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएपछी प्रतिवेदनमाथि छानबीन गरी जिल्ला अदालत काठमाडौंमा राय सहितको प्रतिवेदन पेश गरिएको हो ।...
चिकित्सकमाथि भएको कुटपिटको विरोधमा काठमाडौंमा प्रदर्शन
समाचार

चिकित्सकमाथि भएको कुटपिटको विरोधमा काठमाडौंमा प्रदर्शन

पोखराको मणिपाल शिक्षण अस्पतालमा चिकित्सकमाथि भएको कुटपिटको विरोधमा चिकित्सकहरुले काठमाडौंको माइतीघरमा बिरोध प्रदर्शन गरेका छन् । मंगलबार चिकित्सकहरूले माइतीघरमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका बेला प्रहरी र चिकित्सकहरुबीच केहीबेर तनाव समेत उत्पन्न भएको थियो । लमजुङ सुन्दरबजारकी एक ५७ वर्षीया बिरामी महिलाको सोमबार उपचारका क्रममा अस्पतालमा मृत्यु भएपछि उनका आफन्त कुटपिटमा उत्रिएका थिए । चिकित्सकहरुले आफूहरुलाई सुरक्षाको प्रत्याभूति दिलाउनुपर्ने र कुटपिटमा संलग्न ब्यक्तिलाई कारवाहीको दायरामा ल्याउनु पर्ने माग गरेका छन् ।...
राष्ट्र बैंकद्वारा एक सय भन्दा माथिका भारतीय नोटको कारोबारमा प्रतिबन्ध
अर्थ/व्यापार, समाचार

राष्ट्र बैंकद्वारा एक सय भन्दा माथिका भारतीय नोटको कारोबारमा प्रतिबन्ध

नेपाल राष्ट्र बैंकले नेपालमा भारतीय रुपैयाँ एक सय भन्दा ठूला नोटको कारोबारमा प्रतिबन्ध लगाएको छ । राष्ट्र बैंकले वित्तीय चेतनाका लागि भन्दै मंगलबार जारी गरेको सूचनामा भारतीय रुपैयाँ एक सय दरभन्दा ठूला नोट साथमा राख्न, ओसरपसार गर्न र कारोबार गर्न प्रतिबिन्धत लगाइएको उल्लेख छ । यस्तै, भारतबाट नेपाल आउने वा नेपालबाट भारत जाँदा अमेरिकी डलर ५ हजार बराबरको भारतीय रुपैयाँ मात्रै लैजान सकिने पनि राष्ट्रबैंकले जनाएको छ । त्यसरी लैजाने वा ल्याउने नोट पनि सय भन्दा ठूला नोट हुन नहुने व्यवस्था गरिएको छ । पाँच हजार डलर भन्दा बढीको भारतीय रुपैयाँ ल्याउन लैजान परेमा भन्सारमा घोषणा गर्नुपर्ने छ । भारत भ्रमण जानेहरुका लागि बैंक तथा वित्तिय संस्थाबाटै भारतीय रुपैयाँ २५ हजारसम्म र औषधोपचारका लागि भारतीय रुपैयाँ ५० हजारसम्मको सटही सुविधा लिन सकिने पनि राष्ट्रबैंकले जनाएको छ । ड्राफ्ट, टीटी, कार्डमार्...
नेपाल आयल निगमले सर्वसाधरणका लागि आइपीओ जारी गर्दै
समाचार

नेपाल आयल निगमले सर्वसाधरणका लागि आइपीओ जारी गर्दै

नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले नेपाल आयल निगमले सर्वसाधरणका लागि आइपीओ जारी गर्ने तयारीमा रहेको बताउनुभएको छ । मंगलवार नेपाल एलपी ग्याँस उद्योग संघको २८ औं वार्षिक साधारण सभामा बोल्दै कार्यकारी निर्देशक थानीले यस्तो बताउनुभएको हो । उहाँले धितोपत्र निष्काशन नियमावली २०७३ जारी भएपछि २०८० मा आउँदा ७ औं पटक संशोधन भएको र नियमावलीमा दुई आर्थिक वर्षमा नाफामा गएको हुनुपर्ने भएकाले समय लागेको बताउनु भयो । उहाँले कम्तिमा दुईवटा आर्थिक वर्षको फाइदा भएपछि मात्रै आईपीओ जारी गर्न मिल्ने अवस्था भएकाले सर्वसाधरणको लागि आईपीओ जारी गर्न प्रतिवद्ध रहेको बताउनु भयो । कार्यकारी निर्देशक थानीले सर्वसाधरण जनतालाई समेतलाई निगममा ओनरसिप बनाउन आईपीओ जारी गर्ने बताउनु भयो । उहाँले व्यवसायीहरुलाई स्टेकहोल्डर बनाउने र सर्वसाधरणलाई आइपीओ दिने तयरी रहेको बताउनु भयो । उहाँले मुलुकको अर्थतन...
तनहुँमा डेङ्गु सङ्क्रमणबाट तीन जनाको मृत्यु
समाचार

तनहुँमा डेङ्गु सङ्क्रमणबाट तीन जनाको मृत्यु

डेङ्गुको सङ्क्रमणबाट तनहुँमा यसवर्ष तीन जनाको मृत्यु भएको छ । मृत्यु हुने तीनै जना व्यास नगरपालिकाका विभिन्न वडाको रहेका छन्।  नगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार गत असार १६ गते व्यास –१० का ३५ वर्षीय युवा, यही असोज २ गते व्यास–११ का १५ वर्षीय युवा र यही असोज ८ गते व्यास –२ की १३ वर्षीया बालिकाको डेङ्गु सङ्क्रमणबाट मृत्यु भएको हो।  नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले विगत केही समयदेखि दमौलीमा डेङ्गुको सङ्क्रमण बढ्दो अवस्थामा रहेको बताउनुभयो । कुल बिरामी सङ्ख्या एक हजार छ सयमध्ये एक हजार तीन सय ५० बिरामी  नगरपालिकाको रहेको जनाइएको छ ।  दमौली अस्पतालमा दैनिक बिरामीको सङ्ख्या बढेपछि नगरपालिकाअन्तर्गतका स्वास्थ्यकर्मीलाई अस्पतालमा खटाउने तयारी गरिएको छ। अस्पतालमा जनशक्ति कम भएको जानकारीमा आएपछि नगरपालिकाले एक  डाक्टर, दुई जना ल्याबका कर्मचारी र दुई जनालाई इ...
कोशीमा दुई मन्त्री र दुई राज्यमन्त्री थपिए
समाचार

कोशीमा दुई मन्त्री र दुई राज्यमन्त्री थपिए

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज दुई मन्त्री र दुई राज्यमन्त्री थप गरी मन्त्रिमण्डल विस्तार गरेका छन्।  मुख्यमन्त्री कार्कीले नेपालको संविधानको धारा १६८ को  उपधारा(९) बमोजिम लिलावल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुनमन्त्री, बुद्धिकुमार राजभण्डारी खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री, रामप्रसाद महतो उद्योग, कृषि तथा सहकारी राज्यमन्त्री र निरन राईलाई आर्थिक ममिला तथा योजना राज्यमन्त्रीमा नियुक्त गरेका छन्।  कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले आज यहाँ आयोजित एक समारोहबीच मन्त्री अधिकारी र राजभण्डारीलाई पद तथा गोपनीयताको शपथग्रहण गराए।  यसैगरी मुख्यमन्त्री कार्कीले मन्त्री महतो र राईलाई पद तथा गोपनीयताको शपथग्रहण गराए।  ...
पूर्वमन्त्री रामकुमार श्रेष्ठ गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा दोषी ठहर
समाचार

पूर्वमन्त्री रामकुमार श्रेष्ठ गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा दोषी ठहर

विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा पूर्वमन्त्री रामकुमार श्रेष्ठलाई दोषी ठहर गरेको छ । विशेष अदालतका सदस्य यमुना भट्टराई र खुशीप्रसाद थारुको संयुक्त इजलासले उनलाई दोषी ठहर गरेको हो । श्रेष्ठले ४ करोड ४५ लाख रुपैयाँ बराबर गैरकानुनी रुपमा आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा दायर गरेको थियो । शिक्षकबाट सार्वजनिक सेवामा प्रवेश गरेका उनी निजामती सेवाको शाखा अधिकृत हुँदै सचिव भएर अवकाश भएका थिए । पूर्वमन्त्री श्रेष्ठ २०७० सालमा तत्कालिन प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा गठित सरकारमा मन्त्री थिए । उनले सार्वजनिक सेवाको सुरुवातपछि सचिव हुदासम्म र मन्त्री भएको बेलामा समेत गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अख्तियारको दावी थियो ।...
यस बर्षको मनराम–एसकाज पत्रकारिता पुरस्कार भोलानाथ गौलीलाई
समाचार

यस बर्षको मनराम–एसकाज पत्रकारिता पुरस्कार भोलानाथ गौलीलाई

यस बर्षको मनराम–एसकाज पत्रकारिता पुरस्कार संखुवासभाका पुराना पत्रकार भोलानाथ गौलीले पाउनु हुने भएको छ । २०५० सालदेखि राष्ट्रिय समाचार समितिमा संखुवासभाबाट पत्रकारिता थालेका गौलीले पत्रकारिताको माध्यमबाट जिल्लालाई चिनाउन पु¥याएको योगदानको कदर गर्दे पुरस्कार छनौट समितिले गौलीको नाम सिफारीस गरेको हो । संखुवासभा निवासी समाजसेवी मनमायाँ र रामबहादुर श्रेष्ठको नाममा मनराम प्रतिष्ठानद्धारा स्थापित पुरस्कारको राषि ५० हजार रुपैया र ताम्रपत्र रहेको छ । संखुवासभा–काठमाडौ जर्नालिष्ट एसोसिएसन(एसकाज) आयोजक रहेको यो पुरस्कारबाट संखुवासभाबाट सकृय रुपमा कलम चलाउने ८ जना पत्रकार पुरस्कृत भई सक्नुभएको छ । संखुवासभाका पुराना पत्रकार गंगा बिष्ट, संखुवासभा पत्रकार महासंघका वर्तमान अध्यक्ष इन्द्र गिरी, नेपाल प्रेस युनियन संखुवासभाका अध्यक्ष दिपेन्द्र शाक्य, खाँदबारी एफएमका स्टेशन मेनेजर कृष्णराज शाक्य...
संखुवासभा एमालेद्वारा ३९ जना प्रतिनिधि छनाैट   नामावलि सहित
समाचार

संखुवासभा एमालेद्वारा ३९ जना प्रतिनिधि छनाैट नामावलि सहित

नेकपा एमालेको प्रथम कोशी प्रदेश अधिवेशनकालागि संखुवासभाका सबै स्थानीय तहबाट सर्वसम्मत प्रतिनिधि छनौट भएका छन् । एमाले काेशी प्रदेस कमिटि सदस्य बिपिन तामाङ्गका अनुसार एमाले प्रदेश कमिटीको अधिवेशनमा खादबारी नगरपालिकाबाट मुरारी प्रसाद खतिवडा , जित बहादुर घिमिरे , सुमन श्रेष्ठ , नेत्र रेग्मी , भविश्वर गुरुङ , राजेन्द्र थापा , यस्तै महिला तर्फ राधा खनाल , सुन्दरी खतिवडा , चेत कुमारी कटुवाल प्रतिनिधि चयन भएका छन् । चैनपुर नगरपालिकाबाट तुलसी प्रसाद न्यौपाने , विरेन्द्र के शी , भरत खत्री , भरत खड्का ,सुर्य दाहाल , गोपाल श्रेष्ठ चयन भएका छन् । यस्तै महिला तर्फ बाट हेमकुमारी चौहान , कमला श्रेष्ठ शान्ति कटुवाल , मादी नगरपालिकाबाट विदुर कुमार लिंथेप टंक दाहाल , पृथक पाठक यस्तै महिला तर्फबाट सुनिता दाहाल चयन भएका छन् । धर्मदेवी नगरपालिकाबाट भिम लिंखा ,सुर्य बहादुर पौडेल , महिला तर्फ अम्बिका ख...