मानव बेचबिखन आरोपमा एक पक्राउ
बैसाख २२
मानव बेचबिखन कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले वीरगन्जबाट सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नपा–१ का २९ वर्षीय सुजन लामा भन्ने पासाङ तामाङलाई पक्राउ गरेको छ । उनलाई प्रहरीले बुधबार साँझ ७ बजेको समयमा वीरगन्जस्थित नेपाल–भारत सीमाबाट पक्राउ गरेको जनाएको छ ।
वीरगन्ज–१६ शंकराचार्य गेटस्थित सडक खण्डमा प्रहरी चौकी ईनरुवाबाट खटिएको प्रहरीको चेकिङ गस्तीले नेपालबाट भारततर्फ जाँदै गरेका एक पुरुष तथा १ युवतीलाई रोकेर सोधपुछ गर्दा शंकास्पद जवाफ आएकाले उनीहरुलाई निण्न्त्रणमा लिई थप अनुशन्धान गरिएको थियो ।
प्रारम्भिक अनुसन्धान अनुसार क्रममा तामाङले वीरगन्ज नजिक कपडा कारखानामा आकर्षक रोजगारि दिलाउने प्रलोभन देखाएई भारत लैजान लागेको खुलासा भएको प्रहरीले जनाएको छ ।
तामाङलाई नियन्त्रणमा लिइ थप अनुसन्धानको लागि मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन २०६४ बमोजिमको कसुरमा पर्सा जिल्ला अदाल...








