अपराध Archives - Page 4 of 7 - साझाकुरा
बिहिबार, माघ २, २०८२

अपराध

६ केजी सुनसहित पक्राउ परेका चिनियाँसँग नेपाली नागरिकता
अपराध, समाचार

६ केजी सुनसहित पक्राउ परेका चिनियाँसँग नेपाली नागरिकता

६ केजी सुनसहित पक्राउ परेका चिनियाँसँग नेपाली नागरिकता भेटिएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आइतबार कपनबाट शेरब ग्याल्बो भन्ने सोनामा गुरुङलाई पक्राउ गरेको हो। गुरुङसँग नेपाली नागरिकतासमेत भेटिएको र त्यसउपर छुट्टै अनुसन्धान हुने सिआइबीका एसपी होबिन्द्र बोगटीले बताए। उनी ब्रेकसुमा लुकाएर सुन तस्करी गर्ने गिरोहका सदस्य हुन्। उनीसँग स्रोत नखुलेको ४८ लाख रुपैयाँसमेत प्रहरीले बरामद गरेको छ। लामो समयदेखि नेपालमा बस्दै आएका गुरुङ क्रिप्टोकरेन्सी तथा युएसडिटीको अवैध कारोबारमा समेत संलग्न रहेको सिआइबीले जनाएको छ। सुन तस्करी प्रकरणमा सिआइबीले हाल दोस्रो चरणको अनुसन्धान गरिरहेको छ।...
एक हजारका ५१४ नक्कली नोटसहित दुईजना पक्राउ
अपराध, अर्थ/व्यापार, समाचार

एक हजारका ५१४ नक्कली नोटसहित दुईजना पक्राउ

एक हजार दरका ५१४ वटा नक्कली नोटसहित दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ । कलंकीस्थित ह्वाइट र्‍याबिट रेस्टुरेन्टबाट आइतबार प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । कलंकी बस्ने ४७ वर्षीया तारादेवी डंगोल र ४१ वर्षीया निलिमा श्रेष्ठ पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए । अनलाईन खबरमा समचार प्रकाशित छ । ...
२८ सय केजी सुन तस्करीमा संलग्न थप नौजना पक्राउ
अपराध, समाचार

२८ सय केजी सुन तस्करीमा संलग्न थप नौजना पक्राउ

विमानस्थलबाट दुई हजार आठ सय ३१ केजी सुन तस्करी गर्ने चिनियाँ नेतृत्वको समूहका थप नौजना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले दोस्रो चरणमा अनुसन्धान गरी यसमा संलग्न थप व्यक्तिलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो ।  दुई साताअघि नै उनीहरूलाई पक्राउ गरे पनि गिरोहका थप व्यक्ति खोजी गर्न सिआइबीले उनीहरूको नाम गोप्य राखेको छ । पक्राउ पर्नेमा काभ्रेका थर्कमान (कान्छा) लामासहितका व्यक्ति छन् । लामा चिनियाँको निर्देशनमा काठमाडौंमा सुन ओसारपसार गर्ने व्यक्ति हुन् ।  पहिलो चरणको अनुसन्धानमा तीन सय ६२ केजी सुन तस्करी भएको सिआइबीको निष्कर्ष थियो । थप अनुसन्धान गर्दा दुई हजार आठ सय ३१ केजी सुन सो समूहले नेपालमा तस्करी गरेको प्रमाण र आधार भेटिएको सिआइबी स्रोत बताउँछ ।  हाल नौजनालाई थुनामा राखी सुन तस्करी प्रकरणमा अनुसन्धान भइरहेको सिआइबीका निर्देशक एआइजी श्यामलाल ज्ञवा...
हत्या भएको अवस्थामा मृत भटिएकी नर्सका प्रेमी पनि मृत भेटिए
अपराध, समाचार

हत्या भएको अवस्थामा मृत भटिएकी नर्सका प्रेमी पनि मृत भेटिए

विराटनगरमा एक पुरुष मृत भेटिएका छन् । हिजो (आइतबार) राति २२ वर्षीय शिवशंकर दास मृत भेटिएका हुन् । प्रहरीका अनुसार शिवशंकर शुक्रबार दिउँसो विराटनगर महानगरपालिका-४ मा हत्या गरिएको अवस्थामा भेटिएकी २३ वर्षीया चन्द्रिकाकुमारी दासको प्रेमी हुन् । नोबेल मेडिकल कलेजमा कार्यरत नर्स चन्द्रिकाकुमारी आफू बसेकै कोठाको बाथरुममा मृत भेटिएकी थिइन् । नर्सको हत्या गरेको कोठा नजिकै रहेको होटल फाइनको कोठा नम्बर १०२ मा झुण्डिएको अवस्थामा शिवशंकर दासको शव भेटिएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिए । श्राेत: नारायणी अनलाईन...
संखुवासभा प्रहरीद्वारा हत्यारा सार्बजनिक (भिडियाे सहित)
अपराध, समाचार

संखुवासभा प्रहरीद्वारा हत्यारा सार्बजनिक (भिडियाे सहित)

गत फागुन १८ गते खाँदबारी ७ मा भएकाे हत्याकाे सम्बन्धमा फागुन २७ गते संखुवासभा प्रहरीले हत्यारा सार्बजनिक गरेकाे छ । एक पत्रकार सम्मेलनकाे आयाेजना गरि हत्यारा सार्वजनिक गरेकाे हाे । खाँदबारी ११ का मंशिरे शेर्पाले लिभिङ टुगेदरमा खाँदबारी ७ आर्मी क्याम्प नजिक डेरामा आफुसंङ्गै बस्दैआएकि शिलिचाेङ २ घर भएकी २६ बर्षिया बीना कुमारी राईकाे हत्या गरि फरार रहेकाेमा प्रहरीले उनलाई फागुन २४ गते राति खाँदबारी ७ बाट पक्राउ गरेकाे थियाे । भिडियाे : https://youtu.be/B49r18P6aJ8?si=epelQ8a3jCTpNsd8...
प्रसूति गृहबाट शिशु चोरी गर्ने महिला पक्राउ
अपराध, समाचार

प्रसूति गृहबाट शिशु चोरी गर्ने महिला पक्राउ

थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट शिशु चोरीमा संलग्न महिलालाई प्रहरीले आज पक्राउ गरेकाे छ । विवाह गरेको तीन वर्ष भएपनि सन्तान नभएपछि ती महिलाबाट शिशु चोरी भएकाे पाइएको प्रारम्भीक अनुशन्धानबाट देखिएकाे प्रहरीकाे भनाई छ । उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले गएराति काँडाघारीबाट शिशुलाई उद्दार गरेको छ भने बच्चा लिएर जाने महिला दैलेख घर भएकी मनकुमारी सिंहलाई नियन्त्रणमा लिएको जनाएकाे छ । शुक्रबार दिउँसो प्रसूति गृहबाट काभ्रेकी एक महिलाले जन्मदिएको २६ दिनको शिशु लिएर मनकुमारी सम्पर्कविहीन भएकी थिइन् । लगत्तै क्लोज सर्किट (सीसी) क्यामरा फुटेजका आधारमा खोजीमा जुटेको प्रहरीले उनलाई काँडाघारीमा फेला पारेको हो । नेपाली सेनामा कार्यरत् उनका श्रीमान्लाई पनि अनुशन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएकाे छ ।...
दुई छोरीसहित कोठामा मृत भेटिएकी महिलाका श्रीमान् जंगलमा मृत भेटिए
अपराध, समाचार, समाज

दुई छोरीसहित कोठामा मृत भेटिएकी महिलाका श्रीमान् जंगलमा मृत भेटिए

राजधानीको सितापाइला घटनामा थप एक जनाको शव फेला परेको छ । श्रीमती र दुई छोरी कोठामै मृत फेला परेकामा श्रीमानपनि जंगलमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए ।  उनका अनुसार सीतापाइला (नागार्जुन) जंगलमा मृत फेला पर्नेमा सोलुखुम्बुको दुधकुण्ड नगरपालिका घर भई नागार्जुन नगरपालिका–६ भैरबटोलमा बस्ने राजु घिमिरे भन्ने काजी बिक रहेका छन् । उनी ईश्वरीको श्रीमान् भएको खुलेको छ ।  उनले श्रीमती  ईश्वरी श्रेष्ठ दुई छोरीको हत्यापछि आफूले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । प्रहरीले तीन जना मृत फेला परेको घटनास्थलबाट हम्बर र चक्कु बरामद गरेकाे समचार राताेपाटीमा प्रकाशित छ ।...
दाङमा ड्युटीमा रहेकी महिला प्रहरीको गोली हानी हत्या  
अपराध, समाचार

दाङमा ड्युटीमा रहेकी महिला प्रहरीको गोली हानी हत्या  

दाङको घोराहीमा श्रीमानले हानेको गोली लागेर ड्युटीमा खटिएकी महिला प्रहरीको ज्यान गएको छ । वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान धनमाया थापाको घोराही उपमहानगरपालिका–१५, दामोदर चोकमा ड्युटीमा रहेको बेला गएराति गोली लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीका अनुसार थापालाई आफ्नै श्रीमान प्रहरी सहायक हबलदार यमबहादुर झाँक्रीले गोली हानेका हुन् । तालिम केन्द्र नेपालगञ्जमा कार्यरत झाँक्री हिजो घोराही आएर थापाको हत्या गरेका हुन् । श्रीमान् श्रीमतीबीच विवादले सम्बन्ध विच्छेदको प्रक्रिया चलिरहेको बेला गोली हानी हत्या भएको प्रहरीले जनाएको छ । गोली हान्ने झाँक्रीलाई प्रहरीले राति नै पक्राउ गरेको छ । खबर श्राेत: उज्यालाे अनलाई...
गहना लुट्न वृद्धाको हत्या अभियाेगमा पक्राउ ( भिडियाे सहित )
अपराध, समाचार

गहना लुट्न वृद्धाको हत्या अभियाेगमा पक्राउ ( भिडियाे सहित )

संखुवासभा माघ १५ संखुवासभामा कानमा लगाएको सुनको रिङ लुट्न वृद्धाको हत्या गरेको रहस्य खुलेको छ। सोमबार जिल्ला प्रहरी कार्यालय संखुवासभाले वृद्धाको हत्या आरोपमा धरान जिरोप्वाइन्टका ३० वर्षीय दिपेन भन्ने आकाश राईलाई पक्राउ गरेकाे छ । आज उनलाई जिल्ला प्रहरी कार्यालय खाँदबारीमा पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएकाे हाे । हत्या आराेपी राईले गते माघ ६ गते खाँदबारी नगरपालिका– ९ तुम्लिङटारका ६२ वर्षीया दिलकुमारी घिमिरेको हत्या गरि फरार रहेकाे जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए। हत्या अभियाेगि राईलाई सुनसरिकाे धरानबाट पक्राउ गरिएकाे डिएसपि श्रेष्ठको भनाई छ । प्रहरीले हत्या अभियाेग लागेका राईसंङ्ग मृतकबाट लुटिएकाे सुन खरिद गर्ने दुई जनालाई समेत पक्राउ गरि अनुशन्धान गरिरहेकाे जनाएकाे छ । यश अघि हत्या अभियाेगि राईले तुम्लिङटारमा ज्याला मजदुरिकाे काम गर्दै...
उपसचिवको खातामा कम्प्युटर अपरेटरद्वारा अढाई करोड जम्मा
अपराध, समाचार

उपसचिवको खातामा कम्प्युटर अपरेटरद्वारा अढाई करोड जम्मा

किक्षा पास नगरेकालाई बिचौलियाको माध्यमबाट सवारीचालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) वितरण गरिएको अवधिमा यातायात व्यवस्था विभागका कर्मचारीको खातामा अस्वाभाविक रकम देखिएको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान थालेको छ । उपसचिव केशव अर्यालको खातामा कम्प्युटर अपरेटर लक्ष्मण पाण्डेले जम्मा गरेको अढाई करोड रुपैयाँको स्रोतबारे विभागले अनुसन्धान सुरु गरेको हो । बुटवल यातायात कार्यालयका कम्प्युटर अपरेटर लक्ष्मण पाण्डेले उपसचिव केशव अर्यालको खातामा अढाई करोड रुपैयाँ जम्मा गरेको देखिन्छ । त्यस विषयमा अनुसन्धान थालिएको छ', सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग सम्बद्ध स्रोतले भन्यो । अनियमित तरिकाले लाइसेन्स वितरण गरिएको विषयमा यातायात व्यवस्था विभाग स्वयंले छानबिन गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई थप छानबिनका लागि प्रतिवेदनसहितका विवरण बुझाइसकेको अवस्थामा सम्पत्ति शुद्धीकरण...