अपराध Archives - Page 7 of 7 - साझाकुरा
बिहिबार, माघ २, २०८२

अपराध

२६ लाखसहित कर अधिकृत पक्राउ
अपराध

२६ लाखसहित कर अधिकृत पक्राउ

बाँकेको नेपालगञ्ज विमानस्थलबाट श्रोत नखुलेको २६ लाखसहित एक अधिकृत पक्राउ परेका छन् । दाङको तुलसिपुरस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत कर अधिकृत खगेन्द्र सापकोटालाई आज नेपालगञ्ज बिमानस्थलबाट प्रहरिले पक्राउ गरेको हो । उनको साथबाट श्रोत नखुलेको २६ लाख रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिए। कर अधिकृत सापकोटाका साथमा रहेका तुलसिपुरस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत दिपक पौडल भने फरार भएको डिएसपी डाँगिको भनाई छ । उनको खोजि कार्य भैरहेको प्रहरीले जनाएको छ । श्रोत नखुलेको २६ लाख रकम झोलामा बोकेर सापकोटा श्री एयरलाइन्सको हवाईजहाज मार्फत नेपालगञ्जबाट काठमाडौँ उड्ने क्रममा थिए । हाल उनलाई जिल्ला प्रहरी कार्यालय दाङमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रवक्ता तथा डिएसपी डाँगीले संचारकर्मीलाई जानकारी दिएका छन् ।...
त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल भन्सारका कर्मचारीद्वारा जाँचपास ठप्प
अपराध, समाचार

त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल भन्सारका कर्मचारीद्वारा जाँचपास ठप्प

सुन प्रकरणमा कर्मचारीमाथि अनुसन्धान अघि बढाईएकोमा बिरोध जनाउँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत भन्सारका कर्मचारीले भन्सार जाँचपास ठप्प पारेका छन् । विमानस्थल भन्सारमा समातिएको तस्करीले ६० केजी सुन प्रकरणमा भन्सारमा कार्यरत कर्मचारीमाथि अनुसन्धान गरिएको भन्दै उनीहरूले सेवा ठप्प पारेको जनाईएको छ । सुन तस्करीको अनुसन्धानको क्रममा आफ्ना सहकर्मिहरुमाथि प्रहरीले अन्धाधुन्दमा आरोप, पक्राउ र धरपकड शुरु गरेको उनीहरूको आरोप छ । ईमान्दारितापुर्वक काम गरिरहेका सहकर्मि कर्मचारिहरुमाथि अनुशन्धानका नाममा मानमर्दन गर्ने र अपराधि सरह आफुहरुलाई दुरब्यवहार गरिएको उनिहरुको भनाई छ । ६० केजी सुन तस्करी प्रकरणको अनुसन्धानमा जुटिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले अहिलेसम्म भन्सारमा कार्यरत ६ जना कर्मचारिलाई पक्राउ गरि अनुशन्धान र थप बयान लिईरहेको बताईएको छ ।...
प्रदेश साँसद अनिरुद्रकुमार सिंह पक्राउ
अपराध

प्रदेश साँसद अनिरुद्रकुमार सिंह पक्राउ

मधेश प्रदेशका प्रदेश सभा सदस्य माननिय साँ अनिरूद्धकुमार सिंह पक्राउ परेका छन् । २०६४ सालमा माओवादी नेता गोविन्द चौधरीको हत्या गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय सप्तरीले सोमबार सिंहलाई पक्राउ गरेको एसपी नरेन्द्र कार्कीले बताए । आरोपि सिंहले गत निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ४ (२) बाट स्वतन्त्र उम्मेदवारका रुपमा बिजय हाँसिल गरेका थिए ।  ...
एक केजी अबैद्ध सुनसहित महिला पक्राउ
अपराध

एक केजी अबैद्ध सुनसहित महिला पक्राउ

उत्तरि रसुवाबाट प्रहरिले एक केजी अबैद्घ सुन सहित एकजना महिलालाई पक्राउ गरेको छ । उनलाई सनिवार मितेरी पुलबाट पक्राउ गरिएको प्रहरिले जनाएको छ । पक्राउ पर्नेमा गोसाइँकुण्ड गाउँपालिका–३ बृद्धिम निवासी ४१ वर्षीया पाछेमु तामाङ छिन् । केरूङबाट अवैध रूपमा एक किलो सुन लुकाइछिपाइ रसुवागढी नाकाबाट नेपाल भित्र्याउन लागिएको अवस्थामा सीमा सुरक्षाकर्मीले पक्राउ गरेको रसुवाका प्रहरी प्रमुख डिएसपी सुवास बुढाथोकीले जानकारी दिए । उनले सुन ल्याउने महिला बिरामी परेको देखिएकाले सुरक्षाका साथ उपचारार्थ रसुवा अस्पताल भर्ना गरिएको बताए । उक्त अबैद्ध सुन ओसारसारका बारेमा थप अनुसन्धान अघि बढाईएको डिएसपी बुढाथोकीको भनाई छ ।...
बालिका बलात्कारको आरोपमा युवक पक्राउ
अपराध, समाज

बालिका बलात्कारको आरोपमा युवक पक्राउ

रूकुम पश्चिममा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा आठबिसकोट नगरपालिका(६ का २१ वर्षीय चिरन्जिवी बोहरा रहेको प्रहरीले जनाएको छ । आरोपी बोहोरालाई बिहिबार दिउँसो प्रहरी चौकी त्रिपुराकोटबाट खटिएको टोलीले पक्राउ गरेको हो। बोहराविरूद्ध १३ वर्षीया बालिकालाई त्रिपुरासुन्दरी नगरपालिका(१ बगरस्थित एक घरमा पुर्याई बलात्कार गरेको उजुरी परेको थियो। सोही उजुरीको आधारमा बोहोरालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।...
नक्कली नोटसहित तीन जना पक्राउ
अपराध, समाचार

नक्कली नोटसहित तीन जना पक्राउ

नक्कली नोटको कारोबारमा संलग्न तिन जनालाई प्रहरीले हेटाडाबाट पक्राउ गरेको छ । हेटौडा उपमहानगरपालिका १५ चुरीयामाई मन्दिर नजिकबाट उनिहरुलाई ९५ हजार रूपैयाँ नक्कली नोटसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा रौतहट कटहरीया नगरपालिका ६ का १९ वर्षीय धर्मेन्द्र महरा, सोही नगरपालिका १ का २१ वर्षीय दिपेश दास र राक्सिराङ गाउँपालिका २ बस्ने ४० वर्षीय बिजय तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। यस घटनामा थप अनुशन्धान अघि बढाईएको प्रहरीको भनाई छ ।...
जवरजस्ती करणीको आरोपमा उदयपुरमा एक युवक पक्राउ
अपराध

जवरजस्ती करणीको आरोपमा उदयपुरमा एक युवक पक्राउ

जवरजस्ती करणी गरेको आरोपमा उदयपुरका एक युवकलाई प्रहरिले पक्राउ गरेको छ । कटारी नगरपालिका ४ बस्ने मोरङ विराटनगर महानगरपालिका(१६ का ४२ वर्षीय दिनेश पण्डित पक्राउ परेका हुन्। उनलाई इलाका प्रहरी कार्यालय कटारीबाट खटिएका प्रहरीले पक्राउ गरेको हो। उनि बिरुद्ध डर धम्कि देखाई आफुलाई जवरजस्ती करणी गरेको भन्दै एक २८ बर्षिया महिलाले प्रहरिमा उजुरी दिएकी थिईन् । ...
अश्लिल भिडियो पठाएको आरोपमा पक्राउ
अपराध

अश्लिल भिडियो पठाएको आरोपमा पक्राउ

भाद्र १३, सामाजिक संञ्जाल मार्फत अश्लिल फोटोरभिडिओ पठाई ब्लाकमेलिङ्ग गरेको आरोपमा भक्तपुर नगरपालिका १४ का २५ बर्षिय सुसन चौगुठी पक्राउ परेका छन् । उनले जवरजस्ती प्रेम जालमा फसाउने उदेश्यले एक महिलालाई बिभिन्न बहानामा खिचिएको अश्लिल फोटो र भिडियो पठाई नक्कली आईडिहरुबाट अन्य ब्यक्तिलाई पठाई महिलाको चरित्र हत्या गर्दैअएको उजुरीका आधारमा पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनलाई पिडित महिलाको उजुरीका आधारमा बुधबार पक्राउ गरि थप अनुशन्धान अघि बढाईएको जनाईएको छ । उनिमाथिको आरोप पुष्टी भए आरोपि सुुुुसनलाई विद्युतीय कारोबार ऐन २०६३ बमोजिमको कसूरमा कारबाही हुने प्रहरीको भनाई छ । अहिले उनलाई प्रहरी प्रधान कार्यालय, साइबर ब्युरो भोटाहिटीमा पठाईएको उपत्यका अपराध अनुशन्धान शाखाले जनाएको छ । ...
६० केजी सुन काण्डको सुक्ष्म अनुशन्धानका लागि सिआइबीका एसएसपीलाई हङकङ पठाईने
अपराध

६० केजी सुन काण्डको सुक्ष्म अनुशन्धानका लागि सिआइबीका एसएसपीलाई हङकङ पठाईने

भाद्र १३, सुन तस्करिमा बिदेशी नागरिकको संलग्नता देखिएपछि नेपाल प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीका एक जना अधिकृतलाई हङकङ्ग पठाउने भएको छ । ६० केजी सुन तस्करी भएको सन्दर्भलाई लिएर ईन्टरपोलको सहयोग मागेको सिआईबिले एक अधिकृतलाई सुन तस्करीका बारेमा थप सुचना संकलनका लागि ह«ङकङ्ग पठाउने प्रक्रिया शुरु गरेको हो । सुन काण्डाको थप सुचना संकलनका लागि सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी दिनेशराज आचार्यलाई हङकङ पठाउने तैयारी गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक डिआइजी कुवेर कडायतले बताए । राजस्व अनुसन्धान विभागले गत श्रावण ३ मा हङकङबा त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल हुँदै भित्र्याईएको ६० केजी ७ सय १६ ग्राम सुन बरामद गरेको थियो । राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो। सिआईबिले उक्त सुनकाण्...