अर्थ/व्यापार Archives - साझाकुरा
बिहिबार, माघ २, २०८२

अर्थ/व्यापार

आज पुस १५ : तमु ल्होसार पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा
अर्थ/व्यापार, मनोरन्जन, समाचार

आज पुस १५ : तमु ल्होसार पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

पाैष १५ ल्हाेसारकाे अवसरमा सेकाहा सामुदायिक बिकास क्लब खाँदबारी ४ सेकाहाले पाैष ११ देखि १५ सम्म ऐतिहाँसिक महाेत्सवकाे आयाेजना गरेकाे छ । महाेत्सवकाे समापन कार्यक्रममा चर्चित गायक धिरज राई लगायतका कलाकारबाट साँगितिक प्रस्तुति दिने कार्यक्रम रहेकाे छ । महाेत्सवका अवसरमा विभिन्न खेलकुद प्रतियाेगितामा सहभागिहरुलाई पुरस्कार वितरणकाे कार्यक्रम समेत राखिएका छन् । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज तमु ल्होसार पर्व मनाउँदै छन् । ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्य रूपमा मनाउँछन् । तमु ल्होसार पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुसमा यो ...
खाँदबारी–४ मा सेकाहा महोत्सवकाे तैयारि पुरा
अर्थ/व्यापार, मनोरन्जन, समाचार

खाँदबारी–४ मा सेकाहा महोत्सवकाे तैयारि पुरा

सङ्खुवासभा, ८ पुष सङ्खुवासभाको खाँदबारी नगरपालिका–४, सेकाहामा पर्यटन प्रवर्द्धन तथा स्थानीय उत्पादनको बजारीकरण गर्ने उद्देश्यले ‘ऐतिहासिक सेकाहा महोत्सव–२०८२’ आयोजना हुने भएको छ । “पुस ११–१५ खाँदबारी–४ सेकाहा जाऔँ, ऐतिहासिक सेकाहा महोत्सवलाई भव्यताका साथ मनाऔँ” भन्ने नारासहित महोत्सव पुस ११ देखि १५ गतेसम्म पाँच दिन चल्नेछ । आज सदरमुकाम खाँदबारीमा आयोजित पत्रकार सम्मेलनमा आयोजक सेकाहा सामुदायिक विकास क्लबका अध्यक्ष मनिराज गुरुङले महोत्सवलाई भव्य र सभ्य बनाउन मूल आयोजक समिति तथा विभिन्न उपसमितिहरू गठन गरी तयारी तीव्र रूपमा अघि बढाइएको जानकारी दिए । महोत्सवमा स्थानीय घरेलु तथा कृषि उत्पादनहरूको प्रदर्शनी रहनेछ । कार्यक्रमअन्तर्गत सेकाहा रंगशालाको उद्घाटन, जग्गादाताहरूलाई सम्मान, अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता तथा स्थानीय र राष्ट्रियस्तरका चर्चित गायक–गायिकाद्वारा बृहत् सांगीतिक ...
सेकाहा महोत्सव आयोजना हुने
अर्थ/व्यापार, समाचार

सेकाहा महोत्सव आयोजना हुने

संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका–४ सेकाहामा ऐतिहासिक सेकाहा महोत्सव आयोजना हुने भएको छ । ‘पौष ११–१५ खाँदबारी–४ सेकाहा जाऔं, ऐतिहासिक सेकाहा महोत्सवलाई भब्यताका साथ मनाऔं।’ भन्ने नारासहित ‘ऐतिहासिक सेकाहा महोत्सव–२०८२’ आयोजना गरेको हो । महोत्सवलाई भब्य र सब्य मनाउन मुल आयोजक समितिका साथै विभिन्न उपसमितिहरु गठन गरि तीव्र रुपमा तयारीमा जुटेको सेकाहा सामुदायिक विकास क्लबका अध्यक्ष मनिराज गुरुङले बताए । महोत्सवमा सेकाहा रंगशाला उद्घाटन तथा जग्गादाताहरुलाई सम्मान, अन्तरपालिकास्तरीय भलिवल प्रतियोगिता, स्थानीय तथा राष्ट्रियस्तरका चर्चित गायकगायिकाद्धारा बहृत साँगितिक कार्यक्रम प्रस्तुती, पर्यटकीय क्षेत्र सेकाहा गाउँको अवलोकन, पर्यटन प्रवद्र्धन तथा होमस्टे अवलोकन, विभिन्न जातजातिहरुको साँस्कृतिक झाँकी प्रदर्शनी, कृषि तथा घरेलु उत्पादनको प्रदर्शनी, जिल्लाभरका गुरुङ जातिहरु भेला ल्ह...
घरेलुद्वारा उद्यमी सम्मान कार्यक्रम ( भिडियाे )
अर्थ/व्यापार, समाचार

घरेलुद्वारा उद्यमी सम्मान कार्यक्रम ( भिडियाे )

संखुवासभा मंशिर १० ११ औ राष्ट्रिय उद्याेग दिवसका अवसरमा घरेलु तथा साना उद्याेग कार्यालय संखुवासभाले उद्यमी सम्मान कार्यक्रमकाे आयाेजना गरेकाे छ । कार्यक्रममा जिल्ला समन्वय समिति संखुवासभाका प्रमुख सुमन शाक्यकाे अध्यक्षता तथा काेशी प्रदेस सदस्य माननीय बिदुर लिङथेपकाे प्रमुख आतिथ्यता रहेकाे थियाे । खाँदबारी नगरपालिकाका उपप्रमुख महेश्वरा श्रेय्ठ बज्राचार्य, प्रमुख जिल्ला अधिकारी श्रृजना थपलिया लगायतकाे बिशिष्ठ आतिथ्यता रहेकाे कार्यक्रममा घरेलु तथा साना उद्याेग कार्यालय संखुवासभाका प्रमुख प्रेमचन्द्र कुलुङ्गले घरेलु तथा साना उद्याेग कार्यालयले गरिरहेकाे कार्यहरुका बारेमा जानकारी गराउनु भएकाे थियाे । कार्यक्रममा संखुवासभाका ६ जना उद्यमि ब्यवसायिलाई सम्मान गरिएकाे थियाे । भिडियाे https://youtu.be/QXpim5_CN9A?si=Fs5Ys7FrACcIWmG-...
पेशागत संकटमा कुमाल समुदाय (भिडियो सहित)
अर्थ/व्यापार, भिडीयाे, समाचार

पेशागत संकटमा कुमाल समुदाय (भिडियो सहित)

संखुवासभाको तुम्लिङ्गटारमा कुमाल जातिको उल्लेख्य बसोबास रहेको छ । माटोको भाँडो बनाएर सदियौं देखि आफ्नो जिबिकोपार्जन गर्दैआएका कुमालसमुदायको यो पेशा अहिलेको आधुनीक सामग्रीको प्रयोगका कारण संकटमा पर्दैआएको वडा सदस्य टिकाराम कुमाल बताउँछन् । माटोबाट बिभिन्न घरायसी प्रयोगमा आउने सामग्रीहरु हाँडि, घ्याम्पे, ठेकी, खुत्रुके, फुलदानी, गमला, दीयो लगायत बिभिन्न सरसजावटका सामग्रीहरु उत्पादन गर्दैआएका थिए । अहिले बजारमा सहज र सस्तो मुल्यमा पाईने प्लाष्टिका घरायसी सामग्रीहरुले उनिहरुले परम्परागत रुपमा तैयार गर्दैआएका सामग्रीहरुलाई बिस्थापित गर्न थालेपछि अहिले उनिहरुको पेशा संकट पर्दैगएको घरेलु तथा साना उद्योग बिकास समिति संखुवासभाका प्रमुख प्रेमचन्द्र राई वताउँछन् । माटोको भाँडोहरु तैयार गरेर जिवीकोपार्जन गरिरहेका तिनै कुमाल समुदायको पेशालाई संकटबाट मुक्त गर्न अहिले घरेलु तथा साना उद्योग कार्यालयले...
बजार अनुगमन
अर्थ/व्यापार, समाचार, स्वास्थ्य

बजार अनुगमन

घरेलु तथा साना उद्योग बिकास समिति संखुवासभाले सभापोखरी गाउँपालिकाको बाह्रबिसे बजारको अनुगमन गरेको छ । संखुवासभा उद्योग बाणिज्य संघ, पशुसेवा बिज्ञ केन्द्र खाँदबारी, करदाता सेवा कार्यालय खाँदबारी, नेपाल पत्रकार महासंघ र प्रहरी चौकी बाह्रबिसका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको उक्त अनुगमन टोलिले पसलहरुमा राखिएका खाद्य तथा पेय पदार्थको परिक्षण गर्नूका साथै करदाता सेवा कार्यालय र संखुवासभा उद्योग बाणिज्य संघबाट ब्यवसायीका हितका लागि भैरहेका सेवाप्रवाहका बारेमा समेत जानकारी गराएको थियो । अनुगमन टोलिले डेट स्पायर भैसकेका करिव दश हजार बराबरका केहि पेय पदार्थहरु जफत गरि नष्ट समेत गरेको थियो । अनुगमन कार्यलाई निरन्तरता दिन आगामी दिनमा समेत बिषेस योजनाका साथ अघि बढ्ने कार्यक्रम रहेको घरेलु तथा साना उद्योग बिकास समिति संखुवासभाका प्रमुख प्रेमचन्द्र राईले जानकारी दिए । अखाद्य पदार्थकाे बिक...
रैथाने उत्पादनलाई प्रोत्साहन गर्न कोशेली घर स्थापना
अर्थ/व्यापार, समाचार

रैथाने उत्पादनलाई प्रोत्साहन गर्न कोशेली घर स्थापना

संखुवासभा जेष्ठ २९ संखुवासभाको खाँदबारीमा कोशेली घर स्थापना गरिएको छ । प्रधानमन्त्री कृषी आधुनिकिकरण परियोजनाको ७५ प्रतिशत अनुदान र संखुवासभा उद्योग बाणिज्य संघको २५ प्रतिशत लगानीमा प्याकेजिङ प्रशोधन मेशिन सहित करिव नौं लाखको लागतमा कोशेलीघर स्थापना गरिएको संखुवासभा उद्योग बाणिज्य संघका अध्यक्ष डेगराज बस्नेतले जानकारी दिए । जिल्लाको रैथाने उत्पादनलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरसम्म बजारीकरण गर्ने उदेश्यले कोशेली घर संचालन गरिएको संघका अध्यक्ष बस्नेतले बताए । बिहिबार एक कार्यक्रमका बिच प्रमुख अतिथी जिल्ला समन्वय प्रमुख सुमन शाक्यले कोशेली घरको उद्घाटन गरेका हुन् । कोशेली घरमा संखुवासभामा उत्पादित अल्लोबाट बनेका कपडा,जुत्ता चप्पल, झोला, सल सख्खर, अलैंचिका परिकार, बिश्वमै दुर्लभ संखुवासभामा मात्रै उत्पादन हुने ताक्मरु चामल, रुद्राक्षबाट बनेका हस्तकलाका सामग्री,संखुवासभामा पाईने जडिब...
सिङ्गापुरले भ्रष्टाचार भएको पैसा पठाइदिन्छु भने पनि सरकारले सहयाेग गरेन : अख्तियार प्रमुख राई
अर्थ/व्यापार, राजनीति, समाचार

सिङ्गापुरले भ्रष्टाचार भएको पैसा पठाइदिन्छु भने पनि सरकारले सहयाेग गरेन : अख्तियार प्रमुख राई

बैसाख २४ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारबाट आर्जन गरेर विदेशमा लुकाएको सम्पत्ति फिर्ता ल्याउन सरकारले सहयोग नगरेको बताउनुभएको छ । राष्ट्रियसभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजकाे बैठकमा प्रमुख आयुक्त राईले भ्रष्टाचारबाट आर्जन गरेर सिङ्गापुर, अमेरिका र युरोपमा लुकाइएको सम्पत्ति नेपाल फर्काउन दोस्रो पक्ष सहमत भए पनि सरकारले नचाहेकाे बताउनुभएकाे हाे । उहाँले भ्रष्टाचारबाट आर्जन गरेर विदेशमा राखिएको सम्पत्ति फिर्ता गर्न सांसदहरूलाई आग्रहसमेत गर्नुभयो । यस सम्बन्धमा काम गर्न सरकारले कार्यदल गठन गरे पनि द्रुत गतिमा काम नगरेको उहाँको गुनासो छ । प्रमुख आयुक्त राईले अख्तियार अनुसन्धानमा राजनीतिक दबाव र प्रभाव नरहेको दाबी गर्नुभयो । उहाँले आफूले कार्यकाल सम्हालेपछि कुनै पनि शीर्ष नेतृत्वबाट मुद्दा चलाउनू/नचलाउनू भनी दबाव नआ...
विवरण नबुझाउने २३ वटा सहकारीलाई खारेजीको चेतावनी  चैत्र ९
अर्थ/व्यापार, समाचार

विवरण नबुझाउने २३ वटा सहकारीलाई खारेजीको चेतावनी चैत्र ९

चैत्र ९ धनकुटा नगरपालिकाले समयमा लेखापरीक्षण र साधारणसभाको विवरण नबुझाउने २३ वटा सहकारीलाई खारेजी गर्ने चेतावनी दिएको छ । नगरपालिकाले मातहतका सहकारीलाई पटक पटक थप गरिएको म्यादमा बिवरण नबुझाएको भन्दै अन्तिम पटकका लागि चेतावनीसहित १५ दिने म्याद थप गरेको हो । उक्त अवधिभित्र पनि बिवरण नबुझाए संस्था खारेजीको प्रक्रिया अघि बढाईने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राईले जानकारी दिए । धनकुटा नगरपालिकाको सहकारी ऐन २०७५ को दफा २८ को उपदफा २ मा आर्थिक बर्षको पौष ६ महिनाभित्र साधारणसभा सम्पन्न गर्नूपर्ने उल्लेख छ । यसैगरी, ऐनको दफा ५२ को उपदफा १ मा आर्थिक वर्ष सकिएको ३ महिनाभित्र लेखापरीक्षण तथा वार्षिक प्रतिवेदनलगायतका कागजपत्र पेश गर्नुपर्ने ब्यवस्था भएपनि निर्धारित अवधिमा विवरण नबुझाएको भन्दै २३ वटा सहकारीलाई १५ दिनभित्र विवरण नबुझाए खारेजीको अन्तिम चेतावनी दिइएको प्रमुख प्रशासकिय अधिकृ...
हिमाल आरोहणको ७० बर्ष मनाउँदै मकालु गाउँपालिका
अर्थ/व्यापार, समाचार

हिमाल आरोहणको ७० बर्ष मनाउँदै मकालु गाउँपालिका

संखुवासभा फागुन १५ मकालु हिमाल आरोहणको ७० वर्ष पुरा भएको अवसरमा मकालु गाउँपालिकाको आयोजनामा बुधबारबाट मकालु महोत्सव तथा दक्षिण एसियाली साहित्यिक साँस्कृतिक सम्मेलन मकालुको नुम बजारमा शुरु भएको छ । फागुन १४ देखि १७ गतेसम्म सञ्चालन हुने महोत्सवमा दक्षिण एसियाका विभिन्न मुलुकबाट साहित्यकार र कलाकारहरुको उपस्थिति रहेको आयोजक मकालु गाउँपालिकाका अध्यक्ष वाङ्दी शेर्पाले बताए । उनले मकालु गाउँपालिका भित्रका साँस्कृतिक र धार्मिक तथा पर्यटकिय क्षेत्रको बारेमा साहित्य र संस्कृति मार्फत राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्र सम्म प्रचारप्रसार गर्ने उदेश्यले महोत्सव तथा दक्षिण एसियाली साहित्यिक सम्मलन आयोजना गरिएको जानकारी दिए । मकालु गाउँपालिका वडा नं २ का वडाध्यक्ष छोपाल शेर्पाले मकालु महोत्सवले यस क्षेत्रको पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा सहयोग पुग्ने अपेक्षा गरे । त्यसैगरि दक्षिण एसियाली ...