पेशागत संकटमा कुमाल समुदाय (भिडियो सहित)
संखुवासभाको तुम्लिङ्गटारमा कुमाल जातिको उल्लेख्य बसोबास रहेको छ । माटोको भाँडो बनाएर सदियौं देखि आफ्नो जिबिकोपार्जन गर्दैआएका कुमालसमुदायको यो पेशा अहिलेको आधुनीक सामग्रीको प्रयोगका कारण संकटमा पर्दैआएको वडा सदस्य टिकाराम कुमाल बताउँछन् । माटोबाट बिभिन्न घरायसी प्रयोगमा आउने सामग्रीहरु हाँडि, घ्याम्पे, ठेकी, खुत्रुके, फुलदानी, गमला, दीयो लगायत बिभिन्न सरसजावटका सामग्रीहरु उत्पादन गर्दैआएका थिए ।
अहिले बजारमा सहज र सस्तो मुल्यमा पाईने प्लाष्टिका घरायसी सामग्रीहरुले उनिहरुले परम्परागत रुपमा तैयार गर्दैआएका सामग्रीहरुलाई बिस्थापित गर्न थालेपछि अहिले उनिहरुको पेशा संकट पर्दैगएको घरेलु तथा साना उद्योग बिकास समिति संखुवासभाका प्रमुख प्रेमचन्द्र राई वताउँछन् ।
माटोको भाँडोहरु तैयार गरेर जिवीकोपार्जन गरिरहेका तिनै कुमाल समुदायको पेशालाई संकटबाट मुक्त गर्न अहिले घरेलु तथा साना उद्योग कार्यालयले...