आयाेगद्वारा नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक पाैष ३
निर्वाचन आयोगले ‘ नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ ।
‘निर्वाचन शिक्षा तथा सूचनाको विस्तार स्वतन्त्र र निष्पक्ष निर्वाचनको पूर्वाधार’ भन्ने नाराका साथ आयाेगले स्रोत पुस्तिका तयार पारेकाे हो ।
स्रोत पुस्तिकाकाे सात वटा परिच्छेदकाे पहिलो परिच्छेदमा लोकतन्त्र र संविधान, दोस्रोमा चुनाव तथा राजनीतिक दलसम्बन्धी व्यवस्था समावेश छ ।
तेस्रो परिच्छेदमा चुनावी प्रणाली, विभिन्न तहका चुनाव र समावेशिता, चौथो परिच्छेदमा निर्वाचन चक्र, मतदान प्रक्रिया, नोटा (नो भोट) र मतगणना प्रकृयाबारे जानकारी दिइएको छ । पाँचौँ परिच्छेदमा निर्वाचन व्यवस्थापन गर्ने निकाय र सम्बद्ध कानुन, छैटौँ परिच्छेदमा निर्वाचन आचारसंहिता, यसको पालना, अनुगमन र पर्यवेक्षण
सातौँमा निर्वाचनका सरोकारवाला, नागरिकको अधिकार–कर्तव्य, शिक्षकको भूमिका तथा निर्वाचन शिक्षा तथा सूचना केन्द्रको भ्रमण सम्बन्धी विषय...









