राजनीति Archives - Page 6 of 10 - साझाकुरा
बिहिबार, माघ २, २०८२

राजनीति

नयाँ समीकरण बन्ने भएपछि बालुवाटारमा मन्त्राालय बाँडफाँटबारे छलफल
राजनीति, समाचार

नयाँ समीकरण बन्ने भएपछि बालुवाटारमा मन्त्राालय बाँडफाँटबारे छलफल

नयाँ सत्तासमीकरण बन्ने भएपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन दलका नेताहरूबीच छलफल भएको छ ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच छलफल भएको हो। बैठकमा एमाले उपाध्यक्ष विष्णु पौडेल,महासचिव शंकर पोखरेल तथा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि सहभागी छन्। बैठकमा नयाँ समीकरण र मन्त्रालयको बाँडफाटको बारेमा छलफल भएको स्रोतले बताएको छ। प्रचण्ड र ओलीले रास्वपाका  लामिछानेलाई भौतिक मन्त्रालय दिन चाहे पनि लामिछानेले भने गृहमन्त्रालयको अडान छाडेका छैनन्। परराष्ट्रमन्त्रालयमा जसपाका अध्यक्ष उपेन्द्र यादवले दावी गरेका छन्। एमाले र माओवादी केन्द्रले अर्थ र गृहमन्त्रालयमा दावी गरेका छन्। यद्देपि लामिछानेले गृह नछोड्ने अडान लिएपछि प्रचण्ड र ओलीले थप छलफल गर्...
लोसपा बरिष्ठ नेता राजेन्द्र महतोद्वारा पार्टि परित्याग, नयाँ आन्दोलनको घोषणा
राजनीति, समाचार

लोसपा बरिष्ठ नेता राजेन्द्र महतोद्वारा पार्टि परित्याग, नयाँ आन्दोलनको घोषणा

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्याग गरेका छन् । आज राष्ट्रिय सभागृहमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै उनले लोसपा परित्याग गरेको घोषणा गरेका हुन् । बरिष्ट नेता महतोले पत्रकार सम्मेलन मार्फत नै लोसपा परित्यागसंगै राष्ट्रिय मुक्ति आन्दोलन समेत आजैबाट शुरु भएको घोषणा गरेको जनाईएको छ । लोसपा अध्यक्ष महन्थ ठाकुर र महतोबिच केही महिला अघि देखि नै मनमुटाव देखिँदैआएको थियो । पार्टि परित्याग गरेको घोषणा संगै महतोले राष्ट्रिय मुक्ति आन्दोलन अभियान शुरु भएको र पार्टीको स्वरूप गठनलाई तिब्रता दिने बताएका थिए । ...
प्रतिपक्षका कुरा नसुनिए संसद र सडक अवरुद्ध गर्ने रास्वपाको चेतावनी
राजनीति, समाचार

प्रतिपक्षका कुरा नसुनिए संसद र सडक अवरुद्ध गर्ने रास्वपाको चेतावनी

प्रतिपक्षका कुरा नसुनिए संसद र सडक अवरुद्ध गर्ने राष्ट्रिय स्वतन्त्र पार्टिले सरकारलाई चेतावनी दिएको छ । आज बिहिबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयलाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले सरकार संसदप्रति अलिकति पनि जवाफदेहि नदेखिएको भन्दै प्रतिपक्षको कुरा नसुनिए सडक र सदन अवरुद्ध गर्ने चेतावनी दिएका हुन् । उनले बालकुमारी घटनाको आवश्यक अनुशन्धान अघि बढाई कारबाही थाल्न सरकारलाई आग्रह गरेका थिए । सदनमा जोडदार माग राख्दै सांसद श्रेष्ठले प्रधानमन्त्रीलाई प्रतिवेदनको अध्ययन कहाँ पुग्यो भनेर प्रश्न गरेका थिए । तर उनको प्रश्नका बारेमा कुनै सुनुवाई नभएको गुनासो राख्दै यसरी प्रतिपक्षको कुरालाई वेवास्था गरिए कडा आन्दोलन गर्ने चेतावनी दिए । उनले भने ‘प्रधानमन्त्रीले प्रतिवेदन पढ्नुहुन्छ र केही कारवाही गर्नुहुन्छ भन्ने अपेक्षा गरेको तर अहिलेसम्म केही ...
रवि लामिछाने सहित १८ जनाविरुद्ध सहकारी ठगी मुद्दामा जाहेरी
राजनीति, समाचार

रवि लामिछाने सहित १८ जनाविरुद्ध सहकारी ठगी मुद्दामा जाहेरी

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछाने लगायत १८ जना बिरुद्ध सहकारी ठगी मुद्धामा सोमबार पिडितहरुको जाहेरी परेको छ । उनिहरु बिरुद्ध ज्ञालेक्सी फोरके टेलिभिजन संचालनका लागि सूर्यदर्शन बचत तथा ऋण सहकारी ऋण लिई नतिरेको आरोपमा पिडितहरुले सोमबार रास्वपा सभापति लामिछाने लगायत ज्ञालेक्सी टेलिभिजनसहित १८ बिरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी गरेका हुन् । कास्की प्रहरीले सोमबार उजुरी लिएपनि दर्ता भने गरिसकेको छैन। जाहेरीमा संलग्नहरुकाबारेमा थप अनुसन्धान गरि केहि दिन पछि मात्र उजुरीलाई औपचारिक रुपमा दर्ता गर्ने कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले प्रतिवद्धता गरेका छन् । सहकारी पिडितहरुले रास्वपा सभापति लामिछाने र उनी संलग्न ज्ञालेक्सी टेलिभिजनसहित दीपेश पुन, पूर्व अध्यक्ष ज्ञानबहादुर बमजन, सहकारीका सदस्य शिवकुमार गुरुङका म्यानेजर हरि अधिकारी, ने...
राष्ट्रिय सभा सदस्य निर्वाचन हुँदै : आजै नतिजा
राजनीति, समाचार

राष्ट्रिय सभा सदस्य निर्वाचन हुँदै : आजै नतिजा

आज राष्ट्रिय सभा सदस्य निर्वाचन हुँदैछ । मतदान बिहीबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने कार्यक्रम छ । राष्ट्रिय सभा सदस्यको १९ रिक्त पदका लागि सात प्रदेशबाट आठ राजनीतिक दलका ५१ उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन् । एमालेबाट १९ पदमा उम्मेदवार छन् भने नेपाली कांग्रेसका १०, माओवादी केन्द्रका ६, एकीकृत समाजवादीका २ र जनता समाजवादी पार्टीका एक जना उम्मेदवार छन् । त्यस्तै जनमत पार्टीका २, राष्ट्रिय प्रजातन्त्र पार्टीका ७ र नेपाल मजदुर किसान पार्टीका ४ जना उम्मेदवार छन् । राष्ट्रिय सभा सदस्यका लागि प्रदेश सभाका सदस्य र नगरपालिकाका प्रमुख–उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष–उपाध्यक्ष मतदाता हुने व्यवस्था छ । निर्वाचन आयोगका अनुसार कुल हजार ४७ मतदाता छन् । यीनै मतदाताहरुले १९ सदस्य चुन्नेछन् । निर्वाचनका लागि सातै प्रदेशमा एक–एक मतदानस्थल र दुई–दुई मतदान केन्द्र राखिएको छ । मतगणना आ...
आज १२ बजे सम्म मात्र राष्ट्रिय सभाको चुनाव प्रचारप्रसार गर्न पाइने
राजनीति, समाचार

आज १२ बजे सम्म मात्र राष्ट्रिय सभाको चुनाव प्रचारप्रसार गर्न पाइने

माघ ११ गते हुन गैरहेको राष्ट्रिय सभा निर्वाचनको प्रचारप्रसारको अवधि आज सोमबार राती १२ बजे सम्म मात्र रहेको छ । आज माघ ८ गते राति १२ बजेपछि पछि देखि मतदान सम्पन्न नभएसम्मका लागि मत माग्ने र मतदातालाई प्रभावपार्ने काम गरिएको पाईएमा निर्वाचन आयोगले कानुनबमोजिम कार्वाहि हुने समेत चेतावनी दिएको छ । आगामी माघ ११ गते बिहिबार राष्ट्रियसभाको रिक्त रहेको १९ पदका लागि सातै प्रदेशमा निर्वाचन हुने आयोगले मिति तय गरेको छ । ‘आज राति १२ बजेपछि देखि राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भातृ सङ्गठनले पुर्णतया आचारसंहिता पालना गर्नुपर्ने आयोगले जनाएको छ । व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी संचालन गर्न र सामाजिक संजाल वा कुनै माध्यमबाट पनि मतदानलाई प्रभावपार्नेगरि सामग्री प्रसारण, शेयर गर्ने नपाउने उल्लेख गरेको छ । ...
अधिकार माग्न प्रदेस मुख्यमन्त्रिहरु हेटाैडामा
राजनीति, समाचार

अधिकार माग्न प्रदेस मुख्यमन्त्रिहरु हेटाैडामा

सङ्घ र प्रदेशबीच अधिकारका विषयमा विवाद बढिरहेका बेला सातै प्रदेशका मुख्यमन्त्रीहरूको भेला मकवानपुरको हेटौँडामा शुरु हुँदैछ । आज शुक्रवार मुख्यमन्त्रीहरूको भेला हुनुअघि हिजो बिहीवार गाउँपालिका राष्ट्रिय महासङ्घ, नगरपालिका महासङ्घ, बाग्मतीसहित अरू प्रदेशका सचिवहरूसँग अधिकारबारे छलफल भएको छ । हेटौँडामा भएको ‘तहगत अधिकारको कार्य विस्तृतीकरण विषयक अन्तरक्रिया कार्यक्रममा पालिकाका जनप्रतिनिधिले सङ्घ सरकारको दोहोरो भूमिकाले अधिकार नपाएको गुनासो गरेका थिए । संविधानमै उल्लेख भएका केही अधिकार नपाउँदा विकासमै बाधा पुगेको उनीहरूको भनाइ थियो । पालिकाका जनप्रतिनिधिको कुरा सुनेपछि आज सात वटै प्रदेशका मुख्यमन्त्रीहरू भेला हुन लागेका हुन् । गएको असारमा पोखरामा भएको मुख्यमन्त्रीहरूको अन्तरप्रदेश बैठकले छ महिनाभित्र सङ्घीयता कार्यान्वयनमा देखिएका अस्पष्टता र दोहोरोपन हटाउने, जनशक्ति व्यवस्थापन र राष...
युवा संघ नवौ जिल्ला अधिबेशन :  निर्वाचन मार्फत अध्यक्ष चुन्ने तैयारी
राजनीति, समाचार

युवा संघ नवौ जिल्ला अधिबेशन : निर्वाचन मार्फत अध्यक्ष चुन्ने तैयारी

नेकपा एमालेको भातृसंगठन राष्ट्रिय युवा संघ नेपाल संखुवासभाको नवौ अधिबेशन सम्पन्न भएको छ । बिहिबार सदरमुकाम खाँदबारीमा शुरु भएकाे युवा संघको नवौं जिल्ला अधिबेसनबाट अन्य पदहरुमा सहमति जुटेपनिअध्यक्ष पदमा सहमति नजुटे पछि आज दिउँसाे निर्वाचनकाे तैयारि गरिएकाे युवा नेता ध्रुब डिवानले जानकारी दिए । हिजाे शुरु भएकाे अधिवेशन युवा संघका संखुवासभा जिल्ला अध्यक्ष ध्रुब खड्का (डीवान)को अध्यक्षतामा भएको थियाे । कार्यक्रममा प्रमुख अतिथी युवा संघका केन्द्रीय अध्यक्ष क्षितिज थेबे र विशिष्ट अतिथी नेकपा एमालेका युवा नेता तथा पूर्वमन्त्री महेश बस्नेत, नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतम रहेका थिए । ...
नयाँ पार्टी जन्माउँदै राजेन्द्र महतो
राजनीति

नयाँ पार्टी जन्माउँदै राजेन्द्र महतो

लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० का दोस्रो वरियताका नेता राजेन्द्र महतोले नयाँ पार्टी जन्माउने गृहकार्य शुरु गरेका छन्। लोसपाका अध्यक्ष महन्थ ठाकुर र महतोवीच पार्टिगत बिबाद चुलिए पछि महतो बैकल्पिक पार्टि निर्माणमा जुटेको श्रोतको भनाई छ । कारण केही दिन अघि ठाकुरले बोलाएको केन्द्रीय समितिको बैठकलाई महतोले ठाकुरको एकल निर्णय भन्दै बहिस्कार गरेका थिए। दोश्रो बरियताका रुपमा रहेका महतोले आफुमाथि अन्याय भएको भन्दै नयाँ पार्टि निर्माणको अन्तिम तैयारीमा लागेको आफ्ना नजिकका नेताकार्यकर्ता माझ खुलासा गरेका छन् । पार्टि निर्माणको शिलशिलामा महतोले सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी, सुनसरी, मोरङ लगायतका जिल्लाका लोसपाका कार्यकर्ताहरूसँग भेटघाटमा ब्यस्त थिए । उनि अहिले मधेसका विभिन्न जिल्लाको भ्रमण सम्पन्न गरि बुधवार राति काठमाडौं हानिएका छन् । २०७८ भदौमा गठन भएको लोसपा ५ वर्षसम्म टु...
नेकपा एमालेले आज डोटीको सिलगढीमा सभा गर्दै
राजनीति

नेकपा एमालेले आज डोटीको सिलगढीमा सभा गर्दै

गत बिहीबारदेखि संकल्प यात्रा शुरु गरेको नेकपा एमालेले आज डोटीको सिलगढीमा बिषाल आमसभाको आयोजन गरेको छ । मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान अन्तर्गत एमालेले आज शुक्रबार डोटीमा कार्यक्रम गर्न लागेको हो । शुक्रबार अध्यक्ष केपी ओली र नेता–कार्यकर्ताहरुले अमरगढीबाट यात्रा शुरु गरेपछि सकाली, गोपघाट, राजपुर चोक र दिपायलमा भेटघाट गर्ने कार्यक्रम रहेको छ । त्यसपछि भने सिलगढीमा सभाको आयोजना गर्न लागिएको नेकपा एमाले डोटीले जनाएको छ । एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ अन्तर्गत गएको शुक्रबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झण्डोत्तलन गरी अभियानको शुभारम्भ गरेका थिए । ...