राजनीति Archives - Page 7 of 10 - साझाकुरा
बिहिबार, माघ २, २०८२

राजनीति

कैद मिनाहाको निर्णय खारेजीसंगै पक्राउ परे रिगल
राजनीति, समाचार

कैद मिनाहाको निर्णय खारेजीसंगै पक्राउ परे रिगल

मन्त्रीपरिषदको शिफारिसका आधारमा राष्ट्रपतिद्धारा कैद मिनाहा गरि रिहा गरिएका रिगल भनिने योगप्रसाद ढकाललाई पुन पक्राउ गरिएको छ । उनी बाँकेको नेपालगञ्जेबाट अहिले साँझ पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बाँकेले पुष्टि गरेको छ । आजै सर्बाेच्चले फैसला सुनाउँदै उनलाई तत्काल पक्राउको आदेश दिएको थियो । आदेश आएको केहीबेरमै रिगललाई नेपालगञ्ज सेतु विक चोकबाट नियन्त्रणमा लिई पक्राउ गरेको बाँकेका प्रहरी नायब उपरीक्षक ९डीएसपी० नारायण डाँगीले जानकारी दिए । केहि संचारमाध्यमले रिगलले आफैं प्रहरी समक्ष आत्मसमर्पण गरेको भनिएपनि सर्वोच्चको आजको आदेशपछि उनि मोबाइल अफ गरेर भारत तर्फ भाग्ने तयारीमा रहेका प्रहरीको भनाई छ । तर प्रहरीको उच्च निगरानीका कारण उनि भाग्न नपाएको प्रहरीले जनाएको छ । रिगल सरकारको सिफारिसमा गत असोज ३ गते राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी को घोषणा पछि रिहा भएका थिए । उनि २०७२ असार २...
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत प्राप्त
मुख्य समाचार, राजनीति

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत प्राप्त

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाबाट विश्वासको मत पाउनुभएको छ । कांग्रेसभित्र विद्रोह गरेर एमाले सांसदहरूको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनु भएका कार्कीले प्रदेशसभाका दुई तिहाईभन्दा धेरै सांसदको समर्थन पाउनुभएको हो । प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम कार्कीले पेस गरेको विश्वासको मतको प्रस्ताव निर्णयार्थ मतदानका लागि प्रदेशसभामा प्रस्तुत गर्नुभएको थियो । जसमा प्रदेशसभाका ८६ सांसदले मुख्यमन्त्री कार्कीलाई मत दिएका छन् । संविधानको धारा १६८ (५) बमोजिम मुख्यमन्त्री बनेका कार्कीलाई एमालेका ३९, कांग्रेसका २९, माओवादी केन्द्रका १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ गरी ८६ सांसदले विश्वासको मतको प्रस्तावको पक्षमा मत दिए भने राष्ट्रिय प्रजातन्त्र पार्टीका ५ सांसदले विपक्षमा मतदान गरे । राप्रपाका एक सांसद भने अनुपस...
आज बिश्वासको मत लिँदै कोशीका मुख्यमन्त्री कार्की
मुख्य समाचार, राजनीति

आज बिश्वासको मत लिँदै कोशीका मुख्यमन्त्री कार्की

कोशीका नवनिर्वाचित मुख्यमन्त्री केदार कार्कीले आज बिश्वासको मत लिने भएका छन् । अहिले प्रदेश सभामा सदस्यहरुले आफ्ना मन्यब्य राखिरहेका छन् । गएको असोज २० मा स्थगित भएको प्रदेशसभाको बैठक अहिले चलिरहेको छ । आजको बैठक केहिबेरमा मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिदै हनुहुन्छ । सत्ता गठबन्धनमा माओवादी प्रदेश संसदीय दलका नेता इन्द्र आङबोलाई मुख्यमन्त्री बनाउने सहमति भएपनि नेपाली कांग्रेसका कोशी प्रदेश सांसद कार्कीले गठबन्धनको निर्णय विपरीत बिद्रोह गरेर एमालेका ३९ जना र कांग्रेसका ८ जना प्रदेश सांसद सहित ४७ जनाको समर्थन लिएर मुख्यमन्त्रीमा हस्ताक्षर पेश गरेपछि उहाँ गत शनिबार मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो । कार्की कांग्रेस नेता डा. शेखर कोइराला पक्षका नेता हुनुहुन्छ । कार्की संविधानको धारा १६८, ९५० अनुसार मुख्यमन्त्री बन्नु भएको हो ।एमालेका ३९ र कांग्रेसका ८ सांसदको समर्थनमा मुख...
कोशी प्रदेशमा एमाले समर्थनमा कांग्रेसका कार्की मुख्यमन्त्री नियुक्त
मुख्य समाचार, राजनीति, समाचार

कोशी प्रदेशमा एमाले समर्थनमा कांग्रेसका कार्की मुख्यमन्त्री नियुक्त

कोशी प्रदेशमा एमालेको समर्थनमा नेपाली कांग्रेसका सांसद केदार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका छन् । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले आज कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्ति गरेका हुन् । कार्कीलाई समर्थन गर्ने एमालेका ३९ र कांग्रेसका ८ सांसदले हस्ताक्षर गरेपछि प्रदेश प्रमुखले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । सनिवार बिहान मुख्यमन्त्रीमा समर्थन गरेका सांसदहरुको सनाखत भएकोमा एमाले र कार्की पक्षधर कांग्रेसका सांसदहरु मात्र उपस्थित भएका थिए भने आफ्नो पक्षमा बहुमत नपुग्ने भएपछि मुख्यमन्त्रीमा दाबी गरेका सत्तारुढ गठबन्धनका उम्मेदवार ईन्द्र आङ्बो र उनका समर्थक सनाखतका लागि उपस्थीत भएनन् । गठबन्धनबाट माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोको मुख्यमन्त्रीमा दाबी पेस गरेपनि । तर आङ्बो पक्ष हस्ताक्षर सनाखतका लागि उपस्थित नै भएनन् । कार्कीलाई संविधान...
कोशीका शेखर पक्षका ८ सांसदको दाबी : इन्द्र आङबोले हाम्रो हस्ताक्षर दुरुपयोग गरे
राजनीति, समाचार

कोशीका शेखर पक्षका ८ सांसदको दाबी : इन्द्र आङबोले हाम्रो हस्ताक्षर दुरुपयोग गरे

कोशीमा नेपाली कांग्रेसका डा. शेखर कोइराला पक्षका ८ प्रदेशसभा सदस्यले नेकपा माओवादी संसदीय दलका नेता इन्द्र आङबोले आफूहरुको हस्ताक्षर दुरुपयोग गरेको भन्दै प्रदेश प्रमुखको कार्यालयमा निवेदन दिएका छन् । उनीहरुले मुख्यमन्त्री नियुक्तिका लागि कांग्रेस नेता केदार कार्कीले पेश गरेको दाबीमा हस्ताक्षर गरेका छन् । आङबोले पनि उनीहरुको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी परेपछि ८ जनाले आफूहरुको हस्ताक्षर दुरुपयोग गरिएकाे बताए । कार्कीलाई समर्थन गर्नेमा उदयपुरका रामकुमार खत्री, लिलाकुमारी राई, इलामका शमशेर राई र गोविन्द गिरी, झापाकी इन्दिरा थापा, मोरङका मानबहादुर लिम्बू र सुनसरीका सुनिता गुरुङ छन् । कोशीमा कांग्रेस २९ प्रदेश सांसद छन्, उनीहरुमध्ये ८ जनाले आङबोलाई समर्थन नरहेकाे प्रष्ट पारेका छन् । अनलाईनखबरले याे समचारलाई प्राथमिकताका साथ प्रकासन गरेकाे छ ।...
टेरामक्स प्रविधि जडानको कार्य तत्काल अघि नबढाउन निर्देशन
राजनीति

टेरामक्स प्रविधि जडानको कार्य तत्काल अघि नबढाउन निर्देशन

प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले टेरामक्स प्रविधि जडानको कार्य तत्कालका लागि अघि नबढाउन सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले टेरामक्स प्रविधि जडानका लागि भएका प्रक्रियाका बारेमा थप छलफल गर्नुपर्ने भएकाले कार्य तत्कालका लागि अघि नबढाउन सरकारलाई निर्देशन दिएको हो । त्यस्तै बैठकले स्मार्ट टेलिकमको दूरसञ्चार अनुमतिपत्र बिक्री प्रक्रियालाई पनि अघि नबढाउन निर्देशन दिएको छ भने ग्रामीण दूरसञ्चार कोषको कार्यान्वयनका सम्बन्धमा पनि थप निर्णय नगर्न नगराउन सूचना तथा सञ्चार मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको समिति सभापति ऋषिकेश पोखरेलले जानकारी दिए । उनले टेरामक्स प्रविधिको आवश्यकता,ग्रामीण दूरसञ्चार सेवाका बारेमा उठेका प्रश्नहरु गम्भीर रहेकोले थप छलफलको आवश्यकता देखिएको बताए । साथै स्मार्ट टेलिकमका सन्दर्भमा नियमावली नै संशोधन गरेको ...
कोशीमा माओवादीका आङ्बोलाई मुख्यमन्त्री बनाउने गठबन्धनको निर्णय, राप्रपालाई सभामुख दिने तयारी
मुख्य समाचार, राजनीति

कोशीमा माओवादीका आङ्बोलाई मुख्यमन्त्री बनाउने गठबन्धनको निर्णय, राप्रपालाई सभामुख दिने तयारी

कोशी प्रदेशको मुख्यमन्त्रीमा सत्ता गठबन्धनले नेकपा माओवादी केन्द्रका इन्द्र आङ्बोलाई  अघिसार्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहीवार बसेको गठबन्धनको बैठकले कोशीमा सरकार गठनका लागि अन्तिम विकल्पका रूपमा माओवादीका प्रदेश संसदीय दलका नेतासमेत रहेका आङ्बोलाई मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरेको हो । यसअघि माओवादीलाई मुख्यमन्त्री दिन नसकिने अडान लिएको नेपाली कांग्रेस अब कुनै हालतमा आफ्नो पक्षमा बहुमत नजुटेपछि पछि हट्न बाध्य भएको छ । यसअघि कांग्रेसका उद्धव थापा दुई पटकसम्म मुख्यमन्त्री बने पनि विश्वासको मत जुटाउन असफल हुनुभएको थियो । अब फेरि कांग्रेसकै मुख्यमन्त्री बन्दा विश्वासको मत पाउने आधार नदेखिएपछि गठबन्धनले माओवादीलाई दिने निर्णय गरेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो । माओवादीले आफूहरूले बहुमत जुटाउने दाबी गर्दै आएको छ । यसका लागि प्रध...
मुख्यमन्त्री कार्कीद्वारा राजीनामा
मुख्य समाचार, राजनीति

मुख्यमन्त्री कार्कीद्वारा राजीनामा

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आज मुख्यमन्त्रि पदबाट राजीनामा गरेका छन् । आज दिउँसाे विश्वासको मत लिनका लागि बोलाइएको प्रदेश सभा बैठकमा आफ्नाे भनाई राख्दै कार्कीले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्। उनले प्रदेश सभा बैठक समक्ष विश्वासको मतका लागि प्रस्तावै प्रस्तुत नगरी पदबाट राजीनामाको घोषणा गरेका थिए । आफ्नो पक्षमा बहुमत पुग्ने अवस्था नदेखेपछि उनले राजीनामा दिएका हुन् । सर्वोच्च अदालतको परमादेशपछि कार्किले भदौ २२ गते मुख्यमन्त्रि पद सम्हालेका थिए । उनकाे राजिनामासंगै कोशी प्रदेशमा अब संविधानको धारा १६८ (५) अनुसार प्रदेशसभाका कुनै सदस्यको नेतृत्वमा सरकार गठनको बाटो खुलेको जनाईएकाे छ । ...
बरुण बहुमुखि क्याम्पस ब्यबस्थापन समितिकाे निर्वाचन सम्पन्न (ताजा नतिजा)
मुख्य समाचार, राजनीति, शिक्षा

बरुण बहुमुखि क्याम्पस ब्यबस्थापन समितिकाे निर्वाचन सम्पन्न (ताजा नतिजा)

संखुवासभाकाे खाँदबारी स्थित बरुण बहुमुखि क्याम्पस ब्यवथापन समितिकाे भर्खरै सम्पन्न नतिजा अनुसार ११ जना कार्य समिति सदस्य निर्वाचित भएबा छन् । जस अनुसार हरि कुमार कटुवाल ४० मत, दल ब बिक ४० मत, ईन्दा मिश्र ३३, युवराज शाक्य ३०,जिवनाथ खनालले २७ प्राप्त गरि निर्वाचित भएका छन् । भने २४ बराबरि मत प्राप्त गर्ने चार जना उम्मेदवार मध्ये चिठ्ठा मार्फत तिन जना चयन गरिने तैयारि भैरहेकाे छ । आज छनाैट हुनुपर्ने ११ जना सदस्य मध्ये यसअघि बबिता कार्की कटुवाल, डेगेश्वरी श्रेष्ठ र उषा कार्कि सर्बसम्मत निर्वाचित भएका छन् । निर्वाचित सदस्यहरुले आफु मध्येबाट अध्यक्ष र काषाध्यक्ष चयन गर्नेछन् ।...
सहमति पछि मकालु गाउँपालिका अध्यक्षकाे कार्यकक्षमा लगाईएकाे तालाबन्दि खुल्याे
मुख्य समाचार, राजनीति

सहमति पछि मकालु गाउँपालिका अध्यक्षकाे कार्यकक्षमा लगाईएकाे तालाबन्दि खुल्याे

मकालु गाउँपालिका अध्यक्षकाे कार्यकक्षमा लगाईएकाे ताला सहमति पछि खुलेकाे छ । नियमित रुपमा सेवा प्रवाहकाे ब्यवस्था मिलाउने, गाउँपालिका कार्यालयमा रहेकाे सवारि साधनकाे यथार्थ विवरण सार्वजनिक गर्ने, जिर्ण सडक मर्मतलाई प्राथमिकतामा राख्ने लगायतका बिषयमा सहमति जुटेपछि संखुवाुभा मकालु गाउँपालिका अध्यक्ष वाङ्दी शेर्पाकाे कार्यकक्षमा लगाईएकाे तालाबन्दि खुलेकाे संचारकर्मि गंगा बिष्टले जनाएका छन् । लामाे समय देखि जिम्मेवार पदमा बसेकाे गाउँपालिका अध्यक्ष कार्यालयमा अनुपस्थित हुनेगरेकाे,अध्यक्ष अनुपस्थित हुँदा कार्यालयकाे दैनीक सेवाप्रवाहमा समस्या भएकाे र गाउँपालिकाकाे सवारि साधन दुरुपयाेग गरिएकाे भन्दै संखुवासभा मकालु गाउँपालिकाकाे अध्यक्षकाे कार्यकक्षमा केही स्थानीयले तालाबन्दि गरेका थिए । ...