स्थापना दिवसका अवशरमा नागरिक सम्बाद
मानव अधिकार तथा शान्ति समाज नेपालको २९ औं स्थापना दिवसका अवसरमा संखुवासभा शाखाले नागरिक सम्बादको आयोजना गरेको छ । शान्ति समाजले सोमबार सदरमुकाम खाँदबारीमा बैज्ञानिक शिक्षा र गुणस्तरिय स्वास्थ्य सेवा नागरिकको आधारभुत अधिकार बिषयक नागरिक सम्बादको आयोजना गरेको हो ।
लोकदर्शन शाक्यको सभापतित्वमा भएको कार्यक्रममा संखुवासभा उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष अनन्तकुमार गौली प्रमुख आतिथी रहनुभएको थियो भने संखुवासभा बिशिष्ठ अतिथी उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष युवराज शाक्य, संखुवासभा उद्योग बाणिज्य संघका अध्यक्ष डेगराज बस्नेत, नेपाल रेडक्रस सोसाईटि संखुवासभाका सभापति सरोज कुमार बज्राचार्य, शान्ति समाजका पुर्व केन्द्रिय सदस्य निर्मला गुरुङ्ग, श्रृजनशिल सामुदायिक बिकास केन्द्रका अध्यक्ष राधादेवी बस्नेत नेपाल पत्रकार महासंघ संखुवासभाका अध्यक्ष कृष्णराज शाक्य, नागरिक समाजकी बेदकुमारी चापागाईं, लग...