शिक्षा Archives - Page 2 of 4 - साझाकुरा
आइतवार, मंसिर ८, २०८२

शिक्षा

हिमालय किरण पव्लिक क्याक्पसकाे प्रथम सभाबाट ९ जना निर्वाचित
शिक्षा, समाचार

हिमालय किरण पव्लिक क्याक्पसकाे प्रथम सभाबाट ९ जना निर्वाचित

संखुवासभा कार्तिक १० संखुवासभाकाे सदरमुकाम खाँदबारीस्थित हिमालय किरण पव्लिक क्याक्पसकाे प्रथम सभाबाट ९ जना पदाधिकारीहरु निर्वाचित भएका छन् । आज सम्पन्न क्याम्पस सभाले निर्वाचित गरेकाहरुमा सुन्दरी खतिवडा, कल्पना मगर ,दुर्गादेवि चापागाई, खड्ग बहादुर चापागाई, सुर्यबहादुर तामाङ, दुर्गा बहादुर विष्ट, शेर बहादुर बन, ऋतुबर्ण काफ्ले र उदय कुमार पुलामी निर्वाचित भएका छन् । बाँकी १० सदसिय पदेन सदस्य सहित जम्मा १९ जनाकाे समिति रहने बिधानत प्रावधान रहेकाे छ । । निर्वाचित सदस्यहरुकाे प्रथम बैठकबाट अध्यक्षकाे टुङ्गाे लाग्ने जनाईएकाे छ। ...
संखुवासभाकाे खाँदबारीमा बाल गृहलाई एक दिन खाना, नाना र छाना अभियान उद्घाटन्
शिक्षा, समाचार, समाज

संखुवासभाकाे खाँदबारीमा बाल गृहलाई एक दिन खाना, नाना र छाना अभियान उद्घाटन्

असाेज ८ संखुवासभाकाे खाँदबारीमा बाल गृहलाई एक दिन खाना नाना र छाना अभियान उद्घाटन् तथा शुभकामना आदानप्रदान कार्यकमकाे आयाेजना गरिएकाे छ । मकालु त्रिसक्ति समूह माट्स नेपालकाे आयाेजनामा कार्यकमकाे शुभारम्भ गरिएकाे हाे । माट्स नेपालका उपाध्यक्ष मुकेस मुदेलकाे सभापतित्व तथा निमित्त प्रमुख जिल्ला अधिकारी माेहनमणी घिमिरेकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे हाे । कार्यकममा भैरवी दल गुल्मका मुकुन्द न्याैपाने, पत्रकार महासंघका अध्यक्ष ईन्द्र गिरी, शिक्षा बिकास समन्वय अधिकारी गाेपालमान भण्डारी, जिल्ला समन्वय अधिकारी शुक्रादेवी राई लगायतले बालबालिकाकाे हित प्रवर्धन र संरक्षणका लागि सबै सराेकारवालाहरुकाे हातेमालाे आवश्यक भएकाे धारणा राखेका थिए । कार्यक्रममा बालबालिका खाेजतलास काेशी प्रदेस समन्वय केन्द्रका अधिकृत सुमन अधिकारीले काेशी प्रदेसमा बाल गृहकाे अवस्था र बालगृह संचालनका लागि विभिन्न ठाउँमा स...
सामाजिक संजालमार्फत ठगिको घटना बढ्दै सचेत रहन प्रहरीको अनुरोध
अपराध, शिक्षा, समाचार

सामाजिक संजालमार्फत ठगिको घटना बढ्दै सचेत रहन प्रहरीको अनुरोध

भाद्र ४ पछिल्लो समय संखुवासभामा पनि सामाजिक संजालको प्रयोगबाट हुने ठगि धन्दामा पिडित हुनेहरुको संख्या बढ्दै गएको छ । सामाजिक संजाल फेसबुक, ह्वाट्स एप्स, ईस्टग्राम, लगायतका सामाजिक संजाल मार्फत ठगिनेको संख्या दर्जनमा मात्र नभएर सैयौंको संख्यामा रहेको पिडितहरुको भनाई छ । ह्याकरहरुले अरुको फेसबुक, फेसबुक पेज, जि मेल लगायत अन्य संजालहरु ह्याक गरि आफ्ना चिनजान र साथीभाईहरुलाई म्यासेज पठाई पैसा माग्ने गरेको र आफ्नै चिनजानको साथी हो भन्ने सम्झेर पैसा ट्रान्सफर गर्दा आफु ठगिएको नाम नखुलाउने शर्तमा खाँदबारी १ का एक ब्यवसायीले बताए । उनले आफुजस्तै सामाजिक संजालबाट ठगिनेको संख्या उल्लेख्य रहेको अनुमान गरेका छन् । नजिकका चिनजानको साथीको फेसबुकबाट बारम्बार केहि रकम सहयोगका लागि अनुरोध भएकाले आफुले बिश्वास गरेर रकम पठाउँदा ठगिनुपरेको उनले बताए । पछिल्लो समय अनलाईन ठगिका घटनाहरु संखुवासभामा समेत ...
६० औं राष्ट्रिय बाल दिवसको अवसरमा बतृत्वकला प्रतियाेगिता
शिक्षा, समाचार

६० औं राष्ट्रिय बाल दिवसको अवसरमा बतृत्वकला प्रतियाेगिता

संखुवासभाकाे खाँदबारीमा ६० औं राष्ट्रिय बाल दिवस २०८१ को अवसरमा बाल क्लबहरु बिच " बालमैत्री स्थानीय शासनमा बालबालिकाको भुमिका" बिषयक बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएकाे छ । माट्स नेपालको आयोजना तथा खाँदबारी नगरपालिकाको प्रायोजनमा आयाेजित कार्यक्रम संस्थाका अध्यक्ष नवीन दाहालको सभापतित्व तथा खाँदबारी नगरपालिकाका उपप्रमुख महेश्वरा श्रेष्ठ बज्राचार्यकाे प्रमुख आतिथ्यतामा भएकाे थियाे । खाँदबारी नगरपालिका भित्रका नाैं वटा बाल क्लबको सहभागिता रहेको उक्त प्रतियोगितामा हिमालय बाल क्ल्ब खाँदबारी १ का सौजन कट्टेल प्रथम, आदर्श विद्यामन्दिर बाल क्लब पाठकगाउँका रिकेश कार्की द्वितीय र आदर्श बाल क्लब पिप्लेका सीता तामाङ तृतीय स्थान हासिल गर्न सफल भएका थिए । प्रथम,द्वितीय र तृतीयलाई क्रमशः तीन हजार , दुई हजार पाँच सय र दुई हजार र प्रमाणपत्रले पुरस्कृत गरिएको थियोे । सोही कार्यक्रममा खाँदबारीका युव...
कोरोनाकालको बीमा रकम भुक्तानी गराउन सर्वोच्चमा रिट
अर्थ/व्यापार, शिक्षा

कोरोनाकालको बीमा रकम भुक्तानी गराउन सर्वोच्चमा रिट

फोटोः अनलाईन खवर भाद्र २३ कोरोनाकालकको बिमा रकम भुक्तानी दिन माग गर्दै सर्वाेच्च अदालतमा रिट दायर गरिएको छ । नेपाल बीमक संघले सरकारले आफ्नो दायित्व पुरा गर्न आनाकानि गरेको भन्दै बीमक संघले सरकार बिरुद्ध सर्बाेच्चमा रिट दायर गर्नूपर्ने अवस्था आएको नेपाल बिमक संघले जनाएको छ । सम्झौताअनुशार सरकारले नै भुक्तानी बिमक कम्पनीलाई रकम उपलब्ध नगराएपछि बीमा कम्पनीहरूले कोरोना बीमाको करिब ११ अर्ब रुपैयाँ बिमकलाई भुक्तानी गर्न बाँकि रहेको जनाईएको छ । सरकार र बिमक कम्पनी बिच कोरोना वीमा मापदण्ड बनाएर सम्झौता गरिएपनि सरकारले उक्त दायित्व पुरा नगर्दा भुक्तानीमा समस्या भएको भन्दै सरकार बिरुद्ध दायर गरिएको रिट निवेदनमाथि सोमबार बिहान १० बजे पेशी तोकिएको छ ।...
श्रावण २३ देखि ३१ गतेसम्म एसईईको पुरक परीक्षा
शिक्षा, समाचार

श्रावण २३ देखि ३१ गतेसम्म एसईईको पुरक परीक्षा

असार १७ माध्यमिक शिक्षा परीक्षा (एसईई) को पुरक परीक्षा आगामी श्रावण २३ गतेदेखि हुने राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएकाे छ । शिक्षा मन्त्रालयले दुईभन्दा बढी विषयमा नन ग्रेडेडलाई समेत परीक्षामा सहभागी गराउने निर्णय गरेपछि बोर्ड बैठकले परीक्षाको मिति सार्वजनिक गरेको हो । साउन २३ गतेदेखि शुरु भई साउन ३१ गतेसम्म सञ्चालन हुने पुरक परीक्षाको नतिजा असोजको पहिलो हप्ताभित्र सार्वजनिक गर्ने बोर्डले जनाएको छ । भर्खरै सार्बजनिक गरिएकाे एसईईमा अनुत्तीर्ण भएका दुई लाख ४२ हजार तीन सय १३ जना विद्यार्थीलाई पुनःपरीक्षामा सहभागी हुने अवसर दिईएकाे परीक्षा नियन्त्रण कार्यालयले जनाएकाे छ ।...
एसइईमा अनुत्तीर्ण सबै विद्यार्थीलाई पूरक परीक्षामा सहभागी गराईने
शिक्षा, समाचार

एसइईमा अनुत्तीर्ण सबै विद्यार्थीलाई पूरक परीक्षामा सहभागी गराईने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसइई)मा अनुत्तीर्ण भएका सबै विद्यार्थीलाई मौका परीक्षामा सामेल गराउने निणर्य गरेको छ। शुक्रबार बसेको शिक्षामन्त्रीस्तरीय बैठकले दुईभन्दा बढी विषय लागेका विद्यार्थीलाई पनि पूरक परीक्षामा सामेल गराउने निणर्य गरेको हो। परीक्षा बोर्डको लेटर ग्रेडिङ निर्देशिकाअनुसार दुईभन्दा बढी विषय लागेका विद्यार्थीले मौका परीक्षा दिन पाउँदैनन्। तर, यसपटकदेखि नै नयाँ प्रणाली लागू गरेकाले एकपटक सबै विद्यार्थीलाई मौका दिन यस्तो निणर्य गरिएको मन्त्रालयका प्रवक्ता केशव दाहालले जानकारी दिए। ‘अब जति वटा विषय लागेका विद्यार्थीले पनि मौका परीक्षा दिन पाउँछन्, यसको व्यवस्था मिलाउन मातहतका निकायलाई निर्देशन दिएको छ,’ प्रवक्ता दाहालले बताए । नयाँ पत्रिकाले डिटेलमा समचार प्रकासन गरेकाे छ ।...
एसईईको नतिजा सार्वजनिक, ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण
शिक्षा, समाचार

एसईईको नतिजा सार्वजनिक, ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । आज बिहान बसेको बोर्ड बैठकको निर्णयसँगै नतिजा सार्वजनिक भएको हो । एसईइ परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । १८६ जनाले ४ जीपीए ल्याएका छन् । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् । अर्थात् परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय जानकारी अनुसार वेबसाइट, एसएमएस र आईभीआर बाट हेर्न सकिने जनाएको छ । नेपाल टेलिकममार्फत १६०० कोड प्रयोग गरेर एसएमएस तथा आईभीआर गरेर हेर्न सकिने, स्विफ्ट टेक्नोलोज...
कक्षा–१२ को परीक्षा तालिका सार्वजनिक
शिक्षा, समाचार

कक्षा–१२ को परीक्षा तालिका सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले यस वर्षको कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि गर्ने गरी परीक्षा तालिका सार्वजनिक गरेको हो । बिहान ८ बजेदेखि ११ बजेसम्म हुने परीक्षा वैशाख २६ गतेसम्म चल्नेछ । यस वर्षको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १५ गते देखि २७ गतेसम्म हुनेगरी यस अघि नै तालिका सार्वजनिक भइसकेको छ । श्राेत:उज्यालाे...
खाँदबारी नगरपालिकाद्वारा मंगलादेवी माविलाई एक थान इन्भटर हस्तान्तरण
शिक्षा, समाचार

खाँदबारी नगरपालिकाद्वारा मंगलादेवी माविलाई एक थान इन्भटर हस्तान्तरण

२२ माघ २०८० संखुवासभाको खाँदबारी नगरपालिका–७ स्थित मंगलादेवी माध्यमिक विद्यालयलाई  खाँदबारी नगरपालिकाले एक थान इन्भटर हस्तान्तरण गरेको छ । आज सोमबार एक कार्यक्रम बीच विद्यालयमा नै पुगेर खाँदबारी नगरपालिकाका उपमेयर महेश्वरा श्रेष्ठ बज्राचार्यले विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तुलाराम आले, विद्यालयका प्रअ योगेन्द्रबहादुर श्रेष्ठ र ७ नम्बरका वडाध्यक्ष देवबहादुर पुवाँर मगरलाई संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।  कार्यक्रममा खाँदबारी नगरपालिकाका उपमेयर महेश्वरा श्रेष्ठ बज्राचार्यले नगरभित्रका सबै विद्यालयहरुलाई नगरपालिकाले सकेको सहयोग गरिरहेको बताईन् । उनले यस विद्यालयमा इन्भटरको आवश्यकता भएको माग भई आएकाले नगरले सहयोग गरेको बताईन् ।  खाँदबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निर्माणकुमार कार्कीले विद्यालयलाई सहयोग गर्ने हेतुले ३०० वाटको सोलार र विजुली दुवै तरिकाबाट चल्ने इन्भ...