सट्टेबाजीको आरोपमा १४ भारतीय पक्राउ
मंशिर ५
रुपन्देहीको भैरहवामा अनलाइन बेटिङ सट्टेबाजी सन्चालन गर्दैआएको आरोपमा १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । सिद्धार्थनगर नगरपालिका–३ सगुनी पथस्थित अस्फाक आलमको घरमा अनलाइन खेल मार्फत अवैध रुपमा सट्टेबाजी जुवा सञ्चालन गर्दैआएको गोप्य सुचनाको आधारमा छापा मार्दा उनिहरु पक्राउ परेको प्रहरीको भनाई छ । पक्राउ परेका सबै १४ अजा नै भारतीय नागरिक रहेको प्रहरीको भनाई छ ।
सामाजिक सञ्जाल ह्वाट्स एप समेतको माध्यमबाट टाइगर ग्रुप, शिव ग्रुप, विनायक ग्रुप गठन गरेर क्रिकेट, फुटबल, टेनिस, हक्की, घोडा दौड, लगायतका खेलहरुमा सट्टेबाजी सञ्चालन गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको रुपन्देहीका एसपी रंजितसिंह राठौरले जानकारी दिए । राठौरका नुसार पक्राउ परेका व्यक्तिहरुले ल्डर्स एक्सचेन्ज, अल प्यानल, अल प्यानल ७७७ जस्ता वेभसाइटहरूबाट सट्टेबाजी जुवा संचालनमा सक्रिय थिए ।
पक्राउ पर्नेमा भारत हरियाणा प्र...









