समाचार Archives - Page 21 of 77 - साझाकुरा
मङ्लबार, माघ ७, २०८२

समाचार

बागलुङ जैमिनी दुर्घटनामा परि एकै वडाका पाँचकाे मृत्यु
समाचार

बागलुङ जैमिनी दुर्घटनामा परि एकै वडाका पाँचकाे मृत्यु

कार्तिक २६ आज बिहान जैमिनी नगरपालिका-८ छिस्तीबाट बागलुङका लागि छुटेको ग २ च ९२४७ नम्बरको पिक अप जीप जैदी र छिस्तीको सिमानामा दुर्घटना हुँदा पाँचजनाको घटनास्थलमै ज्यान गएकाे थियाे ।बागलुङको जैमिनिमा दुर्घटनामा मृत्यु हुनेहरु सबै जैमिनी नगरपालिका-८ छिस्ती केवइका बासिन्दा रहेका छन्। जिल्ला प्रहरी कार्यालय बागलुङ अनुसार उक्त दुर्घटनामा ज्यान गुमाउनेहरुमा जीप चालक जैमिनी नगरपालिका-८ छिस्ती केवईका ३८ वर्षका महेन्द्र पुन, सोही ठाउँका २० वर्षीया रश्मी श्रीस, ५० वर्षीया नन्दकली पुन, १७ वर्षीय निरज श्रीस र ७५ वर्षको कुलप्रसाद श्रीस रहेका छन्। जैमिनी नगरपालिका-८ छिस्तीबाट सोमबार बिहान बागलुङका लागि  सवारी चालक सहित ६ जना सवार पिक अप पिक अप जीप जैमिनी नगरपालिका-७ हर्देवामा दुर्घटनामा परेकाे थियो।...
शाक्यको नेतृत्वमा ११ सदस्यीन नयाँ कार्यसमिति चयन गर्दै नेपाल मानव अधिकार तथा शान्ति समाज नेपालको आठौं जिल्ला अधिवेशन सम्पन्न
समाचार

शाक्यको नेतृत्वमा ११ सदस्यीन नयाँ कार्यसमिति चयन गर्दै नेपाल मानव अधिकार तथा शान्ति समाज नेपालको आठौं जिल्ला अधिवेशन सम्पन्न

कार्तिक २४ नेपाल मानव अधिकार तथा शान्ति समाज नेपालको आठौं बार्षिक साधारण सभा आज खाँदबारीमा सम्पन्न भएको छ । नेपाल मानव अधिकार तथा शान्ति समाज नेपालका जिल्ला अध्यक्ष लोकदर्शन शाक्यको सभापतित्व तथा खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाको प्रमुख आतिथ्यतामा भएको साधारण सभाले लोकदर्शन शाक्यको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा मुना पराजुली, सचिव कल्पना बराल, सहसचिव सुरज ठटाल, कोषाध्यक्ष प्रजिना शाक्य र सदस्यहरुमा युवराज शाक्य, मदन शर्मा बजगाईं, लमु शेर्पा, सुजता कट्टेल, उत्तम दाहाल र कुसुम रसाईली रहेका छन् । नवनिर्वाचित कार्यसमितिले थप ४ जना सदस्य पहिलो बैठकबाट मनोनयन गर्ने र निर्वाचित समितिमा कम्तिमा दलित सहित ४० प्रतिशत महिला सहभागिता रहनेगरि बिधानत प्रावधान राखिएकाले पहिलो बैठकबाटै ३ जनाको सल्लाहकार समिति, ४ जना मनोनीय सदस्य चयन गर्न नि...
दैलेखबाट सुर्खेतका लागि छुटेको बस दुर्घटना हुँदा चार जनाको मृत्यु
समाचार

दैलेखबाट सुर्खेतका लागि छुटेको बस दुर्घटना हुँदा चार जनाको मृत्यु

कार्तिक २३ दैलेखबाट सुर्खेतका लागि छुटेको बस दुर्घटना हुँदा चार जनाको मृत्यु सुर्खेत–दैलेख सिमास्थित वीरेन्द्रनगर–१४, को रातानाङ्ग्ला भन्ने स्थान नजिकै भएको फोर्स गाडी दुर्घटनामा परी चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनिहरु मध्ये कसैको पनि पहिचान र सनाखत भैसकेको छैन । शुक्रबार दिउँसो दैलेख बजारबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको गाडी चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी रूपेश खड्काले बताए । दुर्घटनालगत्तै घटनास्थल पुगेका खड्कासहितको टोलीले घाईतेहरुलाई उद्दार गरि थप उपचारका लागि अस्पताल लगेको छ उनिहरु मध्ये केहीको अवस्था गम्भीर रहेको एसपी खड्काले जानकारी दिए । उक्त दुर्घटनामा परी २५ जना घाईते भएको गुराँस गाउँपालिकाका उपाध्यक्ष शिवा खड्काको भनाई छ । घाइते २५ जनाको उद्दार गरी गुराँस गाउँपालिकाको एम्बुलेन्सब...
तस्करद्वारा प्रहरी र राजश्व टोलिमाथी ढुंगामुढा
समाचार

तस्करद्वारा प्रहरी र राजश्व टोलिमाथी ढुंगामुढा

कार्तिक २३ रुपन्देहीमा तस्कारद्वारा प्रहरी र राजश्व टोलिमाथी ढुंगामुढा प्रहार गरिएको छ । तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी र राजश्व अनुसन्धान कार्यालयको टोलीमाथि तस्करहरूले रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा ढुंगामुढा गरेको प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । अवैध रुपमा चिनी भण्डारण गरिएको गोप्य सूचनाका आधारमा लुम्बिनी सांस्कृतिक नगरपालिका–२ मुझानामा संयुक्त टोलिमाथी तस्करहरुले आक्रमण गरेको प्रहरीको भनाई छ। सो क्रममा संयुक्त टोलीले तस्करहरुलाई तित्तरबितर पारेर ११२ बोरा चिनी बरामद गरेकोमा बरामद गरिएको चिनी राजश्व अनुसन्धान कार्यालय बुटवल लैजाने क्रममा स्थानीयलाई प्रयोग गरि तस्करले अवरोध गरोको जनाईएको छ । तस्करहरूले बाटो अवरुद्ध गरी ढुंगामुढा समेत प्रहार गरेको प्रहरीको भनाई छ । उक्त घटनामा दुई जना सशस्त्र प्रहरी घाइते भएका छन् भने प्रहरीको गाडीमा समेत नराम्ररी क्...
पाथीभरा केवलकार निर्माणको पक्ष बिपक्षमा बिवाद हुँदा ढुंगा हानाहानमा परि ४ घाइते
समाचार

पाथीभरा केवलकार निर्माणको पक्ष बिपक्षमा बिवाद हुँदा ढुंगा हानाहानमा परि ४ घाइते

कार्तिक २३ ताप्लेजुङ्ग स्थीत पाथीभरा मन्दिर क्षेत्रमा केवलकार निर्माण गर्ने सन्दर्भमा पक्ष बिपक्ष बिच बिबाद हुँदा शुरु भएको ढुङ्गा हानाहानमा परि ४ जना घाईते भएका छन् । आज शुक्रबार भएको झडप र ढुङ्गा हानाहानमा परि कम्तिमा ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ्गले जनाएको छ । स्थानीयका अनुशार ढुङ्गा हानाहान र झडपमा परि चार जना घाईते भएपनि अहिले अवस्था शान्त भए पनि काफ्लेपाटी क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाईएको प्रहरीको भनाई छ । अहिले त्यहाँ नेपाल प्रहरी निरीक्षक विवेक बस्नेत र शसस्त्र प्रहरी निरीक्षक डेगेन्द्र ओलीको नेतृत्वमा नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोली तैनाथ छ। दुवै पक्षका मानिसहरू हाल काफ्लेपाटी क्षेत्रमा नै छन्। झडप दोहोरिन नदिन सुरक्षाकर्मीहरूको उपस्थिति बाक्लो बनाइएको प्रहरीको भनाई छ। केवलकार निर्माण कम्पनीले स्काभेटर लैजाने प्रयास गर्दा स्थानीय प्रशासनले ...
कान्छाराम कन्सट्रक्सनसहित एक दर्जन बढी कम्पनी कालोसूचीमा
समाचार

कान्छाराम कन्सट्रक्सनसहित एक दर्जन बढी कम्पनी कालोसूचीमा

कार्ति २३ प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कान्छाराम कन्सट्रक्सनसहित एक दर्जन बढी कम्पनीहरुलाई कालोसूचीमा राखेको छ । कान्छाराम कन्सट्रक्सन कांग्रेस नेता एवम् ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङको हो । सार्वजनिक खरिद अनुगमन कार्यालयले कान्छारामसहित दुई कम्पनीलाई साढे दुई वर्ष, दुई कम्पनीलाई दुई वर्ष, तीन कम्पनीलाई डेढ वर्ष र अन्य ६ कम्पनीलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखेको छ । कालोसूचीमा पर्नेमा कांग्रेस नेता एवम् ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ मुख्य व्यक्ति रहेको कान्छाराम कन्सट्रक्सन, रमिला लामा मुख्य व्यक्ति रहेको एन.बी. कन्स्ट्रक्सन, टेन्डी शेर्पा मुख्य व्यक्ति भएको द कञ्चनजंघा कन्स्ट्रक्सन र सुबित श्रेष्ठ मुख्य व्यक्ति भएको बिरुवा कन्स्ट्रक्सन साढे दुई वर्षसम्म कालोसूचीमा परेका छन् । यी कम्पनीहरुलाई तुम्लिङटार र बुटवलस्...
रुखले बचाउँदा टर्याे ठुलाे बस दुर्घटना
समाचार

रुखले बचाउँदा टर्याे ठुलाे बस दुर्घटना

कार्तिक २२ महानगरपालिका–२२ स्थित शान्ति स्तुपा नजिकै भएकाे बस दुर्घटनामा रुखले बचाएर ठुलाे मानवीय क्षति टरेकाे छ । बिहीबार दिउसो करिब साढे १२:३० तिर पुम्दीकोटबाट छोरेपाटनतर्फ जाँदै गरेकाे बस अनियन्त्रित भै रुखमा अड्किदा ठुलाे क्षतिहुनबाट जाेगिएकाे हाे । नवयुग डान्स क्लब दाङको भ्रमण टोली बोकेको रा१ख २१०६ नं.को मिनी बस सडक छेउमा रहेको तिजुको रुखमा अड्किएको प्रहरीकाे भनाई छ । दुर्घटना लगत्तै प्रहरी कार्यालय बैदामबाट प्रहरी टोलीले बसमा सवार सात जना महिला सहित र २४ जनालाई उद्धार गरेकाे थियो। तीमध्येका घाईते दाङको तुलसीपुर उपमहानगरपालिका–४ की १७ वर्षिया सन्ध्या रसाइली र १९ वर्षिया  मनीषा रसाइलीलाई उपचारको लागि नमस्ते अस्पताल बिरौटा लगिएकाे छ। अहिले उनीहरूको अवस्था सामान्य रहेको अस्पतालले जनाएकाे छ ।...
आईसीसी यू १९ महिला विश्वकपको एसिया छनोटमा नेपालको दोस्रो जित
खेलकुद, समाचार

आईसीसी यू १९ महिला विश्वकपको एसिया छनोटमा नेपालको दोस्रो जित

आईसीसी यू१९ महिला विश्वकपको एसिया छनोटमा कुवेतलाई हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको छ । बिहिबार नेपालले कुवेतलाई १०८ रनको फराकिलो अन्तरले हराएको हो । बुधबार भएको पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनले पराजित गरेको थियो । नेपालले दिएको १३१ रनको लक्ष्य पछ्याएको कुवेत १३ ओभरमा २२ रनमा अलआउट भएको थियो ओपनर जिफाले १२ रन बनाएकी थिईन् भने अन्यले दोहोरो अंकको स्कोर जोड्न सकेनन् । नेपालकी रचना चौधरी र सिमाना केसीले समान २,२ विकेट लिएका थिए । अजमानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३० रन बनाएको थियो । प्रतियोगितामा कप्तान पुजा महतो ३४, साना प्रविन २५ र ज्योत्सिका मरासिनी २३ रन जोड्न सफल भईन् । कुवेतका लागि अयशा एकवालले २ विकेट लिएकी थिईन् । यो हार संगै कुवेत लगातार दोस्रो खेलमा पनि पराजित भएको छ। कुवेतले पहिलो खेलमा घरेलु टोलीसँग १ सय ६ रनले हार ...
निर्वाचन नतिजाको सम्मान गर्न समर्थकलाई ह्यारिसनको आग्रह
अन्तर्राष्ट्रिय, समाचार

निर्वाचन नतिजाको सम्मान गर्न समर्थकलाई ह्यारिसनको आग्रह

कार्तिक २२ अमेरिकी राष्ट्रपतिय चुनावमा पराजित भएपछि डेमोक्रेटिक पार्टिकी उम्मेदवार कमला ह्यारिसले आफ्ना समर्थकहरुलाई निर्वाचनको नतिजाको समर्थन गर्न आग्रह गरेकी छिन् । निर्वाचनको नतिजा सार्वजनिक भएपछि हिजो वाङ्गिटन डीसीको हावर्ड विश्वविद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अमेरिकाको शान्ति संबृद्धि र शुसासनका लागि आफुले सँधै लडिरहने प्रष्ट्याएकी बीबीसीले उल्लेख गरेको छ । उहाँले अब निर्वाचन नतिजालाई स्वीकार गर्दै शान्तिपूर्ण रूपमा नयाँ राष्ट्रपतिलाई सत्ता हस्तान्तरण गर्नूपर्ने धारणा राखेकी थिईन् । चुनावमा हार भए पनि आफूले उठाएका मुद्दाका लागि निरन्तर खबरदारी र सङ्घर्ष गरिरहने उपराष्ट्रपति तथा राष्ट्रपति पदका उम्मेदवार कमला ह्यारिसले प्रतिवद्धता जनाईन् । ह्यारिसले श्रमिक परिवारका लागि खाद्यान्न र आवासको व्यवस्था, समान प्रजनन अधिकार सुनिश्चित गर्ने, रुससँगको युद्धमा युक्रेनला...
सुनको भाउमा भारि गिरावट
अर्थ/व्यापार, समाचार

सुनको भाउमा भारि गिरावट

कात्तिक २२, केहि दिनदेखि निरन्तर बृद्धि हुँदै आएको सुनको भाउमा आज भारि गिरावट आएको छ । बिहिबार एकैदिन सुनको भाउ तोलामा चार हजारले घटेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । हिजो बुधबार तोलाको एक लाख ६८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको भाउमा आज चार हजारको गिरावट आई एक लाख ६४ हजार पाँच सय रुपैयाँमा कारोबार भैरहेको महासङ्घको ्भनाई छ । गत कात्तिक १५ गते सुनको भाउ अहिलेसम्मकै सबैभन्दा उच्च मुल्य पुग्दा तोलाको रु एक लाख ७१ हजार रुपैयाँ सम्म पुगेको थियो ।...