समाचार Archives - Page 22 of 77 - साझाकुरा
मङ्लबार, माघ ७, २०८२

समाचार

रुकुमदेखि काठमाडौँ आउँदै गरेकाे बस बागलुङमा दुर्घटनामा, २१ जना घाइते
समाचार

रुकुमदेखि काठमाडौँ आउँदै गरेकाे बस बागलुङमा दुर्घटनामा, २१ जना घाइते

रुकुमदेखि काठमाडौँका लागि छुटेको ना८ख ८४१४ नम्बरको बस बागलुङको निसीखोला गाउँपालिका६ जाउलेपानीमा दुर्घटनामा परर्दा २१ जना घाईते भएका छन् । दुर्घटनामा परेका सबै घाइतेलाई उपचारका लागि बुर्तिवाङ प्राथमिक केन्द्र बागलुङ लगिएकाे जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक सुनिल शर्मा चिलवालले जानकारी दिए। गाडीमा ४० यात्रु सवार रहेको प्रहरीको भनाइ छ। उद्दारकार्य अझैपनि जारि रहेकाले थप विवरण आ उन बाँकिरहेकाे प्रहरिकाे भनाई छ ।...
तेजरत्न आँखा तथा कान उपचार केन्द्रलाई २० लाख सहयोग
समाचार, समाज, स्वास्थ्य

तेजरत्न आँखा तथा कान उपचार केन्द्रलाई २० लाख सहयोग

संखुवासभा, कार्तिक २१ नेपाल नेत्रज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रलाई दाताहरुले पुन २० लाख नगद सहयोग उपलब्ध गराएका छन् । नेपाल नेत्र ज्योती संघद्वारा खांदबारीमा संचालित तेजरत्न आँखा तथा कान उपचार केन्द्रलाई जग्गा दाता मनोज श्रेष्ठ र लिला श्रेष्ठका छोरा बुहारीहरु शिसिर÷करिना समनामे श्रेष्ठ र सरद÷ प्रेरणा शिंह श्रेष्ठले हिजो एक कार्यक्रम बिच २० लाख नगद सहयोग गरेका छन् । यस अघि केहि महिना अघि मनोज श्रेष्ठ सोहन श्रेष्ठ लगायतका दाताका परिवारका सदस्यहरुले उपचार केन्द्रलाई ५० लाख सहयोग उपलब्ध गराएका थिए । सहयोग रकम हस्तान्तरण कार्यक्रममा खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाले दाताहरुको सहयोगको सहि सदुपयोग हुँदै आएको बिश्वास ब्यक्त गर्नूभएको थियो । कार्यक्रममा नेपाल नेत्रज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रका अध्यक्ष अनन्तकुमार गौलीले आँखा उपचार केन्द्रको स्थापना दे...
अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको जीत सुनिश्चित
अन्तर्राष्ट्रिय, समाचार

अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको जीत सुनिश्चित

कात्तिक २१ अमेरिकाको नव राष्ट्रपतिमा पूर्वराष्ट्रपति तथा रिपब्लीकन पार्टिका डोनाल्ड ट्रम्प जीत सुनिश्चित देखिएको छ । राष्ट्रपति निर्वाचनमा जीतका लागि दुई सय ७० इलेक्टोरल मत आवश्यक रहेकोमा रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पले अहिले सम्म दुई सय ६६ मत प्राप्त गरिसकेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । उनका प्रमुख प्रतिश्पर्धी तथा डेमोक्रे्टिक पार्टीकी उम्मेदवार उपराष्ट्रपति कमला ह्यरिसले हालसम्म दुई सय १९ इलेक्टोरल मत प्राप्त गरेकी छिन् । नौ वटा स्टेटमा अहिले मतगणना जारी छ । बिभिन्न अध्ययनका अनुशार फक्स न्युजले यसअघि नै ट्रम्पको जीत सुनिश्चित भएको घोषणा गरिसकेको छ । आफ्नो बिजय सुनिश्चित भएको भन्दै रिपब्लिकन पार्टिका उम्मेदवार ट्रम्पले खुशियाली मनाउन आफ्ना पार्टिका नेता कार्यकर्ता र समर्थकलाई आग्रह गरिसकेको बताईएको छ । फ्लोरिडामा समर्थकहरूलाई सम्बोधन गर्दै ट्ररम्पले अमेरिका...
समुदाय प्रहरी साझेदारी कार्यक्रम सम्पन्न
समाचार, समाज

समुदाय प्रहरी साझेदारी कार्यक्रम सम्पन्न

“हर प्रहर गाँउ र नगरी टोल टोलमा नेपाल प्रहरी” भन्ने नाराका साथ संखुवासभा स्थीत प्रहरी चौकी नुनढाकी, सिसुवाटार, मंगलबारे र मादीराम्बेनी  संखुवासभाले आ–आफ्नो एरिया इलाकामा “सरसफाई र बहुविवाह” सम्बन्धी जनचेतनामुलक कार्यक्रम संचालन गरेको छ । उक्त कार्यक्रममा वातावरणीय सरसफाईको महत्व, यसबाट मानव स्वास्थ्यमा पर्नसक्ने नकारात्मक असर र बिभिन्न किसिमका रोग तथा किटजन्य हानीनोक्सानीका बारेमा जानकारी गराईएको थियो भने समुदाय स्तरमा देखिएका नयाँ स्वास्थ्य समस्या र यसबाट बच्न सरसफाईको महत्वका बारेमा जानकारी गराईएको थियो । आज सम्पन्न कार्यक्रमहरुमा बहुबिवाह सामाजिक अपराध भएकाले यसबाट समाज र परिवारलाई पुग्ने नकारात्मक प्रभावका बारेमा जानकारी गराईएको थियो । समुदायस्तरमा देखिएका बहुबिवाहको घटना न्युनिकरणमा परिवारका सदस्य र समुदायका अगुवाको भुमिका महत्वपुर्ण हुने बताईएको थियो । कार्यक्रममा बहुबिवाह यसले पार...
रवि लामिछानेलाई थप १० दिन थुनामा राख्न अदालतको अनुमति
राजनीति, समाचार

रवि लामिछानेलाई थप १० दिन थुनामा राख्न अदालतको अनुमति

कात्तिक २०, काँस्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई थप १० दिन थुनामा राख्न अनुमति दिएको छ । प्रहरीले २५ दिन म्याद थपको आदेश मागे पनि न्यायाधीश चन्द्रकान्त पौडेलले १० दिन थुनामा राख्न अनुमति दिएको जनाईएको छ । सहकारी ठगी र सङ्गठित अपराधको कसूरमा थप अनुसन्धानका लागि हिरासतमा राख्नुपर्ने भन्दै रास्वपा सभापति लामिछानेलाई प्रहरीले आज दोस्रो पटक म्याद थपका लागि अदालत समक्ष उपस्थित गराएको थियो । कास्कीको पोखरास्थीत सूर्यदर्शन सहकारी घोटाला काण्डमा दोषी रहेको आरोपमा प्रहरीले गत कार्तिक २ गते लामिछानेलाई काठमाण्डौबाट पक्राउ गरि पोखरा लगेको थियो । लामिछानेलाई बुटवलमा रहेको सुप्रिम सहकारीको रकम हिनामिनामा समेत संलग्न रहेको आरोपमा पोखराबाट अब बुटवल लैजाने तयारी रहेको जनाईएको छ । पोखरामा प्रहरी हिरासतमा रहेका सभापति लामिछानेको समर्थनमा आजपनि पोखराको ब...
नेपाल भुतपुर्व शैनिक संघ जिल्ला कार्य समिति संखुवासभाको तेश्रो जिल्ला अधिवेशन संखुवासभाको खाँदबारीमा सम्पन्न ÷ शेर्पाको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति चयन ( फोटो फिचर)
समाचार

नेपाल भुतपुर्व शैनिक संघ जिल्ला कार्य समिति संखुवासभाको तेश्रो जिल्ला अधिवेशन संखुवासभाको खाँदबारीमा सम्पन्न ÷ शेर्पाको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति चयन ( फोटो फिचर)

संखुवासभा कार्तिक १६ नेपाल भुतपुर्व शैनिक संघ जिल्ला कार्य समिति संखुवासभाको तेश्रो जिल्ला अधिवेशन संखुवासभाको खाँदबारीमा सम्पन्न भएको छ । बिहिबार सदरमुकाम खाँदबारीमा भएको अधिवेशनले निम्छिरी शेर्पाको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको छ । बिहिबार सम्पन्न अधिवेशनबाट सचिवमा पर्शुराम राई, कोषाध्यक्षमा दीपक श्रेष्ठ, सदस्यहरुमा बालकुमार राई, दावादिकी शेर्पा, धनरुपा मगर र नरबहादुर गुरुङ्ग निर्वाचित भएका छन् । कार्यक्रमको प्रमुख अतिथी भुतपुर्व सैनिक संघका केन्द्रिय सदस्य केवलमान गुरुङ्ग रहनुभएको थियो भने बिशिष्ट अतिथीहरुमा काँग्रेसका कार्यबाहक जिल्ला सभापति अनन्तकुमार गौली, सचिव टकमान घले, कोशी प्रदेस सदस्य राजेन्द्र घले, खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलिया लगायतले शुभकामना मन्तब्य राख्दै भुतपुर्व शैनिक संघले राणाकाल देखिनै नेपाली प्रजातान्त्रिक पद्धतिलाई अंगाल्दै देशको स...
नेपाल र बङ्गलादेशबीचको फाइनल खेल बेलुकी साढे ६ बजे महानगरले ३ ठाउँबाट प्रत्यक्ष प्रसारण गर्ने
खेलकुद, समाचार

नेपाल र बङ्गलादेशबीचको फाइनल खेल बेलुकी साढे ६ बजे महानगरले ३ ठाउँबाट प्रत्यक्ष प्रसारण गर्ने

कार्तिक १४ नेपाल र बङ्गलादेशबीचको फाइनल खेल आज बेलुकी साढे ६ बजे दशरथ रंगशालामा हुनेभएकाे छ । काठमाण्डौ महानगरपालिकाले साफ महिला च्याम्पियनशिप फुटबल अन्तर्गत नेपाल र बङ्गलादेशबीचको फाइनल खेल तीन ठाउँबाट प्रत्यक्ष प्रसारण गर्ने तैयारी गरेकाे छ ।फाइनल खेलको प्रत्यक्ष प्रसारण टुँडिखेल, चावहिल फुटबल ग्राउन्ड र सानो गौचरन (हाँडीगाउँ) बाट प्रत्यक्ष प्रसारण गरिने काठमाण्डौ महानगरले सुचना जारि गरेकाे छ । यी तीन ठाउँमा एलईडी स्क्रिनबाट फाइनल खेलको प्रत्यक्ष प्रसारण  गरिने महानगरकाे भनाई छ । नेपाल र बङ्गलादेशबीचको फाइनल खेल हेर्नका लागि एन्फाले आज बिहानदेखि काठमाण्डौको भद्रकाली र ललितपुरको जावलाखेलबाट टिकट बिक्री गरेको थियो । तर टिकट सकिएको भन्दै लाइनमा बसेकाहरूले नाराबाजी समेत गरेका थिए ।...
फरार बान्तवा कतारबाट फर्काइए
अपराध, समाचार

फरार बान्तवा कतारबाट फर्काइए

कार्तिक १४ पत्नीको हत्या गरेर फरार अभियुक्त भोजपुरका गजेन्द्र बान्तवा कतारबाट पक्राउ गरिएको छ । कर्तव्य ज्यान मुद्दामा इन्टरपोलले रेड नोटिस जारी गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको जनाईएको छ । एनसीबी दोहाको समन्वयमा कतारमा पक्राउ परेका बान्तवालाई सम्बन्धित मुद्दामा कारबाही गर्ने, गराउने प्रयोजनका लागि गत मंगलबार नेपाल ल्याईएको प्रहरीले जनाएको छ । प्रहरीको अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको विशेष पहलमा रेड नोटीस जारी भएपछि बान्तवालाई फिर्ता ल्याइएको प्रहरीको भनाई छ । २०७८ साल मंसिर ३ गते मेचीनगर नगरपालिका–११ झापा धाइजन बस्ने ४८ वर्षीय शर्मिला तामाङ आफ्नै कोठामा मृत भेटिएकि थिईन् । प्रहरी अनुसन्धानमा उनको हत्या भएको पाईएपछि इलाका प्रहरी कार्यालय धुलाबारीमा बान्तवाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी जाहेरी परेको थियो । मृतक शर्मिलाका दाजुले बान्तवा बिरुद्ध किटानी जाहेरी दिएका थिए । जाहेरी ...
अरुण भ्याली फुटबलको उपाधि पञ्चकन्या फुटबल क्लबलाई
खेलकुद, समाचार

अरुण भ्याली फुटबलको उपाधि पञ्चकन्या फुटबल क्लबलाई

कार्तिक १२ गत कार्तिक ६ गतेदेखि संखुवासभाकाे मानेभञ्ज्याङमा जारी अरुण भ्याल्ली फुटबल प्रतियाेगिताकाे उपाधि पञ्चकन्या फुटबल क्लबले चुमेकाे छ ।  साेमबार  चुलाचुली फुटबल क्लब धनकुटा र पञ्चकन्या संखुवासभाबिच भएकाे फाईनल खेलमा चुलाचुलीलाई १ का बिरुद्ध  २ गाेलकाे जित हाँसिल गर्दै उपाधि चुमेकाे हाे । प्रतियोगिताको हाफटाइमअगाडि चुलाचुली क्लब धनकुटाका तपन कार्कीले एक गोल गर्दै टिमलाई अग्रता दिलाए पनि हाफटाइमपछिकाे खेलमा पञ्चकन्याले दुई गाेल प्रहारगर्दै  पञ्चकन्याले उपाधि हात पारेकाे हाे । एडभान्स क्लबले आयोजना गरेकाे उक्त प्रतियाेगितामा १२ टिमकाे सहभागिता रहेकाे थियाे ।  प्रतियोगितामा सेकाहा क्लब र लोहोरुङ क्लब सेमिफाइनलिस्ट भएका छन्। प्रतियोगिताको बिजेताले नगद दुई लाख, उपविजेताले एक लाख तथा सेमिफाइनलिस्ट दुई टिमले नगद २५-२५ हजार रुपैयाँ प्राप्त गरेका छन्।...
हिमालय किरण पव्लिक क्याक्पसकाे प्रथम सभाबाट ९ जना निर्वाचित
शिक्षा, समाचार

हिमालय किरण पव्लिक क्याक्पसकाे प्रथम सभाबाट ९ जना निर्वाचित

संखुवासभा कार्तिक १० संखुवासभाकाे सदरमुकाम खाँदबारीस्थित हिमालय किरण पव्लिक क्याक्पसकाे प्रथम सभाबाट ९ जना पदाधिकारीहरु निर्वाचित भएका छन् । आज सम्पन्न क्याम्पस सभाले निर्वाचित गरेकाहरुमा सुन्दरी खतिवडा, कल्पना मगर ,दुर्गादेवि चापागाई, खड्ग बहादुर चापागाई, सुर्यबहादुर तामाङ, दुर्गा बहादुर विष्ट, शेर बहादुर बन, ऋतुबर्ण काफ्ले र उदय कुमार पुलामी निर्वाचित भएका छन् । बाँकी १० सदसिय पदेन सदस्य सहित जम्मा १९ जनाकाे समिति रहने बिधानत प्रावधान रहेकाे छ । । निर्वाचित सदस्यहरुकाे प्रथम बैठकबाट अध्यक्षकाे टुङ्गाे लाग्ने जनाईएकाे छ। ...