समाचार Archives - Page 25 of 77 - साझाकुरा
मङ्लबार, माघ ७, २०८२

समाचार

मौका छोपि बढाईएको अधिकत्तम टिकट भाँडादर तिन दिनका लागि नबढ्ने
समाचार

मौका छोपि बढाईएको अधिकत्तम टिकट भाँडादर तिन दिनका लागि नबढ्ने

असोज १४, चर्को विरोध भएपछि विमान कम्पनीहरूले आउँदो तीन दिनसम्म अधिकतम मूल्यमा हवाई टिकट बिक्री नगर्ने भएका छन् । विपत्तिको समयमा महँगो शुल्कमा हवाई टिकट बिक्री गरेको भन्दै नागरिकस्तरबाट चर्को आलोचना भएपछि वायु सेवा सञ्चालक सङ्घको आईतबार बसेको बैठकले आगामी तिन दिनका लागि अधिकतम मूल्य नलिने निर्णय गरेको हो । आज सोमवार, पर्सि मङ्गलवार र बुधवारसम्म यात्रुलाई टिकट बिक्री गर्दा अधिकतम मूल्य नलिने निर्णय गरिएको सङ्घका अध्यक्ष मनोज कार्कीले बताए । आपतकालिन अवस्थाले जनजिवन तहसनहस भएको मौका छोपि भाडादर बढाएको भन्दै तिब्र आलोचना शुरु भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत विपत्तिको समयमा भाडादर नबढाउन आग्रह गरेका थिए। अहिले काठमाण्डौ आउने मुख्य सडकमार्गहरु केहिदिनको बर्षादका कारण अवरुद्ध भईरहेका छन् ।...
झ्याप्लेखोलामा पहिरोले पुरिएका बसबाट १४ जनाको शव निकालियो
समाचार

झ्याप्लेखोलामा पहिरोले पुरिएका बसबाट १४ जनाको शव निकालियो

असाेज १२ काठमाडौंको नागढुंगादेखि मुनि झ्याप्लेखोलामा पहिरोमा पुरिएको दुईवटा बसबाट १४ जनाको शव निकालिएको छ । शनिबार बिहान पहिरो जाँदा धादिङ जिल्लाको झ्याप्ले खोलामा माइक्रोबसहरु पुरिएका थिए । त्यस क्रममा लु १ ज ४५७८ नम्बरको माइक्रोबसबाट ५ वटा शव निकालिएको हो ।त्यस्तै नम्बर नखुलेको अर्को बसबाट ९ जनाको शव निकालिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए । ती बसहरु शनिबार साँझ एक्साभेटरको सहायताले निकालिएको थियो ।पहिरोमा अरु बसहरु पनि पुरिएको आशंकामा प्रहरीले खोजी गरिरहेको छ ।...
पहिरोले घर बगाउदा धनकुटामा दुईको मृत्यु
समाचार

पहिरोले घर बगाउदा धनकुटामा दुईको मृत्यु

असाेज १२ कविराज घिमिरे  धनकुटा (हिले) असोज १२ गते । धनकुटाको पाख्रिवासमा पहिरोले घर बगाउदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाख्रिवास नगरपालिका वडा नम्वर पाँच गुराँसे डाँडाको ३५ वर्षीय आषा तामाङ्ग र उहाँकी आमा करिब ५० वर्षीय राम कुमारी तामाङ्ग रहनु भएको छ । बिहान करीब साढे तीन बजे तिर घर बगाउन लागे पछि घरमा रहेको सामान निकाल्न गएको आमाछोरीको पहिरोले पुरेर  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक विश्व खड्काले जानकारी दिनुभयो । यता धनकुटाको छथर जोरपाटी गाँउपालिका ६ सिधुवामा पहिरोले गोठ पुरिदा एक दर्जन बढि चौपाया पुरेको स्थानीय अर्जुन घिमिरेले जानकारी दिनुभयो । सिधुवा बजार पछाडी वाट गएको पहिरोको कारण बजारका केहि घर समेत जोखिममा परेका छन् ।...
एक सयभन्दा धेरै केन्द्रमा सतर्कता तहभन्दा बढी वर्षा
समाचार

एक सयभन्दा धेरै केन्द्रमा सतर्कता तहभन्दा बढी वर्षा

असाेज १२ हिजोदेखिको लगातार वर्षाले देशका सबै नदी र खोलामा बाढी आएको छ । एक सयभन्दा धेरै वर्षामापन केन्द्रमा सतर्कता तह भन्दा बढी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी, नारायणी, बागमती, पश्चिम राप्ती, तिनाउ, बाणगङ्गा, मेची, कन्काइ, लालबकैया लगायतका नदी र ती नदीका सहायक नदी तथा खोलामा बाढीले सतर्कता तह पार गरेको छ । अरू नदी खोलामा पनि बाढी आएकाले उच्च सावधानी अपनाउन मौसम विभागले आग्रह गरेको छ । विभागले बाढीको जोखिम क्षेत्रमा रहेका बासिन्दालाई सुरक्षित ठाउँमा जान र सतर्क भएर बस्न आग्रह गरेको छ । त्यस्तै अनावश्यक यात्रा नगर्न, होचो भू–भागमा भए सुरक्षित र उचाइमा रहेको ठाउँमा जान तथा बाढीका सूचनाबारे अपडेट रहन विभागले आग्रह गरेको छ । श्राेत:उज्यालाे अनलाईन...
सहकारी ठगीका आरोपी फरार मेयर नेपालीलाई भारतबाट नेपाल ल्याईदै
अपराध, समाचार

सहकारी ठगीका आरोपी फरार मेयर नेपालीलाई भारतबाट नेपाल ल्याईदै

असोज ११ सहकारी ठगी आरोपमा फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई भारतको नयाँदिल्लीमा पक्राउ गरिएको छ । सुरक्षा अधिकारीहरुले उनलाई नियन्त्रणमा लिईएको जनाएका छन् । इन्टरपोलमा समेत रेड नोटिस जारी गरि खोजि शुरु गरिएको उनलाई दिल्लीमा भारतिय प्रहरीले फेला पारेर नेपाल प्रहरीलाई बुझाउने तैयारी गरेको जनाईएको छ । सहकारी ठगी प्रकरणमा जोडिएपछि मेयर नेपाली गत २०८० जेष्ठ ५ गते देखि फरार भएका थिए । इमेज सहकारीका संस्थापक अध्यक्ष नेपालीसहित नेपालीसहित कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन र सञ्चालक सदस्यहरू चित्रबहादुर भण्डारी, रूपा विक र झगबहादुर शाहीलाई ७ वैशाखमा गृहमन्त्रालयले यात्रा अनुमतिमा रोक लगाएको थियो । बचतकर्ताको २ अर्बभन्दा बढी रकम हिनामिना गरेको आरोप उनीमाथि छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले जेठ १६ गते...
सप्तकोशीमा बस खस्यो क्षतिकाे पिवरण आउन बाँकि
समाचार

सप्तकोशीमा बस खस्यो क्षतिकाे पिवरण आउन बाँकि

असाेज १० यात्रुबाहक बस सप्तकोशी नदीमा खसेको छ। केही बेरअघि कोशी ब्यारेजको पुलबाट बस खसेको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए। उनका अनुसार अहिले साँझ करिब ६ बजे यात्रुसहित बस सप्तकोशी नदीमा खसेको जानकारी आएको छ। ‘बस खस्यो भन्ने जानकारी आएको छ। हामी घटनास्थलतर्फ जाँदै छौं। थप केही खुलेको छैन,’ तिवारीले भने। कोशी ब्यारेजको पुलमा गुडिरहेको बस आफैं अनियन्त्रित भएर पुलको बार भत्काउँदै नदीमा खसेको प्रहरीले जनाएको छ। घटनामा ठूलो क्षति भएको हुनसक्ने आशंका छ। घटनाको थप विवरण प्राप्त हुन सकेको छैन। श्राेत: अन्नपुर्ण पाेष्ट...
सहकारी ठगीको करोडौं रकम फिल्ममा डुब्यो
अपराध, समाचार

सहकारी ठगीको करोडौं रकम फिल्ममा डुब्यो

२०८१ असोज १० सहकारी ठगी प्रकरणमा फिल्म क्षेत्र समेत तानिएको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी विशेष छानविन प्रतिवेदन २०८१ मा सहकारी ठगीको रकम चलचित्र क्षेत्रमा समेत प्रयोग भएको भेटिएको उल्लेख छ । काठमाडौंको कीर्तिपुरमा रहेको दर्शन बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष दिनेश दर्शनधारीले ठूलो लागतमा सिनेमा र म्युजिक भिडियो बनाएको र त्यसमा सहकारीको ठूलो लगानी फसेको जनाइएको छ । कीर्तिपुरका स्थानीय दर्शनधारीले नेपाल प्रहरीका पूर्व एआईजी छविराज जोशीका छोरा रोचक जोशी, अभिनेता शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ तथा करिश्मा मानन्धरकी छोरी कविता मानन्धरलाई म्युजिक भिडियो र सिनेमामा डेब्यु गराउने भनेर ठूलो लगानी गरेको प्रतिवेदनमा उल्लेख छ । दर्शनधारीका भाइ योगेन्द्र दर्शनधारीले निर्मल बुद्धभूमि बचत तथा कृषि फार्म नै चलाएको समेत प्रतिवेदनमा उल्लेख छ । सरकारले सहकारी संस्था बचत र...
पालिकाको उपचुनावका लागि आजदेखि दल दर्ता
समाचार

पालिकाको उपचुनावका लागि आजदेखि दल दर्ता

असाेज १० आउँदो मंसिर १५ गते हुने पालिकाको उपचुनावका लागि आजदेखि दल दर्ता शुरु हुँदैछ । आजदेखि आउँदो १६ गतेसम्म निर्वाचन आयोगको केन्द्रीय कार्यालय कान्तिपथमा दल दर्ताको काम हुनेछ । पलिकाको ३९ रिक्त पदमा उपचुनाव हुन लागेको हो  । निर्वाचन  आयोगका अनुसार ओखलढुङ्गा र कैलालीका जिल्ला समन्वय सिमिति प्रमुख, काठमाण्डौको कीर्तिपुर नगरपालिका मेयर तथा मोरङको ग्रामनाथ गाउँपालिका र दैलेखको महाबु गाउँपालिका अध्यक्ष, जाजरकोटको नलगाड नगरपालिकाका उपमेयर, दोलखाको गौरीशंकर गाउँपालिका र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पद रिक्त छन्  । त्यस्तै झापाको कन्काई नगरपालिका– ६, मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष, तेह्रथुमको लालीगुराँस नगरपालिका– ८, सुनसरीको गढी गाउँपालिका– ६, ओखलढुङ्गाको मोलुङ गाउँपालिका– ५, उदयपुरको त्रियुगा गाउँपालिका– १२, बेलका नगरपालिका– ८, सप्तरीको डाक्नेश्वरी नगरपालिका...
पर्यटन प्रवर्धनका लागि खाँदबारी रनको तैयारी तिब्र
खेलकुद, समाचार, स्वास्थ्य

पर्यटन प्रवर्धनका लागि खाँदबारी रनको तैयारी तिब्र

असोज ९ दशैं तिहारको अवसर पारेर संखुवासभाको सदरमुकाम खाँदबारीमा रहेको खाँदबारी युथ क्लवले आयोजना गर्न लागेको खाँदबारी रनको तैयारी तिब्र रुपले अघि बढेको छ । प्रर्यटन प्रवर्धन, खाँदबारी रन भन्ने नाराका साथ आयोजना हुनलागेको प्रतियोगिता आगामी असोज १७ गते घटस्थापनाको दिन संचालन गरिने खाँदबारी युथ क्लवका महासचिव सुरेन शाक्यले बताए । अहिले प्रतियोगिता संचालनका लागि जिम्मेवारी बाँडफाँड, दाताहरुको अन्तिम नामावली तैयारी, स्वास्थ्संस्थासंगको समन्वय लगायतका कामहरु अघि बढाईएको महासचिव शाक्यको भनाई छ । प्रतियोगितामा बिभागिय , खुल्ला पुरुष र महिला टिमको सहभागिता रहने आयोजक खाँदबारी युथ क्लवका कार्यबाहक अध्यक्ष मुनहाङ् गुरुङ्गले जनाए । उनले बिभागिय टिमका धावकले १२ किलोमिटर, खुल्ला पुरुष सहभागिले १० किलोमिटर र खुल्ला महिला र ४० वर्ष माथिका सहभागिले ७ किलोमिटर दुरी पार गर्नूपर्ने प्रावधान रहेको खाँदबारी य...