समाचार Archives - Page 30 of 77 - साझाकुरा
मङ्लबार, माघ ७, २०८२

समाचार

पाँचथरमा चार्जमा राखेको मोबाइल चलाउँदा करेण्ट लागेर एक किशोरको मृत्यु
समाचार

पाँचथरमा चार्जमा राखेको मोबाइल चलाउँदा करेण्ट लागेर एक किशोरको मृत्यु

भाद्र ९ चार्ज गर्न राखेको मोबाइल चलाउँदा पाँचथरमा एक किशोरको मृत्यु भएको छ। फिदिम २ पल्लोटारमा अस्थाइरुपमा बसोबार गर्दै आएका लादी गाउँपालिका ६ नुवाकोटका बद्रिकुमार पाण्डेका छोरा १५ वर्षीय युवराज पाँण्डेको करेन्ट लागेर मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । शनिबार राति साढे ६ बजे मोबाइल चार्जमा राखी चलाउँदा पाण्डेलाई करेण्ट लागेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । उनको शव पोष्टमार्टमको लागी जिल्ला अस्पताल पाँचथरको शवगृहमा राखिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । श्राेत:केञ्जाे खबर डट कम...
मोटरसाइकल दुर्घटनामा वडाध्यक्षको मृत्यु
समाचार

मोटरसाइकल दुर्घटनामा वडाध्यक्षको मृत्यु

भाद्र ९ महोत्तरीको रामगोपालपुर नगरपालिका २ का वडाध्यक्ष मुकेशकुमार यादवको आज सवारी दुर्घटनामा परि ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयका महेत्तरिका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष यादवको मोटरसाइकल दुर्घटनामा परि आज बिहान मृत्यु भएको जानकारी दिए । जलेश्वर–बर्दिबास सडक खण्डमा पर्ने बर्दिबास नगरपालिका–८ स्थित कल्भर्टमा वडाध्यक्ष यादव चढेको लु प्र ०१–००१प ६३६२ नम्बरको मोटरसाइकल दुर्घटना भएको प्रहरीको भनाई छ । वडाध्यक्ष यादव नेपाल कम्प्युनिष्ट पार्टी माओवादी केन्द्रबाट गत स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका थिए ।...
राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको अन्तरिम आदेश
राजनीति, समाचार

राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको अन्तरिम आदेश

भाद्र ९ सर्वोच्च अदालतले सामाजिक सुरक्षा भत्ता लिनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । गत शुक्रबार न्यायाधीशहरू मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले उक्त आदेश जारी गरेको हो । यो मुद्दाको किनारा नलाग्दासम्म सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र आवश्यक पर्ने नियम तत्कालका लागि कार्यान्वयन नगर्न भनेको छ । यसअघि असार ३० गते न्यायाधीश विनोद शर्माको इजलासले यसबारे कारण देखाऊ र अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । असार २८ गते अधिवक्ता रामबहादुर राउतसहित दुई जनाले सर्वोच्च अदालतमा यस सम्वन्धमा रिट दर्ता गरेका थिए । सरकारले सामाजिक सुरक्षा भत्ता लिनलगायत अन्य सेवामा पनि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि जिल्ला प्रशासन कार्यालयहरूमा भीड बढेको छ । सरकारले साउन १ गतेदेखि लागू हुने गरी पहिलो चरणमा २८ वटा जिल्लामा सामाजिक सुरक्...
संखुवासभा उम्लिंङबाट ईटहरी गैरहेको सुमो फोकल्यण्ड टापुमा दुर्घटना
समाचार

संखुवासभा उम्लिंङबाट ईटहरी गैरहेको सुमो फोकल्यण्ड टापुमा दुर्घटना

भाद्र ९ संखुवासभा उम्लिंङ्बाट ईटहरी जाँदै गरेको को १ ज २१३५ नम्बरको सुमो धनकुटाको फोक्लैन्ड टापुमा दुर्घटना हुँदा दुई जना घाईते भएका छन् । दुर्घटनामा परि ड्राइभर सहित अन्य ७ जना सकुशल रहेको जनाईएको छ । फोकल्याण्ड टापुबाट करिब १२० मिटर मुनि भिरमा खसेको सुमो गाडी दुर्घटना हुँदा घाईते भएकाहरुलाई धनकुटा अस्पतालमा उपचारका लागि लगिएको बताईएको छ । दुर्घटना के कारणले भएको हो भन्ने पुर्ण बिवरण नआएपनि ब्रेक फेल भएर दुर्घटनामा परेको अनुमान गरिएको छ ।...
संखुवासभाको १० वटा स्थानीय तह मध्ये लिजामा मकालु गाउँपालिका प्रथम
समाचार

संखुवासभाको १० वटा स्थानीय तह मध्ये लिजामा मकालु गाउँपालिका प्रथम

भाद्र १० संखुवासभा जिल्लाको १० पालिका मध्ये संस्थागत क्षमता स्वमुल्याङकन (लिजा)मा मकालु गाउँपालिका प्रथम भएको छ । गत आर्थिक बर्ष २०७९।०८० को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको गणुस्तर परीक्षण पश्चातको अन्तिम नतिजा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरबार, काठमाडौँ ले ६ भदौ विहिबार सार्वजनिक गरेको नतिजामा मकालुले जिल्लामा प्रथम स्थान हाँसिल गरेको हो । सो अन्तिम नतिजा अनुसार केही बर्षअघि ७५३ स्थानीय तहमध्ये अन्तिम भएको मकालु गाउँपालिका जिल्लास्तरमा प्रथम भएर इतिहास रचेका छन् । लिजाको नतिजा अनुसार १०० अंकमा मकालु गाउँपालिकाले ७३.५० अंक प्राप्त गर्दै जिल्लाको १० वटा स्थानीय तहमा प्रथम बनेको हो । त्यसैगरि जिल्ला सदरमुकाम रहेको खाँदबारी नगरपालिका १० वटा स्थानीय तहमा दोस्रो बनेको छ । खाँदबारी नगरपालिकाले ७३ अंक प्राप्त गरेका छन् । त्यसैगरि सभापोखरी गाउँपालिकाले ७२.७५ ...
भारतमा नेपाली तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ३५ बढी घाइते
समाचार

भारतमा नेपाली तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ३५ बढी घाइते

भाद्र ९ भारतको बिहार राज्यमा नेपाली तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ३५ भन्दा बढी यात्रु घाइते भएका छन् । आइतबार बिहारको समस्तीपुर मुसरीघरारी चौराहा नजिक उक्त बस दुर्घटनामा परेको हो। घाइतेहरूको सदर अस्पताल र मुसरीघरारीको उक निजी क्लिनिकमा उपचार भइरहेको बताइएको छ। तीव्र गतिमा दौडिरहेको ट्रकले पछाडिबाट ठक्कर दिएपछि उक्त बस सडकमै पल्टीएको थियो । उक्त बसमा ४३ जना नेपाली तिर्थयात्रीहरु रहेका थिए । उनिहरु बारा जिल्लाबाट धार्मिक भ्रमणमा निक्लिएको जनाईएको छ । दुर्घटनाका बारेमा थप जानकारी आउन बाँकि रहेको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।  ...
ड्युटी गर्दागर्दै अचानक बेहोस भएका प्रहरी सहायक हवल्दारको निधन
समाचार

ड्युटी गर्दागर्दै अचानक बेहोस भएका प्रहरी सहायक हवल्दारको निधन

भाद्र ९ संखुवासभा : ड्युटी गर्दागर्दै अचानक बेहोस भएका प्रहरी चौकी मंगलबारेमा कार्यरत प्रहरी सहायक हवल्दार पुरुषोत्तम निरौलाको निधन भएको छ । मादी नगरपालिका २ मा ड्युटीकै क्रममा बेहोस भएका निरौलालाई तेह्रथुमको बसन्तपुरमा रहेको स्वास्थ्य चौकीम पुर्याईएकाेमा शनिबार साँझ उनलाई मृत घोषणा गरिएको थियो ।जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी घनश्याम श्रेष्ठका अनुसार शनिबार ड्युटी गर्दागर्दै निरौला एक्कासी लडेर बेहोस भएका थिए । उनको शव धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्थानबाट उनको घर सोलुसम्बु लगेर परिवारलाई शव बुझाईने डिएसपी श्रेष्ठले बताए ।...
चट्याङबाट शिलिचाेङमा एककाे मृत्यु
समाचार

चट्याङबाट शिलिचाेङमा एककाे मृत्यु

भाद्र ९ शनिबार साँझ करिव ६:०० बजे परेकाे चट्याङले घरमै रहेको अवस्थामा सिलिचोङ ४ माङ्तेवा निवासी तिर्थ कटुवालकाे मृत्यु भएकाे छ । चट्याङबाट घाइते भएका उनलाई थप उपचारका लागि अस्पताल लैजादै गर्दा मृत्यु भएकाे जनाईएकाे छ । चट्याङबाट गाउँका कम्तिमा ५ जना बेहोस भएका थिए । अन्य अवस्था हाल सामन्य रहेको वडासचिव पौरख खातिले जानकारी दिए । चट्याङबाट माङतेवा क्षेत्रको विद्युतको वाईरिङ, इन्टरनेट राउटर लगायतमा क्षती पुगेकाे वडा सचिब खातिले जनाए । -...
अस्पतालको बेडबाट फरार थुनुवा चार दिनपछि समातिए
अपराध, समाचार

अस्पतालको बेडबाट फरार थुनुवा चार दिनपछि समातिए

भाद्र ८ झापाःअस्पतालको बेडबाट केहि दिन अघि हतकडी फुस्काई फरार रहेका थुनुवा चार दिन पछि पुन पक्राउ परेका छन् । लागु औषध मृद्धाका थुनुवा दमक नगरपालिका–३ भुटानी शरणार्थी सेक्टर जी थ्री हाल बिर्तामोड–१ मा डेरा गरी बस्ने २५ वर्षीय विशाल राई लाई शनिबार प्रहरीले पक्राउ गरेको हो । उनलाई अजुनधारा ११ स्थित नयाँ बसपार्कबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए। भदौ ४ गते दिउँसो ४ बजे पेट दुख्ने बिरामी भएको बहाना बनाई बिर्तामोडस्थित बिर्तासिटी अस्पताल भर्ना भएका उनि मध्यराति हतकडी फुस्काई फरार रहेका थिए । राईको सुरक्षामा लापर्वाही गरेको भन्दै उनको निगरानिमा खटिएका प्रहरी हवल्दार बमबहादुर राईलाई निलम्बन गरिएको थियो ।...
एकै महिनामा ६० हजार नेपाली बिदेशिए
अन्तर्राष्ट्रिय, समाचार

एकै महिनामा ६० हजार नेपाली बिदेशिए

भाद्र ८ अघिल्लो एक महिना अर्थात श्रावण महिनामा बिदेशिने नेपालीका संख्या ६० हजार पुगको छ । वैदेशिक रोजगार विभागले चालु आव २०८१÷०८२ को शुरुआत साउनमा श्रम स्वीकृति लिएर ५९ हजार ५५० जना नेपालीले वैदेशिक रोजगारीको खोजिमा देश छाडेको जनाएको छ । साउनमा २५ हजार पाँच सयले संस्थागत रूपमा र १० हजार ७ सय ५३ जनाले व्यक्तिगत श्रम स्वीकृति लिएर बिदेश हानिएको रोजगार विभागले उल्लेख गरेको छ । बिभागले जीटूजी मार्फत ६ सय ६८ जना गएका छन् । साउनमा ५१ हजार ४३० जना पुरुष र ८ हजार ११४ जना महिला वैदेशिक रोजगारीमा गएको विभागको तथ्यांकमा देखिन्छ । बिदेश जानेमा तुलनात्मक रुपमा मलेसिया जानेको संख्या भने घटेको छ । यो श्रावणमा मलेसियामा १ हजार ३४४ जना मात्र गएका छन् । गत मार्चमा मलेसियाले आप्रवासी श्रमिक लैजान कटौती पछि यो संख्यामा कमी आएको बताईएको छ । गएको श्रावण महिनामा सबैभन्दा धेरै यूएई गएको विभागका निर्देशक...