समाचार Archives - Page 42 of 77 - साझाकुरा
सोमवार, माघ ६, २०८२

समाचार

नेपाल पत्रकार महासंघको निर्वाचन फेरि स्थगित
समाचार

नेपाल पत्रकार महासंघको निर्वाचन फेरि स्थगित

असार २२ आज अर्थात असार २२ गते हुने भनिएको नेपाल पत्रकार महासंघको निर्वाचन फेरि स्थगित भएको छ । शुक्रबार महासंघको केन्द्रीय निर्वाचन समितिले विज्ञप्ति मार्फत निर्वाचन स्थगित गरिएको जनाएको छ । निर्वाचन सम्पन्न गर्नका लागि गठित निर्वाचन समिति सक्रिय रहँदा रहँदै पनि सदस्यताका बिषयमा केहि बिवाद देखिएकाले आज हुने गरि तोकिएको निर्वाचन अर्काे सुचना नभएसम्मका लागि स्थगित गरिएको नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोख्रेलले जनाए । पत्रकार महासंघबाट निर्वाचनको मिति तोकिनासाथ चुनावी कार्यक्रम अघि बढाउन निर्वाचन समित तैयार रहेको निर्वाचन समितिले जनाएको छ । महासंघले यस अघि जेठ २६ गतेका लागि निर्वाचनको मिति तोकेको र सो मितिमा निर्वाचन सम्पन्न हुन नसकेपछि असार २२ मा निर्वाचन मिति तोकेको थियो ।...
मनसुन थप सक्रिय : पर्सि आइतवारसम्म बाढीपहिरो र डुबानको जोखिम
समाचार

मनसुन थप सक्रिय : पर्सि आइतवारसम्म बाढीपहिरो र डुबानको जोखिम

असार २१ पर्सि आइतवारसम्म देशभर हल्कादेखि ठूलो वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, मधेस र बागमती प्रदेशका थोरै ठाउँमा ठूलो वर्षाको सम्भावना छ । त्यसैगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षा तथा थोरै ठाउँमा निकै ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । मनसुन अझ सक्रिय हुने सम्भावना भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । पर्सिसम्म भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्न सक्ने महाशाखाले जानकारी गराएको छ । दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारी गर्न महाशाखाले सबैसँग आग्रह ...
धनुषामा पोखरीमा डुबेर ३ जना बालिकाको ज्यान गयो
समाचार

धनुषामा पोखरीमा डुबेर ३ जना बालिकाको ज्यान गयो

असार २० धनुषामा पोखरीमा डुबेर तीन जना बालिकाको ज्यान गएको छ । ज्यान गुमाउनेमा १० देखि १२ वर्ष उमेरका मुस्कान खातुन, जिनत खातुन र अजमेरी खातुन रहेका छन् । आज दिउँसो नुहाउने क्रममा धनौजी गाउँपालिका–५ बहुअर्वामा रहेको सार्वजनिक पोखरीमा डुबेर उनीहरूको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिनुभयो । बालिकाहरू पोखरीमा डुबेको देखेपछि स्थानीयवासीले तत्कालै उद्धारको प्रयास गरे पनि सफल हुन सकेन । ज्यान गुमाएका उनीहरूको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको प्रहरीले जनाएको छ । श्राेत:उज्यालाे अनलाईन...
सिन्धुलीमा पोखरीमा डुबेर २ बालकको मृत्यु
समाचार

सिन्धुलीमा पोखरीमा डुबेर २ बालकको मृत्यु

असार २० सिन्धुलीको दुधौली पोखरीमा डुबेर २ बालकको ज्यान गएको छ । चुरे उत्थानशील आयोजनाले निर्माण गरिरहेको पोखरी अलपत्र रुपमा त्यसै छाडिँदा पोखरीको पानीमा डुबेर २ जना बालकले ज्यान गुमाउनु परेको स्थानीयले बताएका छन् । पोखरीमा डुबेर दुधौली नगरपालिका–६ का संजिव कुमारका ९ वर्षीय छोरा अनिश कुमर र बासुराम कुमरका ६ वर्षीय छोरा संजल कुमारको मृत्यु भएको प्रहरीले जनाएको छ । डुबेपछि उद्धार गरिएको उनिहरुलाई उपचारका लागि नगर हस्पिटल सिर्थौली लगिएकोमा चिकित्सकले दुवैलाई मृत घोषणा गरेको थियो ।...
सुनको भाउ एकै दिन तोलामा सोह्र सयले बढ्यो
अर्थ/व्यापार, समाचार

सुनको भाउ एकै दिन तोलामा सोह्र सयले बढ्यो

असार २० सुनको भाउ आज बिहिबार एकैदिन तोलामा सोह्र सयले बढेको छ । हिजो बुधबार तोलाको १ लाख ४२ हजार ७ सयले कारोबार भएको सुनको भाउ आज एक हजार छ सय रुपैयाँले बढेर १ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघको भनाई छ । आज चाँदीको भाउ पनि सामान्य रुपले बढेको छ । चाँदीको भाउमा आज ४० रुपैयाँ बृद्धि भएर तोलाको १ हजार ८ सय ६५ रुपैयाँ पुगेको छ ।  ...
राजिनामा बुझाउन गएका रास्वपा मन्त्री त्यसै फर्किए
राजनीति, समाचार

राजिनामा बुझाउन गएका रास्वपा मन्त्री त्यसै फर्किए

असार २० राजीनामा बुझाउन प्रधानमन्त्री निवास बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरु अन्तत त्यसै फकिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल र रास्वपा सभापति रवी लामिछाने बिच २ घण्टाको लामो छलफलपछि राजिनामा बुझाउन बालुवाटार पुगेका रास्वपा नेताहरु राजिनामा नबुझाई फर्किएको जनाईएको छ । एमालेका मन्त्रीहरुको राजिनामा पछि अल्पमतमा परेका प्रधानमन्त्री दाहालले आफूले संसदबाट विश्वासको मत लिने ढृणता राखेकाले प्रधानमन्त्री दाहालको आग्रह अनुशार रास्वपाका मन्त्रीहरु राजिनामा नदिई फर्किएको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बताए । बिहीबार बिहान सरकारमा रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, श्रम तथा रोजगार मन्त्री डोलप्रसाद अर्याल, शिक्षा मन्त्री सुमना श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ प्रधानमन्त्री समक्ष राजिनामा बुझाउन बालुवाटार गएका थिए ।...
रास्वपाका मन्त्रीहरुले आज राजीनामा बुझाउँदै
राजनीति, समाचार

रास्वपाका मन्त्रीहरुले आज राजीनामा बुझाउँदै

असार २० राष्ट्रिय स्वतन्त्र पार्टीका चार मन्त्रीहरुले आज राजीनामा दिने भएका छन् । सरकारमा रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, श्रम तथा रोजगार मन्त्री डोलप्रसाद अर्याल, शिक्षा मन्त्री सुमना श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले राजीनामा दिने भएका हुन् । रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर आजै मन्त्रीहरुले राजीनामा बुझाउने जानकारी दिए । नेकपा एमालेले माओवादी केन्द्रसँगको सत्ता समीकरण तोड्दै नेपाली काँग्रेससँग गठबन्धन गरेपछि पुष्पकमल दाहालको सरकार अल्पमतमा परेको छ । ...
रास्वपाका महामन्त्री मुकुल ढकाल निलम्बित 
राजनीति, समाचार

रास्वपाका महामन्त्री मुकुल ढकाल निलम्बित 

असार २० राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकाललाई पदबाट निलम्वि त गरेको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकमा अमर्यादित र अनुशासनहिन व्यवहार प्रदर्शन गरेकाले केन्द्रीय अनुशासन आयोगसँग परामर्श गरेर सात दिनका लागि निलम्बन गरिएको सहप्रवक्ता मनिष झाले जानकारी दिए । केन्द्रीय समितिले सभापति रवी लामिछानेको प्रस्तावमा सहमहामन्त्री कबीन्द्र बुर्लाकोटीलाई कार्यवाहक महामन्त्री र सहप्रवक्ता झालाई कार्यवाहक प्रवक्ता तोकेको छ । निलम्बनको निर्णयपछि महामन्त्री ढकालले आफूलाई स्पष्टीकरणको मौका नदिई कारवाही गरेको गुनासो गरेका छन् ।...
संखुवासभाका सुरेश अधिकारी प्रतिनिधि सभाकाे सचिवमा नियुक्त
समाचार

संखुवासभाका सुरेश अधिकारी प्रतिनिधि सभाकाे सचिवमा नियुक्त

असार १९ राष्ट्रपति रामचन्द्र पौडेलले सङ्खुवासभाका सुरेश अधिकारीलाई प्रतिनिधि सभाको सचिवमा नियुक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले प्रतिनिधि सभाका सभामुखको सिफारिशमा खाँदबारी नगरपालिका–२ निवासी अधिकारीलाई सङ्घीय संसद्, प्रतिनिधि सभाको सचिव पदमा नियुक्त गर्नुभएको हो । ‘राष्ट्रपति पौडेलले प्रतिनिधि सभाका सभामुखको सिफारिशमा नेपालको संविधानको धारा, १०६ को उपधारा (१) बमोजिम खाँदबारी नगरपालिका–२ निवासी अधिकारीलाई सङ्घीय संसद्, प्रतिनिधि सभाको सचिव पदमा नियुक्त गरिएकाे राष्ट्रपतिको कार्यालयले विज्ञप्ति मार्फत जनाएकाे छ । श्राेत:उज्यालाे अनलाईन...
नेपाली काँग्रेस र नेकपा एमालेबीच सहमति
राजनीति, समाचार

नेपाली काँग्रेस र नेकपा एमालेबीच सहमति

असार १८ नयाँ सरकार गठनका लागि नेपाली काँग्रेस र नेकपा एमालेबिच सहमति भएको छ । सोमबार दिनभरको दोडधुपछि मध्यरातमा दुई ठुला दल नेपाली काँग्रेस र नेकपा एमालेबीच सहमति भएको हो । सरकार बनाउने सहमतिका लागि काँग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच सहमति पत्रमा हस्ताक्षर भएको छ । पहिलो चरणमा एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठन गर्ने र दोस्रो कार्यकाल देउवाको नेतृत्वमा सरकार गठन हुने सहमति भएको छ । त्यस्तै सहमतिमा कुन पार्टीले कति मन्त्रालय लिने र प्रदेशमा कुन पार्टीले कति प्रदेश सरकारको नेतृत्व लिने भन्ने विषय पनि समावेश गरिएको छ । जसअनुसार एमालेले कोशी, लुम्बिनी र कर्णाली प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कांग्रेसले बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्नेछ । मधेश प्रदेश सरकारको नेतृत्व भने मधेशवादी दललाई नै दिने सहमति भएको छ । यसैगरि निर्व...