संखुवासभाका १३ हजार बढि बालबालिकालाई दादुरा रुबेलाको खोप लगाईदै
संखुवासभाका १३ हजार बढि पाँच बर्षमुनीका बालबालिकालाई दादुरा रुबेलाको खोप लगाइने भएको छ ।
आइतबार सदरमुकाम खाँदबारीमा स्वास्थ्य कार्यालय संखुवासभाको आयोजनामा दादुरा रुबेला खोप अभियान, जिल्ला खोप समन्वय समिति र संचारकर्मीहरुसँगको अभिमुखीकरण कार्यक्रममा यस्तो जानकारी दिइएको हो ।
संखुवासभाका १३ हजार १४८ जना नौ महिना देखि ५९ महिना अर्थात पाँच बर्षमुनीका बालबालिकाहरुलाई दादुरा रुबेला विरुद्धको खोप अभियानकै रुपमा संचालन गर्न लागिएको हो । दादुरा रुबेला विरुद्धको खोप अभियान यहि फागुन २७ गते देखि चैत्र २ गते सम्म ६ दिन जिल्लाका १० वटै स्थानीय तहमा एकैपटक लागु हुने स्वास्थ्य कार्यालय संखुवासभाका प्रवक्ता रोशन श्रेष्ठले बताए । उनले अभियान सफल बनाउन सबैकाे हातेमालो आवश्यक भएकाेमा जाेड दिए ।
कार्यक्रममा दादुरा रुबेलाको बारेमा स्वास्थ्य कार्यालय संखुवासभाका जनस्वास्थ्य अधिकृत पशुपति खनालले प्रस्...








