समाचार Archives - Page 65 of 76 - साझाकुरा
शनिबार, माघ ४, २०८२

समाचार

ओखलढुङ्गामा आगलागिमा परि एक जनाको मृत्यु
समाचार

ओखलढुङ्गामा आगलागिमा परि एक जनाको मृत्यु

ओखलढुङ्गा जिल्लामा हिजो साँझ भएको आगलागिमा परि एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आगो निभाउन खटिएकी मानेभञ्ज्याङ गाउँपालिका वडा नम्बर ७ हर्कपुर ठेगाना भएकी ३९ वर्षीया कमला दाहाल गौतमको मृत्यु भएको ओखलढुङ्गा प्रहरीले जनाएको छ । आगलागिमा परि कमलाकी देउरानी २७ वर्षीया जानुका गौतम शख्त घाइते भएकी छिन् । हाल उनको उदयपुरमा रहेको जनसेवा हेल्थ केयर घुर्मीमा उपचार भइरहेको छ । सोमबार साँझ ५ः३० तिर भएको आगलागि पेट्रोलियम पदार्थको प्रयोग गरि आगोबाल्ने क्रममा भएको प्रहरीले प्रारंम्भिक अनुमान लगाएको छ । घटनाको सम्बन्धमा थप अनुशन्धान अघि बढाईएको प्रहरीको भनाई छ ।...
इजरायलमा मारिएका थप तीन नेपालीको शव पहिचान
समाचार

इजरायलमा मारिएका थप तीन नेपालीको शव पहिचान

गत असोज २० गते हमासको आक्रमणमा मारिएका तीन नेपाली विद्यार्थीको शव पहिचान भएको छ । इजरायलको किबुचमा प्रशिक्षणमा रहेका बेला हमासको आक्रमणमा परेर ज्यान गुमाएका १० जनामध्ये थप तीनजना नेपाली विद्यार्थीको शव पहिचान भएको हो । तेलअबिबस्थित नेपाली राजदूतावासका अनुसार आक्रमणमा ज्यान गुमाएका पदम थापा, प्रवेश भण्डारी र राजन फुलाराको शव पहिचान भएको हो । योसँगै आठजना नेपाली विद्यार्थीको शव पहिचान भइसकेको छ । बाँकी दुईजनाको शव पहिचानका क्रममा रहेको छ ।...
ई–सेवाको कर्मचारी हुँ भन्दै ठगी गर्ने ५ जना पक्राउ
अपराध, समाचार

ई–सेवाको कर्मचारी हुँ भन्दै ठगी गर्ने ५ जना पक्राउ

ई–सेवाको आधिकारिक कर्मचारी हुँ भन्दै ठगी गर्ने गिरोहका पाँच जनालाई प्रहरीले पक्राउ गरी आज आइतवार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा रौतहट गौर नगरपालिका–५ बस्ने २६ वर्षीय नवनितकुमार कुसवाहा, २१ वर्षीय कन्हैयाकुमार कुसवाहा, २० वर्षीय अभयकुमार यादव, २१ वर्षीय रितेश कुशवाहा र रौतहट गढिमाई नगरपालिका–६ बस्ने १९ वर्षीय दीपेन्द्रकुमार यादव रहेका काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेकाहरूले पीडितहरूलाई विभिन्न मोबाइल नम्बरबाट फोन सम्पर्क गरी आफू ई–सेवाको आधिकारिक कर्मचारी हुँ भन्दै ई–सेवाको आईडी, बैंकिङ खातासँग लिङ्कअप गराई खाता नवीकरण, केवाईसी फारम अपडेट, सिस्टम भेरिफाई आदि गराई ठग्ने गरेको पाइएको छ । उनीहरूले सर्वसाधारणको खातामा भएको रकम विभिन्न बैंक खाता तथा वालेटहरूमा ट्रान्सफर लगायत भु...
नेपाल आईपुगे राष्ट्रसङ्घका महासचिव गुटेरेस
समाचार

नेपाल आईपुगे राष्ट्रसङ्घका महासचिव गुटेरेस

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालको चार दिने औपचारिक भ्रमणका क्रममा काठमाण्डौ आइपुग्नुभएको छ । राति आइपुग्नुभएका उहाँलाई परराष्ट्रमन्त्री एनपी साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो । महासचिव गुटेरेसको स्वागतमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो । महासचिव गुटेरेसले भ्रमणको पहिलो दिन आज राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति कार्यालय र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग उहाँको कार्यालयमा शिष्टाचार भेट गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । महासचिव गुटेरेसले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सङ्घीय संसद् भवन नयाँबानेश्वरमा शिष्टाचार भेट गर्नुका साथै अन्य विशिष्ट ब्यक्तिहरुसंग भेटवार्ता गर्ने कार्यक्रम छ । सन्...
आज खण्डग्रास चन्द्रग्रहण लाग्दै
समाचार

आज खण्डग्रास चन्द्रग्रहण लाग्दै

आज खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार राति १ बजेर १९ मिनेटमा चन्द्रग्रहण लाग्नेछ । पृथ्वीको छाँया चन्द्रमामा पर्दा चन्द्र ग्रहण लाग्ने गर्दछ । चन्द्रग्रहणको सुतक भने आज शनिवार दिउँसो ४ बजेर १९ मिनेटदेखि सुरु हुनेछ । त्यसैगरी ग्रहण राति २ बजेर ३८ मिनेटमा समाप्त अर्थात मोक्ष हुने समितिले जनाएको छ । ग्रहण लागेको बेला बालबालिका, वृद्ध र बिरामीबाहेकले खाना खान र सुत्न नहुने, स्नान ध्यान र मन्त्र पाठ गर्दा लाभ हुने पनि समितिले जनाएको छ । आज लाग्ने खण्डग्रास चन्द्रग्रहण विसं २०८० मा लाग्ने एउटै ग्रहण भएको समितिले जनाएको छ । गत वर्ष कात्तिक ८ गते सूर्यग्रहण र २२ गते चन्द्रग्रहण लागेको थियो । गत वर्ष चान्द्रमास अनुसार कार्तिक कृष्ण औंसीमा सूर्यग्रहण र कार्तिक शुक्ल पूर्णिमामा चन्द्रग्रहण लागेको थियो । सूर्यग्रहण औंसी र चन्द्रग्रहण पूर्णिमामा ...
अग्नि पिडित तामाङलाई सहयाेग जुट्नेक्रम जारि (दाताकाे उपलब्ध फाेटाे सहित)
समाचार, समाज

अग्नि पिडित तामाङलाई सहयाेग जुट्नेक्रम जारि (दाताकाे उपलब्ध फाेटाे सहित)

संखुवासभाको खाँदबारी नगरपालिका वडा नं. १० मा आगलागिबाट बिचल्लिमा परेकि अग्नि पिडित चन्द्रकला माेक्तान तामाङकाे परिवारलाई सहयाेग जुट्नेक्रम शुरु भएकाे छ । गत मंगलबार टिकाको दिन खाँदबारी १० डढेकोलमा रहेको उनकाे घरमा आगलागि हुँदा करिब २० लाखकाे क्षति भएको थियाेभने परिवारमा रहेकाे ४ जनाकाे बिचल्लि भएकाे समाजसेवी तारा दर्नालले बताए । आगलागिबाट चन्द्रकलाकाे घरमा रहेको लत्ता कपडा खाद्यान्न, नगद, सुन लगायत बहुहुल्य सामग्री नष्ट हुँदा करिव २० लाखको क्षति भएको दर्नालकाे भनाई छ । पिडित चन्द्रकला अहिले आफन्त र छरछिमेकको सहारामा बसिरहेकि छिन् । आफुसंग भएको सबै सम्पति जलेर नष्ट हुँदा सहयोगि मनहरुको भरमा बस्नुपर्ने अवस्थामा पुगेकि छिन् । आगलागिबाट घरजलेर नष्ट भएको समचार सार्वजनिक भएपछि अग्निपिडित चन्द्रकला तामाङलाई सहयाेग जुट्नेक्रम पनि शुरुभएकाे छ । याे बिपत्तिकाे घडिमा सहयाेग गर्ने सबैलाई उन...
अग्नि पिडित तामाङलाई सहयाेग जुट्नेक्रम जारि
समाचार, समाज

अग्नि पिडित तामाङलाई सहयाेग जुट्नेक्रम जारि

संखुवासभाको खाँदबारी नगरपालिका वडा नं. १० मा आगलागिबाट बिचल्लिमा परेकि अग्नि पिडित चन्द्रकला माेक्तान तामाङकाे परिवारलाई सहयाेग जुट्नेक्रम शुरु भएकाे छ । गत मंगलबार टिकाको दिन खाँदबारी १० डढेकोलमा रहेको उनकाे घरमा आगलागि हुँदा करिब २० लाखकाे क्षति भएको थियाेभने परिवारमा रहेकाे ४ जनाकाे बिचल्लि भएकाे समाजसेवी तारा दर्नालले बताए । आगलागिबाट चन्द्रकलाकाे घरमा रहेको लत्ता कपडा खाद्यान्न, नगद, सुन लगायत बहुहुल्य सामग्री नष्ट हुँदा करिव २० लाखको क्षति भएको दर्नालकाे भनाई छ । पिडित चन्द्रकला अहिले आफन्त र छरछिमेकको सहारामा बसिरहेकि छिन् । आफुसंग भएको सबै सम्पति जलेर नष्ट हुँदा सहयोगि मनहरुको भरमा बस्नुपर्ने अवस्थामा पुगेकि छिन् । आगलागिबाट घरजलेर नष्ट भएको समचार सार्वजनिक भएपछि अग्निपिडित चन्द्रकला तामाङलाई सहयाेग जुट्नेक्रम पनि शुरुभएकाे छ । याे बिपत्तिकाे घडिमा सहयाेग गर्ने सबैला...
हमासको आक्रमणमा ज्यान गुमाउने एक नेपालीको शव ल्याईयो
समाचार

हमासको आक्रमणमा ज्यान गुमाउने एक नेपालीको शव ल्याईयो

हमासको आक्रमणमा परि इजरायलमा ज्यान गुमाएका १० जना नेपाली मध्ये थप एक जनाको शव आज नेपाल ल्याईएको छ । बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका–६ ठेगाना रहेका गणेशकुमार नेपालीको शव आज बिहान फ्लाइ दुबईको विमानमार्फत् नेपाल ल्याईपुर्याईएको परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले बताए । १० जना विद्यार्थीमध्ये अहिलेसम्म पाँच जनाको शव नेपाल ल्याइएको र बाँकी पाँच जनाको शव ल्याउन मृतकको नातेदारको डीएनए सङ्कलन गरी परिक्षणको क्रममा रहेकोले चाँडैनै बाँकि शव पनि नेपाल ल्याईने तैयारीमा रहेको आरणको भनाई छ । यसअघि दार्चुला मालिकार्जुन–४ का लोकेन्द्रसिंह धामी, दार्चुलाकै लेकम–५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने तथा कैलालीकै बौनियाँ–३ का आशिष चौधरीको शर्व आफन्तले बुझि सदगद गरिसकेका छन् । गत असोज २० गते ईजरायलको गाँजा क्षेत्रमा हमास लडाकुको आक्रमणमा परि १० जना नेपाली विद्यार्थीले ज्या...
चन्दनपुरमा आगलागिबाट २० लाख बढिको क्षति
समाचार, समाज

चन्दनपुरमा आगलागिबाट २० लाख बढिको क्षति

संखुवासभाको खाँदबारी नगरपालिका वडा नं. १० मा आगलागिबाट एक घरमा क्षति पुगेको छ । मंगलबार टिकाको दिन खाँदबारी १० डढेकोलमा रहेको चन्द्रा मोत्तान तामाङ्गको घरमा आगलागि हुँदा करिब २० क्षति भएको छ भने परिवारमा रहेकाे ४ जनाकाे बिचल्लि भएकाे स्थानीय समाजसेवी तारा दर्नालले बताए । आगलागिबाट तामाङ्गको घरमा रहेको लत्ता कपडा खाद्यान्न, नगद, सुन लगायत बहुहुल्य सामग्री नष्ट हुँदा करिव २० लाखको क्षति भएको स्थानीयबासिन्दा दर्नालले जानकारी दिए । बिजया दशमी अर्थात टिकाको दिन तामाङ्गको परिवार आफन्तजनको घरमा टिका थाप्न गएका थिए । स्थानीयले उनको घर जलेको देखेर हार गुहार गरेपछि स्थानीयबासिन्दहरु आगो निभाउन जुटेका थिए । बिजुली सट भएर आगलागि भएको आँकलन गरिएको छ । हिजो मंगलबार दशैंको टिकाथापी रमाईलो गर्नूपर्ने क्षणमा उनको घरमा भने रुवाबासी चलिरहेको थियो । आगलागिबाट घरमा रहेको सम्पुर्ण सामग्री जलेर नष्ट भए...
हेलिकप्टर दुर्घटनामा घाईते भएका पाइलट सेढाईंको मृत्यु
समाचार, स्वास्थ्य

हेलिकप्टर दुर्घटनामा घाईते भएका पाइलट सेढाईंको मृत्यु

असोज २७ गते मनाङ्ग एयरकाे हेलिकप्टर दुर्घटना हुँदा शरिरकाे ५० प्रतिशत भाग जलेर गंभिर घाईते मनाङ एयरका पाइलट प्रकाशकुमार सेढाईंको निधनभएको छ। उनले उढाएकाे हेलिकोप्टर गत शनिबार सोलुखुम्बुमा दुर्घटना भएको थियो। दुर्घटनामा परी गम्भीर घाइते भएका पाइलट सेढाईंलाई काठमाडौंको ह्याम्स अस्पतालमा उपचार हुन नसकेपछि भारतकाे मुम्बई लगिएको थियो। नेसनल बर्न सेन्टर, मुम्बईमा उपचारका क्रममा रहेका उनको मंगलबार निधन भएको मनाङ एयरले विज्ञप्ति प्रकाशित गरि जनाएकाे छ। ...