कार्यसम्पादन मूल्याङ्कनमा गुल्मी देशभरमै पहिलो
जिल्ला प्रशासन कार्यालय गुल्मी कार्यसम्पादन मूल्याङ्कनमा देशभरमै पहिलो बनेको छ । गृह मन्त्रालयका सचिव र प्रमुख जिल्ला अधिकारीबीच गएको आर्थिक वर्ष २०७९र८० को कार्यसम्पादन सम्झौता ९सीपीएएस० मूल्याङ्कनको आधारमा ७७ जिल्लामध्ये गुल्मी उत्कृष्ट जिल्ला बनेको हो ।
गएको आर्थिक वर्षमा ९६ दशमलव ४४ अङ्क प्राप्त गरी अति उत्कृष्टसहित गुल्मीले प्रथम स्थान हासिल गरेको प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिनुभयो । गृह मन्त्रालयले दिएको छ वटा सूचक मापनभित्र रहेका ७७ वटा उपसूचकलाई पूरा गरी गुल्मी देशभरका जिल्ला प्रशासन कार्यालयभन्दा आफूलाई अब्बल र उत्कृष्ट जिल्ला बनाउन सफल बनेको हो ।
गृह मन्त्रालयले दिएका सूचकहरूमा शान्ति सुरक्षा तथा सेवा प्रवाह, मुद्दा फर्स्योट, शासकीय प्रबन्ध, लागुऔषध नियन्त्रण, अपराध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, मुआब्जा वितरण तथा विकास सहजीकरण लगायतका ...









