चन्द्रयान–३ को रोभरले पुनःसम्पर्क गर्ने सङ्केत देखाएन, अत्यधिक चिसोले ब्याट्रीमा क्षति पुर्याएको अनुमान
भारतले चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गराएको चन्द्रयान(३ को रोभरले पुनः सम्पर्क गर्ने सङ्केत नदेखाएको भारतीय रक्षा अनुसन्धान सङ्गठन ९इसरो० ले जनाएको छ ।
एक महिनाअघि अर्थात् अगस्ट २३ मा चन्द्रमाको सतहमा अवतरण गरेको यानलाई सूर्य अस्ताउन थालेपछि स्लिप मोडमा राखेको इसरोले जनाएको थियो ।
पुनः सूर्य उदायपछि सेप्टेम्बर २२ अर्थात् हिजो रोभर पुनः सक्रिय हुने इसरोको आशा थियो । रोभरलाई पुनः जागृत गराउन प्रयास भइरहेको भए पनि सक्रिय हुने सङ्केत नदेखिएको इसरोलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
चन्द्रमामा रातको समयमा भएको अत्यधिक चिसोका कारण रोभरको ब्याट्रीमा क्षति पुगेको हुन सक्ने इसरोको अनुमान छ । चन्द्रमामा पृथ्वीको १४ दिन बराबर एक दिन र १४ दिन बराबरकै एक रात हुन्छ । यसअघि सूर्य उदाउने समय पारेर यान अवतरण गराएको भारतले चन्द्रमामा रात परेसँगै यानलाई स्लिप मोडमा राखेको थियो ।
चन्द्रमाको सत...









