समाचार Archives - Page 75 of 76 - साझाकुरा
बिहिबार, माघ २, २०८२

समाचार

गोसाइँकुण्डबाट फर्कने क्रममा हराएको तीर्थयात्रु फेला
समाचार

गोसाइँकुण्डबाट फर्कने क्रममा हराएको तीर्थयात्रु फेला

जनैपूर्णिमाको दिन रसुवाको डिम्साबाट हराएका तीर्थयात्रु काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका–४ दुप्लुगाउँ घर भई काठमाडौँ लाजिम्पाट निवासी १६ वर्षीय प्रवेश तामाङ शनिबार अपराह्न फेला परेका छन्। आफ्नी आमाको साथमा गोसाइँकुण्डबाट फर्कने क्रममा ढिम्सा क्षेत्र झरेपछि छुर्पी किन्न लाग्दा आमा छोराको दूरी फरक भई  मुख्य बाटो भुलेर जङ्गलको बाटो पस्दा प्रवेश हराएका थिए। उनको टाउको र शरीरमा चोटपटक भएका कारण रसुवा अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अमितकुमार शाहले बताए। प्रवेश हराएको सूचना पाउनासाथ नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलसमेतका सुरक्षाकर्मीले खोजीकार्य तीव्र बनाएको थियो। ठूलोस्याफ्रु, ब्रावल, भार्खु, डिम्सालगायतका क्षेत्रमा दैनिक ८०–९० जना सुरक्षाकर्मी परिचालित भएका थिए। शनिबार  धुञ्चेपारिको खोपाङ भिर इलाकाको खोल्छामा उनी फेल...
मुम्बई निवासी गुलाटीसँग गरिन् बिहे
समाचार

मुम्बई निवासी गुलाटीसँग गरिन् बिहे

अभिनेत्री निरुता सिंह विवाह बन्धनमा बाँधिएकी छन्। उनले भारतीय नागरिक सञ्जीभ गुलाटीसँग लगन कसेकी हुन्। सामाजिक सञ्जालमार्फत् पतिको तस्बिर सार्वजनिक गर्दै अभिनेत्री सिंहले छिट्टै नेपाल फर्किने बताएकी छन्। मुम्बई निवासी गुलाटीसँग अभिनेत्री सिंहले गत बिहीबार विवाह गरेकी थिइन्। ुतपाईँहरूको निरुता सिंहले गत बिहीबार मुम्बई निवासी श्री सञ्जीभ गुलाटीसँग लगन गाठो जोडेको छ। हजुरहरूको माया अनि आशीर्वादको अपेक्षा गरेको छु। चाँडै सबैलाई भेट गर्न अनि आशीर्वाद लिन नेपाल आउने छु,ु उनले भनेकी छन्। उनले यससँगै कहिले विहे गर्ने भन्ने प्रश्नको अन्त्य भएको उल्लेख गरेकी छन्। उनले आफू अभिनित फिल्महरू सफल बनाउन भूमिका खेल्ने सबैलाई धन्यवाद दिएकी छन्।...
एमाले आफैँ समाप्त भएर जाने एकिकृत समाजबादीका अध्यक्ष माधव नेपालको दावी
समाचार

एमाले आफैँ समाप्त भएर जाने एकिकृत समाजबादीका अध्यक्ष माधव नेपालको दावी

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमाले आफैँ समाप्त भएर जाने टिप्पणी गरेका छन् । पार्टीको चाँगुनारायण नगर कमिटीले शनिबार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले नेकपा एसलाई समाप्त पार्ने खेलमा लागेको नेकपा एमाले आफैँ सोत्तर भइरहेको र हावा खाईरहेको भनेर टिप्पणी गरे । अध्यक्ष नेपालले आफ्नो पार्टीले अन्य पार्टीहरुलाई समेत साथमा लिएर समाजवादको झण्डालाई बुलन्द गर्ने काम गरिरहेको जानकारी दिए । उनले पार्टीलाई सशक्त बनाउन आफूहरुले संगठन निर्माणको कामलाई तिब्रता दिएको समेत बताएका थिए । अध्यक्ष नेपालले पार्टीलाई जनताको बीचमा लैजाने गरी गतिविधिहरुलाई अघि बढाउन पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरेका थिए ।...
सुर्यको अध्ययनका लागि भारतले पठायो आदित्य–एल १
रोचक, समाचार

सुर्यको अध्ययनका लागि भारतले पठायो आदित्य–एल १

भारतले सूर्यको अध्ययनका लागि एक मिसनको सुरुवात गरेको छ । चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान–३ को सफल अवतरण गरेको एक सातापछि नै भारतले आफ्नो पहिलो सूर्य मिसनको प्रक्षेपण गरेको हो । आदित्य–एल १ नाम दिइएको यो अन्तरिक्ष यान शनिबार २ सेप्टेम्बरमा श्रीहरिकोटबाट स्थानीय समयअनुसार विहान ११ः५० बजे अन्तरिक्षतर्फ प्रस्थान गरेको हो । श्रीहरिकोटमा भारतको प्रमुख उपग्रह प्रक्षेपण केन्द्र छ । यो अन्तरिक्ष यानले पृथ्वीबाट १५ लाख किलोमिटरको दुरी पार गर्नेछ, जुन पृथ्वी र सूर्यको दुरीको १ प्रतिशत हो । भारतीय स्पेस एजेन्सीका अनुसार लेगरञ्ज प्वाइन्टमा पुग्न यो अन्तरिक्ष यानलाई चार महिना लाग्ने छ । लेगरञ्ज प्वाइन्ट त्यो ठाउँ हो, जहाँ सूर्य र पृथ्वीको गुरुत्वाकर्षण बल सन्तुलित हुनेछ । यहाँ एक किमिसको न्यूट्रल प्वाइन्ट विकसित हुन्छ, जहाँ अन्तरिक्ष यानको इन्धनको सबभन्दा कम खपत हुनेछ । यो ठाउँको नाम फ्रान्सेल...
आफ्नी श्रीमति चढेको गाडि ट्राफिकले रोकेको भन्दै मेयर बालेन्द्र शाहद्वारा सिंहदरबार जलाउने धम्की
समाचार

आफ्नी श्रीमति चढेको गाडि ट्राफिकले रोकेको भन्दै मेयर बालेन्द्र शाहद्वारा सिंहदरबार जलाउने धम्की

भाद्र १७ ट्राफिक प्रहरीले आफ्नी श्रीमती चढेको गाडी रोकेको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सिंहरबार जलाउने धम्की दिएका छन् । उनले वर्तमान सरकारलाई चोरको संज्ञा समेत दिएका छन् । आजको लागि केही भएन, भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहरदरबार आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’ फेसबुकमा उनले लेखेका छन,‘ शनिबार राति नौ बजेतिर बालकुमारीबाट तीनकुनेतर्फ आउँदै गरेको सेतो नम्बर प्लेटको रातो गाडीलाई कोटेश्वर ट्राफिक प्रहरीका प्रहरी नायब निरीक्षकले रोकपछि उनले समाजिक संजाल मार्फत आक्रोश पोखेका हुन् । ’उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीआइजी पोषराज पोखरेलका अनुसार ‘ट्राफिक प्रहरीले बिदाको दिन भएकाले गाडी चलाउने अनुमति माग गरेको तर अनुमति नभएको बताए । उनले उक्त गाडि ‘बढीमा २, ३ मिनेट मात्रै रोकिएको हो । सरकारी गाडी रोकेर गाडीमा को छन् ? भनेर सोधख...
कोशी सरकार बिरुद्धको शुक्रबारको रिट सुनुवाई स्थगित १७ गते सुनुवाइ हुने
मुख्य समाचार, राजनीति, समाचार

कोशी सरकार बिरुद्धको शुक्रबारको रिट सुनुवाई स्थगित १७ गते सुनुवाइ हुने

शुक्रबार हुने भनिएको कोशी सरकार बिरुद्धको रिट न्यायाधीश ईश्वरप्रसाद खतिवडाले हेर्न अस्विकार गरेपछि स्थागित भएको छ । शुक्रबार स्थगित भएको रिटमाथि आईतबार १७ गते सुनुवाई हुने भएको छ । भाद्र १७ गते आइतवार सुनुवाई न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा हुने तय भएको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए । भदौ ७ गते खतिवडाको इजलासले प्रदेश सभा बैठकको अध्यक्षता गरेको व्यक्तिले विश्वासको मत दिनु असंवैधानिक भएको ठहर गरेको थियो । गतभदौ ४ गते मुख्यमन्त्री उद्धव थापाले कोशी प्रदेशसभामा विश्वासको मत प्राप्त गर्दा सभाध्यक्षको मत गैरसंवैधानिक भएको भन्दै कोशी प्रदेशका पूर्वमुख्यमन्त्री हिक्मत कुमार कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए। कोशी प्रदेशका मुख्यमन्त्री थापाले गत भाद्र १३ गते बुधवार सर्वोच्च अदालतमा लिखित जवाफ पेस गर्र्दै आफुले संविधानसम्मत नै विश्वासको मत प्...
विषालु च्याउ खाँदा बझाङमा एकै परिवारका दुई जनाको मृत्यु
समाचार

विषालु च्याउ खाँदा बझाङमा एकै परिवारका दुई जनाको मृत्यु

बझाङमा विषालु च्याउ खाँदा एकै परिवारका दुई बालबालिकाको मृत्यु भएको छ भने आमा गंभिर बिरामी परेकी छन् । बझाङ्गको जयपृथ्वी नगरपालिका–६ नौरामा जंगली विषालु च्याउ खाँदा एकै परिवारका १२ वर्षीया सुदीप कठायत र उनकी ७ वर्षीया बहिनी सञ्जिला कठायतको मृत्यृ भएको प्रहरीको भनाई छ । खानासंगै जंगली च्याउको तरकारी खानेक्रममा सिकिस्त बिरामी परेका उनीहरुको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको । जिल्ला प्रहरी कार्यालय बझाङ्गका डीएसपी जागेश्वर भण्डारीका अनुशार ले बताए । डिएपि भण्डारीका अनुसार छोरी सञ्जिलाको जिल्ला अस्पतालबाट डडेल्धुरा ल्याउने क्रममा बिहीबार बिहान र डडेल्धुराबाट धनगढी ल्याउने क्रममा छोरा सुदीपको बिहीबार राति बाटोमै ज्यान गएको बझाङ्ग प्रहरीको भनाई छ ।...
नक्कली नोटसहित तीन जना पक्राउ
अपराध, समाचार

नक्कली नोटसहित तीन जना पक्राउ

नक्कली नोटको कारोबारमा संलग्न तिन जनालाई प्रहरीले हेटाडाबाट पक्राउ गरेको छ । हेटौडा उपमहानगरपालिका १५ चुरीयामाई मन्दिर नजिकबाट उनिहरुलाई ९५ हजार रूपैयाँ नक्कली नोटसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा रौतहट कटहरीया नगरपालिका ६ का १९ वर्षीय धर्मेन्द्र महरा, सोही नगरपालिका १ का २१ वर्षीय दिपेश दास र राक्सिराङ गाउँपालिका २ बस्ने ४० वर्षीय बिजय तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। यस घटनामा थप अनुशन्धान अघि बढाईएको प्रहरीको भनाई छ ।...
भोजपुरको तुङ्गेछा केन्द्रबिन्दु भएर भूकम्प
समाचार

भोजपुरको तुङ्गेछा केन्द्रबिन्दु भएर भूकम्प

भाद्र १५ पुर्वी पहाडी जिल्ला भोजपुरको तुङ्गेछा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । गएराति १ बजेर ११ मिनेटको समयमा तुङ्गेछा केन्द्रबिन्दु भएर चार रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ । उक्त भुकम्पको धक्का संखुवासभा, धनकुटामा समेत महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ । यसअघि गएको साउन ३२ गते बझाङको खिराताडी आसपास केन्द्रबिन्दु भएर तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको मापन केन्द्रले जनाएको छ । । भाद्र १५...
काठमाडौं र ललितपुरमा साढे ८ घन्टा विद्युत आपुर्ति बन्द गरिने
समाचार

काठमाडौं र ललितपुरमा साढे ८ घन्टा विद्युत आपुर्ति बन्द गरिने

भोलि सनिवारकाठमाडौं र ललितपुरका केहि क्षेत्रमा करिव साढे ८ घन्टा विद्युत आपुर्ति बन्द हुने नेपाल बिद्युत प्राधिकरणले जनाएको छ । टेकु सबस्टेसनमा ट्रान्सफर्मर पुरानै स्वीच गियरमार्फत चार्ज गर्न स्युचाटार के(थ्री ६६ केभी प्रसारण लाइन बन्द गरिने भएकाले के(थ्री सबस्टेसन तथा सो सँग सम्बन्धित स्विचिङ स्टेसनहरूबाट बितरण गरिँदै आएको बिद्युत सेवा बन्द हुने बिज्ञप्ती मार्फत जानकारी गराईएको छ । प्राधिकरणले लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाद्वारा टेकू सबस्टेसन स्तरोन्नति गरी टेकू स्युचाटार ६६ के.भी. लाइन १३२ के.भी. चार्ज गर्नेगरी कार्य भइरहेको छ। भोलि के(थ्री सबस्टेसन र त्यससँग सम्बन्धित स्विचिङ स्टेसनहरुबाट आपूर्ति भइरहेको कुलेश्वर, रत्नपार्क, पुल्चोक तथा लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरूमा बिहान १० बजेदेखि साँझ साढे ६ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणको भना...