स्वास्थ्य Archives - साझाकुरा
बिहिबार, माघ २, २०८२

स्वास्थ्य

अर्बूदको २४ औं जिल्ला सभा सम्पन्न
समाचार, स्वास्थ्य

अर्बूदको २४ औं जिल्ला सभा सम्पन्न

संखुवासभा मंशिर २९ नेपाल अर्बूद रोग निवारण संस्था संखुवासभाको २४ औं जिल्ला सभा आज खाँदबारीमा सम्पन्न भएको छ । कृष्णराज शाक्यको सभापतित्व तथा समाजसेवी युवा नेता दीपन कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न जिल्ला सभामा समाजसेवी रमोद श्रेष्ठ, नेपाल मानव अधिकार तथा शान्ति समाज संखुवासभाका अध्यक्ष लोकदर्शन शाक्य, फोटो पत्रकार महासंघका जिल्ला अध्यक्ष सुजन बज्राचार्य, खाँदबारी नगरपालिका वडा नं. १ का वडाध्यक्ष निरञ्जन श्रेष्ठ बिशिष्ठ अतिथीका रुपमा रहनुभएको थियो । कार्यक्रममा प्रमुख आतिथी दीपन कुमार श्रेष्ठले क्यान्सर रोग प्राणघातक रोगका रुपमा फैलँदै गएको र यसबाट बच्ने उपायका बारेमा आवश्यक जनचेतना नहुँदा धेरैले अकालमै ज्यान गुमाउनु परिरहेको प्रशंग उल्लेख गर्नूभएको थियो । कार्यक्रममा बिशिष्ठ अतिथी समाजसेवी रमोद श्रेष्ठले समयमा क्यान्सर रोगको परिक्षण नहुँदा लाखौं करोडौं रुपैयाँ उपचारम...
जिल्ला अस्पताल संखुवासभाद्वारा सराेकारवालासंग छलफल
समाचार, स्वास्थ्य

जिल्ला अस्पताल संखुवासभाद्वारा सराेकारवालासंग छलफल

संखुवासभा स्वास्थ्य क्षेत्रका लागि सामाजिक जवाफदेहिता अन्तर्गत जिल्ला अस्पताल संखुवासभाले सराेकारवालाहरुसंग छलफल तथा अन्तरक्रिया कार्यक्रम आयाेजना गरेकाे छ । अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला समन्वय प्रमुख सुमन शाक्यकाे अध्यक्षतामा भएकाे कार्यक्रममा राजनितिक दलका प्रमुख, सामाजिक संघसंस्थाका प्रमुख, सञ्चारकर्मी तथा स्वास्थ्यकर्मीहरुकाे सहभागिता रहेकाे थियाे । जिल्ला अस्पतालले प्रवाह गरिरहेकाे स्वास्थ्य सेवा, थप गुणस्तर अभिबृद्धिका लागि चालिनुपर्ने कदम लगायतका बिषयमा व्यापक छलफल गरिएकाे थियाे । अन्तर्गत जिल्ला अस्पताल संखुवासभाले सराेकारवालाहरुसंग छलफल तथा अन्तरक्रिया कार्यक्रम आयाेजना गरेकाे छ । अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला समन्वय प्रमुख सुमन शाक्यकाे अध्यक्षतामा भएकाे कार्यक्रममा राजनितिक दलका प्रमुख, सामाजिक संघसंस्थाका प्रमुख, सञ्चारकर्मी तथा स्वास्...
पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न
समाचार, स्वास्थ्य

पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

स्वास्थ्य प्रवर्द्धनको उद्देश्यले कोशी प्रदेश सरकार अन्तर्गतको स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय धनकुटाद्वारा सञ्चारकर्मी तथा सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम मिति २०८२ साल असार २५ गते पाखृबासस्थित ह्याङआउट रिसोर्ट एन्ड होटल मा सम्पन्न भएको हो। कार्यक्रममा स्वास्थ्य निर्देशनालय धनकुटाले आर्थिक वर्ष २०८१/८२ मा प्रदेशभरि सञ्चालन गरेका स्वास्थ्यसम्बन्धी गतिविधि, स्वास्थ्य सेवाको वर्तमान अवस्था, स्वास्थ्य संस्थाहरूको भौतिक तथा सेवा स्थिति लगायत विषयमा विस्तृत छलफल गरिएको थियो। कार्यक्रममा निर्देशनालयले बर्षभरी गरेका गतिविधि जनस्वास्थ्य अधिकृत स्मृति लुईटेल ले सार्वजनिक गर्नुभएको थियो। कार्यक्रममा प्रदेशभरिका सञ्चारकर्मीहरू, सरोकारवाला निकायका प्रतिनिधिहरू तथा स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले स्वास्थ्य क्षेत्रमा देखिएका सम...
पत्रकार महासंघद्वारा लागू औषध बिरुद्ध परिसम्बाद कार्यक्रम
समाचार, स्वास्थ्य

पत्रकार महासंघद्वारा लागू औषध बिरुद्ध परिसम्बाद कार्यक्रम

संखुवासभा,असार १० नेपाल पत्रकार महासंघ संखुवासभाले लागू औषध दुरुपयाेग एवम ओसार पसार बिरुद्धकाे अन्तराष्ट्रिय दिवसका अवसरमा परिसम्बाद कार्यक्रमकाे आयाेजना गरेकाे छ । बढ्दाे लागू औषधकाे दुरुपयाेग र ओसारपसार बिरुद्ध जनस्तरसम्म जनचेतना पुर्याउन परिसम्बाद कार्यक्रमकाे आयाेजना गरिएकाे पत्रकार महासंघ संखुवासभाका अध्यक्ष कृष्णराज शाक्यले बताए । महासंघका सचिब नवीन गुरुङले संचालन गरेकाे कार्यक्रममा संखुवासभाका निमित्त प्रमुख जिल्ला अधिकारी माेहनमणी घिमिरे, डिएसपी दक्ष कुमार बस्नेत, बरुण बहुमुखी क्याम्पस खाँदबारीका प्रमुख चीत्ररेखा अधिकारी, तुम्लिङटार स्पाेर्टिङ क्लबका अध्यक्ष देबेन्द्र घिमिरे र बरुण क्याम्पस स्वबियू सभापति हिमाल गुरुङ सहभागी भएका थिए । परिसम्बाद कार्यक्रममा संखुवासभा जिल्लामा लागू पदार्थ दुर्ब्यसनकाे अवस्था, लागू औषध ओसार प्रसार तथा प्रयाेग न्युनिकरणका लागि चाल्नुपर्ने कदम ...
अस्पताललाई भवन हस्तान्तरण
समाचार, स्वास्थ्य

अस्पताललाई भवन हस्तान्तरण

संखुवासभा असार ९ संखुवासभाको सदरमुकाम खाँदबारीस्थीत जिल्ला अस्पतालको नवनिर्मत ५० शैयाको भवन आज सोमबार एक कार्यक्रमको आयोजना गरि हस्तान्तरण गरिएको छ । बिकोइ÷स्वामिनारायण÷आशिर्वाद निर्माण कम्पनीले निर्माणको जिम्मा लिएको भवन भवन निर्माण आयोजना धनकुटाको रु २७ करोड ४९ लाख ४५ हजारको लागतमा निर्माण गरिएको हो । राजनितिक दलका प्रमुख तथा प्रतिनिधी, प्रसाशन र नागरिक समाजको उपस्थीतिमा उक्त भवन निर्माण कम्पनीले अस्पताल ब्यवस्थापन समितिलाई हस्तान्तरण गरेको जिल्ला समन्वय प्रमुख सुमन शाक्यले बताए । भवन र उपचार कक्षको अभावहुँदा बिरामीको उपचारमा समस्या हुँदै आएको उनको भनाई छ । उक्त भवनबाट चाँडैनै ब्यवस्थीत रुपमा उपचार सेवा प्रवाह शुरु गरिने समन्वय प्रमुख शाक्यको भनाई छ । ...
बजार अनुगमन
अर्थ/व्यापार, समाचार, स्वास्थ्य

बजार अनुगमन

घरेलु तथा साना उद्योग बिकास समिति संखुवासभाले सभापोखरी गाउँपालिकाको बाह्रबिसे बजारको अनुगमन गरेको छ । संखुवासभा उद्योग बाणिज्य संघ, पशुसेवा बिज्ञ केन्द्र खाँदबारी, करदाता सेवा कार्यालय खाँदबारी, नेपाल पत्रकार महासंघ र प्रहरी चौकी बाह्रबिसका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको उक्त अनुगमन टोलिले पसलहरुमा राखिएका खाद्य तथा पेय पदार्थको परिक्षण गर्नूका साथै करदाता सेवा कार्यालय र संखुवासभा उद्योग बाणिज्य संघबाट ब्यवसायीका हितका लागि भैरहेका सेवाप्रवाहका बारेमा समेत जानकारी गराएको थियो । अनुगमन टोलिले डेट स्पायर भैसकेका करिव दश हजार बराबरका केहि पेय पदार्थहरु जफत गरि नष्ट समेत गरेको थियो । अनुगमन कार्यलाई निरन्तरता दिन आगामी दिनमा समेत बिषेस योजनाका साथ अघि बढ्ने कार्यक्रम रहेको घरेलु तथा साना उद्योग बिकास समिति संखुवासभाका प्रमुख प्रेमचन्द्र राईले जानकारी दिए । अखाद्य पदार्थकाे बिक...
रेडक्रसद्वारा निशुल्क स्वास्थ्य शिवीर संचालन
समाचार, स्वास्थ्य

रेडक्रसद्वारा निशुल्क स्वास्थ्य शिवीर संचालन

संखुवासभा, असार ८ नेपाल रेडक्रस सोसाईटि संखुवासभाले सभापोखरी गाउँपालिका वडा नं. १ धुपुमा निशुल्क स्वास्थ्य शिवीरको आयोजना गरेको छ । आँखा, कान, अपांगता, हाडजोर्नी, लगायतका स्वास्थ्य समस्याहरुको परिक्षण गरिएको उक्त शिबिरमा १ सय ७१ जनाले सेवा लिएका छन् । शिवीरमा पहिचान गरिएको बिरामी र स्वास्थ्य समस्या भएका मध्ये १८ जनालाई एसएस टिप डिभाईस, ३ जनालाई ह्विल चेयर र ८ जनालाई टेक्ने लौरो उपलब्ध शिफारिस गरिएको छ । उक्त सामग्रीहरु केहिदिन भित्रै पहिचान गरिएको ब्यक्तिहरुलाई प्रदान गरिने रेडक्रसका फिल्ड सुपरभाईजर श्रृतीनाथ चौधरीले जानकारी दिए । ...
स्थापना दिवसका अवशरमा नागरिक सम्बाद
शिक्षा, समाचार, स्वास्थ्य

स्थापना दिवसका अवशरमा नागरिक सम्बाद

मानव अधिकार तथा शान्ति समाज नेपालको २९ औं स्थापना दिवसका अवसरमा संखुवासभा शाखाले नागरिक सम्बादको आयोजना गरेको छ । शान्ति समाजले सोमबार सदरमुकाम खाँदबारीमा बैज्ञानिक शिक्षा र गुणस्तरिय स्वास्थ्य सेवा नागरिकको आधारभुत अधिकार बिषयक नागरिक सम्बादको आयोजना गरेको हो । लोकदर्शन शाक्यको सभापतित्वमा भएको कार्यक्रममा संखुवासभा उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष अनन्तकुमार गौली प्रमुख आतिथी रहनुभएको थियो भने संखुवासभा बिशिष्ठ अतिथी उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष युवराज शाक्य, संखुवासभा उद्योग बाणिज्य संघका अध्यक्ष डेगराज बस्नेत, नेपाल रेडक्रस सोसाईटि संखुवासभाका सभापति सरोज कुमार बज्राचार्य, शान्ति समाजका पुर्व केन्द्रिय सदस्य निर्मला गुरुङ्ग, श्रृजनशिल सामुदायिक बिकास केन्द्रका अध्यक्ष राधादेवी बस्नेत नेपाल पत्रकार महासंघ संखुवासभाका अध्यक्ष कृष्णराज शाक्य, नागरिक समाजकी बेदकुमारी चापागाईं, लग...
धर्मदेवीमा स्वास्थ्य शिविर ३ सय बढिले लिए निशुल्क सेवा
समाचार, स्वास्थ्य

धर्मदेवीमा स्वास्थ्य शिविर ३ सय बढिले लिए निशुल्क सेवा

संखुवासभा, ११ जेठ । नेपाल भारत मैत्री संघद्वारा संचालित भक्तपुर क्यान्सर अस्पतालको आयोजनामा तथा धर्मदेवी नगरपालिकाको व्यवस्थापनमा एकदिने निःशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ। आइतबार सम्पन्न उक्त शिविरमा ३०० भन्दा बढी महिलाले पाठेघरको मुख (Pap Smear) र स्तन क्यान्सर सम्बन्धी परीक्षण तथा परामर्श सेवा लिएको आयोजकले जनाएको छ। धर्मदेवी नगरपालिका वडा नं. ३ स्थित कार्यालयमा सम्पन्न शिविरमा डा. उज्वल चालिसेको नेतृत्वमा भक्तपुर क्यान्सर अस्पतालको विज्ञ चिकित्सक टोलीले परीक्षण तथा स्वास्थ्य परामर्श प्रदान गरेको थियो। शिविरको उद्घाटन नेपाल भारत मैत्री संघका पदाधिकारी, नगरप्रमुख उदयचन्द्र पौडेल, उपप्रमुख तारा महत भट्टराई, प्रमुख प्रशासकीय अधिकृत प्रयास भट्टराई, वडा नं. ३ का वडाध्यक्ष श्यामबहादुर पौडेल तथा अन्य सामाजिक व्यक्तित्वहरूको विशेष उपस्थितिमा गरिएको थियो। कार्यक्रमको उद्दे...
सिटिस्क्यान मेसिन खरिद प्रकृया राेक्ने काेशी प्रदेसका स्वास्थ्य मन्त्रि राईप्रति संखुवासभामा जन आक्राेस बढ्दै । निर्णय फिर्ता लिन आग्रह
समाचार, स्वास्थ्य

सिटिस्क्यान मेसिन खरिद प्रकृया राेक्ने काेशी प्रदेसका स्वास्थ्य मन्त्रि राईप्रति संखुवासभामा जन आक्राेस बढ्दै । निर्णय फिर्ता लिन आग्रह

संखुवासभा चैत्र २२ कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री भुपेन्द्र राईले जिल्ला अस्पताल संखुवासभामा सीटी स्क्यान मेसिन खरिद प्रक्रिया रोक्न निर्देशन दिएकाे भन्दै संखुवासभामा काेशी प्रदेसका स्वास्थ्य मन्त्रि राईप्रति जन आक्राेस बढ्दै गएकाे छ । काेशी प्रदेश सरकारले सिटिस्क्यान मेसिन खरिदका लागि यो वर्ष ७ करोड रुपैयाँ बिनियाेजन गरेकाे थियो। जिल्ला अस्पताल संखुवासभामा संखुवासभासहित भोजपुर, धनकुटा र तेह्रथुमसम्मका बिरामीकाे घुईंचाे लाग्ने गरेकाे छ । संखुवासभामा सिटिस्क्यान मेशिन नहुँदा सामान्य दुर्घटना भएका बिरामी समेत सीटी स्क्यान गराउन धेरै रकम खर्चेर सुविधा सम्पन्न अस्पतालमा पठाउनु पर्ने बाध्यात्मक अवस्था छ। मेसिन खरिद कार्यक्रम कार्यन्वयन नगर्ने मन्त्रीस्तरीय निर्णय भएको स्वास्थ्य मन्त्रालयले पत्र मार्फत जानकारी गराएको संखुवासभा जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुमन शाक्...