श्रेष्ठद्वारा लिखित पुस्तक ‘अर्को जन्म’ विमोचन
मोहन कुमार राई
संखुवासभा, हवाइ दुर्घटनामा परी नयाँ जीवन पाएका पदम कुमार श्रेष्ठ द्धारा लिखित पुस्तक ‘अर्को जन्म’ को एक कार्यक्रम वीच विमोचन गरिएको छ ।
श्रीमती निरमाया श्रेष्ठद्धारा प्रकाशित पुस्तक विहिबार चैनपुर नगरपालिकाको दिलकुुमारी भवनमा गएिको विमोचन कार्यक्रममा उक्त पुस्तकका सम्पादक एकु घिमिरेले पुस्तक भित्र कहाली लाग्दो हवाईदुघटना सँगै संस्कृति, इतिहास, भोगोल, समाज, कृषि शिक्षा जस्ता थुपै्र पाटाहरुलाई समेटेको बताउनु भयो । विमोचित ‘अर्को जन्म’ कृति मौलिक र पृथक शैलीमा रहेको समेत जनाएको थियो ।
पुस्तक साहित्यिक नभएर संस्मरणात्मक भएकाले जीवनका घटनाक्रमलाई सरसर्ती पस्कनेकाम गर्दै विश्वसनिताका लागि केही प्रमाणहरु समेत पुस्तकमा समावेश भएको जनाएको छ । २०४१ सालमा संखुवासभाको तुम्लिङ्गटार विमान स्थलबाट काठमाण्डौका लागि उडेको जहाज भोजपुरको चप्लेटीमा दुर्घटनामा परी नयाँ जीवन पाएका श्रेष्ठले जी...









