समाचार Archives - Page 24 of 77 - साझाकुरा
मङ्लबार, माघ ७, २०८२

समाचार

कामको खोजिमा बिदेशिने युवाको संख्यामा उल्लेख्य बृद्धि
समाचार

कामको खोजिमा बिदेशिने युवाको संख्यामा उल्लेख्य बृद्धि

कात्तिक ४ फाइल फोटो ः रासस गएको असोज महिनामा दशैं पर्व पर्दा समेत रोजगारीको खोजिमा बिदेशिने नेपालीको संख्या भयावह देखिएको छ । वैदेशिक रोजगार विभागले उल्लेख गरेअनुशार यस असोज महिनामा ५३ हजार पाँच सय २५ नेपाली कामको खोजिमा विदेशिएका छन् । जसमध्ये १७ हजार सात सय २४ जना नेपाली यूएई, १० हजार चार सय ६८ जना साउदी, नौ हजार सात सय ९८ जना कतार, तीन हजार आठ सय सात जना कुबेत र एक हजार तीन सय १४ जना मलेसिया उडेकमा छन् । यसैगरी असोजमा युरोपेली देशहरु रोमानिया क्रोएशिया, साइप्रस, माल्टा र पोर्चुगल जानेको सङ्ख्यामा पनि उल्लेख्य छ । गएको भदौमा ५७ हजार चार सय ९३ जना नेपाली कामको खोजिमा बिदेशिएको बैदेशिक रोजगार बिभागले जनाएको छ । स्वदेशमा राजनितिक खिचातानीका कारण रोजगारीको अभाव, अव आउने दिनमा पनि कुनै आसा र आज आर्जनको नयाँ संभावना नदेखिएकाले उल्लेख्य संख्यामा युवाहरु बिदेशिन बाध्य रहेको आँकलन गरिएको छ ।...
सरकारले लामिछानेलाई पक्राउ गर्न खोजे प्रतिवाद गर्ने विपक्षी दलहरुको निर्णय
राजनीति, समाचार

सरकारले लामिछानेलाई पक्राउ गर्न खोजे प्रतिवाद गर्ने विपक्षी दलहरुको निर्णय

कार्तिक २ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्ने रणनीतिमा रहेको खुलासा गरेका छन् । आज शुक्रबार बिहान प्रतिपक्षि दलसंगको बैठकमा दाहालले प्रतिपक्षीलाई फुटाइदिने र नेताहरुलाई पक्राउ समेत गर्न खोजेर तर्साउने रणनीतिमा सरकार रहेको खुुलासा गरेका हुन्। अध्यक्ष प्रचण्डका अनुशार बुधबार बालुवाटारमा बसेको नेपाली कांग्रेस, एमाले र माओवादी शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको कुरा सुन्दा सरकार कसैगरि लामिछानेलाई पक्राउ गर्न उद्यत रहेको छ । प्रचण्डको उक्त अभिब्यक्ति पछि सरकारले पुर्वउपप्रधानमन्त्री लामिछानेलाई पक्राउ गरे सामुहिक प्रतिबाद गर्ने बिपक्षी दलहरुले निर्णय गरेका छन्।...
सुनको भाउ १ लाख ६४ हजार ४ सय रुपैयाँ पुग्यो
अर्थ/व्यापार, समाचार

सुनको भाउ १ लाख ६४ हजार ४ सय रुपैयाँ पुग्यो

कात्तिक २ सुनको भाउ आज एकैदिन दुई हजारले बढेको छ । आज सुनको भाउ तोलाको एक लाख ६४ हजार चार सय रुपैयाँ पुगेको छ । यो अहिले सम्मकै सुनको उच्च भाउ हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो र अस्ति पनि सुनको भाउले नयाँ कीर्तीमानी कायम गरेको थियो । यस्तै आज चाँदीको भाउमा पनि प्रतितोला रु ३० को बृद्धि आएको छ । आज चाँदि तोलाको एक हजार नौ सय ८० रुपैयाँ पुगेको नेपाल सुनचाँदी ब्यवसायि महासंघले जनाएको छ ।...
बाढीपहिरोमा बेपत्ता भएका ६ जनाको खोजी कार्य स्थगित
समाचार

बाढीपहिरोमा बेपत्ता भएका ६ जनाको खोजी कार्य स्थगित

कार्तिक १ गएको असोज ११ र १२ गते अविरल वर्षादसँगै आएको बाढीपहिरोमा परी बेपत्ता अवस्थामा रहेका ६ जनाको खोजी कार्य स्थगित गरिएको छ। असोज महिनाभर खोजतलास गर्दापनि उनिहरुको कुनै संकेत फेला नपरेको भन्दै हाललाई बेपत्ताको खोजिकार्य स्थगित गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ। उक्त बर्षादसंगैको बाढीपहिरोमा परि बेपत्ता हुनेहरुमा तेमाल गाउँपालिका–२ का ३ र ६ वर्षीया दुई बालिका प्रिया तामाङ र अप्रिया तामाङ रहेका छन्। उनीहरू पहिरोले घर पुरिँदा बेपत्ता भएका थिए । उक्त दिनको बर्षादका कारण आएको बाढि पहिरोमा परि चौँरीदेउराली गाउँपालिका–६ का ४० वर्षीया शान्ता रिमाल पनि बेपत्ता भएकि छिन्। बाढि पहिरोका कारण धुलिखेल नगरपालिका–८ निवासी ४२ वर्षीया गीता श्रेष्ठ , बेथान्चोक गाउँपालिका–४ की ३८ वर्षीया ज्ञानु परियार र खानीखोला गाउँपालिका–६ की ३७ वर्षीया देवीमाया सिंतान पनि अझै बेपत्ता भएको र खोज...
भीषण मुकारुङले ल्याए ‘खोर्सानी डल्ले ३ बाडुल्की’
मनोरन्जन, समाचार

भीषण मुकारुङले ल्याए ‘खोर्सानी डल्ले ३ बाडुल्की’

असाेज २६ खाेर्सानी डल्ले मैजस्ताे दुखीलाई लै लै पत्याउँछ कल्ले  बरिष्ठ गायक तथा संगितकार भिषण मुकारुङले दशै तिहारकाे अवसर पारेर नयाँ गीत ‘खोर्सानी डल्ले ३ बाडुल्की’ श्राेता तथा दर्शक माझ ल्याएका छन्। उनले आफ्नै नामको युट्युब च्यानलमार्फत म्युजिक भिडियो सार्वजनिक गरेका हुन्। यसमा शब्द र संगीत पनि गायक राईकै रहेकाे छ। एलिस राईले निर्देशन गरेको म्युजिक भिडियोमा एलिसले नै अभिनय गरेका छन्। उनको जोडीका रुपमा एलिसा राईको दमदार अभिनय रहेकाे छ भने कलाकार कविता आलेलाई पनि भिडियोमा देख्न सकिन्छ। भिडियाे https://youtu.be/GRt9ZaUyiiA?si=rWAmsv77pM7LloDR...
इजरायलमाथि इरानले गरेको आक्रमणको सर्बत्र विरोध
अन्तर्राष्ट्रिय, समाचार

इजरायलमाथि इरानले गरेको आक्रमणको सर्बत्र विरोध

असोज १६ ईरानले इजरायलमाथि गरेको मिसाइल आक्रमणको विश्वका नेताहरूले बिरोध जनाएका छन् उनिहरुले ईरान र ईजरायल दुवै पक्षलाई संयमता अपनाउन समेत आग्रह गरेका छन् । दमास्कसस्थित इरानी वाणिज्य दूतावासमा भएको इजरायली हवाई आक्रमणको बदलामा अप्रिलमा भएको मिसाइल र ड्रोन आक्रमणपछि इरानले इजरायलमाथि प्रत्यक्ष आक्रमण गरेको यो दोस्रो पटक हो। मिसाइलको आक्रमण पछि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले ‘मध्यपूर्वमा बढ्दो द्वन्द्वप्रति चिन्ता ब्यक्त गर्दै आक्रमणको घटना निन्दनिय भएको प्रतिकृया दिएका छन् । गाजामा प्यालेस्टिनी हमास लडाकुसँगको युद्धसगैँ हिजबुल्लाहसँगको इजरायलको द्वन्द्वको आलोचना गर्दै गुटेरेसले पूर्ण रूपमा युद्धविरामको आवश्यकता रहेको धारणा राखेका छन् । यसैगरी अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी सेनालाई इरानी आक्रमण विरुद्ध इजरायली रक्षा पक्षको रक्षाका लागि इजरायलप्रति लक्षित...
राहतका लागि विपद् प्रभावित जिल्लालाई २ करोड ३० लाख पठाइयो
समाचार

राहतका लागि विपद् प्रभावित जिल्लालाई २ करोड ३० लाख पठाइयो

सोमबार, १४ असोज राहतका लागि विपद् प्रभावित जिल्लालाई २ करोड ३० लाख पठाइयो मन्त्री सुरजचन्द्र लामिछानेको संयोजकत्वमा बसेको विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले विपद् प्रभावित जिल्लाका मृतकहरूलाई प्रदान गर्ने निर्णय गरेको हो । बैठकको निर्णय अनुसार विपद्बाट बढी क्षति बेहोरेको काभ्रेलाई ६० लाख रुपैयाँ, धादिङलाई ५० लाख रुपैयाँ, ललितपुरलाई ३० लाख रुपैयाँ, काठमाडौँ र सिन्धुपाल्चोकलाई २० लाख रुपैयाँ, दोलखा, सिन्धुली, रामेछाप, मकवानपुर र भक्तपुरलाई १०र१० लाख रुपैयाँ राहत रकम वितरणका लागि उपलब्ध गराउने निर्णय गरेको हो । उक्त रकम सम्बन्धित जिल्लाको विपद् व्यवस्थापन कोषमा जम्मा गरिने मन्त्री लामिछानेले बताए । उनका अनुसार सम्बन्धित जिल्लाबाट माग भई आएको खण्डमा राहत रकम वितरणका लागि थप रकम समेत उपलब्ध गराइने छ । त्यस्तै बैठकले प्रदेश विपद् व्यवस्थापन कोष परिचालन कार्यविधि २०८० को दफा ३ अनुसार...
कोशी प्रदेशबाट फेरि मौसम बदली शुरू, गण्डकीसम्मका केही ठाउँमा पानी पर्ने सम्भावना
समाचार

कोशी प्रदेशबाट फेरि मौसम बदली शुरू, गण्डकीसम्मका केही ठाउँमा पानी पर्ने सम्भावना

असोज १५, कोशी प्रदेशबाट फेरि मौसममा बदलीहुन शुरू भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले कोशी प्रदेशका अधिकांश भाग बादलले ढाकिरहेको र त्यसको असर कोशीसहित मधेश, बाग्मती र गण्डकी प्रदेशमा पनि देखिने बिभागले जनाएको छ । कोशीदेखि गण्डकी प्रदेशसम्मका केही ठाउँमा पर्सिसम्म बादल लाग्ने र हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरको भनाई छ । उनका अनुशार विशेषगरी कोशी प्रदेशका धेरै ठाउँमा हल्का र मध्यम वर्षा हुनुका साथै मधेश, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा बर्षाद हुने अनुमान गरिएको छ । यसैगरि सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा पानी पर्ने सम्भावना रहेपनि ठूलो अनि लगातारको वर्षा भने नहुने मौसमविद् मानन्धरले जानकारी दिए । तर यसअघिको लगातारको वर्षादले देशका प्रायस भू–भाग नराम्ररी गलेको हुँदा थोरै पानी पर्दा परेपनि बाढी पहिरोको सम्भा...
भोलिबाट फेरि देशभर पानी पर्ने
समाचार

भोलिबाट फेरि देशभर पानी पर्ने

असाे १५ बुधबार कोशी, बाग्मती, गण्डकी प्रदेशका थोरै ठाउँमा  हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ। साथै बाँकी प्रदेशका पनि एक-दुई स्थानमा  मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षा हुने जनाइएको छ।  भोलि कोशी, बाग्मती प्रदेशका एक दुई स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ। भोलि राती कोशी प्रदेशका केही स्थानहरू तथा मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का सामान्य वर्षा हुने र कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने जनाइएको छ। बिहीबार पनि सबै प्रदेशका केही ठाउँमा सामान्य वर्षा हुने र कोशी प्रदेशका एक दुई  स्थानहरूमा भारी वर्षा हुने जनाइएको छ।...
बाढीपहिरो र डुबानमा परी एक सय ९२ जनाको मृत्यु, ३० जना बेपत्ता
समाचार

बाढीपहिरो र डुबानमा परी एक सय ९२ जनाको मृत्यु, ३० जना बेपत्ता

असोज १४ अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानमा परी हालसम्म सोमबार बिहान सम्म एक सय ९२ जनाको मृत्यु भएको छ भने ३० जना बेपत्ता भएका छन् । प्राकृतिक विपद्मा एक सय ९४ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए । बाढीपहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई हालसम्म करिब चार हजार पाँच सयभन्दा बढी विपद् प्रभावितको उद्धार गरिएको उनले जानकारी दिए । सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको छ । यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको पनि प्रवक्ता तिवारीले बताए । रासस...