समाचार Archives - Page 35 of 77 - साझाकुरा
सोमवार, माघ ६, २०८२

समाचार

आज भोटो जात्रा, काठमाडौं, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा
समाचार, समाज

आज भोटो जात्रा, काठमाडौं, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा

श्रावण २० आज भोटो जात्रा । रातो मत्स्येन्द्रनाथको रथ बिहीबार लगनखेलबाट तानेर जावलाखेल पुर्‍याएसँगै आज भोटो देखाइने भएको छ । भोटो जात्रा देखाइसकेपछि मत्स्येन्द्रनाथलाई रथबाट ओराली खटमा राखी बाजागाजाका साथ बुङगमती पुर्‍याइनेछ । परम्परा अनुसार रातो मस्त्येन्द्रनाथलाई सुर्य दक्षिणायण हुँदा ६ महिना बुङमती र उत्तरायण हुँदा ६ महिना पाटनमा राख्ने चलन छ । वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको भोटो देखाउने जात्रामा नागलोकबाट प्राप्त मणि, माणिक्य आदि बहुमूल्य वस्तु जडित प्राचिन भोटो अवलोकन गर्न राष्ट्रप्रमुखलगायत विशिष्ट व्यक्तित्वहरु उपस्थित हुने चलन छ । आज भोटोजात्रा समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओलीसहित विशिष्ट व्यक्तिहरु सहभागी हुने कार्यक्रम रहेको गुठी संस्थान ललितपुरले जनाएको छ । साथै ललितपुरकी जीवित देवी कुमारी र ललितपुरका १७ औं शताब्दीका ...
काभा महिला भलिबल लिगमा नेपालले आज इरानसँग खेल्दै
खेलकुद, समाचार

काभा महिला भलिबल लिगमा नेपालले आज इरानसँग खेल्दै

श्रावण २० काभा महिला भलिबल लिगमा नेपालले आज इरानसँग खेल्दैछ । खेल त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा बेलुका सवा ५ बजे शुरु हुनेछ । त्यसअघि आजै दिउँसो तीन बजे श्रीलङ्का र माल्दिभ्स खेल्दैछन् । आजको खेलमा नेपालले इरानलाई सोझो सेट वा ३–१ को सेटमा पराजित गरेमा भारतलाई पछि पार्दै शीर्ष स्थानमा पुग्नेछ । नेपाल दुई खेलमा पाँच अङ्कसहित दोस्रो स्थानमा छ । पहिलो खेलमा नेपालले श्रीलङ्कालाई हराएको थियो । सात अङ्कसहित शीर्ष स्थानमा रहेको भारतले यसअघि इरान र माल्दिभ्सलाई हराएको थियो । नेपालले भोलि माल्दिभ्ससँग खेल्नेछ भने भारतले श्रीलङ्कासँग खेल्नेछ । हिजो भएको खेलमा भारतलाई ३–२ को सेटमा हराउँदै नेपालले ऐतिहासिक उपलब्धी हासिल गर्न सफल भयो । यसअघि सन् २०१९ को दक्षिण एसियाली खेलकुद सागमा नेपाल उपाधि नजिकै पुगे पनि अन्तिम सेटमा भारतसँग पराजित भएको थियो । काभा महिला ...
मन्त्रिपरिषद्‌ले पायो पूर्णता, तीन राज्यमन्त्री नियुक्त गरियो
राजनीति, समाचार

मन्त्रिपरिषद्‌ले पायो पूर्णता, तीन राज्यमन्त्री नियुक्त गरियो

श्रावण १८ प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । उनले आज कांग्रेसबाट दुई र नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट एक राज्यमन्त्री नियुक्त गरेका हुन् । कांग्रेसबाट रुपा विक, पूर्णबहादुर तामाङ र नागरिक उन्मुक्ति पार्टिबाट राज्यमन्त्रीमा अरुण चौधरी नियुक्त भए उनलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन, रुपालाई वन तथा वातावरण र पूर्णबहादुरलाई ऊर्जा जलश्रोत तथा सिँचाइ राज्यमन्त्रीमा नियुक्त गरिएको छ ।...
कक्षा १२ को नतिजा सार्वजनिक नियमिततर्फ ५२ दशमलव ९१ प्रतिशत विद्यार्थी उत्तीर्ण
समाचार

कक्षा १२ को नतिजा सार्वजनिक नियमिततर्फ ५२ दशमलव ९१ प्रतिशत विद्यार्थी उत्तीर्ण

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार नियमिततर्फ ५२ दशमलव ९१ प्रतिशत विद्यार्थी ग्रेडेड अर्थात् उत्तीर्ण भएका छन् । यस्तै नन ग्रेड अर्थात् अनुत्तीर्ण हुने विद्यार्थीको सङ्ख्या ४७ दशमलव ०९ प्रतिशत रहेको छ । यस वर्ष कक्षा १२ को परीक्षामा नियमिततर्फ सहभागी तीन लाख ९० हजार आठ सय ६८ विद्यार्थीमध्ये दुई लाख तीन हजार आठ सय ४७ जना विद्यार्थी उत्तीर्ण भएका हुन् । यसैगरी ग्रेड वृद्धितर्फ २०७८र७९ का २८ दशमलव २६ प्रतिशत र २०७६र०७७ का ६२ दशमलव ०५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गएको वैशाख १४ गतेदेखि शुरु भएको परीक्षामा जम्मा चार लाख ९१ हजार चार सय ९७ जना विद्यार्थी सहभागी थिए । अघिल्लो वर्षको परीक्षामा २०७९ सालमा ५१ दशमलव ९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । उज्यालो अनलाईनले समचार बिस्तृतमा प्रकाशन गरेको छ ।...
बंगलादेशमा बिद्याथीहरुले फेरि शुरु गरे आन्दोलन
अन्तर्राष्ट्रिय, समाचार

बंगलादेशमा बिद्याथीहरुले फेरि शुरु गरे आन्दोलन

श्रावण १७ एजेन्सी । बंगलादेशमा केहि हप्ता अघि भएको प्रदर्शनका क्रममा पीडित भएकाहरूको न्यायका लागि भन्दै विद्यार्थीले फेरि आन्दोलन चर्काउन शुरु गरेका छन् । न्यायको माग गरेर भइरहेको प्रदर्शनले उग्र रुप लिँदै गएपछि प्रहरी र विद्यार्थी प्रदर्शनकारीबीच ठाउँ गाउँमा झडप भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । बैगलादेशको ढाका उत्तर–पूर्वी शहर सिल्हेट मा प्रदर्शनकारीहरूले प्रहरीमाथि आक्रमण गरेपछि शुरु गरेपछि शान्ति सुरक्षाका लागि प्रहरीले दमनको निति लिन बाध्य भएको बताईएको छ । राजधानी ढाका र अन्य शहरमा पनि झडप भएको अन्तराष्ट्रिय संचार माध्यम बीबीसीले उल्लेख गरेको छ । रोजगारीमा सेना प्रहरीलाई दिईएको कोटा प्रणाली खारेजीको माग राखि विद्यार्थीले केहि हप्ता अघि शुरु गरेको आन्दोलनका क्रममा २ सय बढिले ज्यान गुमाएका थिए । उक्त प्रदर्शनमा करिव १० हजार प्रदर्शनकारीलाई पक्राउ गरिएको विद्या...
लेबनानमा रहेका नेपालीलाई सतर्कता अपनाउन दूतावासको आग्रह
अन्तर्राष्ट्रिय, समाचार

लेबनानमा रहेका नेपालीलाई सतर्कता अपनाउन दूतावासको आग्रह

श्रावण १७ लेबनानमा पछिल्लो समय इजरायलको आक्रमणमा हिजबुल्लाहका कमान्डर फुआद शुक्र को हत्या गरिएपछि तनाव बढेको छ । त्यहाँ उत्पन्न स्थीतिलाई मध्यनजर गर्दै ईजिप्टमा रहेको नेपाली दुतावासले लेवनानमा रहेका नेपाली नागरिकहरुलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । लेबनानमा रहेका नेपालीलाई ईमरजेन्सी सहायता आवश्यक परेको खण्डमा नेपाली दूतावास कायरो र बेरुतमा रहेको अवैतनिक नेपाली वाणिज्य दूतावासमा सम्पर्क गर्न पनि दूतावासले आग्रह गरेको छ ।...
शास्त्रीय सङ्गीतका गुरु गुरुदेव कामतको निधन
समाचार

शास्त्रीय सङ्गीतका गुरु गुरुदेव कामतको निधन

श्रावण १७ शास्त्रीय सङ्गीतका धुरन्धर गुरु गुरुदेव कामतको आज आफ्नै निवासमा ६९ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि मिर्गौला रोगबाट पीडित वहाँले आफ्नै जन्मथलो सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका २ पोखरभिण्डामा बिहान अन्तिम सास लिनुभएको थियो । शास्त्रीय सङ्गीतमा निकै श्रद्धाका साथ नाम लिइने गुरुदेव कामतले पछिल्ला ४० वर्षदेखि काठमाण्डौमा रहेर नेपाली गीत, सङ्गीत, शास्त्रीय गायन क्षेत्रमा योगदान गर्दै आउनुभएको थियो । उहाँको आजै अन्त्येष्टि गरिने पारिवारिक श्रोतले जनाईएको छ ।...
कोशी प्रदेश लगायतका केहि प्रदेशमा ठुलो बर्षादको संभावना
समाचार

कोशी प्रदेश लगायतका केहि प्रदेशमा ठुलो बर्षादको संभावना

श्रावण १७ मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज दिउँसो कोशी, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा तथा मधेस प्रदेशका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम बिभागले जनाएको छ । कोशी, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ । महाशाखाकाअनुसार रातिमा भने देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा तथा मधेस र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज राति कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद रोजन लामिछानेले बताए ।...
मिटरब्याजीले हत्या गराएको भन्दै जनकपुरमा शवसहित धर्ना
समाचार, समाज

मिटरब्याजीले हत्या गराएको भन्दै जनकपुरमा शवसहित धर्ना

श्रावण १७ धनुषामा कुटपिटबाट हत्या गरिएका धनुषाधाम नगरपालिका–२ मंगलपुरका ४५ वर्षीय भोगेन्द्र ठाकुरको शवसहित मिटरब्याज पीडितले प्रदर्शन गरेका छन् । जनकपुरधामस्थित स्मसानघाट स्वर्गद्वारीमा मंगलबारदेखि नै शव राखेर मिटरब्याज पीडितहरु धर्नामा बसेका हुन् । ठाकुरको शव मंगलबार प्रादेशिक अस्पतालले पोस्टमार्टम गरेर आफन्तलाई जिम्मा लगाएपछि जलाउन लगिएको थियो । तर मृतक ठाकुर मिटरब्याज पीडित रहेको र उनको हत्या मिटरब्याजीको योजनामा भएको दाबी गर्दै जलाउन रोकिएको हो । स्मसानघाटमै शव राखेर सयौंको संख्यामा बुधबार पनि प्रदर्शनमा उत्रिए । ठाकुरको सोमबार बिहान घरमै कुटपिट गरी हत्या भएको थियो भने उनको श्रीमती श्यामु ठाकुर गम्भीर घाइते भएकी छन् । धनुषाका प्रहरी प्रवक्ता रञ्जन अवाका अनुसार सोमबार बिहान ठाकुरको हत्या भएको थियो । हत्या आरोपमा स्थानीय ४५ वर्षीया सुरजी मुखिया र उनका छोरा २१ वर्षीया नागेश्वर मुखि...
शेयर कारोबारमा नयाँ रेकर्ड कायम एकैदिन नेप्सेमा ६४ अङ्कको बृद्धि
अर्थ/व्यापार, समाचार

शेयर कारोबारमा नयाँ रेकर्ड कायम एकैदिन नेप्सेमा ६४ अङ्कको बृद्धि

श्रावण १६ शेयर कारोबारमा नयाँ रेकर्ड कायम भएको छ ।बुधबार आज एकैदिन २१ अर्ब ९१ करोड ११ लाख रुपैयाँको शेयर कारोबार अर्थात ६४ अङ्कको बृद्धि आउँदा हालसम्मकै ऐतिहासिक रेकर्ड कायम भएको हो । यसअघि २०७८ साल साउन ३१ गते २१ अर्ब ६४ करोड ७६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको रेकर्ड रहेको छ । त्यस यता हालसम्मकै उच्च अंकको बृद्धि देखिएको हो । आज हिमालयन रिइन्सुरेन्स कम्पनीको ८४ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कारोबार रकमले रेकर्ड बनाएको दिन शेयर बजार परिसूचक नेप्से ६४ दशमलव २५ अङ्कले बढेर दुई हजार सात सय ६० दशमलव ९० विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बृद्धि देखिएकोमा बीमा, फाइनान्स, होटल, विकास बैंक, उत्पादन, व्यापार समूहको शेयरमा उच्च अङ्कको बृद्धि देखिएको छ । आज १० वटा कम्पनीका शेयर १० प्रतिशतले बढेको छ । यस्तै ११ वटा कम्पनीको शेयरमा नौ प्रतिशत बढिको बृद्धि आएको छ भने ...