२ लाख मान्छे भूमध्यसागर पार गरेर युरोप पुग्दा २५ सय हराए
चालु वर्षमा करिब दुई लाख आप्रवासी भूमध्यसागर पार गरेर युरोप पुग्न सफल भए पनि दुई हजार पाँच सय जनाले भने ज्यान गुमाए वा उनीहरू हराएका शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय निकायलाई उद्धृत गर्दै अल जजिराले जनाएको छ ।
यो वर्ष एक लाख ८६ हजार मानिस भूमध्यसागर पार गरेर प्रवेश गर्दा दुई हजार पाँच सयभन्दा बढीको मृत्यु भएको वा बेपत्ता भएका निष्कर्षमा हामी पुगेका छौँ,' न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी उच्चायुक्त 'युएनएचसीआर' का निर्देशक रुभेन मेनिकडिवेलाले सुरक्षा परिषद्लाई जानकारी दिएका अल जजिराले खबर प्रसार गरेको छ ।
युरोप प्रवेश गरेकामध्ये करिब एक लाख ३० हजार इटाली पुगेका छन् । ग्रीस, स्पेन, साइप्रस, माल्टालगायत देशमा पनि आप्रवासी पुगेको उनले जानकारी दिए।
गत वर्षको तुलनामा यस वर्ष समुद्र पार गर्ने क्रममा मृत्यु हुने वा बेपत्ता हुनेको सङ्ख्या बढेको छ ।
जोखिमपू...









