समाचार Archives - Page 74 of 76 - साझाकुरा
शनिबार, माघ ४, २०८२

समाचार

त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल भन्सारका कर्मचारीद्वारा जाँचपास ठप्प
अपराध, समाचार

त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल भन्सारका कर्मचारीद्वारा जाँचपास ठप्प

सुन प्रकरणमा कर्मचारीमाथि अनुसन्धान अघि बढाईएकोमा बिरोध जनाउँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत भन्सारका कर्मचारीले भन्सार जाँचपास ठप्प पारेका छन् । विमानस्थल भन्सारमा समातिएको तस्करीले ६० केजी सुन प्रकरणमा भन्सारमा कार्यरत कर्मचारीमाथि अनुसन्धान गरिएको भन्दै उनीहरूले सेवा ठप्प पारेको जनाईएको छ । सुन तस्करीको अनुसन्धानको क्रममा आफ्ना सहकर्मिहरुमाथि प्रहरीले अन्धाधुन्दमा आरोप, पक्राउ र धरपकड शुरु गरेको उनीहरूको आरोप छ । ईमान्दारितापुर्वक काम गरिरहेका सहकर्मि कर्मचारिहरुमाथि अनुशन्धानका नाममा मानमर्दन गर्ने र अपराधि सरह आफुहरुलाई दुरब्यवहार गरिएको उनिहरुको भनाई छ । ६० केजी सुन तस्करी प्रकरणको अनुसन्धानमा जुटिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले अहिलेसम्म भन्सारमा कार्यरत ६ जना कर्मचारिलाई पक्राउ गरि अनुशन्धान र थप बयान लिईरहेको बताईएको छ ।...
बागमतीको प्रमुख सचेतकबाट कुन्दन काफ्लेको राजिनामा
समाचार

बागमतीको प्रमुख सचेतकबाट कुन्दन काफ्लेको राजिनामा

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक कुन्दन काफ्लेले प्रमुख सचेतकबाट राजीनामा गरेका छन् । उनले आज मंगलबार सामाजिक संजालमार्फत कांग्रेस बागमती प्रदेश सभाका संसदीय दलका नेता बहादुरसिंह लामालाई राजीनामा दिएको जानकारि दिए। राजीनामा पछि सामाजिक संजालमा काफ्लेले लेखेका छन् “‘गतिशील र सबल कांग्रेसले मात्र यो देश र लोकतन्त्रको भविष्य सुनिश्चित हुने सबैमा बोध भएकै कुरा हो । प्रमुख सचेतकको भूमिका निर्वाह गर्दा, पार्टी संगठन र दोलखाली जनसेवामा समय अभाव महसुस गरेको छु । अतः केन्द्रीय सदस्यको रुपमा कांग्रेसमा नवीन उर्जा भर्न थप क्रियाशिल रहन र दोलखाली जनताको सेवामा थप समर्पित हुन सो पदबाट राजीनामा दिएको छु ।’ उनले आफुले धेरै जिम्मेवारि लिँदा जनताको काम गर्न समस्या निकाल्न गाह्रो भएको भन्दै उनले आफुले राजिनामा गरेको उल्लेख गरेका छन् । काफ्ले दोलखा जिल्ला निर्वाचित बागमती प्रदेशसभा स...
६ महिनापछि नासाले पठाएका चार जना अन्तरिक्ष यात्री पृथ्वीमा फर्किए
रोचक, समाचार

६ महिनापछि नासाले पठाएका चार जना अन्तरिक्ष यात्री पृथ्वीमा फर्किए

अमेरिकाको राष्ट्रिय हवाई यातायात तथा अन्तरिक्ष प्रशासन नासा को स्पेसएक्स क्रू–सिक्स का अन्तरिक्ष यात्रीहरु ६ महिनापछि सकुशल पृथ्वीमा फर्कन सफल भएका छन् । आज बिहान दक्षिणपूर्वी अमेरिकी राज्य फ्लोरिडाको तटीय क्षेत्रमा सुरक्षित रुपमा उनिहरु अवतरण गरेका नासाले उल्लेख गरेको छ । अन्तरिक्ष यात्री स्टेफन बोवेन र वुडी होबर्ग, यूएईका अन्तरिक्ष यात्री सुल्तान अल नेयादी र रूसको राष्ट्रिय अन्तरिक्ष निगमका अन्तरिक्ष यात्री आन्द्रे फेद्याएभ सकुशल उत्रिएका हुन् । उनीहरु छ महिनादेखि आईएसएसमा बसेर काम गरिरहेका थिए ।...
अमेरिकाको माउ टापुको जंगलमा आगो लाग्दा ३८५ जना बेपत्ता
अन्तर्राष्ट्रिय, समाचार

अमेरिकाको माउ टापुको जंगलमा आगो लाग्दा ३८५ जना बेपत्ता

लस एन्जलस स् अमेरिकाको हवाई राज्यस्थीत माउ टापुमा रहेको जंगलमा आगो लाग्दा ठुलो क्षति पुगेको छ । सैयौंको संख्यामा जंगलमा रहेका जलचर, थलचर लगायत अन्य प्राकृतिक सम्पदाहरु जलेर नष्ट भएको जनाईएको छ ।   आगलागीपछि उद्धारमा खटिएका सहित तीन सय ८५ जना बढि अझै बेपत्ता भैरहेको बताईएको छ । माउ प्रहरी विभाग र अमेरिकी संघीय अनुसन्धान ब्युरोले शनिबार संयुक्तरूपमा एक विज्ञप्ति जारि गरि उक्त संख्यामा मानिसहरु हराईरहेको जनाएको हो । माउइ जंगलमा लागेको डढेलो मानव बसोबास भएका स्थानमा समेत प्रवेश गरेकाले त्यसमा परि एक सय १५ जनाले ज्यान गुमाएको बताईएको छ भने अधिकांशको मृत्यु माउइको समुद्री किनारको लहाइनमा गत साउन २३ गते लागेको डढेलोमा परेर भएको संचारमाध्यमहरुले उल्लेख गरेका छन् । प्रचण्ड गर्मीमा ठूलो विपत्ति बनेर आउने वन डढेलो टापुराज्य हवाईका निम्ति अभिषाप बनेको छ । झण्डै एक दशक पछि भएको यो प्राकृत...
विद्यालयबाट फर्किएका दाजुबहिनीको खोलाले बगाएर मृत्यु
समाचार

विद्यालयबाट फर्किएका दाजुबहिनीको खोलाले बगाएर मृत्यु

रूकुम पश्चिममा खोलाले बगाउँदा दाजु, बहिनीको मृत्यु भएको छ। चौरजहारी नगरपालिका–६ घर्तीकाडाका १० वर्षीया मनोज बुढाथोकी र उनकी ६ वर्षकी बहिनी भावनालाई आइतबार अपराह्न खोलाले बगाएको हो। रतन बुढाथोकीका छोराछोरीलाई घर नजिकैको खोलाले बगाएको चौरजहारी नगरपालिकाका प्रमुख पुष्प बादीले बताए। ‘हिजो अपराह्न ४ बजेतिर ठूलो हावाहुरीसहित पानी परेको थियो। स्कुलबाट निस्कँदा पनि पानी परिरहेकै थियो भन्ने सुन्नमा आएको छ,’ नगर प्रमुख पुष्पले भने, ‘दाजुबहिनी नै सोझा थिए। खहरेमा भेल आउँछ भन्ने हेक्का नै भएन। उनीहरूको शव हिजै फेला परिसकेको छ।’हावाहुरीसहित पानी पर्न थालेपछि शिक्षकले दाजु, बहिनीलाई एकछिन पर्खन भनेका थिए। विद्यालयबाट निस्कँदा मध्यम वर्षा भए पनि खोलाको डर नभएकाले उनीहरू घर हिँडेको वडा नम्बर ६ का सदस्य विरेन्द्र बोहोराले जानकारी दिए। ‘त्यो त सानो खहरे हो। नाउला खोला भन्छन्। मानिस बगाउने गरी बाढी ...
बाँदरको बढ्दो संख्या नियन्त्रण गर्न परिवार नियोजन गर्नूपर्छःः काँग्रेस नेतृ आरजू
समाचार

बाँदरको बढ्दो संख्या नियन्त्रण गर्न परिवार नियोजन गर्नूपर्छःः काँग्रेस नेतृ आरजू

नेपाली कांग्रेसकी नेत्री तथा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति डा. आरजु राणाले बाँदरको बढ्दो संख्या नियन्त्रण गर्न परिवार नियोजन गर्नूपर्ने धारणा राखेकी छिन् । आइतवार समितिको बैठकलाई सम्बोधन गर्ने क्रममा देशभर नै अन्नबालिमा बाँदरले ठुलो क्षति पुर्याएको समचारहरु आईरहेकाले बाँदरकोे संख्या न्युनिकरणका लागि बाँदरलाई परिवार नियोजन गरेर सङ्ख्या घटाउनुपर्ने बिचार ब्यक्त गरेकि हुन् । छिमेकी देश भारतको हिमाञ्चल प्रदेशमा पनि बाँदरको परिवार नियोजन गरि नियन्त्रण र न्युनिकरण गरिएको उदाहरण पेश गर्दै उनले नेपालमा पनि बाँदर नियन्त्रणका लागि परिवार नियोजनको तरिका अपनाउन सकिने उनको भनाई थियो । सम्बोधनका क्रममा उनले ‘बाँदर संरक्षण गर्नु राम्रो हो । म संरक्षणवादी नै हो । तर पनि मान्छेले खान नपाउने गरेर बाँदर संरक्षण गरेर फाइदा छैन । यो कलिङको प्रिन्सिपल हामीले ल्याउनुपर्‍यो । बाँदरलाई त परिवा...
निशुल्क प्राप्त जग्गालाई ६ लाख भुक्तानी गर्ने वडाध्यक्षसहित ३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
समाचार

निशुल्क प्राप्त जग्गालाई ६ लाख भुक्तानी गर्ने वडाध्यक्षसहित ३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

निशुल्क प्राप्त जग्गालाई ६ लाख भुक्तानी दिएको आरोपमा सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका वडा नं. २ का पुर्वअध्यक्ष रमेशकुमार बस्नेतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । वडा नम्बर–२ का पूर्ववडाध्यक्ष बस्नेत सहित लिखुपिके गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी र लेखापाल जीवन सुेवदी बिरुद्ध लिखुपिके–२ को भवन बनाउनका लागि निःशुल्क पाएको जग्गा किनेको भन्दै छ लाख रुपैयाँ भुक्तानी दिएको पाइएपछि उनीहरूविरुद्ध आज आइतवार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।...
मेयर बालेन र रास्वपा सभापति लामिछाने क्रिकेट हेर्न श्रीलङ्का
खेलकुद, समाचार

मेयर बालेन र रास्वपा सभापति लामिछाने क्रिकेट हेर्न श्रीलङ्का

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह नेपाल(भारतबीचको क्रिकेट हेर्न श्रीलङ्का उडेका छन्। आज अपराह्न ४ बजे श्रीलंका प्रस्थान गरेका उनि भोलि हुने एसिया कप क्रिकेट अन्तरगत नेपाल र भारतबीचको खेलमा नेपाली खेलाडिलाई हौसला थप्न गएको बताईएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछाने पनि खेलाडीको हौसला बढाउनका लागि भन्दै श्रीमति निकिता पौडेल सहित श्रीलङ्का प्रस्थान गरेका छन्। श्रीलङ्काको क्याण्डीस्थित तालेकेले क्रिकेट मैदानमा सोमबार नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ। हिजो साँझ ट्राफिक प्रहरीले महानगरको गाडि रोकेको भन्दै महानगरका मेयर बालेनले सामाजिक संजालमा पोखेको आक्रोसको अहिले सर्वत्र चर्चा र निन्दा दुवै भैरहेको छ । उनले आगामी दिनमा यस्तै भैरहे सिंहदरबारमा आगो लाग्ने प्रतिकृया दिएका थिए ।...
पेप्सीकोलामा बस दुर्घटनामा हुँदा दर्जन बढि घाइते
समाचार

पेप्सीकोलामा बस दुर्घटनामा हुँदा दर्जन बढि घाइते

आइतबार बिहान काठमाडौंको पेप्सीकोलामा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तिमा एक दर्जन घाइते भएका छन् । जडिबूटीतर्फ जाँदै गरेको बसले अनियन्त्रित भई जीप र स्कुटरलाई ठक्कर दिएको थियो । घाइते मध्ये सात जनाको अवस्था गम्भीर रहेको बताईएको छ । उनिहरुलाई उपचारका लागि नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना गरिएको छ । सामान्य अवस्थाका घाइतेहरुको भने पेप्सीकोलाकै स्थानीय अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।...
सिन्धुपाल्चोकको पाँचकिलोमा जीप दुर्घटना दुई जनाको मृत्यु चार घाइते
समाचार

सिन्धुपाल्चोकको पाँचकिलोमा जीप दुर्घटना दुई जनाको मृत्यु चार घाइते

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ मा पर्ने पाँचकिलोमा गएराति जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने जीपमा रहेका चार जना घाइते भएका छन् । गएराति दोलखाबाट सिन्धुपाल्चोकको खाडीचौरका लागि छुटेको बा १५ च ९३७० नम्बरको जीप लामोसाँघु जिरीखण्डको पाँचकिलोमा दुर्घटना हुँदा दुई जना पुरुषको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका इन्सपेक्टर सञ्जीवकुमार यादवले जानकारी दिए । मृतक दुई मध्ये एक जना उत्तम महर्जनको पहिचान खुलेको छ भने अर्का एक जनाको परिचय नखुलेको प्रहरिको भनाई छ । घाइते चार जनालाई थप उपचारका लागि काभ्रेको धुलीखेल अस्पताल रिफर गरिएको प्रहरीको भनाई छ ।...