समाचार Archives - Page 76 of 76 - साझाकुरा
बिहिबार, माघ २, २०८२

समाचार

बिवेक पुर्याएर काम गर्न नगरप्रहरी बललाई बालेन साहको निर्देशन
समाचार, समाज

बिवेक पुर्याएर काम गर्न नगरप्रहरी बललाई बालेन साहको निर्देशन

काठमाण्डौ नगरपालिकाका मेयर बालेन साहले बिवेक प्रयोग गरेर काम गर्न नगरप्रहरी बललाई निर्देशन दिएका छन् । बिहीबार नगर प्रहरी बलको स्थापना दिवसको अवसरमा आयोजना गरिएको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले समय अति संबेदनशिल भएकाले जनतासंग ब्यवहार गर्दा अति बिवेक पुर्याएर मात्र काम गर्न निर्देशन दिएका हुन् । प्रमुख साहले नगर प्रहरीले कुनैपनि प्रकारको नातावाद, कृपावाद र राजनितिक आस्था र भेदभाव नराखि काम गर्ने शिलशिलामा कठिनाई भए आफ्ना समस्या महानगर समक्ष राख्न समेत मेयर साहले आग्रह गरेका थिए । सम्बोधनका क्रममा मेयर साहले महानगरपालिकाले नगरप्रहरिको सक्रियतामा १ सय ५० रोपनीबढी सार्वजनिक जग्गा संरक्षण गर्न सफल भएको, पार्किङ व्यवस्थापनमा ऐतिहाँसिक उपलब्धी हाँसिल गरेको भन्दै नगरप्रहरीबलको खुलेर प्रसंसा गरेका थिए ।...
जोहानेसबर्गको एक भवनमा आगलागि हुँदा ६५ जनाको मृत्य
अन्तर्राष्ट्रिय, समाचार

जोहानेसबर्गको एक भवनमा आगलागि हुँदा ६५ जनाको मृत्य

दक्षिण अफ्रिकाको ठूलो सहर जोहानेसबर्गको आगलागिमा परि ६५ जनाको मृत्यु भएको छ । त्यहाँ रहेको एक पाँच तले भवनमा अकस्मात आगलागि हुँदा ६५ जनाको मृत्यु भएको छ भने ५० बढि गंभिर घाईते भएको बीबीसीले उल्लेख गरेको छ । आगलागि पश्चात आग्नी नियन्त्रण र उद्धारमा खट्ने दर्जन बढि उद्धारकर्ता र सहयोगिहरुको समेत ज्यान गएको बताईएको छ । त्यहाँका आपत्कालीन व्यवस्थापन सेवाका प्रवक्ता रोबर्ट मुलाउजीले आफ्नो २२ वर्षे सेवा अवधीमा यति बिनासकारि आगलागि कहिल्यै नदेखेको भन्दै दुख ब्यक्त गरेका छन् जोहानेसवर्ग दक्षिण अफ्रिकाकै सवैभन्दा ठुलो र अति ब्यस्त सहर मानिन्छ । यो सहर जोहानेसवर्गको प्रमुख आर्थिक एवम् व्यापारिक केन्द्रका रुपमा रहेको प्रवक्ता मुलाउजीले बताए । उनले उक्त भवनमा अझैपनि पुरिएका शवहरु हुनसक्ने भन्दै खोजि कार्य जारिरहेको जानकारी दिए । उनले भवनमा कति मानिस थिए भन्ने यकिन नहुँदा खोजीमा कठिनाइ भैरहेको ब...
६० किलो सुनमा जोडियो क्रिप्टोकरेन्सी
मुख्य समाचार, समाचार

६० किलो सुनमा जोडियो क्रिप्टोकरेन्सी

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा नेपालमा अवैध भर्चुअल मुद्रा क्रिप्टोकरेन्सीको कारोबार पनि जोडिएको छ । तस्कर समूहले सुनको पेमेन्टका लागि क्रिप्टोकरेन्सीमा कारोबार गर्ने गरेका अनुसन्धानका क्रममा खुलेको केन्द्रीय अनुुसन्धान ब्यूरो ९सीआईबी० का एक अधिकृतले बताए । ‘केही पैसा हुण्डीबाट पनि गएको देखिन्छ भने ठूलो रकम क्रिप्टोमार्फत कारोबार भएको पाइएको छ’, अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘यो विषयमा विस्तृत अनुसन्धान भइरहेको छ ।’ स्रोतका अनुसार, सुन तस्करी प्रकरणमा क्रिप्टो जोडिएपछि सीआईबी सुन प्रकरणको अनुसन्धान समितिमा सीआईबीका डिजिटल फरेन्सिक प्रमुख एसपी एमएम धामीलाई पनि अनुसन्धान खटाएको छ । स्रोतका अनुसार, क्रिप्टोकरेन्सी सम्बन्धी अनुसन्धानको विज्ञका रुपमा उनलाई अनुसन्धानमा जोडिएको हो । ‘हालसम्म अनुसन्धानबाट खुलेका तथ्यहरु हेर्दा तस्करीमा संलग्न यो गिरोह सोचेभन्दा निकै धेरै ...
डेढ बर्षमा सप्तरीका ४ पालिका प्रमुख निलम्बित
समाचार

डेढ बर्षमा सप्तरीका ४ पालिका प्रमुख निलम्बित

भाद्र १४,निर्वाचित भएको डेढ बर्ष नबित्दै सप्तरीका चार जना पालिकाप्रमुखहरु निलम्बित भएका छन् । भ्रष्टाचार गरि पदिय दुरुपयोग गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरी बोदे बरसाइन नगरपालिकाका नगर प्रमुख आतेश कुमार सिंह, राजविराज नगरपालिका मेयर भीमराज यादव, शम्भुनाथ नगरपालिका प्रमुख जितेन्द्रप्रसाद गुप्ता र विष्णुपुर गाउँपालिका प्रमुख अध्यक्ष उमेशप्रसाद यादव बिरुद्ध बिशेष अदालतमा भ्रष्टाचारको मुद्धा दायर गरेपछि उनिहरु निलम्बनमा परेका हुन् । उनिहरुले आफ्नो पदिय आचरणको दुरुपयोग गरि कर्मचारीसंग संलग्न भै बिभिन्न योजनाका रकमहरु मिलेमतोमा भ्रष्टाचार गर्ने गरेको अख्तियारको दावी छ । ...
जसपा अध्यक्ष यादव साइवर ब्युरोमा
समाचार

जसपा अध्यक्ष यादव साइवर ब्युरोमा

भाद्र १४, पुर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो नामबाट अज्ञात ब्यक्तिले फेक आईडि बनाएर अश्लिल सामग्री पोष्ट गर्ने गरेको भन्दै साइवर ब्युरोमा उजुरी दिएका छन् । नेता यादवको फेक आईडिबाट महिलाहरुको अश्लिल फोटोहरु अपलोड हुने गरेको र यसबाट आफ्नो चरित्र हत्या भएको भन्दै उनले कडा कार्वाहिको मागसहित साईबर ब्युरोमा उजुरी दर्ता गरेको उनको निजी सचिवालयले जनाएको छ । ...
पुर्व डीएसपी ठगबहादुर केसी बिरुद्ध भ्रष्टाचार मुद्धा दायर
समाचार

पुर्व डीएसपी ठगबहादुर केसी बिरुद्ध भ्रष्टाचार मुद्धा दायर

भाद्र १४, ईलाका प्रहरी कार्यालय बुटवलमा रहँदा भ्रष्टाचार गरेको आरोपमा तत्कालिन डिएसपी ठगबहादुर केसी बिरुद्ध भ्रष्टाचार मुद्धा दायर भएको छ । उनले पदिय मर्यादा बिपरित १८ लाख रुपैयाँ भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुशन्धान आयोगले बुधबार उनिबिरुद्ध बिशेष अदालत काठमाण्डौमा मुद्धा दायर गरेको हो । डिएसपी ठगबहादुरको निवासबाट २०७९ मंशिर २५ गते अख्तियारले रु २१ लाख र करिव ३४ तोला सुन बरामद गरिएपछि उनलाई पदबाट बर्खास्त गरिएको थियो । उनले अख्तियारल निवासबाट बरामद गरेको सुन र नगद कार्यालयमा जानकारी नगराई मुद्धा मिलाईदिने प्रलोभनमा सम्वन्धीत ब्यक्तिसंग लेनदेन गर्नेगरेको अख्तियारको दाबि छ । तत्कालिन डिएसपी केसीले सेवाग्राहीलाई दवावमा पारि सम्वन्धीत ब्यक्तिसंग मोलमोलाई गरि १८ लाख घुस लिएको भन्दै अख्तियारले उनिबिरुद्ध १८ लाख बिगो सहित बिषशेष अदालतमा मुद्धा दायर गरेको अख्तियार प्रवक्ता...
अख्तियारद्वारा मेयर र प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर
समाचार

अख्तियारद्वारा मेयर र प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बाख्रापालनको अनुदानमा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको बोदेबर्साइन नगरपालिकाका मेयर आतेशकुमार सिंह र निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादव बिरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । व्यवसायी पकेट कार्यक्रमका लागि प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत बाख्रा पालनका लागि बिनियोजित रकम कामै नगरी भुक्तानी भएको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारले जनाएको छ । ब्यवसायीक बाख्रा पालनलाई प्रोत्साहन गर्न बिनियोजन भएको रकम वडा नं ६ फुलकाही स्थीत माँ जगदम्बा कृषक समूहसँग सम्झौता गरेपनि त्यसलाई कार्यान्वयन नगरि नक्कली बिल भर्पाई र झुटा बिवरण पेश गरि करिव १५ लाख भ्रष्टाचार गरेको अख्तियारको ठहर छ । उनिहरुले फर्जि बिल बनाई १४ लाख ७१ हजार ९२१ रुपैयाँ भुक्तानी गरेको बिवरण तैयार गरेका थिए । नगरपालिकाका निमित्त प्रमुख प्रशासकी...
जिपमाथि ढुंगा खस्दा पाल्पामा तीन जनाको मृत्यु पाँच घाईते
समाचार

जिपमाथि ढुंगा खस्दा पाल्पामा तीन जनाको मृत्यु पाँच घाईते

भाद्र १३, पाल्पाको रिब्दीकोटमा गुडिरहेको जिपमाथि एक्कासि ढंगा खस्दा ३ जनाको मृत्यु भएको छ भने अन्य पाँच घाईते भएका छन् । गुल्मीको तम्घासबाट बुटवलका लागि छुटेको लु १ ज ४६०० नम्बरको जिपमाथी ढुंगा खस्दा दुर्घटना भएको रिब्दीकोट गाउँपालिका–२ का वडाध्यक्ष ओमप्रसाद पोख्रेलले बताए । उनले भर्ने केहि दिन देखि त्यहाँ सडक चौडाको काम धमाधम चलिरहेको थियो । जिपमाथि ठूलो ढुंगा खस्दा तीन जनाको घटनास्थलमै ज्यान गएको पोखरेलको भनाई छ । अन्य पाँच जना घाईतेलाई पाल्पाको मिसन हस्पीटल लगिएको उनले बताए...
पार्टि बिरुद्ध कुप्रचार गरियोः अध्यक्ष लिङ्देन
समाचार

पार्टि बिरुद्ध कुप्रचार गरियोः अध्यक्ष लिङ्देन

भाद्र १२ राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले जनतामाझ भ्रम फैलाएर राप्रपाका बिरुद्धका कुप्रचार गरिएको बताएका छन् । उनले कोशी सरकारमा सहभागि हुने नाममा कसैसंग कुनै सहमति नगरिएको खुलासा गरे । कोशी सरकारमा सभामुख र एक मन्त्री लिएर राप्रप्राले सरकारलाई सहयोग गर्नेकुरा सार्वजनिक भएकोप्रति लक्षीत गर्दै अध्यक्ष लिङ्देनले राप्रपाले चाहे कोशीको मुख्यमन्त्री समेत प्राप्त गर्न सकिने अवस्था गरेको बताए । उनले थपे अहिले बजारमा जुन हल्ला आएको छ । यो सरासर झुटो हो । मंगलबार त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा संचारकर्मीहरुसंगको कुराकानीमा कोशी सरकारमा सत्ता गठबन्धनलाई सहयोग गर्ने र बिश्वासको मत दिने चरण समेत समाप्त भईसकेको जनाउँदै आफु बिदेशमा हुँदा समेत संसदिय समितिमा राप्रपाले बिकास तथा प्रबिधिी समितिको नेतृत्वका बिषयमा टिका टिप्पणी भएको जनाए । अहिले राप्रपाका बिरुद्ध...
समाचार

उपप्रमुखद्वारा कर्मचारी कुटिएपछि नगरपालिकामा तालाबन्दी

भाद्र १० रुकुम पश्चिमको मुसिकोट नगरपालिकाका कर्मचारीले मुसुकोट नगरपालिकामा तालाबन्दी गरेका छन् । हिजो उपप्रमुख बिमलकुमार पुनले परिक्षाको बिषयलाई लिएर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतकै कार्यकक्षमा शिक्षा शाखा प्रमुख नरेन्द्र वलीमाथी हातपात गरेको बिरोधमा नगरपालिका कार्यालयमा तालाबन्दी गरेका हुन् । आन्दोलित कर्मचारीहरुले एक संयुक्त बिज्ञप्ती प्रकाशित गर्दै उपमेयर बिमलकुमार पुनलाई कार्वाहि गरिनुपर्ने, कर्मचारीको सुरक्षा प्रवन्ध मिलाईनुपर्ने लगायत ८ बुँदे माग राखेका छन् । आन्दोलित कर्मचारीहरुले नगरपालिकाको मुल गेटमै ताला लगाई धर्ना शुरु गरेपछि नगरप्रमुख लगायत अन्य जनप्रतिनिधी र सेवाग्राहीहरु कार्यालय प्रवेश गर्न सकेका छैनन् । कर्मचारीहरुसंग वार्ताको प्रयास भएपनि कुनै ठोस निर्णय हुन नसक्दा नगरपालिकाको सेवा अनिश्चीत भएको मुसिकोट नगरपालिकाले जनाएको छ । कर्मचारीको तालाबन्दी र धर्...