अपराध Archives - Page 5 of 7 - साझाकुरा
बिहिबार, माघ २, २०८२

अपराध

कार्य कक्षबाटै कुश्माका प्रमुख प्रशासकीय अधिकृत पक्राउ
अपराध, अर्थ/व्यापार, समाचार

कार्य कक्षबाटै कुश्माका प्रमुख प्रशासकीय अधिकृत पक्राउ

सहकारीकाे रकम अपचलन गरेकाे आराेपमा पर्वत जिल्लाको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुलीलाई कार्य कक्षबाटै पक्राउ गरिएकाे छ । जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई पक्राउ गरिदिनका लागि पर्वत प्रहरिलाई लिखित पत्रमार्फत आग्रह गरेको थियो। उनलाई पक्राउ गरी पोखरा पठाउने तयारी गरिएकाे प्रहरी निरीक्षक पौडेलले जनाए । सर्वसाधारणले मित्रमिलन बचत तथा ऋण सहकारीमा बचत गरेको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका अध्यक्ष रमण पौडेल र व्यवस्थापक किरण अधिकारीले सहकारीको कार्यक्षेत्र विस्तार गर्दा आफूहरूले स्याङ्जामा सहकारीको सेवा केन्द्र बिस्तार गर्दा तत्कालीन सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका प्रमुख रजिष्ट्रार पराजुलीलाई १ करोड १५ लाख रूपैयाँ घुस दिएको बताएकाले उनलाई थप अनुशन्धानका लागि पक्राउ गरिएकाे प्रहरिकाे भनाई छ । ...
हनी ट्रयापर ३ महिलालाई डेढ बर्ष कैद सजाय
अपराध, समाचार

हनी ट्रयापर ३ महिलालाई डेढ बर्ष कैद सजाय

दाङ — एक पुरुषलाई हनी ट्रयापमा पारि १८ लाख असुलेको ठहर गर्दै जिल्ला अदालत दाङले तीन महिलालाई डेढ वर्षको कैद सजाय फैसला गरेको छ । घोराही उपमहानगरपालिका–१५ की ३२ वर्षीया सीतादेवी थापा, ३५ वर्षीया खुमा वली र ३२ वर्षीया सुष्मा परियारलाई दाङ घोराहीका एक कानुन व्यवसायीलाई होटेलमा खाजा खान बोलाएर बलात्कारको मुद्दामा फसाउने धम्की दिँदै १८ लाख रुपैयाँ असुलेको आरोपमा जिल्ला न्यायाधीश जगतबहादुर पौडेलको इजलासले मंगलबार जनही डेढ वर्ष कैद र १०÷१० हजार जरिवाना गर्ने फैसला गरेको हो । उनीहरुविरुद्ध मुलुकी अपराधसंहिता २०७४ अन्तर्गत ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको जिल्ला अदालत दाङले जनाएको छ । ...
कृष्णभीरमा कलाकार ढकाल मृत फेला परेको घटनामा चार जना पक्राउ 
अपराध, समाचार

कृष्णभीरमा कलाकार ढकाल मृत फेला परेको घटनामा चार जना पक्राउ 

धादिङमा मृत भेटिएका कलाकार प्रकाश ढकालको घटनामा चार जनालाई प्रहरीले पक्राउ गरेको छ।  गत मंसिर ३ गते बेनिघाट-रोराङ गाउँपालिका वडा नम्बर ७ स्थित कृष्णभिरमा ढकाल मृत फेला परेका थिए। उनको मृत्यु भएपछि प्रहरीले बस चालकसहित चार जनालाई पक्राउ गरेको हो।  बस चालक, साहु र दुई जना सहचालकसँग विवाद भएपछि ढकाललाई रातिको समयमा घटनास्थल नजिकै छाडेर गएको जिल्ला प्रहरी कार्यालयका एसपी गौतम मिश्रले जानकारी दिए। यसरी रातको समयमा छाडेपछि ढकालको मृत्यु भएको भन्दै प्रहरीले चार जनालाई पक्राउ गरेको हो। उनीहरूलाई प्रहरीले कर्तव्य ज्यान मुद्दामा म्याद थपेर अनुसन्‍धान गरिरहेको हो।  ढकालको शव कृष्णभिरस्थित त्रिशूली नदी किनार खोँचमा फेला परेको थियो। उनी स्याङ्जाको चापाकोट नगरपालिका वडा नम्बर ७ का हुन्। उनी काठमाडौं बस्ने गर्दथे। स्याङ्‍जाबाट काठमाडौं फर्कने क्रममा उक्त घटना भएको हो।  ...
भिपिएन र डिएनएसबाट टिकटक चलाउँदा बैंकिङ डाटा चोरी हुनसक्छ : प्रहरी
अपराध, समाचार

भिपिएन र डिएनएसबाट टिकटक चलाउँदा बैंकिङ डाटा चोरी हुनसक्छ : प्रहरी

नेपाल प्रहरीको साइबर ब्यूरोले भिपिएन र डिएनएसको प्रयोग असुरक्षित र अवैध रहेको भन्दै सचेत गराएको छ। यस्ता माध्यमबाट प्रतिबन्धित सामाजिक सन्जाल टिकटकको प्रयोग भइरहेको भन्दै ब्यूरोले व्यक्तिगत तथा बैंकिङ विवरण चोरी हुनसक्ने जनाएको छ। भिपिएन र डिएनएस प्रयोगले गर्दा प्रयोगकर्ताको डिभाइसमा रहेका महत्वपूर्ण डाटा, व्यक्तिगत विवरण, बैंकिङ विवरणहरुको समेत पहुँच पुर्याई चोरी भई आर्थिक दुरुपयोगका घटना साइबर सुरक्षाका दृष्टिकोणले समेत बढिरहेको पाइएको छ,’ ब्यूरोले मंगलबार जारी गरेको सूचनामा भनिएको छ।...
ई–सेवाको कर्मचारी हुँ भन्दै ठगी गर्ने ५ जना पक्राउ
अपराध, समाचार

ई–सेवाको कर्मचारी हुँ भन्दै ठगी गर्ने ५ जना पक्राउ

ई–सेवाको आधिकारिक कर्मचारी हुँ भन्दै ठगी गर्ने गिरोहका पाँच जनालाई प्रहरीले पक्राउ गरी आज आइतवार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा रौतहट गौर नगरपालिका–५ बस्ने २६ वर्षीय नवनितकुमार कुसवाहा, २१ वर्षीय कन्हैयाकुमार कुसवाहा, २० वर्षीय अभयकुमार यादव, २१ वर्षीय रितेश कुशवाहा र रौतहट गढिमाई नगरपालिका–६ बस्ने १९ वर्षीय दीपेन्द्रकुमार यादव रहेका काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेकाहरूले पीडितहरूलाई विभिन्न मोबाइल नम्बरबाट फोन सम्पर्क गरी आफू ई–सेवाको आधिकारिक कर्मचारी हुँ भन्दै ई–सेवाको आईडी, बैंकिङ खातासँग लिङ्कअप गराई खाता नवीकरण, केवाईसी फारम अपडेट, सिस्टम भेरिफाई आदि गराई ठग्ने गरेको पाइएको छ । उनीहरूले सर्वसाधारणको खातामा भएको रकम विभिन्न बैंक खाता तथा वालेटहरूमा ट्रान्सफर लगायत भु...
अपराध, समाज

मोरङमा नाबालक छोरा र आमा झुन्डिएको अवस्थामा मृत फेला

मोरङको रतुवामाईमा नाबालक छोरा र आमा आफ्नै घरभित्र झुण्डिएको अस्थामा मृत फेला परेका छन्।  जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शनिबार दिउँसो करिब ४ बजे रतुवामाई नगरपालिका-६ स्थित किसन हस्दाको श्रीमती २४ वर्षीया पार्वती मुर्मु र छोरा डेबिट झुण्डिएको अवस्थामा मृत भेटिएका हुन्।  जस्ता पाताको छाना भएको सामान्य घरको भुइँतल्लामा सलले पासो लगाएर २४ वर्षीया पार्वती मुर्मु र छोरा डेबिट झुण्डिएको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ।  घरबाहिर रहेका किसनले अपराह्न घरमा पस्दा दुवैजना झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए। छोरालाई झुन्ड्याएपछि आमाले पनि आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ।  घटनाका बारेमा थप अनुशन्धान भैरहेकाे प्रहरिले जनाएकाे छ ।...
हत्या अनुशन्धानका लागि कुकुर सहितको टोली मुगु हत्या स्थलमा
अपराध, मुख्य समाचार

हत्या अनुशन्धानका लागि कुकुर सहितको टोली मुगु हत्या स्थलमा

तीन जना छोराछोरीसहित आमाको समेतको हत्या भएको स्थलगत अनुशन्धानका लागि तालिमप्राप्त कुकुरसहितको टोली मुगुको घटनास्थलमा पुगेको छ । घटनाको शुक्ष्म अनुसन्धानका लागि प्रहरी तालिम केन्द्र नेपालगञ्जबाट कुकुरसहितको प्रहरी टोली घटनास्थल पुगेको मुगुका प्रहरी नायब उपरीक्षक डीएसपी वीरेन्द्र थापाले जानकारी दिए । हिजो हत्या गरिएको अवस्थामा रहेका ११ वर्षका छोरा मनोज, आठ वर्षकी छोरी अप्सरा र आठ महिनाका छोरा रहर र आमा श्रीदेवी रहेका छन् । स्थानीय धर्मी बोहोराका अनुसार उनीहरु बुधवार बेलुका ४ बजेतिर माइतीघर कोटिलाबाट टीका लगाएर घर फर्किएका थिए । भएको उक्त नृशंस हत्याका बारेमा थप बास्तवीकता पत्ता लगाउन र अनुशन्धानमा सहजताका लागि मृतकहरुको शव उठाउने तयारी गरेको डीएसपी थापाले जनाए। हत्या गर्नेले घरभित्र हत्या गरेर ढोकामा ताल्चा लगाएर भागेको पाइएको डीएसपी थापाले जनाए । प्रहरीको प्रारम्भिक अनुसन्धानमा हत्यारा...
ल्युईष्टन सहरमा गोलाबारी हुँदा १६ को मृत्यु
अन्तर्राष्ट्रिय, अपराध

ल्युईष्टन सहरमा गोलाबारी हुँदा १६ को मृत्यु

अमेरिकास्थीत ल्युइस्टन सहरमा गोलाबारी मा परि १६ जनाको मृत्यु भएको छ भने ५० बढि घाईते भएका छन् । गोलाबारी पछि पनि बन्धुकधारीहरु शहरका बिभिन्न स्थानमा घुमिरहेकाले शुरक्षित अवस्थामा रहन र सडक बाहिर नहिँड्न स्थानीय नागरिकहरुलाई प्रहरीले अनुरोध गरेको छ । गोलाबारि किन गरियो र कसले गर्याे भन्नेबारेमा थप अनुशन्धान अघि बढाई बन्धुकधारीहरुलाई नियन्त्रणमा लिने कार्य भैरहेकाले प्रहरीलाई सहयोग गर्न नागरिक समक्ष प्रहरी प्रशासनले अपिल समेत गरिरहेको बिबिसीले उल्लेख गरेको छ ।...
राष्ट्रिय भूमि आयोगका तीन जना कर्मचारी घुससहित पक्राउ
अपराध, समाचार

राष्ट्रिय भूमि आयोगका तीन जना कर्मचारी घुससहित पक्राउ

राष्ट्रिय भूमि आयोगका तीन जना कर्मचारी घुससहित पक्राउ परेका छन् । हिजो दिउँसो जुम्लाको सिँजा गाउँपालिकाका २३ वर्षीय मोहन नेपाल, दोलखा तामाकोसी गाउँपालिका-४ का २२ वर्षीय विवेक पोखरेल र कैलालीको जानकी गाउँपालिका-८ का २३ वर्षीय कमल खनाललाई घुससहित पक्राउ गरेको  प्रहरीले जनाएको छ । प्रहरीका अनुसार  हल्दिबारी गाउँपालिकामा उनीहरु कार्यरत थिए । हल्दिबारी वडा नं १ का गणेशप्रसाद पौडेलको जग्गाको मोठ कायम गर्दा ३९ हजार ६ सयको बिल काटेर ८० हजार रुपैयाँ लिएपछि घटना सार्वजनिक भएको हो । पौडेलले उनीहरुविरूद्ध  जिल्ला प्रशासन कार्यालय झापामा उजुरी दर्ता गराएपछि  प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई पक्राउ गरेर अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले बताउनुभयो । ...
कपिलवस्तुमा रक्त चन्दनसहित ८ जना पक्राउ
अपराध

कपिलवस्तुमा रक्त चन्दनसहित ८ जना पक्राउ

कपिलवस्तु : प्रहरीले १ करोड ६३ लाख रुपैयाँ बराबरको रक्त चन्दनसहित ८ जनालाई पक्राउ गरेको छ। अर्घाखाँचीबाट कपिलवस्तुतर्फ आउँदै गरेको ना ५ ख ७३८२ नम्बरको ट्रक र लु २ च १६३९ नम्बरको पिकअप गाडीमा राखेर ल्याइएको रक्त चन्दनसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए । दुवै गाडीमा ६ क्विन्टल ५३ किलो १ सय ५० ग्राम रक्त चन्दन लोड गरिएको थियो ।  प्रहरीले कपिलवस्तु शिवराज नगरपालिका-३ का ट्रक चालक टिकाराम पाण्डे, सहचालक २१ वर्षीय शिव भर र पिक अप गाडीका चालक अर्घाचांची पाणिनी गाउँपालिका-७ पोखे डाँडाका ३३ वर्षीय गोकुल दर्लामी, पिकअपमा सवार अर्घाखांची मालारानी गाउँपालिका -९ का ३८ वर्षीय निमबहादुर नेपाली रहेका छन् ।  यसैगरी कपिलवस्तु शिवराज नगरपालिका-३ मदवाका २९ वर्षीय विकास पौडेल, ३० वर्षीय शतिष पन्त, १९ वर्षीय राम सेवक चौधरी र ३४ वर्षीय दिपक कार्की पक्राउ परेको प्रहर...