अर्बुदकाे २२ औं जिल्ला सभा सम्पन्न
नेपाल अर्बुद राेग निवारण संस्था जिल्ला साखा संखुवासभाकाे २२ औ जिल्ला सभा आज खाँदबारीमा सम्पन्न भएकाे छ ।
शाखा अध्यक्ष कृष्णराज शाक्यकाे सभापतित्व तथा नेपाल पत्रकार महासंघ शाखा संखुवासभाका अध्यक्ष ईन्द्र गिरीकाे प्रमुख आतिथ्यतामा जिल्ला सभा सम्पन्न भएकाे हाे ।
जिल्ला सभालाई सम्बाेधन गर्दै नेपाल मानव अधिकार संगठनका जिल्ला सभापति रुद्रनाथ दाहालले पछिल्लाे समय नेपालमा क्यान्सर राेग तिब्र गतिमा फैलँदै गएकाले सुर्तिजन्य, पदार्थ सेवन, मध्यपान धुम्रपान लगायत बिषादी प्रयाेगकाे बिषयमा जनचेतना जगाउन आवश्यक भएकाे धारणा राखेका थिए ।
कार्यकममा मानव अधिकार तथा शान्ति समाजका जिल्ला अध्यक्ष लाेकदर्शन शाक्यले धुम्रपान मध्यपान र शुर्तिजन्य पदार्थकाे प्रयाेगमा कमि ल्याउन जनचेतनामुलक कार्यक्रमकाे आवश्यकता रहेकाेमा जाेड दिए ।
यसैबिच अर्बुद राेग निवारणकाे क्षेत्रमा लामाे समय कृयाशिल मेनुका श्रेष्ठले क...









